< Luka 9 >

1 Yesu atawayitana khumi ndi awiriwo pamodzi, Iye anawapatsa mphamvu ndi ulamuliro wotulutsa ziwanda zonse ndi kuchiritsa matenda.
उहाँले बाह्र जनालाई एकैसाथ बोलाउनुभयो र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने अधिकार र शक्‍ति दिनुभयो ।
2 Ndipo Iye anawatumiza kukalalikira za ufumu wa Mulungu ndi kukachiritsa odwala.
उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न र बिरामी निको पार्न पठाउनुभयो ।
3 Iye anawawuza kuti, “Musatenge kanthu paulendo. Musatenge ndodo, thumba, buledi, ndalama, ndi malaya apadera.
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले यात्राका निम्ति केही नलैजाओ न त लौरो, न त थैली, न त रोटी, न त पैसा, न त दुईवटा दौरा लैजाओ ।
4 Nyumba iliyonse imene mulowa, mukhale momwemo kufikira mutachoka mu mzindawo.
तिमीहरू जुन घरमा पस्छौ, त्यस ठाउँलाई नछोडेसम्म त्यहीँ बस ।
5 Ngati anthu sakulandirani, sasani fumbi la kumapazi anu pomwe mukuchoka mu mzinda wawo ngati umboni owatsutsa.”
कसैले तिमीहरूलाई ग्रहण गर्दैन भने, जब तिमीहरू त्यस सहरलाई छोडछौ, तिनीहरूका विरुद्धमा साक्षीका लागि तिमीहरूका खुट्टाको धुलोसमेत टकटकाइदेओ ।”
6 Ndipo iwo ananyamuka napita, mudzi ndi mudzi, kulalikira Uthenga Wabwino ndi kuchiritsa anthu paliponse.
तब तिनीहरू सुसमाचारको घोषणा गर्दै हिँडे र हरेक ठाउँका रोगी मानिसहरूलाई निको पार्दै गाउँहरूतिर गए ।
7 Tsopano Herode olamulirayo anamva zonse zimachitikazi. Ndipo iye anavutika kwambiri chifukwa ena amati Yohane waukitsidwa kwa akufa,
अनि शासक हेरोदले जे भइरहेको थियो, त्यो सुनेर उनी अन्योलमा परे, कारण बप्‍तिस्मा-दिने यूहन्‍ना जीवित भएका छन् भनेर कसैले उनलाई सुनाइदिएको थियो ।
8 ena amati Eliya waonekera, ndipo ena anatinso mmodzi wa aneneri akalekale waukanso.
र कसैले एलिया देखा परेका छन्, र अरूहरूले पुराना अगमवक्‍ताहरूमध्ये एक जना फेरि पुनर्जीवित भएका छन् भने ।
9 Koma Herode anati, “Ine ndinamudula mutu Yohane. Nanga uyu ndani amene ndikumva zinthu zotere za Iye?” Ndipo iye anayesetsa kuti amuone Iye.
हेरोदले भने, “मैले यूहन्‍नाको टाउको काटेँ, तर यो को हो जसको बारेमा म यस्तो कुरा सुन्दै छु?” र हेरोदले येशूलाई हेर्ने बाटो खोज्‍ने कोसिस गरे ।
10 Atumwi atabwerera, anamuwuza Yesu zimene anachita. Kenaka Iye anawatenga napita kwa okha ku mudzi wa Betisaida.
जब पठाइएकाहरू फर्केर आए, तिनीहरूले गरेका सबै कुरा उहाँलाई तिनीहरूले बताए । तिनीहरूलाई उहाँसँगै लगेर, बेथसेदा भनिने सहरमा आफैँ तिनीहरूसँग जानुभयो ।
11 Koma gulu la anthu linadziwa ndipo anamutsatira. Iye anawalandira ndi kuyankhula nawo za ufumu wa Mulungu, ndi kuchiritsa amene amafuna machiritso.
तर भिडले यो सुन्यो र उहाँलाई पछ्यायो र उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्‍वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो र जसलाई निको हुन आवश्यक थियो, तिनीहरूलाई निको पार्नुभयो ।
12 Chakumadzulo dzuwa litapita, khumi ndi awiriwo anabwera kwa Iye ndipo anati, “Uzani gulu la anthuli lichoke kuti apite ku midzi yotizungulira ndi madera a ku mudzi kuti akapeze chakudya ndi pogona, chifukwa kuno ndi kuthengo.”
