< Miyambo 17 >
1 Nʼkwabwino kudya mkute koma pali mtendere, kuposa kuchita madyerero mʼnyumba mʼmene muli mikangano.
कलहले भरिएको घरमा भोज खानुभन्दा शान्तिसाथ रोटीको सुक्खा टुक्रा खानु उत्तम हो ।
2 Kapolo wanzeru adzalamulira mwana wochititsa manyazi, ndipo kapoloyo adzagawana nawo cholowa ngati mmodzi mwa abale.
बुद्धिमान् नोकरले लाजमर्दो गरी काम गर्ने छोरोमाथि शासन जमाउँछ, र दाजुभाइ सरह नै पैतृक-सम्पत्ति पाउने छ ।
3 Siliva amamuyesa mʼngʼanjo ndipo golide amamuyesa mʼngʼanjo, koma Yehova amayesa mitima.
चाँदी पगाल्न भाँडो र सुन खार्न आरन हुन्छ, तर परमप्रभुले नै हृदय जाँच गर्नुहुन्छ ।
4 Munthu woyipa amamvera malangizo oyipa; munthu wabodza amatchera khutu mawu osakaza.
खराब काम गर्नेले दुष्टको ओठमा ध्यान दिन्छ । झुट बोल्नेले विनाशक जिब्रोमा कान लगाउँछ ।
5 Iye amene amalalatira mʼmphawi amanyoza mlengi wake; amene amakondwerera tsoka la mnzake sadzakhala osalangidwa.
गरिबलाई गिल्ला गर्नेले आफ्नो सृष्टिकर्ताको अपमान गर्छ, र अर्काको विपत्तिमा रमाउनेचाहिँ दण्डविना उम्कने छैन ।
6 Zidzukulu ndiye ulemu wa anthu okalamba, ndipo makolo ndiye ulemerero wa ana.
नाति-नातिनाहरू पाकाहरूका मुकुट हुन्, र बुबाआमाले तिनीहरूमा आदर ल्याउँछन् ।
7 Kuyankhula bwino sikuyenerana ndi chitsiru, nanji kuyankhula bodza kungayenerane kodi ndi mfumu?
सिपालु बोलीवचन मूर्खलाई सुहाउँदैन । शासकको लागि झुट बोल्ने ओठ झन कति असुहाउँदो हुन्छ!
8 Chiphuphu chili ngati mankhwala amwayi kwa wochiperekayo; kulikonse kumene amapita zinthu zimamuyendera.
घुस दिनेको लागि यो टुनाजस्तै हो । त्यो जहाँ गए तापनि सफल हुन्छ ।
9 Iye amene amakhululukira zolakwa za wina, amafunitsitsa chikondi; wobwerezabwereza nkhani amapha chibwenzi.
चित्त दुखाइलाई बेवास्ता गर्नेले प्रेमको खोजी गर्छ, तर विषयलाई दोहोर्याउनेले घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ ।
10 Munthu wanzeru amamva kamodzi kokha, munthu wopanda nzeru ndi samvamkunkhu.
मूर्खलाई सय कोर्रा प्रहार गर्नुभन्दा बरु समझशक्ति भएको व्यक्तिलाई एउटा हप्की काफी हुन्छ ।
11 Munthu woyipa maganizo ake ali pa kuwukira basi; ndipo bwana adzamutumizira wamthenga wankhanza.
दुष्ट व्यक्तिले केवल विद्रोहको खोजी गर्दछ । त्यसैले त्यसको विरुद्धमा क्रुर दूत पठाइन्छ ।
12 Nʼkwabwino kukumana ndi chimbalangondo cholandidwa ana ake kusiyana ndi kukumana ndi chitsiru mu uchitsiru wake.
मूर्खलाई त्यसको मूर्खतामा भेट्नुभन्दा बरु बच्चा खोसिएको भालुसित भेट गर्नु उत्तम हुन्छ ।
