< Mika 2 >

1 Tsoka kwa amene amakonzekera chiwembu, kwa amene amakonzekera kuchita zoyipa usiku pa mabedi awo! Kukacha mmawa amakachitadi chifukwa ali ndi mphamvu zochitira zimenezo.
धिक्‍कार तिनीहरूलाई जसले अधर्मको योजना बनाउँछन्, जसले आफ्ना ओछ्यानमा दुष्‍ट काम गर्ने योजना बनाउँछन् । बिहानीको उज्यालोमा तिनीहरू यस्तो गर्छन् किनभने तिनीहरूसँग सामर्थ छ ।
2 Amasirira minda ndi kuyilanda, amasirira nyumba ndi kuzilanda. Amatenga nyumba ya munthu mwachinyengo, munthu mnzawo kumulanda cholowa chake.
तिनीहरू भुमिहरूको लोभ गर्छन् र ती आफ्नो कब्जामा गर्छन्; तिनीहरू घरहरूको लोभ गर्छन् र ती आफ्नो बनाउँछन् । तिनीहरूले मानिस र त्यसको घर अनि त्यसको उत्तराधिकारमाथि शासन गर्छन् ।
3 Nʼchifukwa chake Yehova akuti, “Ine ndikukonzekera kubweretsa tsoka pa anthu awa, tsoka limene simudzatha kudzipulumutsa nokha. Inu simudzayendanso monyada, pakuti idzakhala nthawi ya masautso.
यसैकारण परमप्रभु यस्तो भन्‍नुहुन्छ, “हेर, यस वंशको विरुद्ध म सर्वनाश ल्याउँदै छु, र त्यसबाट तिमीहरू उम्कन सक्‍नेछैनौ । तिमीहरू घमण्डसाथ हिँड्नेछैनौ, किनकि त्यो खराब समय हुनेछ ।
4 Tsiku limenelo anthu adzakuchitani chipongwe; adzakunyogodolani ndi nyimbo iyi yamaliro: ‘Tawonongeka kotheratu; dziko la anthu anga lagawidwa. Iye wandilanda! Wapereka minda yathu kwa anthu otiwukira.’”
त्यस दिन मानिसहरूले तिमीहरूबारे गीत गाउनेछन्, र विलापको रुवाबासीसहित तिनीहरू विलाप गर्नेछन् । तिनीहरू यसरी गाउनेछन्, ‘हामी इस्राएलीहरू पूर्ण रूपमा नष्‍ट भएका छौँ । परमप्रभुले मेरा मानिसहरूको इलाका परिवर्तन गर्नुहुन्छ । उहाँले कसरी त्यो मबाट हटाउनुहुनेछ? उहाँले हाम्रो भुमि धोका दिनेहरूलाई बाँडिदिनुहुनेछ!’”
5 Nʼchifukwa chake simudzakhala ndi munthu mu msonkhano wa Yehova kuti agawe dziko pochita maere.
यसैकारण, परमप्रभुको समुदायमा चिट्ठा हालेर आफ्नो इलाका बाँड्नको निम्ति धनी मानिसहरूसँग उत्तराधिकारीहरू हुनेछैनन् ।
6 Aneneri awo amanena kuti, “Usanenere! Usanenere ndi pangʼono pomwe zimenezi; ife sitidzachititsidwa manyazi.”
“अगमवाणी नगर” भनेर तिनीहरू भन्‍नेछन् । “तिनीहरूले यस्ता कुराहरूको अगमवाणी गर्नुहुँदैन; तिरस्कार हामीमाथि आउनेछैन ।”
7 Inu nyumba ya Yakobo, monga zimenezi ndi zoyenera kuzinena: “Kodi Mzimu wa Yehova wakwiya? Kodi Iye amachita zinthu zotere?” “Kodi mawu ake sabweretsa zabwino kwa amene amayenda molungama?