दिन ढल्किन लाग्दा बाह्रै जना उहाँकहाँ आए र भने, “यस भिडलाई बिदा दिनुहोस्, ताकि तिनीहरूले गाउँहरूतिर र वरिपरिका ठाउँहरूमा गएर बास बस्‍न र खान पाउन सकून्, किनकि हामी यहाँ मरुभूमिको ठाउँमा छौँ ।”
13 Iye anayankha kuti, “Apatseni chakudya kuti adye.” Iwo anayankha kuti, “Ife tili ndi malofu a buledi asanu okha ndi nsomba ziwiri, pokhapokha titapita kukagula chakudya cha gulu la anthu onsewa.”
तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानलाई देओ ।” तिनीहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुईवटा माछाभन्दा बढी केही छैन । मानिसहरूको यो ठुलो भिडलाई गएर खाना किन्‍नबाहेक अर्को उपाय छैन ।”
14 (Pamenepo panali amuna pafupifupi 5,000). Koma Iye anati kwa ophunzira ake, “Akhazikeni pansi mʼmagulu a anthu pafupifupi makumi asanu.”
त्यहाँ पाँच हजारभन्दा बढी मानिस थिए । उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, तिनीहरूलाई पचास-पचास जनाको समूहमा बस्‍न लगाओ ।”
15 Ophunzira ake anachita zomwezo ndipo aliyense anakhala pansi.
अनि तिनीहरूले त्यसै गरे, र सबै मानिसहरू बसे ।
16 Atatenga malofu a buledi asanu ndi nsomba ziwiri zija anayangʼana kumwamba, nayamika ndipo anazigawa. Kenaka anazipereka kwa ophunzira ake kuti azipereke kwa anthu.
उहाँले पाँचवटा रोटी र दुईवटा माछालाई हातमा लिनुभयो र स्वर्गतिर आँखा उठाउँदै, तिनीहरूलाई आशीर्वाद दिनुभयो, र तिनलाई भाँचेर टुक्रा-टुक्रा पार्नुभयो, र भिडको सामु बाँड्नलाई चेलाहरूलाई दिनुभयो ।
17 Onse anadya nakhuta, ndipo ophunzira ake anatolera madengu khumi ndi awiri odzaza ndi nyenyeswa zomwe zinatsala.
तिनीहरू सबैले खाए र सन्तुष्‍ट भए र उब्रेका सबै रोटीका टुक्राहरू बटुले र बाह्र डाला भरे ।
18 Nthawi ina pamene Yesu amapemphera malo a yekha ali ndi ophunzira ake, Iye anawafunsa kuti, “Kodi anthu amati Ine ndine yani?”
जब उहाँ एकलै प्रार्थना गरिरहनुभएको थियो, चेलाहरू पनि उहाँसँग थिए । उहाँले तिनिहरूलाई प्रश्‍न गर्दै भन्‍नुभयो, “भिडले म को हुँ भनी भन्दछ?”
19 Iwo anayankha kuti, “Ena amati Yohane Mʼbatizi; ena amati Eliya; ndipo enanso amati mmodzi wa aneneri akalekale waukanso.”
तिनीहरूले जवाफ दिँदै भने, “बप्‍तिस्मा-दिने यहून्‍ना, तर अरूले भन्छन् एलिया र अरूहरूले फेरि उदाएका पुरानो समयका एक जना अगमवक्‍ता हुन् भनी भन्दछन् ।”
20 Iye anafunsa kuti, “Koma nanga inu mumati Ine ndine yani?” Petro anayankha kuti, “Mpulumutsi wolonjezedwa uja wa Mulungu.”
