< Mika 3 >
1 Ndipo ine ndinati, “Tamverani, inu atsogoleri a Yakobo, inu olamulira nyumba ya Israeli. Kodi sindinu oyenera kudziwa kuweruza molungama,
मैले भनेँ, “अब सुन, ए याकूबका अगुवाहरू र इस्राएलका घरानाका शासकहरू, के इन्साफलाई बुझ्नु तिमीहरूका निम्ति ठिक होइन र?
2 inu amene mumadana ndi zabwino ndi kukonda zoyipa; inu amene mumasenda khungu la anthu anga, ndipo mumakungunula mnofu pa mafupa awo;
तिमीहरू जसले असल कुरालाई घृणा गर्छौ र दुष्टलाई रुचाउँछौ, तिमीहरू जसले तिनीहरूका छालालाई काढ्दछौ, र तिनीहरूका हड्डीबाट मासुलाई अलग गर्दछौ,
3 inu amene mumadya anthu anga, mumasenda khungu lawo ndi kuphwanya mafupa awo; inu amene mumawadula nthulinthuli ngati nyama yokaphika?”
तिमीहरु जसले मेरा मानिसहरूका मासु खान्छौ, र तिनीहरूका छाला काढ्छौ, तिनीहरूका हड्डी भाँच्छौ, र तिनीहरूलाई भाँडोमा राख्ने मासु, र खड्कुँलोमा पकाउने मासुझैँ टुक्रा-टुक्रा गर्दछौ ।
4 Pamenepo adzalira kwa Yehova, koma Iye sadzawayankha. Nthawi imeneyo Iye adzawabisira nkhope yake chifukwa cha zoyipa zimene anazichita.
त्यसपछि तिमी शासकहरूले परमप्रभुलाई पुकार्नेछौ, तर उहाँले तिमीहरूलाई जवाज दिनुहुनेछैन । त्यस बेला उहाँले आफ्नो मुहार तिमीहरूदेखि लुकाउनुहुनेछ किनभने तिमीहरूले दुष्ट कामहरू गरेका छौ ।”
5 Yehova akuti, “Aneneri amene amasocheretsa anthu anga, ngati munthu wina awapatsa chakudya amamufunira ‘mtendere;’ ngati munthu wina sawapatsa zakudya amamulosera zoyipa.
परमप्रभु यस्तो भन्नुहुन्छ, “मेरा मानिसहरूलाई गलत मार्गमा हिँडाउने अगमवक्ताहरू, कसैले तिनीहरूलाई केही खान दिए भने, तिनीहरू ‘शान्ति होस्’ भनेर घोषणा गर्दछन् । तर यदि त्यसले तिनीहरूलाई केही खान दिएन भने, तिनीहरू त्यसको विरुद्ध युद्ध गर्नको निम्ति लागिपर्दछन् ।
6 Nʼchifukwa chake kudzakuderani, simudzaonanso masomphenya, mdima udzakugwerani ndipo simudzawombezanso. Dzuwa lidzawalowera aneneriwo, ndipo mdima udzawagwera.
यसैकारण, तिमीहरूका निम्ति त्यो दर्शनविनाको रात हुनेछ । अनि त्यो यस्तो अन्धकार हुनेछ, कि तिमीहरूले कुनै भविष्यवाणी गर्नेछैनौ । अगमवक्ताहरूका निम्ति सूर्य अस्ताउनेछ, र तिनीहरूमाथि दिन पनि अन्धकार हुनेछ ।
7 Alosi adzachita manyazi ndipo owombeza mawula adzanyazitsidwa. Onse adzaphimba nkhope zawo chifukwa Mulungu sakuwayankha.”
दर्शन देख्नेहरू शर्ममा पर्नेछन्, र भविष्यवक्ताहरू भ्रमित हुनेछन् । तिनीहरू सबैले आफ्ना मुख छोप्नेछन्, किनभने मबाट कुनै जवाफ आउनेछैन ।”
8 Koma kunena za ine, ndadzazidwa ndi mphamvu, ndi Mzimu wa Yehova, ndi kulungama, ndi kulimba mtima, kuti ndilalikire za kugalukira kwa Yakobo, kwa Israeli za tchimo lake.
तर याकूबलाई त्यसको अपराध र इस्राएललाई त्यसको पापको घोषणा गर्न मचाहिँ परमप्रभुको आत्माद्वारा शक्ति, न्याय र पराक्रमले भरिपूर्ण छु ।
9 Imvani izi, inu atsogoleri a nyumba ya Yakobo, inu olamulira nyumba ya Israeli, inu amene mumadana ndi kuweruza kolungama; ndipo mumakhotetsa zinthu zonse zolondola;
अब, न्यायलाई घृणा गर्ने, र सबै असल कुरालाई भ्रष्ट गर्ने ए याकूबका घरानाका अगुवाहरू, र इस्राएलका घरानाका शासकहरू, यो सुन ।
10 inu amene mukumanga Ziyoni pokhetsa magazi, ndi Yerusalemu ndi kuyipa kwanu.
तिमीहरूले सियोनलाई रगतद्धारा र यरूशलेमलाई अधर्मद्धारा निर्माण गर्छौ ।
11 Atsogoleri ake amalandira chiphuphu kuti aweruze, ansembe ake amalandira malipiro kuti alalikire, ndipo aneneri ake amanenera kuti alandire ndalama. Komatu amatsamira pa Yehova nʼkumanena kuti, “Kodi Yehova sali pakati pathu? Palibe tsoka limene lidzatigwere.”
तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् । तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्न? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।”
12 Choncho chifukwa cha inu, Ziyoni adzatipulidwa ngati munda, Yerusalemu adzasanduka bwinja, ndipo phiri la Nyumba ya Mulungu lidzasanduka nkhalango yowirira.
यसैकारण, तिमीहरूको कारण, सियोन जोतिएको खेतझैँ हुनेछ, यरूशलेम भग्नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ घना जङ्गल हुनेछ ।