< Numeri 18 >
1 Yehova anawuza Aaroni kuti, “Iwe, ana ako aamuna ndi banja la abambo ako mudzasenza tchimo la malo wopatulika, koma iwe ndi ana ako aamuna okha mudzasenza tchimo lokhudza unsembe wanu.
परमप्रभुले हारूनलाई भन्नुभयो, “तँ, तेरा छोराहरू र तेरा वंशकाहरू पवित्र स्थान विरुद्ध गरिने सबै पापका निम्ति जिम्मेवार हुनेछौ । तर पुजारीको पदमा कसैले गरेको सबै पापको निम्ति तँ र तेरा छोराहरू मात्र जिम्मेवार हुनेछौ ।
2 Ubweretse Alevi, abale ako, kuchokera ku fuko la abambo ako kuti azikhala ndi iwe ndi kumakuthandiza pamodzi ndi ana ako amuna pamene mukutumikira mu tenti ya umboni.
लेवी कुलका अर्थात् तेरा पुर्खाका वंशका तेरा सङ्गी सदस्यहरूको सवालमा, तिनीहरूलाई तँसँगै ले अनि तँ र तेरा छोराहरूले गवाही-पाटीको पालको सम्मुख सेवा गर्दा तिनीहरू सहभागी होऊन् र तिमीहरूलाई सहायता गरून् ।
3 Iwowo azikutumikirani ndipo azichita ntchito zonse za ku tenti, koma asamafike pafupi ndi zipangizo za ku malo opatulika kapena guwa lansembe, kuopa kuti iwo ndi inu mungafe.
तिनीहरूले तेरो र सारा पालको सेवा गर्नुपर्छ ।
4 Azikhala ndi inu ndipo azisamalira ntchito yonse ya mu tenti ya msonkhano koma munthu wina aliyense wapadera sayenera kufika pafupi nanu.
तथापि, तिनीहरू पवित्र स्थान वा वेदीसँग सम्बन्धित कुनै थोकको नजिक आउनुहुँदैन नत्रता तिनीहरू र तँ मर्नेछौ । तिनीहरू पालसँग सम्बन्धित सबै किसिमका कामकाजको निम्ति तिमीहरूसँग सहभागी हुनुपर्छ र भेट हुने पालको देखरेख गर्नुपर्छ । कुनै पनि परदेशी तिमीहरूको नजिक आउनुहुँदैन ।
5 “Inuyo muzisamalira malo wopatulika ndi guwa lansembe, kuti ukali wa Yehova usawagwerenso Aisraeli.
पवित्र स्थान र वेदीको निम्ति तैँले जिम्मा लिनुपर्छ, ताकि इस्राएलका मानिसहरूमाथि मेरो क्रोध फेरि नआओस् ।
6 Ine mwini ndasankha Alevi, abale ako, pakati pa Aisraeli ngati mphatso yako ndipo aperekedwa kwa Yehova kuti azigwira ntchito ku tenti ya msonkhano.
हेर्, लेवीहरूका तेरा सङ्गी सदस्यहरूलाई इस्राएलका सन्तानहरूबाट म आफैले चुनेको छु । तिनीहरू भेट हुने पालसँग सम्बन्धित काम गर्न मलाई दिइएका तेरो निम्ति उपहार हुन् ।
7 Koma iwe wekha ndi ana ako aamuna muzitumikira ngati ansembe ndi zina zonse zokhudza pa guwa lansembe ndi za mʼkati mwa malo wopatulika kwambiri. Ndikukupatsani mphatso ya utumiki wa unsembe. Aliyense woyandikira malo wopatulika ayenera kuphedwa.
तर वेदी र पर्दाभित्र भएका सबै थोकसित सम्बन्धि पुजारीको काम तँ र तेरा छोराहरूले मात्र गर्न सक्छस् । ती दायित्वहरू तँ आफैले पुरा गर्नुपर्छ । पुजारीको पद मैले तँलाई उपहारको रूपमा दिइरहेको छु । नजिक आउने कुनै पनि परदेशीलाई मार्नुपर्छ ।”
8 “Kenaka Yehova anati kwa Aaroni, ona, Ine mwini ndikukuyika kuti ukhale woyangʼanira zopereka zobwera kwa Ine; zopereka zonse zopatulika za Aisraeli zimene amapereka kwa ine ndi kuzipereka kwa iwe ndi ana ako aamuna ngati gawo lanu la nthawi zonse.
