< Levitiko 18 >

1 Yehova anawuza Mose kuti,
परमप्रभुले मोशालाई भन्‍नुभयो,
2 “Yankhula ndi Aisraeli ndipo uwawuze kuti, ‘Ine ndine Yehova Mulungu wanu.
“इस्राएलका मानिसहरूलाई यसो भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
3 Musamachite zomwe amachita anthu a ku Igupto kumene munkakhala kuja, ndiponso musamachite zomwe amachita anthu a ku Kanaani kumene ndikukupititsani. Musatsatire miyambo yawo.
तिमीहरू पहिले बसोबास गर्ने मिश्रका मानिसहरूले त्यहाँ जे गर्थे ती तिमीहरूले नगर्नू । मैले तिमीहरूलाई लैजान लागेको देश अर्थात् कनानका मानिसहरूले त्यहाँ जे गर्थे ती तिमीहरूले नगर्नू । तिमीहरूले तिनीहरूका रीतिरिवाजहरू नपछ्‍याउनू ।
4 Inu muzimvera malamulo anga ndipo muzisamalitsa kutsatira malangizo anga. Ine ndine Yehova Mulungu wanu.
मेरो व्यवस्था तिमीहरूले पालन गर्नू, र मेरा आज्ञाहरू मान्‍नू, र तीअनुसार तिमीहरू हिँड्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
5 Choncho sungani malangizo ndi malamulo anga, popeza munthu amene amvera zimenezi adzakhala ndi moyo. Ine ndine Yehova.
यसैकारण तिमीहरूले मेरा आज्ञाहरू मान्‍नू र मेरा व्यवस्था पालन गर्नू । ती पालन गर्ने मानिस तीद्वारा नै बाँच्‍दछ । म परमप्रभु हुँ ।
6 “‘Munthu aliyense asagonane ndi wachibale wake. Ine ndine Yehova.
आफ्नो नजिकको नातेदारसँग सुतेर कसैले पनि आफ्नो नग्‍नता नदेखाओस् । म परमप्रभु हुँ ।
7 “‘Usachititse manyazi abambo ako pogonana ndi amayi ako. Iwo ndi amayi ako. Usagonane nawo.
आफ्नी आमासँग सुतेर आफ्ना बुबाको अनादार नगर्नू । त्यो तेरी आमा हो! तैँले त्यसलाई अनादर नगर् ।
8 “‘Usagonane ndi mkazi wa abambo ako (osakhala amayi okubala). Ukatero ukuchititsa manyazi abambo ako.
आफ्ना बुबाकी कुनै पत्‍नीसँग पनि नसुत् । त्यस्तो काम गरेर आफ्ना बुबाको अनादर नगर् ।
9 “‘Usagonane ndi mlongo wako, mwana wamkazi wa abambo ako, kapena mwana wamkazi wa amayi ako, kaya anabadwira mʼnyumba mwanu kapena kwina.
आफ्नी कुनै दिदी-बहिनीसँग नसुत्, चाहे त्यो तेरो बुबाकी छोरी वा आमाकी छोरी होस्, चाहे त्यो तेरो घरमा वा घरबाट टाढा हुर्काइएकी होस् । आफ्नी दिदी-बहिनीसँग नसुत् ।
10 “‘Usagonane ndi mdzukulu wako: mwana wa mwana wako wamwamuna kapena mwana wa mwana wako wamkazi. Kutero nʼkudzichotsa ulemu.
आफ्नो छोरा वा छोरीको छोरीसँग नसुत् । त्यो तेरो निम्ति शर्मको कुरा हो ।
11 “‘Usagonane ndi mwana wamkazi wa mkazi wa abambo ako, amene abambo akowo anabereka; popeza ameneyo ndi mlongo wako.
आफ्ना बुबाकी पत्‍नीकी छोरीसँग नसुत्, जो तेरो बुबाबाट जन्मेकी थिई । त्यो तेरो बहिनी हो, र तँ त्योसँग नसुत् ।
12 “‘Usagonane ndi mlongo wa abambo ako; popeza ameneyo ndi thupi limodzi ndi abambo ako.
आफ्ना बुबाकी दिदी-बहिनीसँग नसुत् । त्यो तेरो बुबाको नजिकको नातेदार हो ।
13 “‘Usagonane ndi mchemwali wa amayi ako chifukwa ameneyo ndi thupi limodzi ndi amayi ako.
आफ्नी आमाकी दिदी-बहिनीसँग नसुत् । त्यो तेरी आमाको नजिकको नातेदार हो ।
14 “‘Usachititse manyazi mchimwene wa abambo ako pogonana ndi mkazi wake popeza amenewo ndi azakhali ako.
आफ्ना बुबाको दाजु वा भाइकी पत्‍नीसँग सुतेर त्यसको अनादर नगर् । त्यस्तो कामको निम्ति त्यसको नजिक नजा, त्यो तेरी काकी हो ।
15 “‘Usagonane ndi mpongozi wako popeza ameneyo ndi mkazi wa mwana wako. Choncho usamuchititse manyazi.
आफ्नी बुहारीसँग नसुत् । त्यो तेरो छोरोकी पत्‍नी हो, त्योसँग नसुत् ।
16 “‘Usagonane ndi mkazi wa mchimwene wako popeza potero ukuchititsa manyazi mʼbale wakoyo.
आफ्नो दाजु वा भाइकी पत्‍नीसँग नसुत् । यस्तो काम गरेर त्यसको अनादर नगर् ।
17 “‘Usagonane ndi mkazi ndiponso mwana wake wamkazi. Usagonane ndi mwana wamkazi wa mwana wake wamwamuna, kapena mwana wamkazi wa mwana wake wamkazi. Amenewo ndi thupi limodzi ndi mkaziyo. Kutero ndikuchita chinthu choyipa kwambiri.
