< Numeri 20 >
1 Pa mwezi woyamba gulu lonse la Aisraeli linafika ku chipululu cha Zini, ndipo anakhala ku Kadesi. Miriamu anafera kumeneko ndipo anayikidwa mʼmanda.
यसैले इस्राएलका सारा समुदाय पहिलो महिनामा जीनको मरुभूमिमा गए; तिनीहरू कादेशमा बसे ।
2 Kunalibe madzi woti anthu onse ndi kumwa, choncho anthuwo anasonkhana motsutsana ndi Mose ndi Aaroni.
त्यहाँ मिरियम मरिन् र तिनलाई त्यहीँ गाडियो । समुदायको निम्ति त्यहाँ पानी थिएन, त्यसैले तिनीहरू मोशा र हारूनको विरुद्ध भेला भए ।
3 Anakangana ndi Mose kuti, “Kunali bwino ifenso tikanangofa pamene abale athu anafa pamaso pa Yehova!
मानिसहरूले मोशा विरुद्ध गनगन गरे । तिनीहरूले भने, “हाम्रा सङ्गी इस्राएलीहरू परमप्रभुको सामु मर्दा हामी पनि मरेका भए राम्रो हुन्थ्यो ।
4 Chifukwa chiyani unabweretsa gulu la Yehova mʼchipululu muno, kuti ife ndi ziweto zathu tife kuno?
परमप्रभुको समुदाय, हामी र हाम्रा पशुहरू मर्नलाई किन यहाँ ल्याउनुभएको?
5 Nʼchifukwa chiyani unatitulutsa mʼdziko la Igupto ndi kutibweretsa kumalo woyipa ano? Kuno kulibe tirigu kapena nkhuyu, mphesa kapena makangadza. Ndipo kuno kulibenso madzi akumwa!”
यो डरलाग्दो ठाउँमा ल्याउन हामीलाई किन मिश्रबाट आउन लगाउनुभयो? यहाँ बिउ, नेभारा, दाख वा अनार केही पनि छैन र पिउने पानी पनि छैन ।”
6 Mose ndi Aaroni anachoka mu msonkhano ndi kupita pa khomo la tenti ya msonkhano, nagwa pansi chafufumimba ndipo ulemerero wa Yehova unaonekera.
यसैले मोशा र हारून समुदायको सामु गए । तिनीहरू भेट हुने पालको प्रवेश-द्वारमा गए र घोप्टो परे । त्यहाँ परमप्रभुको उज्ज्वल महिमा देखा पर्यो ।
परमप्रभुले मोशालाई भन्नुभयो,
8 “Tenga ndodo, ndipo iwe ndi mʼbale wako Aaroni musonkhanitse anthu onse pamodzi. Uyankhule ndi thanthwe ilo iwo akuona ndipo lidzatulutsa madzi ake. Udzatulutsa madzi mʼthanthwe limeneli kuti anthu onse ndi ziweto zawo amwe.”
“लहुरो ले र समुदाय, तँ र तेरा दाजु हारूनलाई भेला गर् । तिनीहरूको नजरकै सामुन्ने चट्टानलाई भन् र पानी निकाल्न यसलाई आज्ञा दे । तैँले त्यो चट्टानबाट तिनीहरूका निम्ति पानी निकाल्ने छस् र तैँले यो तिनीहरूलाई र तिनीहरूका गाईवस्तुहरूलाई दिनू ।”
9 Choncho Mose anatenga ndodo pamaso pa Yehova monga momwe anamulamulira.
परमप्रभुले मोशालाई आज्ञा गर्नुभएजस्तै मोशाले परमप्रभुको सामुबाट लहुरो लिए ।
10 Mose ndi Aaroni anasonkhanitsa anthuwo pamodzi ku thanthwelo ndipo Mose anawawuza kuti, “Tamverani osamvera inu, kodi tikupatseni madzi kuchokera ku thanthwe ili?”
अनि मोशा र हारूनले चट्टानको सामु मानिसहरू भेला पारे । मोशाले तिनीहरूलाई भने, “अब हे बागीहरू हो, सुन । के हामीले तिमीहरूलाई यो चट्टानबाट पानी निकाल्नपर्छ?
