< Oweruza 8 >
1 Aefereimu anafunsa Gideoni kuti, “Nʼchifukwa chiyani watichita zimenezi? Bwanji sunatiyitane pamene umakamenyana ndi Amidiyani?” Iwo anamudzudzula kwambiri.
एफ्राइमका मानिसहरूले गिदोनलाई भने, “तपाईंले हामीलाई यो के गर्नुभयो? तपाईं मिद्दानीहरूका विरुद्धमा युद्ध गर्न जानुहुँदा तपाईंले हामीलाई बोलाउनुभएन ।” तब उनीहरूले तिनीसँग ठुलो बहस भयो ।
2 Koma iye anawayankha kuti, “Nʼchiyani ndachita kuyerekeza ndi zimene mwachita inu? Kodi zimene mwachita inu Aefereimu si zazikulu kuposa zimene fuko langa la Abiezeri lachita?
तिनले उनीहरूलाई भने, “तिमीहरूले गरेका तुलनामा मैले के नै गरेको छु र? के अबीएजेरको सबै दाखको फसलभन्दा एफ्राइमको बोटमा टिप्न छुटेका दाख नै असल छैनन् र?
3 Mulungu wapereka mafumu a Midiyani, Orebu ndi Zeebu mʼmanja mwanu. Ndachita chiyani kuyerekeza ndi zimene mwachita inu?” Atanena izi, anthuwo mitima yawo inatsika.
परमेश्वरले तिमीहरूलाई मिद्दानी शासकहरू, ओरेब र जएबमाथि विजय दिनुभएको छ! तिमीहरूका तुलनामा मैले के प्राप्त गरेको छु र?” जब तिनले यसो भने तब तिनीप्रतिको उनीहरूको रिस मर्यो ।
4 Gideoni anafika ndi kuwoloka mtsinje wa Yorodani pamodzi ndi anthu 300 amene anali naye. Ngakhale kuti anali otopa anapirikitsabe adani awo.
गिदोन यर्दनमा आए, र तिनी र तिनीसँग भएका तिन सय जना मानिसले त्यो तरे । तिनीहरू थाकेका थिए, तापनि तिनीहरूले खेद्ने काम गरिरहे ।
5 Atafika ku Sukoti anapempha anthu a kumeneko kuti, “Chonde apatseniko buledi ankhondo angawa pakuti atopa. Koma ine ndikupirikitsa Zeba ndi Zalimuna, mafumu a Midiyani.”
तिनले सुक्कोतका मानिसहरूलाई भने, “कृपया मेरो पछि आएका मानिसहरूलाई केही रोटी दिनुहोस्, किनकि तिनीहरू थाकेका छन्, र मचाहिं मिद्दानी राजा जेबह र सल्मुन्नालाई खेद्दैछु ।”
6 Koma atsogoleri a Sukoti anayankha kuti, “Kodi Zeba ndi Zalimuna mwawagonjetsa kale kuti tipatse buledi ankhondo akowa?”
तब अधिकारीहरूले भने, “के जेबह र सल्मुन्ना अब तिम्रा हातमा छन् र? हामीले तिम्रो सेनालाई रोटी किन दिनुपर्यो?”
7 Gideoni anayankha kuti, “Mwatero! Yehova akapereka Zeba ndi Zalimuna mʼdzanja langa, ndidzakukwapulani ndi matsatsa a minga ya mʼchipululu.”
गिदोनले भने, “परमप्रभुले हामीलाई जेबह र सल्मुन्नामाथि विजय दिनुभएपछि, मरुभूमिका काँढाहरू र घोच्ने झाडीले म तिमीहरूका छाला काढ्नेछु ।”
8 Atachoka pamenepo anapita ku Penueli ndipo anapemphanso buledi kwa anthu a kumeneko, koma iwo anamuyankha monga anayankhira anthu a ku Sukoti aja.
त्यहाँबाट तिनी पनीएलमा गए र त्यहाँका मानिसहरूसँग पनि त्यही कुरा भने, तर पनीएलका मानिसहरूले तिनलाई सुक्कोतका मानिसहरूले झैं बोलेर जवाफ दिए ।
9 Gideoni anawawuzanso kuti, “Ndikamadzabwerera nditawagonjetsa, ndidzagwetsa nsanja iyi.”
तिनले पनीएलका मानिसहरूसँग पनि बोले र यसो भने, “जब म फेरि सकुशल आउनेछु, तब म यो किल्ला भत्काइदिनेछु ।”
10 Nthawi iyi nʼkuti Zeba ndi Zalimuna ali ku Karikori ndi ankhondo pafupifupi 15,000. Amenewa ndiwo anatsalako mwa ankhondo a anthu akummawa; pakuti anafa ankhondo 120,000.