13 Ngati munthu abwezera choyipa kusinthana ndi zabwino, ndiye choyipa sichidzachoka mʼnyumba mwake.
जसले भलाइको साटो खराबी गर्छ, खराबीले त्यसको घर कहिल्यै छोड्ने छैन ।
14 Chiyambi cha mikangano chili ngati kukhamulira madzi, choncho uzichokapo mkangano usanayambe.
द्वन्द्वको सुरुआत सर्वत्र पानी फैलनुजस्तै हो । त्यसैले विवाद चर्किनुअगि नै त्यहाँबाट हिँडिहाल ।
15 Kumasula munthu wolakwa kapena kumanga munthu wosalakwa, zonse ziwirizi Yehova zimamunyansa.
दुष्ट मानिसलाई निर्दोष ठहराउने व्यक्ति र धर्मी मानिसलाई दण्ड दिने व्यक्ति दुवै नै परमप्रभुको लागि घृणित छन् ।
16 Ndalama zogulira nzeru zili ndi phindu lanji mʼmanja mwa chitsiru poti iyeyo mutu wake sumayenda bwino?
बुद्धिको विषयमा सिक्न मूर्खले किन पैसा तिर्ने जब कि त्योसित यसलाई सिक्ने कुनै क्षमता नै छैन?
17 Bwenzi lako limakukonda nthawi zonse, ndipo mʼbale wako anabadwa kuti azikuthandiza pamavuto.
मित्रले हर समय प्रेम गरिरहन्छ, र दाजुभाइचाहिँ कष्टको समयको लागि जन्मेका हुन्छन् ।
18 Munthu wopanda nzeru amavomereza zopereka chikole ndipo iyeyo amasanduka chikole cha mnansi wake.
बेसमझको मानिसले वाचा बाँध्च, र आफ्नो छिमेकीको ऋणप्रति जिम्मेवार बन्छ ।
19 Wokonda zolakwa amakonda mkangano, ndipo wokonda kuyankhula zonyada amadziyitanira chiwonongeko.
द्वन्द्वलाई प्रेम गर्नेले पापलाई प्रेम गर्छ । आफ्नो ढोकाको सङ्घार अति अग्लो बनाउनेले हड्डी भँचाउने छ ।
20 Munthu wamtima woyipa zinthu sizimuyendera bwino; ndipo woyankhula zachinyengo amagwa mʼmavuto.
कुटिल हृदय भएको मानिसले कुनै असल कुरो पाउँदैन । छली जिब्रो भएको मानिस विपत्तिमा पर्छ ।
21 Mwana wopusa amamvetsa chisoni abambo ake, abambo a chitsiru sakhala ndi chimwemwe.
जो मूर्खको बुबाआमा, तिनीहरूले आफैमा शोक ल्याउँछन्, र मूर्खको बुबामा कुनै आनन्द हुँदैन ।
22 Mtima wosangalala uli ngati mankhwala abwino, koma mtima wokhumudwa umafowoketsa mafupa.
आनन्दित हृदय असल औषधी हो, तर टुटेको हृदयले हड्डीहरूलाई सुकाउँछ ।
23 Munthu woyipa amalandira chiphuphu chamseri kuti apotoze chiweruzo cholungama.
न्यायको मार्गलाई बङ्ग्याउन दुष्ट मानिसले गुप्त घुसलाई स्वीकार गर्छ ।
24 Munthu wozindikira zinthu, maso ake amakhala pa nzeru, koma chitsiru chimwazamwaza maso ake pa dziko lonse lapansi.
समझशक्ति भएको व्यक्तिले बुद्धितिर आफ्नो मन लगाउँछ, तर मूर्खको आँखा पृथ्वीको कुनाकुनामा पुग्छ ।
25 Mwana wopusa amamvetsa chisoni abambo ake ndipo amapweteketsa mtima amayi ake.
मूर्ख छोरो आफ्नो बुबाको लागि शोक हो, र त्यसलाई जन्माउने आमाको लागि तिक्तता हो ।
26 Sibwino kulipitsa munthu wosalakwa, kapena kulanga anthu osalakwa.
धर्मात्मालाई दण्ड दिनु कहिल्यै असल हुँदैन, न त निष्ठा भएका कुलीन मानिसहरूलाई कोर्रा लगाउनु असल हुन्छ ।
27 Munthu wosunga pakamwa ndiye wodziwa zinthu, ndipo wodekha mtima ndiye womvetsa bwino zinthu.
ज्ञान भएको व्यक्तिले थोरै वचन बोल्दछ, र समझशक्ति भएको व्यक्तिचाहिँ ठन्डा मिजासको हुन्छ ।
28 Ngakhale chitsiru chimakhala ngati chanzeru chikakhala chete; ndipo chikatseka pakamwa chimakhala ngati munthu wochenjera.
चुप लागेमा मूर्खलाई पनि बुद्धिमान् ठानिन्छ । त्यसले आफ्नो मुख बन्द गर्दा त्यसलाई विवेकी मानिन्छ ।