परप्रभुले हारूनलाई भन्नुभयो, “हेर्, मलाई चढाइने बलिदानहरू र इस्राएलका मानिसहरूले मलाई दिने पवित्र भेटीहरू सम्भाल्ने जिम्मा मैले तँलाई दिएको छु ।
9 Uzilandiranso gawo la zopereka zopatulika kwambiri zomwe sizinawotchedwe pa moto. Kuchokera pa mphatso zonse zimene amabweretsa kwa Ine ngati zopatulika kwambiri, nsembe zachakudya kapena nsembe zopepesera machimo, gawo limenelo ndi lako ndi ana ako aamuna.
मैले यी बलिहरू तँलाई र तेरा छोराहरूलाई अनवरत हिस्साको रूपमा दिएको छु । आगोमा जलाउनबाट बचेका यी थोकहरू तेरा हुने छन् । हरेक अन्नबलि, पापबलि र दोषबलिजस्ता तिनीहरूका हरेक बलिबाट तिनीहरू तँलाई र तेरा छोराहरूलाई अलग गरिएका हुन् ।
10 Muzidya zimenezo ngati zinthu zopatulika kwambiri; mwamuna aliyense adyeko. Uzitenge kukhala zopatulika.
यी बलिहरू अति पवित्र छन् । हरेक पुरुषले यो खानुपर्छ, किनभने तिनीहरू तिमीहरूका निम्ति पवित्र छन् ।
11 “Izinso ndi zako: chilichonse chopatulidwa kuchokera ku mphatso zoweyula za Aisraeli ndapereka kwa iwe ndi ana ako aamuna ndi aakazi ngati gawo lako la nthawi zonse. Aliyense wa mʼnyumba mwako amene ali woyeretsedwa monga mwa mwambo angathe kudyako.
इस्राएलका मानिसहरूका डोलाइने बलिको रूपमा तिनीहरूका सबै उपहारबाट अलग गरिएका यी सबै बलि तेरा हुने छन् । मैले ती तँलाई, तेरा छोराहरू र तेरा छोरीहरूका निम्ति तिमीहरूको सदाको निम्ति अंशको रूपमा दिएको छु । तेरा परिवारका विधिवत् रूपमा शुद्ध हुने सबैले यी बलिहरूबाट खान सक्छन् ।
12 “Ndikukupatsani mafuta onse abwino kwambiri a olivi ndi vinyo yense watsopano wabwino kwambiri ndi tirigu yense zomwe Aisraeli amapereka kwa Yehova ngati zipatso zoyamba pa zokolola zawo.
मानिसहरूले मलाई दिने तेल, नयाँ दाखमद्य र अन्नको उत्तम भाग, पहिलो फल यी सबै मैले तँलाई दिएको छु ।
13 Zipatso zonse zoyamba kucha za mʼdziko lawo zomwe amapereka kwa Yehova zidzakhala zako. Aliyense mʼnyumba mwako amene ali woyeretsedwa angathe kudyako.
तिनीहरूले मकहाँ ल्याउने तिनीहरूका भूमिको पहिलो पाकेको फल तेरो हुने छ । तेरा परिवारका शुद्ध हुने सबैले यी थोकहरूबाट खान सक्छन् ।
14 “Chilichonse mu Israeli chomwe chapatulidwira Yehova ndi chako.
इस्राएलमा अर्पण गरिएका सबै थोक तेरा हुने छन् ।
15 Chilichonse choyamba kubadwa kwa munthu kaya nyama, chomwe chaperekedwa kwa Yehova ndi chako. Koma uyenera kuwombola mwana aliyense wamwamuna ndi mwana aliyense woyamba wa nyama zodetsedwa.
मानिसहरूले परमप्रभुलाई अर्पण गर्ने मानिस र पशु दुवैका गर्भ खोल्ने पहिलो जन्मेकाहरू सबै तेरै हुने छन् । तथापि, मानिसहरूले जेठा छोरालाई किनेर फिर्ता लिनुपर्छ र तिनीहरूले अशुद्ध पशुहरूका पहिलो जन्मेकाहरूलाई किनेर फिर्ता गर्नुपर्छ ।
16 Pamene zili ndi mwezi umodzi wa kubadwa, uziwombole pa mtengo wowombolera wa ndalama zisanu zasiliva, monga mwa ndalama za ku malo wopatulika.