कुनै स्‍त्री र त्यसकी छोरी दुवैसँग नसुत्, वा त्यसको छोराकी छोरीसँग वा त्यसकी छोरीकी छोरीसँग नसुत् । तिनीहरू त्यस स्‍त्रीका नजिकका नातेदार हुन् र तिनीहरूसँग सुत्‍नु दुष्‍टता हो ।
18 “‘Usakwatire mchemwali wa mkazi wako ndi kumagonana naye mkazi wakoyo ali moyo ngati wopikisana naye.
आफ्नी पत्‍नीकी दिदी वा बहिनीलाई विवाह नगर् र आफ्नो पहिलेकी पत्‍नी जीवितै हुँदासम्‍म त्यसकी दिदी वा बहिनीसँग नसुत् ।
19 “‘Usamuyandikire mkazi kuti ugonane naye pa nthawi yake yosamba.
कुनै स्‍त्रीको रजस्‍वलाको समयमा त्योसँग सहवास नगर् । त्यो समयमा त्यो अशुद्ध हुन्छे ।
20 “‘Usagonane ndi mkazi wa mnzako ndi kudziyipitsa naye.
आफ्नो छिमेकीकी पत्‍नीसँग नसुत् र यसरी आफैलाई अशुद्ध नबना ।
21 “‘Usapereke mwana wako aliyense kuti akhale nsembe yamoto kwa Moleki ndi kuyipitsa dzina la Yehova. Ine ndine Yehova.
आफ्ना छोराछोरीहरूलाई मोलोखको निम्ति बलि गर्नलाई तिनीहरूलाई आगोमा नहाल्नू, किनभने तिमीहरूले यसो गरेर आफ्ना परमेश्‍वरको नाउँलाई अपवित्र नबनाउनू । म परमप्रभु हुँ ।
22 “‘Usagonane ndi mwamuna ngati mkazi; chimenecho ndi chinthu chonyansa.
स्‍त्रीसँगझैँ गरी अरू पुरुषहरूसँग नसुत्‍नू । यो दुष्‍टता हो ।
23 “‘Usagonane ndi nyama ndi kudziyipitsa nayo. Mkazi asadzipereke kwa nyama kuti agonane nayo. Chimenecho ndi chisokonezo.
कुनै पशुसँग सहवास गरेर आफैलाई अशुद्ध नबनाउनू । कुनै पनि स्‍त्री कुनै पशुसँग नसुत्‍नू । यो अस्वाभाविक दुराचरण हो ।
24 “‘Musadzidetse ndi zinthu zimenezi chifukwa umo ndi mmene mitundu ina imene ndikuyithamangitsa pamaso panu inadzidetsera.
यस्ता कामहरू गरेर आफैलाई अपवित्र नबनाउनू, किनभने जुन जातिहरूलाई मैले तिमीहरूका सामुबाट निकाल्दै छु ती यी सबै कारणले अपवित्र भएका छन् ।
25 Choncho dziko linayipa ndipo ndinalilanga chifukwa cha tchimo lake. Motero dzikolo linasanza anthu ake okhalamo.
तिनीहरूको भूमि अपवित्र भयो, र यसैकारण मैले तिनीहरूका पापको दण्ड दिएँ, र त्यस भूमिले त्यसका बासिन्दाहरूलाई उकेलेर निकालिदियो ।
26 Koma inu mukasunge malangizo ndi malamulo anga. Mbadwa ndiponso alendo amene akukhala pakati panu asakachite china chilichonse cha zinthu zonyansazi,
यसैकारण, तिमीहरूले मेरा आज्ञाहरू र विधिहरू पालन गर्नू, र इस्राएलका स्वदेशी वा तिमीहरूका बिचमा बसोबास गर्ने परदेशी जोकोहीले कुनै पनि यस्ता घृणास्‍पद काम नगर्नू ।
27 pakuti zinthu zonsezi ndi zomwe ankachita anthu amene ankakhala mʼdzikomo inu musanafike, ndipo dziko linayipitsidwa.
तिमीहरूभन्दा अगि यस भूमिमा बसोबास गर्ने मानिसहरूले यस्तै दुष्‍ट काम गरे, र यसैकारण सारा देश नै अपवित्र भयो ।
28 Koma inu musachite zimenezi kuti dziko lingakusanzeni mutaliyipitsa monga linasanzira mitundu imene imakhalamo inu musanafike.
तिमीहरूका अपवित्रताका कारण तिमीहरूभन्दा अगिका मानिसहरूलाई झैँ त्यस भूमिले तिमीहरूलाई पनि उकेलेर बाहिर ननिकालोस् ।
29 “‘Aliyense wochita zinthu zonyansa zimenezi achotsedwe pakati pa anthu anzake.
तिमीहरूमध्ये जो कोहीले यस्ता घृणास्पद कामहरू गर्दछन् भने, तिनीहरू आफ्ना मानिसहरूबाट बहिष्‍कृत हुने छन् ।
30 Choncho mverani malangizo anga oletsa kuchita miyambo yonyansayi imene ankatsatira anthu amene analipo inu musanafike ndi kudziyipitsa nayo. Ine ndine Yehova Mulungu wanu.’”
तिमीहरूभन्दा अगि यहाँ अभ्यास हुने गरेका कुनै यस्ता घृणास्‍पद रीतिरिवाजहरूलाई तिमीहरूले अभ्यास नगरेर मेरो आज्ञा पालन गर्नू अनि यसरी तिमीहरूले यस्ता कामले आफैलाई अपवित्र बनाउने छैनौ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”

< Levitiko 18 >