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर तिमीहरूचाहिँ म को हुँ भनी भन्दछौ?” पत्रुसले जवाफ दिँदै भने, “परमेश्‍वरबाट आउनुभएका ख्रीष्‍ट ।”
21 Yesu anawachenjeza kwambiri kuti asawuze wina aliyense za izi.
तर तिनीहरूलाई चेताउनी दिँदै येशूले तिनीहरूलाई यो कसैलाई पनि नभन्‍नू भनी शिक्षा दिनुभयो ।
22 Ndipo Iye anati, “Mwana wa Munthu ayenera kuzunzika kwambiri ndi kukanidwa ndi akulu a ansembe ndi aphunzitsi amalamulo, Iye ayenera kuphedwa ndipo tsiku lachitatu adzauka kwa akufa.”
निश्‍चय नै मानिसका पुत्रले धेरै कुरामा दुख सहनु, बुढापाकाहरू, मुख्य पुजारीहरू र शास्‍त्रीहरूबाट तिरष्कृत हुनु छ र तिनी मारिनेछन् र तेस्रो दिनमा जीवनमा फर्की आउनेछन् ।
23 Ndipo Iye anawuza onse kuti, “Ngati wina aliyense akufuna kutsata Ine, ayenera kudzikana yekha ndi kusenza mtanda wake tsiku ndi tsiku nʼkumanditsata Ine.
उहाँले तिनीहरू सबैलाई भन्‍नुभयो, “यदि कोही मेरो पछि आउन चाहन्छ भने, उसले आफैँलाई इन्कार गरोस्, दिनहुँ आफ्नो क्रुस उठाओस् र मलाई पछ्याओस् ।
24 Popeza aliyense amene akufuna kupulumutsa moyo wake adzawutaya, koma aliyense amene adzataya moyo wake chifukwa cha Ine adzawupulumutsa.
जसले आफ्नो जीवनलाई बचाउने प्रयास गर्दछ, उसले त्यसलाई गुमाउनेछ, तर मेरो खातिर जसले आफ्नो जीवन गुमाउँछ, त्यसले त्यो बचाउनेछ ।
25 Kodi chabwino ndi chiti kwa munthu, kupata zonse zapansi pano, koma ndi kutaya moyo wake kapena kudziwononga iye mwini?
सारा संसार हात पारेर पनि उसले आफैँलाई नाश गर्छ वा गुमाउँछ भने, मानिसलाई के लाभ हुन्छ र?
26 Ngati wina aliyense achita nane manyazi ndi ndiponso mawu anga, Mwana wa Munthu adzachita naye manyazi pamene adzabwera mu ulemerero wake ndi mu ulemerero wa Atate ndi angelo oyera.
जो मेरा वचनहरू र मसँग शर्माउँछ, महिमाका पिता र पवित्र दूतहरूका सामु मानिसका पुत्र पनि आफ्नो महिमामा आउँदा तिनीहरूसँग शर्माउँनेछन् ।
27 Zoonadi, Ine ndikukuwuzani kuti ena mwa inu amene mwayima pano simudzalawa imfa musanaone ufumu wa Mulungu.”
तर म तिमीहरूलाई साँचो भन्दछु, यहाँ तिमीहरूमध्ये उभिनेहरू कोही छन् जसले मृत्युको स्वाद चाख्‍नअगि परमेश्‍वरको राज्य देख्‍नेछैनन् ।
28 Patatha pafupifupi masiku asanu ndi atatu Yesu atanena izi, Iye anatenga Petro, Yohane ndi Yakobo ndi kukwera ku phiri kukapemphera.
लगभग आठ दिनपछि येशूले उहाँसँग प्रार्थना गर्न पत्रुस, यूहन्‍ना र याकूबलाई सँगै लिएर जाँदा यी कुराहरू भन्‍नुभएको थियो ।
29 Pamene Iye ankapemphera, maonekedwe a nkhope yake, ndi zovala zake zinawala monyezimira kwambiri.
जब उहाँले प्रार्थना गर्दै हुनुहुन्थ्यो, उहाँको अनुहार परिवर्तन भयो, र उहाँको वस्‍त्र सेतो र चम्किलो भयो ।
30 Anthu awiri, Mose ndi Eliya,
हेर, त्यहाँ दुई जना मानिस उहाँसँग कुरा गरिरहेका थिए! तिनीहरू मोशा र एलिया थिए,
31 anaonekera mu ulemerero opambana akuyankhulana ndi Yesu. Iwo amayankhulana za kuchoka kwake, kumene Iye anali pafupi kukakwaniritsa ku Yerusalemu.