यति बेला जेबह र सल्मुन्ना आफ्ना पन्ध्र हजार मानिससहित कर्कोरमा थिए । पूर्वका मानिसहरूका सबै सेनाहरूमा यति नै बाँकी थिए, कनभने त्यहाँ तरवार चलाउने एक लाख बिस हजार मानिसहरू मारिएका थिए ।
11 Gideoni anadzera njira ya anthu a matenti kummawa kwa Noba ndi Yogibeha ndipo anawathira nkhondo popeza ankhondo awo anali osakonzekera.
नोबह र योगबहाभन्दा उता पालमा बस्नेहरूका हिंड्ने बाटोमा गिदोन अगि बढे । तिनले शत्रुको सेनालाई परास्त गरे, किनकि आक्रमण हुन्छ भनेर तिनीहरूले सोचेका थिएनन् ।
12 Zeba ndi Zalimuna, mafumu awiri a Amidiyani anathawa koma Gideoni anawathamangitsa mpaka kuwagwira. Koma ankhondo awo onse anathawa ndi mantha.
जेबह र सल्मुन्ना भागे, र जब गिदोनले तिनीहरूलाई खेदे, तब तिनले मिद्दानका ती दुई जना राजा जेबह र सल्मुन्नालाई समाते, र तिनीहरूका जम्मै सेनाहरूमा त्रास ल्याए ।
13 Ndipo Gideoni mwana wa Yowasi, pobwera kuchokera ku nkhondo anadzera njira ya ku chikweza cha Heresi.
योआशका छोरा गिदोन युद्धबाट फर्केर हेरेस भन्ज्याङ्को बाटो गए ।
14 Kumeneko iye anagwira mnyamata wa ku Sukoti ndipo atamufunsa, mnyamatayo anamulembera mayina a akuluakulu ndi atsogoleri 77 a ku Sukoti.
तिनले सुक्कोतका एक जना जवान मानिसलाई समाए र उसलाई सोधे । त्यस जवान मानिसले सुक्कोतका सतहत्तर जना अधिकारी र एल्डरका नाउँ लेखिदियो ।
15 Kenaka Gideoni anabwera kwa anthu a ku Sukoti ndi kunena kuti, “Awa ndi Zeba ndi Zalimuna, mafumu awiri munkandinena nawo aja kuti, ‘Kodi Zeba ndi Zalimuna wawagonjetsa kale mmene ukuti tiwapatse buledi anthu ako otopawa?’”
गिदोन सुक्कोतका मानिसहरूकहाँ आए र भने “जेबह र सल्मुन्नालाई हेर, जसको बारेमा तिमीहरूले मेरो खिल्ली गर्यौ र यसो भन्यौ, ‘के तिमीले जेबह र सल्मुन्नालाई परास्त गरिसकेका छौ र? हामीले तिम्रा सेनालाई रोटी दिनुपर्छ भन्ने कुरा हामीलाई थाहा छैन ।’”
16 Tsono Gideoni anatenga akuluakulu a mu mzindawo ndipo anagwira matsatsa a minga za mʼchipululu ndi kuwakwapula nawo.
गिदोनले सहरका एल्डरहरूलाई नियन्त्रणमा लिए, र तिनले सुक्कोतका मानिसहरूलाई मरुभूमिका काँढाहरू र घोच्ने झाडीले दण्ड दिए ।
17 Anagwetsa nsanja ya ku Penueli ndi kupha amuna onse a mu mzindawo.
तब तिनले पनीएलको किल्ला भत्काइदिए र त्यस सहरका मानिसहरूलाई मारे ।
18 Kenaka anafunsa Zeba ndi Zalimuna kuti, “Kodi anthu a ku Tabori amene munawapha aja anali a maonekedwe otani?” Iwo anayankha kuti, “Anali anthu a maonekedwe ngati inu. Aliyense ankaoneka ngati mwana wa mfumu?” Iwo anayankha kuti, “Anthu ngati inu, aliyense wooneka ngati mwana wa mfumu.”