11 Choncho Mose anatukula dzanja lake ndi kumenya thanthwelo kawiri ndi ndodo yake ndipo madzi ambiri anatuluka mwamphamvu, ndipo anthu ndi ziweto zawo anamwa.
अनि मोशाले आफ्नो हात उठाएर चट्टानलाई दुई पटक हिर्काए, र पानी निस्क्यो । समुदाय र तिनीहरूका गाईवस्तुहरूले पानी पिए ।
12 Koma Yehova anati kwa Mose ndi Aaroni, “Chifukwa chakuti simunandikhulupirire ndiponso simunandilemekeze monga Woyera pamaso pa Aisraeli, simudzalowetsa anthuwa mʼdziko limene ndikupereka kwa iwo.”
परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “तिमीहरूले इस्राएलका मानिसहरूको नजरमा मलाई पवित्र जनको रूपमा आदर नगरेकाले वा मलाई भरोसा नगरेकाले तिमीहरूले यो समुदायलाई मैले तिनीहरूलाई दिन्छु भनेको भूमिमा ल्याउनेछैनौ ।”
13 Awa anali madzi a ku Meriba, kumene Aisraeli anakangana ndi Yehova ndiponso kumene Yehovayo anadzionetsa yekha kuti ndi Woyera pakati pawo.
यो ठाउँलाई मेरीबाको पानी भनियो, किनभने इस्राएलका मानिसहरूले त्यहाँ परमप्रभुसँग झगडा गरेका थिए, र उहाँले आफैलाई पवित्र जनको रूपमा प्रकट गर्नुभएको थियो ।
14 Mose anatumiza amithenga kuchokera ku Kadesi kupita kwa mfumu ya ku Edomu, kukanena kuti, “Mʼbale wako Israeli akunena izi: Inuyo mukudziwa za mavuto onse amene anatigwera.
मोशाले कादेशबाट एदोमको राजाकहाँ समाचारवाहकहरू पठाएः तपाईंको भाइ इस्राएलले भन्छ, “हामीमाथि आइपरेका सबै कठिनाइ तपाईं जान्नुहुन्छ ।
15 Makolo athu anapita ku Igupto ndipo tinakhala kumeneko zaka zambiri. Aigupto anatizunza pamodzi ndi makolo athuwo,
हाम्रा पुर्खाहरू मिश्रमा गए र मिश्रमा नै लामो समयसम्म बसेको तपाईंलाई थाहा छ । मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई रुखो व्यवहार गरे ।
16 koma titalirira Yehova, Iyeyo anamva kulira kwathuko ndipo anatitumizira mngelo amene anatitulutsa ku Igupto.” “Taonani, tsopano tili pano pa Kadesi, mzinda wa mʼmalire a dziko lanu.
जब हामीले परमप्रभुलाई पुकार्यौँ, उहाँले हाम्रो आवाज सुन्नुभयो, र एउटा स्वर्गदूत पठाउनुभयो अनि हामीलाई मिश्रबाट ल्याउनुभयो । हे्र्नुहोस्, हामी तपाईंको देशको सिमानामा पर्ने सहर कादेशमा छौँ ।
17 Chonde mutilole tidutse mʼdziko lanu. Sitidzera mʼminda yanu kapena mu mpesa wanu, kapenanso kumwa madzi mʼchitsime chilichonse. Tidzayenda kutsata msewu waukulu wa mfumu ndipo sitidzapatukira ku dzanja lamanja kapena lamanzere mpaka titadutsa malire a dziko lanu.”
हामीलाई तपाईंको भूमिको बाटो भएर जान दिनुहोस् भनी म बिन्ती गर्दछु । हामी खेत वा दाखबारीतिर पस्दैनौँ, न त हामी तपाईंका ईनारहरूको पानी पिउँछौँ । हामीले तपाईंको देशको सिमाना नकाटेसम्म दायाँ वा बायाँ लाग्ने छैनौँ ।”
18 Koma Edomu anayankha kuti, “Musadutse kuno: Mukangoyesera tidzabwera ndi kumenyana nanu ndi lupanga.”
तर एदोमको राजाले तिनलाई जवाफ दिए, “तिमीहरू यो मुलुक भएर जान सक्दैनौ । तिमीहरू आयौ भने, म तरवार लिएर आक्रमण गर्न आउने छु ।”
19 Aisraeli anayankha kuti, “Tidzayenda motsata msewu waukulu. Ndipo ngati ife kapena ziweto zathu tidzamwa madzi anu tidzalipira. Tikungofuna tidutse nawo, palibenso china.”
