< Numeri 12 >

1 Miriamu ndi Aaroni anayamba kuyankhula motsutsana ndi Mose chifukwa cha mkazi wa ku Kusi, popeza Moseyo anakwatira Mkusi.
मोशाले विवाह गरेका कूशी महिलाको कारण हारून र मिरियम मोशाको विरुद्धमा बोले ।
2 Iwowo anafunsa kuti, “Kodi Yehova anayankhula kudzera mwa Mose yekha? Kodi sanayankhule kudzeranso mwa ife?” Ndipo Yehova anamva zimenezi.
तिनीहरूले भने, “के परमप्रभु मोशासँग मात्र बोल्नुभएको छ र? के उहाँ हामीसँगचाहिँ बोल्नुभएको छैन र?” तिनीहरूले भनेका कुरा परमप्रभुले सुन्‍नुभयो ।
3 (Koma Mose anali munthu wodzichepetsa kwambiri kuposa munthu aliyense pa dziko lapansi).
मोशा साह्रै नम्र मानिस थिए, तिनी संसारका सबैभन्दा नम्र थिए ।
4 Nthawi yomweyo Yehova anati kwa Mose, Aaroni ndi Miriamu, “Bwerani ku tenti ya msonkhano nonse atatu.” Ndipo atatuwo anapitadi kumeneko.
त्यसै बेला परमप्रभु मोशा, हारून र मिरियमसित बोल्नुभयो, “तिमीहरू तिनै जना भेट हुने पालमा आओ ।” त्यसैले तिनै जना बाहिर आए ।
5 Tsono Yehova anatsika mu mtambo, nayima pa khomo la chihema. Kenaka anayitana Aaroni ndi Miriamu. Ndipo onse awiri atapita patsogolo,
अनि परमप्रभु बादलको खामोमा ओर्लेर आउनुभयो । उहाँ पालको प्रवेश-द्वारमा खडा हुनुभयो अनि हारून र मिरियमलाई बोलाउनुभयो । तिनीहरू दुवै अगि आए ।
6 Mulungu anati, “Mverani mawu anga: “Pakakhala mneneri wa Yehova pakati panu, ndimadzionetsera kwa iyeyo mʼmasomphenya, ndimayankhula naye mʼmaloto.
परमप्रभुले भन्‍नुभयो, “मेरो वचन सुन । मेरो अगमवक्‍ता तिमीहरूसँग हुँदा म आफैलाई त्यससँग दर्शनमा प्रकट गर्नेछु र त्यससँग सपनामा कुरा गर्छु ।
7 Koma sinditero ndi Mose mtumiki wanga; Iyeyu ndi wokhulupirika mʼnyumba yanga yonse.
मेरो दास मोशा त्यस्‍तो होइन । त्यो मेरा सबै घरानामा विश्‍वासयोग्य छ ।
8 Ndimayankhula naye maso ndi maso, momveka bwino osati mophiphiritsa; ndipo amaona maonekedwe a Yehova. Nʼchifukwa chiyani simunaope kuyankhula motsutsana ndi Mose mtumiki wanga?”
म मोशासँग दर्शन वा अड्कोमा होइन प्रत्यक्ष रूपमा बोल्छु । त्यसले मेरो रूप देख्छ । यसैले तिमीहरूलाई मेरो दास मोशा विरुद्ध बोल्न किन डर लागेन?”
9 Ndipo Yehova anawakwiyira, nachoka.
परमप्रभुको क्रोध तिनीहरू विरुद्ध दन्कियो, र उहाँ तिनीहरूबाट जानुभयो ।
10 Pamene mtambo unachoka pamwamba pa Chihema, taonani, Miriamu anagwidwa ndi khate. Aaroni atachewuka anaona Miriamu ali ndi khate;
बादल पालमाथिबाट हट्यो र मिरियम अचानक कुष्‍ठरोगी भइन् । तिनी हिउँजस्तै सेतो भइन् । हारून मिरियमतिर फर्कंदा तिनले तिनलाई कुष्‍ठ रोग लागेको देखे ।
11 ndipo Aaroni anawuza Mose kuti, “Pepani mbuye wanga, musatilange chifukwa cha tchimo limene tachita mopusa.
हारूनले मोशालाई भने, “हे मेरा मालिक, बिन्ती छ यो पाप हाम्रो विरुद्ध नलिनुहोस् । हामीले मूर्खतापूर्वक बोलेका छौँ र हामीले पाप गरेका छौँ ।
12 Musalole kuti Miriamu akhale ngati mwana wobadwa wakufa kuchoka mʼmimba mwa amayi ake, thupi lake litawonongeka.”
बिन्ती छ, तिनी आफ्नो आमाको गर्भबाट निस्कँदा नै आधा मासु कुहेको मृत जन्मेकोजस्तो नहोऊन् ।”
13 Tsono Mose anafuwulira Yehova kuti, “Chonde Inu Mulungu, muchiritseni!”
यसैले मोशाले परमप्रभुलाई पुकारे, “हे परमेश्‍वर, बिन्ती छ, उनलाई निको पारिदिनुहोस् ।”
14 Yehova anayankha Mose kuti, “Abambo ake akanamulavulira malovu mʼmaso, kodi sakanakhala wonyozeka masiku asanu ndi awiri? Mutsekereni kunja kwa msasa masiku asanu ndi awiri, kenaka mumulowetsenso.”
परमप्रभुले मोशालाई भन्‍नुभयो, “यदि त्यसको बुबाले त्यसलाई अनुहारमा थुकेको भए, त्यो सात दिनसम्म अपमानित हुन्थ्यो । त्यसलाई छाउनी बाहिर लगेर थुन् । त्यसपछि त्यसलाई फेरि ले ।”
15 Choncho anamutsekera Miriamu kunja kwa msasa masiku asanu ndi awiri ndipo anthu sanayende ulendo wawo mpaka Miriamu atamulowetsanso.
यसैले मिरियमलाई छाउनीबाहिर सात दिनसम्म थुनियो । तिनी छाउनीमा नफर्केसम्म मानिसहरूले यात्रा गरेनन् ।
16 Pambuyo pake anthu ananyamuka ku Heziroti ndi kukamanga mʼchipululu cha Parani.
त्यसपछि, मानिसहरू हसेरोतबाट यात्रा गरेर पारानको मरुभूमिमा छाउनी लगाए ।

< Numeri 12 >