याकूबको घराना, के साँच्‍चै यस्तो भनिनुपर्छ, “के परमप्रभुको आत्मा रिसाउनुभएको छ? के यी उहाँका कामहरू हुन्?” के सिधा हिँड्ने मानिसको निम्ति मेरो वचनले असल काम गर्दैन र?
8 Posachedwapa anthu anga andiwukira ngati mdani. Mumawavula mkanjo wamtengowapatali anthu amene amadutsa mosaopa kanthu, monga anthu amene akubwera ku nkhondo.
अहिले मेरा मानिसहरू शत्रुझैँ जागेका छन् । युद्धबाट फर्केका सैनिकहरू तिनीहरूले सुरक्षित ठानेको ठाउँमा गएझैँ शङ्का नगरी नजिकबाट जानेहरूबाट तिमीहरू तिनीहरूको वस्‍त्र अर्थात् लबेदा खोस्छौ ।
9 Mumatulutsa akazi a anthu anga mʼnyumba zawo zabwino. Mumalanda ana awo madalitso anga kosatha.
तिमीहरूले मेरा मानिसहरूका स्‍त्रीहरूलाई तिनीहरूका सुखद घरहरूबाट निकाल्‍दछौ; तिनीहरूका साना छोराछोरीहरूबाट मेरो आशिषलाई तिमीहरू सदाको निम्ति खोस्दछौ ।
10 Nyamukani, chokani! Pakuti ano si malo anu opumulirapo, chifukwa ayipitsidwa, awonongedwa, sangatheke kuwakonzanso.
उठ र जाओ, किनभने त्यसको अशुद्धताको कारण यो ठाउँ तिमीहरू बस्‍न मिल्‍ने ठाउँ होइन । त्यो पूर्ण रूपमा सर्वनाश भएको छ ।
11 Ngati munthu wabodza ndi wachinyengo abwera nʼkunena kuti, ‘Ine ndidzanenera ndipo mudzakhala ndi vinyo ndi mowa wambiri, woteroyo adzakhala mneneri amene anthu awa angamukonde!’
यदि कोही झुट र असत्यताको आत्मामा तिमीहरूकहाँ आएर “म मद्य र कडा मदिराको विषयमा तिम्रो निम्ति अगमवाणी बोल्‍नेछु,” भनेर भन्दछ भने त्यसका मानिसहरूको निम्ति त्यो अगमवक्‍ता हुनेछ ।
12 “Inu banja la Yakobo, ndidzakusonkhanitsani nonse; ndidzawasonkhanitsa pamodzi otsala a ku Israeli. Ndidzawabweretsa pamodzi ngati nkhosa mʼkhola, ngati ziweto pa msipu wake; malowo adzadzaza ndi chinamtindi cha anthu.
याकूब, म निश्‍चय नै तिमीहरू सबैलाई एकसाथ भेला गराउनेछु । म निश्‍चय नै इस्राएलका बाँकी रहेकाहरूलाई एकसाथ भेला गराउनेछु । गोठको भेडाझैँ, तिनीहरूको खर्कको बिचमा भएको बगालझैँ म तिनीहरूलाई एकसाथ ल्याउनेछु । मानिसहरूको ठुलो सङ्ख्याको कारण त्यहाँ ठुलो आवाज हुनेछ ।
13 Amene adzawapulumutse adzayenda patsogolo pawo; iwo adzathyola chipata ndipo adzatuluka. Mfumu yawo idzawatsogolera, Yehova adzakhala patsogolo pawo.”
तिनीहरूका निम्ति मार्ग खुला गरिदिनेचाहिँ तिनीहरूभन्दा अगि जानेछ । तिनीहरू ढोका भत्‍काएर बाहिर जान्छन्, र तिनीहरूका राजा तिनीहरूभन्दा अगाडि जानेछन् । तिनीहरू सबैभन्दा अगाडि परमप्रभु हुनुहुनेछ ।

< Mika 2 >