< Yobu 27 >
1 Ndipo Yobu anapitiriza kuyankhula kwake:
अय्यूबले फेरि बोल्न थाले अनि यसो भने,
2 “Ndithu pali Mulungu wamoyo, amene wakana kundiweruza molungama, Wamphamvuzonse, amene wawawitsa mtima wanga,
“परमप्रभु जीवित हुनुभएझैं, जसले मेरो न्याय हटाउनुभएको छ, सर्वशक्तिमान् जसले मेरो जीवन तितो बनाउनुभएको छ ।
3 nthawi zonse pamene ndili ndi moyo, mpweya wa Mulungu uli mʼmphuno mwanga,
जबसम्म मेरो जीवन ममा रहन्छ, अनि परमेश्वरको सास मेरो नाकमा रहन्छ, तबसम्म म यही कुरा गर्नेछु ।
4 pakamwa panga sipadzatuluka mawu oyipa, lilime langa silidzayankhula zachinyengo.
मेरो ओठले दुष्ट कुरा बोल्नेछैन, न त मेरो जिब्रोले छलको कुरा बोल्नेछ ।
5 Sindidzavomereza kuti inu mukunena zoona; mpaka imfa yanga, sindidzataya ungwiro wanga.
तपाईंहरू तिन जनाले ठिक बोल्नुहुन्छ भनी म कदापि स्वीकार गर्दिन । मेरो मृत्यु नभएसम्म म आफ्नो निष्ठालाई कदापि इन्कार गर्ने छैनँ ।
6 Ndidzasunga chilungamo changa ndipo sindidzalola kuti chindichokere; chikumbumtima changa sichidzanditsutsa nthawi yonse ya moyo wanga.
म आफ्नो धार्मिकतालाई बलियो गरी समाउँछु, र त्यसलाई जान दिन्नँ । म बाँचुञ्जेलसम्म मेरा विचारहरूले मलाई निन्दित पार्नेछैनन् ।
7 “Mdani wanga akhale ngati woyipa, wondiwukira akhale ngati munthu wosalungama!
मेरो शत्रु एक जना दुष्ट मानिसझैं होस् । जो मेरो विरुद्धमा खडा हुन्छ, ऊ एक जना अधर्मी मानिसझैं होस् ।
8 Nanga chiyembekezo cha munthu wosapembedza nʼchiyani pamene aphedwa, pamene Mulungu achotsa moyo wake?
किनकि परमेश्वरले ईश्वरहीन मानिसलाई इन्कार गर्नुहुँदा, परमेश्वरले उसको जीवनलाई हटाउनुहुँदा, उसको आशा के हुन्छ र?
9 Kodi Mulungu amamva kulira kwake pamene zovuta zamugwera?
उसमाथि सङ्कष्ट आइपर्दा, के परमेश्वरले उसको पुकारा सुन्नुहुन्छ र?
10 Kodi adzapeza chikondwerero mwa Wamphamvuzonse? Kodi adzapemphera kwa Mulungu nthawi zonse?
के ऊ सर्वशक्तिमान्मा आनन्दित हुन्छ, अनि उसले हर समयमा परमेश्वरलाई पुकारा गर्छ?
11 “Ndidzakuphunzitsani za mphamvu ya Mulungu ndipo sindidzabisa njira za Wamphamvuzonse.
म तपाईंहरूलाई परमेश्वरको शक्तिको बारेमा सिकाउनेछु । म सर्वशक्तिमान्का विचारहरूलाई लुकाउनेछैनँ ।
12 Inu mwadzionera nokha zonsezi. Nanga bwanji mukuyankhula zopanda pake?
हेर्नुहोस्, तपाईंहरू सबैले यो आफैले देख्नुभएको छ । तब तपाईंहरूले यी सबै निरर्थक कुरा किन बोल्नुभएको हो त?
13 “Pano pali chilango chimene Mulungu amasungira woyipa, cholowa chimene munthu wankhanza amalandira kuchokera kwa Wamphamvuzonse.
दुष्ट मानिसले परमेश्वरबाट पाउने हिस्सा यही हो । सर्वशक्तिमान्बाट अत्याचारीले पाउने आफ्नो पैतृक-अंश यही हो ।
14 Angakhale ana ake achuluke chotani adzaphedwa ndi lupanga ndipo zidzukulu zake zidzasowa zakudya.
उसका छोराछोरीको सङ्ख्या बढ्छन् भने, त्यो तरवारको निम्तो हो । उसका सन्तानहरूले पेटभरि खान कदापि पाउने छैनन् ।
15 Amene adzatsalireko adzafa ndi mliri, ndipo akazi awo amasiye sadzawalira.
ऊसँग बाँच्नेहरू विपत्तिद्वारा गाडिनेछन्, अनि तिनीहरूका विधवाहरूले तिनीहरूका निम्ति विलाप गर्नेछैनन् ।
16 Ngakhale aunjike siliva ngati fumbi, ndi kukundika zovala ngati mchenga,
दुष्ट मानिसले धूलोझैं चाँदीको थुप्रो लगाए पनि, र माटोझैं लुगाफाटा थुपारे पनि,
17 zimene wasungazo wolungama ndiye adzavale, ndipo anthu osalakwa ndiwo adzagawane siliva wakeyo.
उसले ती लुगाफाटा जम्मा त गर्ला, तर धर्मी मानिसहरूले ती लगाउनेछन्, र निर्दोष मानिसहरूले चाँदीचाहिं आफ्नो बिचमा बाँड्नेछन् ।
18 Nyumba imene akuyimanga ili ngati mokhala kadziwotche, ili ngati msasa umene mlonda amamanga.
माकुरोले झैं, एक जना पहरेदारले बनाउने झुप्रोझैं, उसले आफ्नो घर बनाउँछ ।
19 Amapita kokagona ali wolemera koma kutha kwake nʼkomweko; akatsekula maso ake, chuma chake chonse chapita.
ऊ धनी भएर ओछ्यानमा पल्टन्छ, तर उसले त्यसो गरिरहने छैन । उसले आफ्ना आँखा खोल्छ, अनि हरेक कुरा सिद्धिएको हुनेछ ।
20 Zoopsa zimamukokolola ngati madzi achigumula; mphepo yamkuntho imamunyamula usiku.
पानीले झैं त्रासले उसलाई डुबाउनेछ । रातमा एउटा आँधीले उसलाई टाढा पुर्याउनेछ ।
21 Mphepo ya kummawa imamuwulutsa ndipo iye saonekanso ndipo imamuchotsa pamalo pake.
पूर्वीय बतासले उसलाई उडाएर लानेछ, र उसले छोड्नेछ । त्यसले उसलाई आफ्नो बासस्थानबाट पुर्याउनेछ ।
22 Imakuntha pa iye osamuchitira chisoni, pamene akuyesa kuthawa mphamvu zake mwaliwiro.
उसमाथि त्यो हुत्तिन्छ, र रोकिन्न । त्यसको पन्जाबाट ऊ भाग्न खोज्छ ।
23 Mphepoyo imamuwomba ndithu ndipo kuchokera pamalo pake imamuopseza.”
उसको गिल्ला गरेर त्यसले आफ्नो ताली बजाउँछ । त्यसले आफ्नो ठाउँबाट उसको खिसी गर्छ ।