जो महिमित देखिए । तिनीहरू उहाँको उठाइबारे कुरा गरिरहेका थिए, जुन यरूशलेममा पुरा हुन लागेको थियो ।
32 Petro ndi anzake anali ndi tulo tambiri, koma atadzuka, iwo anaona ulemerero wake ndi anthu awiri atayima pamodzi ndi Iye.
अब पत्रुस र तिनीसँग भएकाहरू निन्द्राले लट्ठ भएका थिए । तर जब तिनीहरू पूर्ण रूपले ब्युँझे, तिनीहरूले उहाँसँगै उभिरहेका दुई जना मानिस र उहाँको महिमालाई देखे ।
33 Pamene anthuwo ankamusiya Yesu, Petro anati kwa Iye, “Ambuye, ndi chabwino kwa ife kuti tikhale pano. Tiloleni kuti timange misasa itatu, umodzi wanu, umodzi wa Mose ndi umodzi wa Eliya.” (Iye sanadziwe chimene amayankhula).
तिनीहरू येशूबाट टाढा जाँदै गर्दा, पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामी यहाँ तिन वटा टहरा बनाऔँ, यो हाम्रो लागि असल छ । एउटा तपाईंको लागि, अर्को मोशाको लागि र एउटा एलियाको लागि ।” उहाँले केको बारेमा भन्दै हुनुहुन्थ्यो भन्‍ने कुरा उनले बुझेनन् ।
34 Pamene Iye ankayankhula, mtambo unaonekera ndi kuwaphimba iwo, ndipo anachita mantha pamene mtambowo unawakuta.
जब तिनले यी कुराहरू भन्दै थिए, बादल आयो र तिनीहरूलाई ढाक्यो र तिनीहरूका वरिपरि बादलले ढाकेको देखेर तिनीहरू अत्तालिए ।
35 Mawu anachokera mu mtambomo nati, “Uyu ndi Mwana wanga amene ndamusankha; mumvereni Iye.”
बादलबाट यसो भन्दै एउटा आवाज आयो, “यिनी मेरा चुनिएका पुत्र हुन् । यिनको कुरा सुन ।”
36 Atamveka mawuwa, anaona kuti Yesu anali yekha. Ophunzirawo anazisunga izi mwa iwo okha ndipo sanawuze wina aliyense pa nthawiyi za zomwe iwo anaziona.
जब त्यो आवाज बन्द भयो, येशू एकलै हुनुभयो । तिनीहरू चुप भए र ती दिनमा जुन कुरा तिनीहरूले देखेका थिए, कसैलाई पनि भनेनन् ।
37 Mmawa mwake, akutsika ku phiri, anthu ambiri anakumana naye.
तिनीहरू पहाडबाट तल ओर्लेर आएको भोलिपल्ट मानिसहरूको ठुलो भिडले उहाँलाई भेट्यो ।
38 Munthu wina mʼgulu la anthulo anayitana kuti, “Aphunzitsi, ndikupemphani kuti muone mwana wangayu, pakuti ndi mmodzi yekhayu.
हेर, भिडबाट एक जना मानिस यसो भन्दै चिच्यायो, “गुरुज्यू, म बिन्ती गर्छु, कि तपाईंले मेरो छोरालाई हेर्नुहोस्, किनभने ऊ मेरो एउटै मात्र छोरा हो ।
39 Chiwanda chikamugwira amafuwula mwadzidzidzi; chimamugwedeza kolimba mpaka kutuluka thovu kukamwa. Sichimusiya ndipo chikumuwononga.
हेर्नुहोस, उसलाई आत्माले समात्छ, र ऊ अचानक चिच्‍च्‍याउँछ, यसले उसको मुखमा फिज काढेर उसलाई काम्‍न लगाउँछ । यो उसबाट मुस्किलले जान्छ, जब यसले छोड्छ तब उसलाई नराम्रो गरी चोट पार्छ ।
40 Ine ndinapempha ophunzira anu kuti achitulutse, koma alephera.”
मैले ऊबाट यसलाई निकाल्न भनेर तपाईंका चेलाहरूसँग बिन्ती गरेँ, तर तिनीहरूले सकेनन् ।”
41 Yesu anayankha kuti, “Haa! Anthu osakhulupirira ndi mʼbado wokhota. Kodi Ine ndidzakhala nanu nthawi yayitali yotani ndi kukupirirani? Bweretsa mwana wako kuno.”
येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “हे अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म तिमीहरूसँग कति समयसम्म रहनु र तिमीहरूलाई सहनु? तिम्रो छोरालाई यहाँ लेऊ ।”
42 Ngakhale pamene mnyamata amabwera kwa Yesu, chiwandacho chinamugwetsa pansi ndi kumugwedeza. Koma Yesu anadzudzula mzimu woyipawo nachiritsa mwa mnyamatayo ndi kumuperekanso kwa abambo ake.
त्यो केटो आउँदै थियो, भूतले उसलाई भुइँमा पछार्‍यो, र भयानक तवरले कमायो । तर येशूले अशुद्ध आत्मालाई हप्काउनुभयो र केटालाई निको पार्नुभयो र उसको बुबालाई फिर्ता दिनुभयो ।
43 Ndipo iwo onse anadabwa ndi ukulu wa Mulungu. Aliyense akudabwa ndi zimene Yesu anachita, Iyeyo anati kwa ophunzira ake,
तिनीहरू परमेश्‍वरको महानतामा चकित भए । तर सबै जना उहाँले गर्नुभएका यी सबै कुराहरूप्रति चकित भइरहँदा, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,
44 “Tamvetsetsani zimene ndikufuna kukuwuzani: Mwana wa Munthu akupita kukaperekedwa mʼmanja mwa anthu.”
“यी वचनहरू तिमीहरूका कानका गहिराइसम्म पुगून्, किनभने, मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् ।”
45 Koma iwo sanazindikire zimene amatanthauza. Izi zinawadabwitsa kotero sanathe kuzimvetsa ndipo anaopa kumufunsa.
तर तिनीहरूले यस भनाइलाई बुझेनन् र यो तिनीहरूबाट लुकाइएको थियो । त्यसैले, तिनीहरूले यसलाई बुझ्‍न सकेनन् । तिनीहरूले त्यस भनाइबारे उहाँलाई सोध्‍न डराए ।
46 Mkangano unayambika pakati pa ophunzira wa kuti wamkulu koposa akanakhala ndani mwa iwo.
तब तिनीहरूबिच सबैभन्दा ठुलो को हुने हो भनी विवाद चल्यो ।
47 Yesu podziwa maganizo awo, anatenga kamwana nakayimika pambali pake.
तर येशूले तिनीहरूले हृदयमा के विचार गरिरहेका छन् भन्‍ने थाहा पाएर उहाँले एउटा बालकलाई लिएर उहाँको छेउमा राख्‍नुभयो,
48 Ndipo Iye anawawuza kuti, “Aliyense wolandira bwino kamwana aka mʼdzina langa, ndiye kuti akulandiranso bwino Ine; ndipo aliyense wolandira bwino Ine, ndiye kuti akulandiranso bwino amene anandituma Ine. Pakuti amene ndi wamngʼono pakati panu, ndiye amene ali wamkulu koposa.”
र तिनीहरूलाई भन्‍नुभयो, “यदि कसैले मेरो नाउँमा सानो बालकलाई झैँ ग्रहण गर्छ भने उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने, उसले मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्दछ । किनभने तिमीहरूमध्ये सबैभन्दा सानो नै सबैभन्दा महान् हो ।”
49 Yohane anati, “Ambuye, ife tinaona munthu akutulutsa ziwanda mʼdzina lanu ndipo tinayesa kumuletsa, chifukwa iyeyo si mmodzi wa ife.”
