< Yobu 42 >
1 Pamenepo Yobu anayankha Yehova kuti,
तब अय्यूबले परमप्रभुलाई जवाफ दिए र यसो भने,
2 “Ndikudziwa kuti Inu mungathe kuchita zinthu zonse; chimene mufuna kuchita wina sangaletse konse.
“तपाईंले सबै कुरा गर्न सक्नुहुन्छ भनी म जान्दछु, र तपाईंको कुनै पनि उद्देश्यलाई रोक्न सकिंदैन ।
3 Munandifunsa kuti, ‘Kodi ndiwe yani amene ukufuna kusokoneza uphungu wanga ndi mawu opanda nzeru? Zoonadi ndinayankhula zimene sindinazimvetse, zinthu zodabwitsa kwambiri kwa ine zimene sindinazidziwe.
तपाईंले सोध्नुभयो, 'ज्ञानविना योजनाहरू लुकाउने को हो?' वास्तवमा मैले यस्ता कुराहरू बोलेको छु, जुन मैले बुझिनँ, जुन बुझ्न मलाई अत्यन्तै गार्हो थियो, जसको बारेमा मलाई थाहा थिएन ।
4 “Inu munandiwuza kuti, ‘Mvetsetsa tsopano ndipo ndidzayankhula; ndidzakufunsa ndipo iwe udzandiyankhe.’
तपाईंले मलाई भन्नुभयो, 'अब सुन्, र म बोल्नेछु । म तँलाई सोध्नेछु, र तैंले मलाई जवाफ दिनेछस् ।'
5 Ndinkangomva za Inu ndi makutu anga, koma tsopanonso ndakuonani ndi maso anga.
तपाईंको विषयमा मेरा कानले मात्र मैले सुनेको थिएँ, तर अहिले मेरा आँखाले नै तपाईंलाई देखेका छन् ।
6 Nʼchifukwa chake ndi kuchita manyazi, ndikulapa podzithira fumbi ndi phulusa.”
त्यसैले म आफैलाई हीन ठान्छु । धूलो र खरानीमा बसेर म पश्चात्ताप गर्छु ।”
7 Yehova atayankhula ndi Yobu mawu amenewa anawuza Elifazi wa ku Temani kuti, “Ine ndakukwiyira pamodzi ndi abwenzi ako awiri, chifukwa simunayankhule zabwino za Ine, monga mmene wayankhulira mtumiki wanga Yobu.
परमप्रभुले अय्यूबसित यी वचनहरू बोल्नुभएपछि, उहाँले एलीपज तेमानीलाई भन्नुभयो, “तँ र तेरा दुई जना मित्रको विरुद्धमा मेरो क्रोध दन्किएको छ, किनकि मेरो दास अय्यूबले झैं तिमीहरूले मेरो विषयमा जे ठिक छ, सो बोलेका छैनौ ।
8 Kotero tsopano mutenge ngʼombe zazimuna zisanu ndi ziwiri ndi nkhosa zazimuna zisanu ndi ziwiri ndi kupita nazo kwa mtumiki wanga Yobu kuti mukapereke nsembe zopsereza. Mtumiki wanga Yobu adzakupemphererani, ndipo Ine ndidzalandira pemphero lake. Sindidzakuchitirani kanthu molingana ndi uchitsiru wanu. Inu simunayankhule zabwino za Ine, monga anayankhulira Yobu mtumiki wanga.”
त्यसकारण अब आफ्नो निम्ति सातवटा साँढे र सातवटा भेडा लेओ, मेरो दास अय्यूबकहाँ जाओ, र आफ्नो लागि होमबलि चढाओ । मेरो दास अय्यूबले तिमीहरूका लागि प्रार्थना चढाउनेछ, र म त्यसको प्रार्थना ग्रहण गर्नेछु, जसको कारणले तिमीहरूको मूर्खताअनुरूपको व्यवहार मैले तिमीहरूसित गर्न नपरोस् । मेरो दास अय्यूबले भनेझैं तिमीहरूले मेरो विषयमा जे ठिक छ, सो बोलेका छैनौ ।”
9 Motero Elifazi wa ku Temani, Bilidadi wa ku Suki ndi Zofari wa ku Naama anachita zimene Yehova anawawuza ndipo Yehova anamvera pemphero la Yobu.