तब गिदोनले जेबह र सल्मुन्नालाई भने, “तिमीहरूले तबोरमा कस्ता मानिसहरूलाई मार्यौ?” तिनीहरूले जवाफ दिए, “तिनीहरू तपाईंजस्तै थिए । तिनीहरूमध्ये हरेक व्यक्ति राजाका छोराजस्ता देखिन्थे ।”
19 Ndipo Gideoni anayankha kuti, “Ndikulumbira pa Mulungu, mukanapanda kuwapha nanenso sindikanakuphani. Ndi abale anga amenewo, ana a amayi anga enieni.”
गिदोनले भने, “तिनीहरू मेरा दाजु-भाइ, मेरी आमाका छोराहरू थिए । परमप्रभु जीवित हुनुभएको हुनाले, तिमीहरूले तिनीहरूलाई जीवितै राखेका भए, म तिमीहरूलाई मार्ने थिइनँ ।”
20 Tsono anawuza Yetero, mwana wake wachisamba kuti, “Tiye, ipha anthu amenewa!” Koma chifukwa Yeteri anali wamngʼono sanasolole lupanga lake, popeza anachita mantha.
तिनले आफ्नो जेठो छोरो येतेरलाई भने, “उठ् र उनीहरूलाई मार् ।” तर त्यो जवान मानिसले आफ्नो तरवार झिकेन किनकि ऊ डरायो, किनभने ऊ अझैसम्म एउटा सानो केटो नै थियो ।”
21 Tsono Zeba ndi Zalimuna anawuza Gideoni kuti, “Bwera utiphe ndiwe chifukwa uli ndi mphamvu za munthu wamkulu.” Choncho Gideoni anapita nawapha natenganso zokongoletsera zimene zinali pa makosi a ngamira zawo.
त्यसपछि जेबह र सल्मुन्नाले भने, “तपाईं नै उठेर हामीलाई मार्नुहोस्! किनभने तपाईंसँग पुरुषको बल छ ।” गिदोन उठे र जेबह र सल्मुन्नालाई मारे । तिनले उनीहरूका ऊँटका घाँटीमा भएका चन्द्रहारका गहनाहरू पनि लगे ।
22 Aisraeli anati kwa Gideoni, “Inu muzitilamulira, mwana wanu ndi zidzukulu zanu, chifukwa mwatipulumutsa mʼmanja mwa Amidiyani.”
त्यसपछि इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तपाईं, तपाईंका छोरा, तपाईंका नातिले हामीमाथि राज्य गरून्, किनभने तपाईंले हामीलाई मिद्दानीका हातबाट बचाउनुभएको छ ।”
23 Koma Gideoni anawawuza kuti, “Sindidzakulamulirani, mwana wanganso sadzakulamulirani. Koma Yehova ndiye adzakulamulirani.”
गिदोनले तिनीहरूलाई भने, “म तिमीहरूमाथि राज्य गर्नेछैनँ, न त मेरो छोराले राज्य गर्नेछ । परमप्रभुले नै तिमीहरूमाथि राज्य गर्नुहुनेछ ।”
24 Gideoni anatinso, “Ine ndikupemphani chinthu chimodzi. Aliyense wa inu andipatse ndolo zomwe anafunkha ku nkhondo.” (Adani aja anali ndi ndolo zagolide popeza anali Aismaeli).
गिदोनले तिनीहरूलाई भने, “म तिमीहरूसँग एउटा अनुरोध गर्न चाहन्छु: तिमीहरू हरेकले आफ्नो लुटको सामानबाट मलाई कुण्डलहरू देओ ।” (मिद्दानीहरूले सुनका कुण्डल लगाउँथे, किनभने तिनीहरू इश्माएलीहरू थिए ।)
25 Iwo anayankha kuti, “Ife tikupatsani ndithu ndolozi.” Choncho anayala chinsalu, ndipo aliyense anaponyapo ndolo zimene anafunkha.
तिनीहरूले जवाफ दिए, “ती तपाईंलाई दिन हामी खुशी छौं ।” तिनीहरूले एउटा लुगा ओछ्याए र हरेक मानिसले आफ्नो लुटको सामनाबाट कुण्डलचाहिँ त्यसमा राखे ।
26 Tsono kulemera kwa ndolo zagolide zimene anapereka kunali makilogalamu makumi awiri, osawerengera kulemera kwa mphande, mkanda wamʼkhosi, zovala zapepo za mafumu a Midiyani ndiponso malamba azitsulo za mʼmakosi a ngamira zawo.
