< Yoweli 1 >
1 Yehova anayankhula ndi Yoweli mwana wa Petueli.
पतुएलका छोरा योएलकहाँ आएको परमप्रभु वचन यही हो ।
2 Inu akuluakulu, imvani izi; mvetserani, nonse amene mumakhala mʼdziko. Kodi zinthu zokhala ngati izi zinayamba zaonekapo mʼnthawi yanu, kapena mʼnthawi ya makolo anu?
ए धर्मगुरुहरू हो, यो कुरा सुन, र ए देशका सबै बासिन्दाहरू हो ध्यानसँग सुन । तिमीहरूका दिनमा वा तिमीहरूका पुर्खाहरूका दिनमा कहिल्यै यस्तो भएको छ?
3 Muwafotokozere ana anu, ndipo ana anuwo afotokozere ana awo, ndipo ana awo adzafotokozere mʼbado winawo.
यसको विषयमा आफ्ना छोराछोरीलाई भन, र तिमीहरूका छोराछोरीले आफ्ना छोराछोरीलाई भनून्, र तिनीहरूका छोराछोरीले अर्को पुस्तालाई भनून् ।
4 Chimene dzombe losamera mapiko lasiya dzombe lowuluka ladya; chimene dzombe lowuluka lasiya dzombe lalingʼono ladya; chimene dzombe lalingʼono lasiya chilimamine wadya.
बथानमा हिंड्ने सलहहरूले जे बाँकी छोडेका छन्, ती ठुला सलहले खाएका छन्, ठुला सलहले जे बाँकी छोडेका छन् ती फट्याङ्ग्राले खाएका छन्, र फट्याङ्ग्राले जे बाँकी छोडेका छन् ती झुसिल्किराले खाएका छन् ।
5 Dzukani, inu zidakwa ndipo mulire! Lirani mofuwula, inu nonse amene mumamwa vinyo; lirani mofuwula chifukwa cha vinyo watsopano, pakuti wachotsedwa pakamwa panu.
ए मद्यले मातेकाहरू हो, उठ र रोओ! ए दाखमद्य पिउनेहरू, सबै विलाप गर, किनभने मिठो दाखमद्यलाई तिमीहरूबाट खोसिएको छ ।
6 Mtundu wa anthu wathira nkhondo dziko langa, wamphamvu ndi wosawerengeka; uli ndi mano a mkango, zibwano za mkango waukazi.
किनकि मेरो देशमा एउटा जाति आएको छ, बलियो र अनगिन्ती छ । त्यसका दाँत सिंहका दाँतझैं छन्, र त्यसका दाह्रा सिंहनीका झैं छन् ।
7 Wawononga mphesa zanga ndipo wathyola mitengo yanga ya mkuyu. Wakungunula makungwa ake ndi kuwataya, kusiya nthambi zake zili mbee.
त्यसले मेरो दाखबारीलाई उजाड ठाउँ बनाएको छ र मेरो नेभाराका बोटलाई लाछेर नाङ्गो पारेको छ । त्यसका बोक्राहरू त्यसले ताछेको छ र टाढा फालेको छ, र हाँगाहरू केवल सेता मात्र छन् ।
8 Lirani ngati namwali wovala chiguduli, chifukwa cha mwamuna wa utsikana wake.
आफ्नो भर्खरको पतिको मृत्यु भएर भाङ्ग्रा लगाएकी कन्या केटीले झैं विलाप गर ।
9 Chopereka cha chakudya ndi cha chakumwa sizikuperekedwa ku nyumba ya Yehova. Ansembe akulira, amene amatumikira pamaso pa Yehova.
परमप्रभुको मन्दिरबाट अन्नबलि र अर्घबलि हटाइएका छन् । परमप्रभुको सेवा गर्ने पुजारीहरू विलाप गर्छन् ।
10 Minda yaguga, nthaka yauma; tirigu wawonongeka, vinyo watsopano watha, mitengo ya mafuta yauma.
खेतहरू सखाप पारिएका छन्, र अन्नहरू नष्ट पारिएका हुनाले भूमिले विलाप गर्दैछ । नयाँ दाखमद्य सुकेको छ, तेल बाँकी छैन ।
11 Khalani ndi nkhawa, inu alimi, lirani mofuwula inu alimi a mphesa; imvani chisoni chifukwa cha tirigu ndi barele, pakuti zokolola za mʼmunda zawonongeka.