त्यसैले एलीपज तेमानी, बिल्दद शुही र सोपर नमाती गए, र परमप्रभुले तिनीहरूलाई आज्ञा दिनुभएझैं गरे, अनि परमप्रभुले अय्यूबको प्रार्थना ग्रहण गर्नुभयो ।
10 Yobu atawapempherera abwenzi ake aja, Yehova anamubwezera chuma chake ndipo anamupatsa mowirikiza kuposa zomwe anali nazo kale.
अय्यूबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरेपछि, परमप्रभुले तिनको सुदिन पुनर्स्थापित गर्नुभयो । तिनीसित पहिले भएकोभन्दा परमप्रभुले तिनलाई दोब्बर दिनुभयो ।
11 Abale ake ndi alongo ake onse, kuphatikizapo onse amene ankamudziwa kale, amabwera kwa iye nʼkudzadya naye chakudya mʼnyumba mwake. Iwo anamutonthoza ndi kumupepesa chifukwa cha mavuto onse amene Yehova analola kuti amugwere. Aliyense wa iwowa anamupatsa ndalama ndi mphete yagolide.
तब अय्यूबका सबै दाजु-भाइ, दिदी-बहिनी र तिनले पहिले चिनेका सबै जना तिनीकहाँ आए, र तिनको घरमा भोज गरे । परमप्रभुले तिनीमाथि ल्याउनुभएका सबै विपत्तिको निम्ति तिनीहरूले तिनलाई सहानुभूति र सान्त्वना प्रकट गरे । हरेकले अय्यूबलाई चाँदीको टुक्रा र सुनको औँठी दिए ।
12 Yehova anadalitsa Yobu pa masiku ake otsirizawa kupambana poyamba paja. Iye anali ndi nkhosa 14,000, ngamira 6,000, ngʼombe zantchito 2,000 ndi abulu aakazi 1,000.
परमप्रभुले अय्यूबको जीवनको अगिल्लो समयमा भन्दा पछिल्लो समयमा झन् धेरै आशिष् दिनुभयो । तिनका चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधैनी थिए ।
13 Anaberekanso ana aamuna asanu ndi awiri ndi ana aakazi atatu.
तिनका सात छोरा र तिन छोरी पनि थिए ।
14 Mwana wake wamkazi woyamba anamutcha Yemima, wachiwiri anamutcha Keziya, wachitatu anamutcha Kereni Hapuki.
तिनले जेठीको नाउँ यमीमा, माहिलीको नाउँ कसीआ र कान्छीको नाउँ केरेन-हप्पूक राखे ।
15 Mʼdziko monsemo munalibe akazi okongola ngati ana a Yobu, ndipo abambo awo anawapatsa cholowa pamodzi ndi alongo awo.
सारा देशमा अय्यूबका छोरीहरूजत्तिकै सुन्दरी कुनै स्त्रीहरू पनि थिएनन् । तिनीहरूका पिताले तिनीहरूलाई आफ्ना दाजुभाइसरह नै पैतृक-अंश दिए ।
16 Zitachitika zimenezi, Yobu anakhala ndi moyo zaka 140. Iye anaona zidzukulu zake mpaka mʼbado wachinayi.
यसपछि अय्यूब थप १४० वर्षसम्म बाँचे । तिनले आफ्ना छोराहरू, नातिहरू र चार पुस्तासम्मका सन्तानहरूलाई देखे ।
17 Potsiriza, Yobu anamwalira ali nkhalamba ya zaka zochuluka kwambiri.
तब पुरा बुढेसकालमा दीर्घायू भएर अय्यूब मरे ।