मानिसहरूले किनेर फिर्ता लिनुपर्नेहरूलाई एक महिनाको भएपछि किनेर फिर्ता गर्नुपर्छ । त्यसपछि मानिसहरूले पवित्र स्थानको शेकेलको तौलको मापदण्डअनुसार पाँच शेकेल तिरेर फिर्ता लिन सक्छन् । बिस गेराको एक शेकेल हुन्छ ।
17 “Koma usawombole ana oyamba kubadwa a ngʼombe, nkhosa kapena mbuzi. Iwo ndi opatulika. Uwaze magazi a nyamazi pa guwa lansembe ndi kutentha mafuta ake ngati nsembe yotentha ndi moto kuti likhale fungo lokoma kwa Yehova.
तर गाईको पहिले जन्मेको बाछो वा भेडा वा बाख्राको पहिले जन्मेको पाठोलाई तिमीहरूले किनेर फिर्ता लिनुहुँदैन; ती मेरो निम्ति अलग गरिएका छन् । तिनीहरूका रगत वेदीमाथि छर्कनुपर्छ र तिनीहरूका बोसो आगोद्वारा चढाइएको परमप्रभुलाई मनपर्ने सुगन्धित बलिको जलाउनुपर्छ ।
18 Nyama yake ikhale yanu monga momwe chimakhalira chidale cha nsembe yoweyula ndi ntchafu za miyendo ya kumanja, zonsezi ndi zako.
तिनीहरूका मासु तेरो हुने छ । डोलाइएको ह्याकुलो र दाहिने साँप्रोझैँ तिनीहरूका मासु तेरो हुने छ ।
19 Zonse zimene mwazichotsa ku zopereka zoyera zomwe Aisraeli anapereka kwa Yehova ndazipereka kwa iwe ndi ana ako aamuna ndi aakazi ngati gawo lanu nthawi zonse. Ili ndi pangano losatha la mchere pamaso pa Yehova kwa iwe ndi ana ako.”
इस्राएलका मानिसहरूले परमप्रभुलाई चढाएका सबै पवित्र बलि निरन्तरको अंशको रूपमा मैले तँलाई, तेरा छोराहरू र छोरीहरूलाई दिएको छु । यो तेरो र तेरा सन्तानहरू दुवैको निम्ति परमप्रभुको सामु अनन्तको बाध्यकारी करार अर्थात् नूनको अनन्त करार हो ।”
20 Ndipo Yehova anati kwa Aaroni, “Iweyo sudzakhala ndi cholowa mʼdziko lawo, ndiponso sudzalandira gawo lililonse pakati pawo. Ine ndine gawo lako ndi cholowa chako pakati pa Aisraeli.
परमप्रभुले हारूनलाई भन्नुभयो, “मानिसहरूको जग्गा-जमिनमा तेरो कुनै उत्तराधिकार हुनेछैन, न त मानिसहरूको सम्पत्तिमा कुनै हिस्सा हुने छ । इस्राएलका मानिसहरूमा म नै तेरो हिस्सा र उत्तराधिकार हुँ ।
21 “Taonani, ndawapatsa Alevi chakhumi chonse mu Israeli ngati cholowa chawo chifukwa cha ntchito ya ku tenti ya msonkhano.
हेर्, लेवीका सन्तानहरूले भेट हुने पालमा काम गरे बापत मैले तिनीहरूलाई इस्राएलका दशांश सेवाको सट्टामा दिएको छु ।
22 Kuyambira tsopano mpaka mʼtsogolo Aisraeli asamapite pafupi ndi tenti ya msonkhano. Ngati atero adzasenza zotsatira za tchimo lawo ndipo adzafa.
आज उप्रान्त इस्राएलका मानिसहरू भेट हुने पालको नजिक आउनुहुँदैन, नत्रता तिनीहरू यो पापको निम्ति जिम्मेवार हुने छन् र मर्नेछन् ।
23 Alevi ndi amene azidzagwira ntchito ya ku tenti ya msonkhano ndipo adzalangidwa chilichonse chikalakwika. Ili ndi lamulo losatha kwa mibado yawo yonse. Iwowo sadzalandira cholowa pakati pa Aisraeli.
लेवीहरूले भेट हुने पालसँग सम्बन्धित कामहरू गर्नुपर्छ । यससँग सम्बन्धित कुनै पापको जिम्मेवार तिनीहरू हुने छन् । यो तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको स्थायी नियम हुने छ । इस्राएलका मानिसहरूका माझ तिनीहरूको कुनै उत्तराधिकार हुनुहुँदैन ।
24 Mʼmalo mwake, ndikuwapatsa Aleviwo chakhumi ngati cholowa chawo chimene Aisraeli amapereka kwa Yehova. Nʼchifukwa chake zokhudza iwo ndinati: ‘Sadzakhala ndi cholowa pakati pa Aisraeli.’”