उनले अनुरोध गरेका सुनका कुण्डलको तौल १,७०० शेकेल सुन भयो । यी सुन ती चन्द्रहारका गहनाहरू, अरू गहनाहरू, मिद्दानी राजाहरूले लगाएका बैजनी वस्त्र, र तिनीहरूका ऊँटका घाँटीमा भएका सिक्रीहरूभन्दा बाहेकका थिए ।
27 Gideoni anagwiritsa ntchito golide uja kupanga efodi, ndipo anakamuyika ku mzinda wake ku Ofura. Tsono Aisraeli onse anasiya kupembedza Yehova nayamba kupembedza efodiyo kumeneko. Ichi chinasanduka msampha kwa Gideoni ndi banja lake lonse.
गिदोनले ती कुण्डलहरूबाट एउटा एपोद बनाए र आफ्नो सहर ओप्रामा राखे, र सबै इस्राएलले त्यसको पुजा गरेर वेश्याजस्तै भए । गिदोन र उनका घरमा भएकाहरूका निम्ति यो एउटा पासो हुन गयो ।
28 Choncho Amidiyani anagonjetsedwa ndi Aisraeli ndipo sanayeserenso kuwawukira. Ndipo dzikolo linakhala pa mtendere kwa zaka 40 pamene Gideoni anali ndi moyo.
यसरी मिद्दानीहरू इस्राएलका मानिसहरूका अधीनमा रहे र तिनीहरूले आफ्नो शिर फेरि कहिल्यै उठाएनन् । यसरी गिदोनको समयमा देशमा चालिस वर्षसम्म शान्ति भयो ।
29 Yeru-Baala mwana wa Yowasi anapita kukakhala kwawo.
योआशका छोरा, यरूब-बाल गए र आफ्नै घरमा बसे ।
30 Ana a Gideoni anali 70 popeza anali ndi akazi ambiri.
गिदोनको वंशमा सत्तरी छोराहरू थिए, किनकि तिनका धेरै जना पत्नीहरू थिए ।
31 Mdzakazi wake amene anali ku Sekemu, anabereka naye mwana wamwamuna, amene anamutcha Abimeleki.
शकेमामा बस्ने तिनकी उपपत्नीले पनि तिनको निम्ति एउटा छोरो जन्माइन्, र गिदोनले उसको नाउँ अबीमेलेक राखे ।
32 Gideoni mwana wa Yowasi anamwalira atakalamba ndipo anayikidwa mʼmanda a abambo ake, Yowasi ku Ofura mzinda wa Mwabiezeri.
योआशका छोरा गिदोन धेरै वृद्ध अवस्थामा मरे र तिनलाई आफ्नै बुबा योआशको चिहानमा अबीएजेरीहरूको ओप्रामा गाडियो ।
33 Atangomwalira Gideoni, Aisraeli anayambanso kupembedza Abaala. Iwo anasandutsa Baala-Beriti kukhala mulungu wawo.
गिदोनको मृत्यु हुनेबित्तिकै यस्तो भयो, इस्राएलका मानिसहरू फेरि फर्के र बाल देवताहरूको पुजा गरेर वेश्याजस्ता भए । तिनीहरूले बाल-बरीतलाई आफ्नो देवता बनाए ।
34 Aisraeli sanakumbukirenso Yehova Mulungu wawo amene anawapulumutsa mʼmanja mwa adani awo mbali zonse.
इस्राएलका मानिसहरूले परमप्रभु आफ्ना परमेश्वरलाई सम्मान गर्न सम्झेनन्, जसले तिनीहरूलाई आफ्ना वरिपरि भएका सबै शत्रुबाट बचाउनुभएको थियो ।
35 Ndiponso sanachite zinthu zokomera banja la Yeru-Baala (ndiye kuti Gideoni) chifukwa cha zabwino zonse zimene iye anawachitira.
यरूब-बालले (अर्थात् गिदोनले) इस्राएलमा तिनीहरूका निम्ति गरेका सबै असल कुराहरूका खातिर तिनीहरूले गिदोनको घरानालाई गरेका आफ्ना प्रतिज्ञाहरूलाई पुरा गरेनन् ।