ए किसानहरू हो, लज्जित होओ, र दाखबारी लगाउनेहरू हो, विलाप गर । किनभने भूमिको उब्जनी नष्ट भएको छ । गहुँ र जौका बढिरहेका छैनन् ।
12 Mpesa wauma ndipo mtengo wamkuyu wafota; makangadza, kanjedza ndi mitengo ya apulosi, mitengo yonse ya mʼmunda yauma. Ndithudi chimwemwe cha anthu chatheratu.
दाखका बोटहरू ओइलाएका छन् र नेभाराका बोटहरू सुकेका छन्, र अनार बोटहरू, खजूर बोटहरू र स्याउको बोटहरू, खेतबारीका सबै बोटहरू ओइलाएका छन् । किनभने मानवजातिका सन्तानबाट आनन्द विलाएर गएको छ ।
13 Inu ansembe, valani ziguduli ndipo lirani; lirani mofuwula, inu amene mumatumikira pa guwa lansembe. Bwerani, fundani ziguduli usiku wonse, inu amene mumatumikira pamaso pa Mulungu wanga; pakuti chopereka cha chakudya ndi cha chakumwa sizikupezekanso mʼnyumba ya Mulungu wanu.
ए पुजारीहरू हो, भाङ्ग्रा लगाओ र विलाप गर! वेदीमा सेवा गर्नेहरू हो, विलाप गर । ए मेरा परमेश्वरका सेवा गर्नेहरू हो, आओ, र रातभर भाङ्ग्रा लगाएर बस । किनभने तिमीहरूका परमेश्वरको मन्दिरबाट अन्नबलि र अर्घबलि हटाइएका छन् ।
14 Lengezani tsiku lopatulika losala zakudya, itanani msonkhano wopatulika. Sonkhanitsani akuluakulu ndi anthu onse okhala mʼdziko ku nyumba ya Yehova Mulungu wanu ndipo alirire Yehova.
पवित्र उपवासको घोषणा गर, र पवित्र सभा आव्हान गर । परमप्रभु आफ्ना परमेश्वरको मन्दिरमा देशका सबै धर्मगुरुहरू र बासिन्दाहरूलाई भेला गराओ र, अनि परमप्रभुमा पुकार ।
15 Kalanga ine tsikulo! Pakuti tsiku la Yehova layandikira; lidzabwera ngati chiwonongeko chochokera kwa Wamphamvuzonse.
हाय! त्यो दिन, किनकि परमप्रभुको दिन नजिकै छ । त्योसँगै सर्वशक्तिमान्बाट विनाश आउनेछ ।
16 Kodi chakudya chathu sichachotsedwa ife tikuona? Kodi mʼnyumba ya Mulungu wathu simulibe chimwemwe ndi chisangalalo?
के हाम्रै आँखाका सामु खानेकुरा, अनि हाम्रा परमेश्वरको मन्दिरबाट आनन्द र रमाहट रोकिएको छैन र?
17 Mbewu zikunyala poti pansi ndi powuma. Nyumba zosungiramo zinthu zawonongeka; nkhokwe zapasuka popeza tirigu wauma.
माटोका डल्लामुनि बीउहरू सडे, भण्डारहरू उजाड भए, र अन्नका भकारीहरू भत्काइए, किनकि अन्न सुकेको छ ।
18 Taonani mmene zikulirira ziweto; ngʼombe zikungoyenda uku ndi uku chifukwa zilibe msipu; ngakhalenso nkhosa zikusauka.
पशुहरू कसरी विलाप् गर्छन्! पाल्तु पशुका बथानहरूले कष्ट भोग्दैछन्, किनकि तिनीहरूका निम्ति खर्क छैन । साथै, भेडाका बगालहरू पनि कष्ट भोग्दैछन् ।
19 Kwa Inu Yehova ndilirira, pakuti moto wapsereza msipu wakuthengo, malawi amoto apsereza mitengo yonse ya mʼtchire.
हे परमप्रभु, म तपाईंमा पुकारा गर्दछु । किनकि उजाड-स्थानका खर्कहरूलाई आगोले भस्म पारेका छ, र खेतका सबै रूखहरूलाई आगोले जलाएको छ ।
20 Ngakhale nyama zakuthengo zikulirira Inu; timitsinje tonse taphwa ndipo moto wapsereza msipu wa kuthengo.
जमिनका पशुहरू पनि तपाईंका निम्ति तड्पिन्छन्, किनकि पानीका खोलाहरू सुकेका छन्, र उजाड-स्थानका खर्कहरूलाई आगोले भस्म पारेको छ ।