< Yobu 2 >
1 Tsiku linanso pamene ana a Mulungu anabwera kudzadzionetsa pamaso pa Yehova, nayenso Satana anabwera nawo limodzi kudzadzionetsa pamaso pa Yehova.
तब अर्को दिनमा परमेश्वरका छोराहरूले आफैलाई परमप्रभुको सामु उपस्थित गराउनलाई आए । शैतान पनि परमप्रभुको सामु आफैलाई उपस्थित गराउन तिनीहरूसँगै आयो ।
2 Ndipo Yehova anati kwa Satana, “Kodi iwe ukuchokera kuti?” Satana anayankha Yehova kuti, “Ndakhala ndikungoyendayenda ndi kumangozungulira mʼdzikoli.”
परमप्रभुले शैतानलाई सोध्नुभयो, “तँ कहाँबाट आइस्?” शैतानले परमप्रभुलाई जवाफ दियो र भन्यो, “पृथ्वीमा घुमेर, त्यसमा यता र उता गएर आएको हुँ ।”
3 Pamenepo Yehova anati kwa Satana, “Kodi unalingalirapo za mtumiki wanga Yobu? Palibe wina pa dziko lapansi wofanana naye; ndi munthu wosalakwa ndi wolungama mtima, munthu amene amaopa Mulungu ndi kupewa zoyipa. Ndipo iye akanalibe wangwiro, ngakhale iwe unandiwumiriza kuti ndikulole kuti umuvutitse popanda chifukwa.”
परमप्रभुले त्यसलाई भन्नुभयो, “के तैंले मेरो दास अय्यूबलाई विचार गरेको छस्? किनकि पृथ्वीमा त्योजस्तो दोषरहित र सोझो मानिस कोही छैन जो परमेश्वरको भय मान्छ र खराबीबाट अलग बस्छ । विनाकारण त्यसलाई नाश गर्न त्यसको विरुद्धमा तैंले मलाई भ्रममा पारेको भए तापनि त्यसले अझै आफ्नो निष्ठामा कायम राखेको छ ।”
4 Satana anayankha kuti, “Iye ayesedwe mʼthupi mwake. Munthu angathe kupereka zonse ali nazo malingana iyeyo ali ndi moyo.
शैतानले परमप्रभुलाई जवाफ दियो र भन्यो, “वस्तवमा नै छालाको साटो छाला हुन्छ । एक जना मानिसले आफ्नो ज्यानको लागि आफूसित भएका सबै थोक दिन्छ ।
5 Koma tatambasulani dzanja lanu ndi kuwononga thupi lake, ndipo iyeyo adzakutukwanani ndithu pamaso panu.”
तर अब आफ्नो हात पसार्नुहोस् र तिनका हड्डी र शरीरलाई छुनुहोस्, अनि हेर्नुहोस्, कतै तिनले तपाईंको मुखैमा तपाईंलाई सराप्ने त छैनन् ।”
6 Yehova anati kwa Satana, “Chabwino, iye ali mʼmanja mwako; koma moyo wake usawuchotse.”
परमप्रभुले शैतानलाई भन्नुभयो, “हेर्, त्यो तेरै हातमा छ । त्यसको जीवन मात्र चाहिं तैंले छोड्नैपर्छ ।”
7 Choncho Satana anachoka pamaso pa Yehova napita kukazunza Yobu ndi zilonda zaululu pa thupi lake lonse.
तब शैतान परमप्रभुको उपस्थितिबाट तुरुन्तै गयो । त्यसले अय्यूबलाई तिनको पाउको कुर्कुच्चादेखि तिनको शिरसम्म पीडादायी खटिराले प्रहार गर्यो ।
8 Pamenepo Yobu anatenga phale ndi kumadzikanda nalo atakhala pa dzala la phulusa.
आफूलाई कन्याउन अय्यूबले फुटेको भाँडोको एक टुक्रा खपटा लिए, र तिनी खरानीको बिचमा बसे ।
9 Mkazi wake anati kwa iye, “Kodi ukuwumirirabe kukhala wangwiro? Tukwana Mulungu kuti ufe!”
तब तिनकी पत्नीले तिनलाई भनिन्, “के तपाईं अझै पनि आफ्नो निष्ठामा रहनुहुन्छ? परमेश्वरलाई सराप्नुहोस् र मर्नुहोस् ।”
10 Yobu anayankha kuti, “Ukuyankhula ngati mkazi wopusa. Kodi tidzalandira zokoma zokhazokha kwa Mulungu, osalandiranso zowawa?” Mu zonsezi, Yobu sanachimwe pa zimene anayankhula.
तर तिनले उनलाई भने, “एक जना मूर्ख स्त्रीले बात गरेझैं तिमी बात गर्छ्यौ । के हामीले परमेश्वरबाट असल कुराचाहिं ग्रहण गर्नू अनि खराब कुराचाहिं ग्रहण नगर्नू?” यी सबै कुरामा अय्यूबले आफ्नो मुखले पाप गरेनन् ।
11 Abwenzi atatu a Yobu, Elifazi wa ku Temani, Bilidadi wa ku Suki ndi Zofari wa ku Naama, atamva za tsoka lonse limene linamugwera iye, ananyamuka ku nyumba zawo nakumana malo amodzi mopangana kuti apite ndi kukamupepesa Yobu ndi kumutonthoza.
जब अय्यूबका तिन जना मित्रले तिनीमाथि आइपरेका यी सबै खराबीको बारेमा सुने, तब तिनीहरू हरेक आ-आफ्नो ठाउँबाट निस्केर आए, अर्थात् एलीपज तेमानी, बिल्दद शुही र सोपर नमाती । तिनीसँगै शोक गर्न र तिनलाई सान्त्वना दिन तिनीहरूले समय निकाले ।
12 Atamuona Yobuyo, iwo ali chapatalipo, sanathe kumuzindikira. Choncho anayamba kulira mokweza mawu ndipo anangʼamba mikanjo yawo ndi kuwaza fumbi pa mitu yawo.
जब तिनीहरूले टाढैबाट आँखा उठाएर हेरे, तब तिनीहरूले उनलाई चिनेनन् । तिनीहरूले आफ्ना सोर उचालेर कराए र रोए । हरेकले आफ्नो लुगा च्याते, धूलो हावामा फाले र आ-आफ्ना शिरमा हाले ।
13 Tsono anakhala naye pamodzi pansi kwa masiku asanu ndi awiri, usana ndi usiku omwe. Palibe ndi mmodzi yemwe anayankhula naye, chifukwa anazindikira kuti Yobu amavutika kwambiri.
तब तिनीहरू सात दिन र सात रात तिनीसँगै भुइँमा बसे । कसैले तिनलाई एउटै शब्द पनि बोलेन, किनकि तिनको शोक अत्यन्तै ठुलो भएको तिनीहरूले देखे ।