मेरो निम्ति योगदानको रूपमा तिनीहरूले चढाएका इस्राएलका मानिसहरूको दशांश मैले लेवीहरूलाई तिनीहरूको उत्तराधिकारको रूपमा दिएको छु । यसैले मैले तिनीहरूलाई यसो भनेँ, 'इस्राएलका मानिसहरूमाझ तिनीहरूको कुनै उत्तराधिकार हुनुहुँदैन ।”
25 Yehova anati kwa Mose,
परमप्रभुले मोशालाई भन्नुभयो,
26 “Yankhula ndi Alevi ndi kunena nawo kuti, ‘Pamene mulandira chakhumi kuchoka kwa Aisraeli chimene ndimakupatsani ngati cholowa chanu, muyenera kupereka chakhumi cha choperekacho kwa Yehova.
“तिमीहरूले इस्राएलका मानिसहरूबाट दशांश प्राप्त गर्दा जुन मैले तिमीहरूको उत्तराधिकार हुनको निम्ति दिएको छु, तिमीहरूले यसबाट दशांशको दशांश परमप्रभुलाई दिनेछौ' भनी तैँले लेवीहरूलाई भन्नुपर्छ' ।”
27 Chopereka chanucho chidzawerengedwa kwa inu ngati tirigu wochokera kopunthira kapena ngati mphesa zopsinya kuchokera kopsinyira mphesa.
तिमीहरूका हिस्सालाई खलाबाट ल्याइएको अन्न वा कोलबाट ल्याइएको दाखमद्यको रूपमा लिनुपर्छ ।
28 Mwa njira imeneyi inunso muzipereka chopereka kwa Yehova kuchokera ku chakhumi chanu chilichonse chimene mumalandira kuchokera kwa Aisraeli. Kuchokera ku chakhumicho muziperekako gawo la Yehova kwa Aaroni, wansembe.
यसैले तिमीहरूले पनि इस्राएलका मानिसहरूबाट प्राप्त गरेका दशांशहरूबाट परमप्रभुको निम्ति योग दिनुपर्छ । तिमीहरूले त्यसबाट पुजारी हारूनलाई त्यसको हिस्सा दिनुपर्छ ।
29 Muyenera kupereka monga gawo la Yehova magawo abwino kwambiri ndi opatulika a chilichonse chimene chapatsidwa kwa inu.’
तिमीहरूले प्राप्त गरेका सबै उपहारबाट तिमीहरूले परमप्रभुलाई हरेक हिस्सा दिनुपर्छ । यो तिमीहरूलाई दिइएको उत्तम र अति पवित्र थोकहरूबाट दिनुपर्छ ।'
30 “Nena kwa Alevi: ‘Pamene mupereka gawo labwino lopambana zonse, gawo limenelo lidzawerengedwa kwa inu ngati lochokera popunthira tirigu kapenanso kopsinyira mphesa.
यसकारण, 'जब तिमीहरूले यसको उत्तम हिस्सा दिन्छौ, लेवीहरूको निम्ति यो खलाबाट ल्याइएको अन्न र कोलबाट ल्याइएको दाखमद्यको रूपमा गनिन्छ' भनी तैँले तिनीहरूलाई भन् ।
31 Inu ndi a pa banja panu mungathe kudyera zimenezi paliponse chifukwa ndi malipiro a ntchito yanu ya ku tenti ya msonkhano.
बाँकी तेरा उपहारहरू तिमीहरू र तिमीहरूका परिवारले कुनै पनि ठाउँमा खान सक्छौ, किनभने यो भेट हुने पालमा तिमीहरूको कामको सट्टामा दिइएको ज्याला हो ।
32 Popereka gawo labwino kwambirilo simudzapezeka olakwa. Mukatero simudzadetsa zopereka zoyera za Aisraeli, ndipo simudzafa.’”
यदि तिमीहरूले प्राप्त गरेका थोकहरूबाट यसको उत्तम हिस्सा परमप्रभुलाई चढाएका छौ भने, यो खाएर र पिएर तिमीहरूमाथि कुनै दोष आइपर्नेछैन । तर तिमीहरूले इस्राएलका मानिसहरूका पवित्र बलिहरूलाई अपवित्र तुल्याउनुहुँदैन नत्रता तिमीहरू मर्नेछौ' ।”