अनि इस्राएलका मानिसहरूले तिनलाई भने, “हामी राजमर्ग भएर मात्र जाने छौँ । यदि हामी र हाम्रा गाईवस्तुहरूले पानी पिए भने हामी यसको मूल्य तिर्ने छौँ । कुनै कुरा नगरी हामीलाई पैदल जान मात्र दिनुहोस् ।”
20 Koma Edomu anayankhanso kuti, “Musadutse.” Kenaka Edomu anatuluka ndi gulu lankhondo lalikulu komanso lamphamvu.
तर एदोमका राजाले जवाफ दिए, “तिमीहरू जान सक्दैनौँ ।” यसैले एदोमको राजा ठुलो फौजसहित इस्राएलको विरुद्ध लड्न आए ।
21 Edomu anakaniza Israeli kuti adutse mʼdziko lake, choncho Israeli anabwerera.
एदोमका राजाले इस्राएललाई आफ्नो सिमाना भएर जान दिन इन्कार गरे । यसैले इस्राएल एदोमको भूमिबाट तर्किएर गए ।
22 Gulu lonse la Aisraeli linachoka ku Kadesi ndipo linafika ku phiri la Hori.
मानिसहरू कादेशबाट हिँडे । इस्राएलका मानिसहरू अर्थात् सारा समुदाय होर पर्वतमा आए ।
23 Ali pa phiri la Hori, pafupi ndi malire a Edomu, Yehova anati kwa Mose ndi Aaroni,
एदोमको सिमानामा पर्ने होर पर्वतमा परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
24 “Aaroni adzakakhala ndi anthu a mtundu wake, sadzalowa mʼdziko limene ndapereka kwa Aisraeli, chifukwa nonse munandiwukira motsutsana ndi malamulo anga ku madzi a ku Meriba.
“हारून आफ्ना मानिसहरूकहाँ जानुपर्छ, किनभने मैले इस्राएललाई दिएको भूमिमा त्यो प्रवेश गर्ने छैन । यो तिमीहरू दुवैले मेरीबाको पानीमा मेरो विरुद्ध विद्रोह गरेकाले गर्दा हो ।
25 Tenga Aaroni ndi mwana wake wamwamuna Eliezara ndipo ukwere nawo ku phiri la Hori.
हारून र त्यसका छोरा एलाजारलाई होर पर्वतमाथि ले ।
26 Uvule Aaroni zovala zake ndipo umuveke mwana wake Eliezara, pakuti Aaroni adzafera komweko, ndipo adzakakhala ndi anthu a mtundu wake.”
हारूनको पुजारीको पोशाक फुकाल् र त्यो एलाजारलाई लगाइदे । हारून मर्नुपर्छ र आफ्ना मानिसहरूसँग मिल्नुपर्छ ।”
27 Mose anachita monga Yehova anamulamulira: Anapita ku phiri la Hori gulu lonse likuona.
मोशाले परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे । तिनीहरू सारा समुदायको सामुबाट होर पर्वतमाथि गए ।
28 Pamenepo Mose anavula Aaroni zovala zake ndi kuveka mwana wake Eliezara. Aaroni anafa kumeneko pamwamba pa phirilo. Koma Mose ndi Eliezara anatsika ku phiriko,
मोशाले हारूनको पुजारीको पोशाक फुकाले र त्यो तिनका छोरा एलाजारलाई लगाइदिए । पर्वतको चुचुरोमाथि हारून मरे । अनि मोशा र एलाजार तल ओर्ले ।
29 ndipo pamene anthu onse anamva kuti Aaroni wafa, nyumba yonse ya Israeli inamulira Aaroniyo masiku makumi atatu.
जब हारून मरेका सारा समुदायले देखे, तब सारा जाति हारूनको निम्ति तिस दिनसम्म रोए ।