यूहन्‍नाले जवाफ दिए र भने, “प्रभु, हामीले कसैले तपाईंको नाउँमा भूतहरू निकालिरहेको देख्यौँ । र उसलाई हामीले रोक्यौँ, किनकि उसले हामीलाई पछ्याएन ।”
50 Yesu anati, “Wosamuletsa, pakuti amene satsutsana nanu ali mbali yanu.”
तर येशूले तिनलाई भन्‍नुभयो, “उसलाई नरोक, किनभने जो तिम्रो विरुद्धमा हुँदैन, त्यो तिम्रो पक्षमा हुन्छ ।”
51 Nthawi itayandikira yoti Iye atengedwe kupita kumwamba, Yesu anatsimikiza zopita ku Yerusalemu,
जब उहाँ स्वर्गतिर जाने समय नजिक आउँदै थियो, उहाँले यरूशलेमतिर जाने अठोट लिनुभयो ।
52 ndipo anatuma nthumwi kuti zitsogole. Iwo anapita mʼmudzi wa Asamariya kuti akonzekere kumulandira,
उहाँले आफूभन्दा अगि सन्‍देशवाहकहरूलाई पठाउनुभयो र तिनीहरू गए र उहाँका निम्ति तयारी गर्ने सामरीहरूको गाउँमा प्रवेश गरे ।
53 koma anthu kumeneko sanamulandire chifukwa Iye ankapita ku Yerusalemu.
तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गरेनन्, किनभने उहाँले यरूशलेमतिर जाने अठोट लिनुभएको थियो ।
54 Ophunzira awa, Yohane ndi Yakobo ataona zimenezi, anafunsa kuti, “Ambuye, kodi mukufuna ife tiyitane moto kuchokera kumwamba kuti uwawononge?”
जब उहाँका चेलाहरू यूहन्‍ना र याकूबले यो देखे, तिनीहरूले भने, “प्रभु के स्वर्गबाट आगो बर्साएर तिनीहरूलाई नष्‍ट गर्न हामी आज्ञा गरौँ?”
55 Koma Yesu anatembenuka ndi kuwadzudzula,
तर उहाँ फर्केर तिनीहरूलाई हप्काउनुभयो ।
56 ndipo iwo anapita ku mudzi wina.
तब उहाँहरू अर्को गाउँतिर जानुभयो ।
57 Pamene iwo ankayenda mu msewu, munthu wina anati kwa Iye, “Inu ndikutsatirani kulikonse kumene mudzapita.”
जब उहाँहरू बाटोमा जाँदै हुनुहुन्थ्यो, तब कसैले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुहुन्छ म तपाईंलाई पछ्यानेछु ।”
58 Yesu anayankha kuti, “Nkhandwe zili ndi mapanga ake, mbalame zili ndi zisa zake, koma Mwana wa Munthu alibe malo wogonekapo mutu wake.”
येशूले उसलाई भन्‍नुभयो, “फ्याउराहरूका दुला छन् र आकासका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको टाउको लुकाउने ठाउँ पनि छैन ।”
59 Iye anati kwa wina, “Nditsate Ine.” Koma munthuyo anayankha kuti, “Ambuye, choyamba loleni ndipite kuti ndikayike maliro a abambo anga.”
तब उहाँले अर्को मानिसलाई भन्‍नुभयो, “मेरो पछि लाग ।” तर उसले भन्यो, “प्रभु, मलाई पहिले मेरा बुबालाई गाड्न दिनुहोस् ।”
60 Yesu anati kwa iye, “Aleke akufa ayikane akufa okhaokha, koma iwe pita ukalalikire ufumu wa Mulungu.”
तर उहाँले उसलाई भन्‍नुभयो, “मृतकहरूलाई नै तिनीहरूको मृत शरीर गाड्न देऊ, तर तिमी जाऊ र जताततै परमेश्‍वरको राज्यको घोषणा गर ।”
61 Koma winanso anati, “Ine ndidzakutsatani Ambuye; koma choyamba ndiloleni ndibwerere kuti ndikatsanzikane nalo banja langa.”
अर्को मानिसले पनि भन्यो, “प्रभु म तपाईंलाई पछ्याउँछु, तर पहिले मेरो घरमा भएकाहरूसँग बिदा माग्‍न दिनुहोस् ।”
62 Yesu anayankha kuti, “Munthu amene akulima ndi khasu lokokedwa nʼkumayangʼana mʼmbuyo, si woyenera kugwira ntchito mu ufumu wa Mulungu.”
तर येशूले उसलाई भन्‍नुभयो, “हलोमा आफ्नो हात राखेर पछाडि हेर्ने कोही पनि परमेश्‍वरको राज्यको योग्य हुँदैन ।”

< Luka 9 >