< Yeremiya 8 >

1 Yehova akuti, “‘Pa nthawi imeneyo, mafupa a mafumu ndi a akuluakulu a ku Yuda, mafupa a ansembe ndi a aneneri, ndiponso mafupa a anthu a ku Yerusalemu adzafukulidwa.
“यो परमप्रभुको घोषणा हो, त्यस बेला तिनीहरूले चिहानहरूबाट यहूदाका राजाहरू, यसका अधिकारीहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेमका बासिन्दाहरूका हड्‍डीहरू निकाल्नेछन् ।
2 Adzawamwaza pa nthaka kuyangʼana dzuwa, mwezi ndi nyenyezi zonse zamlengalenga, zimene ankazikonda, kuzitumikira ndi kuzitsatira, kupemphako nzeru ndiponso kuzilambira. Mafupawo sadzawasonkhanitsa kapena kuwakwirira, koma adzakhala ngati ndowe pamwamba pa nthaka.
त्यसपछि तिनीहरूले सूर्य, चन्द्रमा र आकाशका सबै ताराको प्रकाशमा तिनलाई फैलाउनेछन् । तिनीहरूले आकाशका यी कुराहरूलाई पछ्याएका छन्, सेवा गरेका छन्, तिनको खोजी गरेका छन् र पुजा गरेका छन् । हड्‍डीहरू फेरि जम्मा गरिने र गाडिने छैनन् । ती जमिनको सतहमा मलझैं परिरहनेछन् ।
3 Otsala onse a mtundu woyipawu adzafuna imfa kopambana moyo kulikonse kumene ndidzawapirikitsirako, akutero Yehova Wamphamvuzonse.’”
हरेक बाँकी रहेको ठाउँ जहाँ मैले तनीहरूलाई धपाएको छु, त्यहाँ तिनीहरूले आफ्‍नो निम्‍ति जीवनको साटो मृत्यु रोज्नेछन्, यो सर्वशक्तिमान् परमप्रभुको घोषण हो ।
4 “Tsono awuze anthuwa, ‘Yehova akuti: “‘Kodi anthu akagwa sangadzukenso? Munthu akasochera kodi sangathe kubwereranso?
त्यसैले तिनीहरूलाई भन्, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'के कोही लडेर उठ्दैन र? के कोही हरायो भने त्यो फर्केर आउन खोज्दैन र?
5 Chifukwa chiyani nanga anthu awa akupitirirabe kuchimwa, osabwerera? Chifukwa chiyani Yerusalemu akubwerera mʼmbuyo? Iwo akangamira chinyengo; akukana kubwerera.
यरूशलेमका मानिसहरू किन स्थायी विश्‍वासहीनतामा तर्केर गएका छन् त? तिनीहरू विश्‍वासघातमा टाँसिरहन्छन्, र पश्‍चात्ताप गर्न इन्कार गर्छन् ।
6 Ine ndinatchera khutu kumvetsera koma iwo sanayankhulepo zoona. Palibe woyipa amene analapapo zoyipa zake, nʼkumati, ‘Ine ndachita chiyani?’ Aliyense akutsatira njira yake ngati kavalo wothamangira nkhondo.
मैले ध्यान दिएँ, र सुनें, तर तिनीहरूले सही कुरा बोलेनन् । आफ्नो दुष्‍टताको लागि कोही पनि दुःखी भएन, 'मैले के गरेको छु?' भनेर सोध्‍ने कुनै व्‍यक्‍ति छैन । घोडा युद्धमा गएझैं तिनीहरू सबै आफूलाई इच्छा लागेको ठाउँमा जान्छन् ।
7 Mbalame yotchedwa kakowa ija imadziwa nthawi yake mlengalenga. Koma nkhunda, namzeze ndi chingalu zimadziwa nthawi yonyamukira ulendo, koma anthu anga sadziwa malamulo a Yehova.
आकाशको सारस अनि ढुकुर, गौँथली र सारिका चरा पनि आफ्नो समय थाहा छ । तिनीहरू ठिक समयमा बसाइँ सर्छन्, तर मेरा मानिसहरूले परमप्रभुका आज्ञाहरू जान्दैनन् ।
8 “‘Inu mukunena bwanji kuti, ‘Ndife anzeru ndipo timasunga malamulo a Yehova?’ Koma ndi alembi anu amene akulemba zabodza.
'परमप्रभुको व्यवस्था हामीसित भएको हुनाले हामी बुद्धिमान छौं' भनी तिमीहरू कसरी भन्‍न सक्छौ? वास्तवमा, हेर, शास्‍त्रीहरूको छलपूर्ण कलमले धलको सृजना गरेको छ ।
9 Anthu anzeru achita manyazi; athedwa nzeru ndipo agwidwa. Iwo anakana mawu a Yehova. Nanga tsono nzeru zawo ziwapinduliranji?
बुद्धिमान् मानिसहरू लज्‍जित हुनेछन् । तिनीहरू हताश भएका छन् र पासोमा परेका छन् । हेर, तिनीहरूले परमप्रभुको वचन इन्कार गर्छन्, यसैले तिनीहरूको बुद्धिको के काम?
10 Nʼchifukwa chake akazi awo ndidzawapereka kwa amuna ena ndipo minda yawo ndidzayipereka kwa amene adzawagonjetse. Kuyambira wamngʼono mpaka wamkulu, onse ali ndi khalidwe lofuna kupeza chuma mwakuba. Aneneri pamodzi ndi ansembe omwe, onse amachita zachinyengo.
त्यसैले म तिनीहरूका पत्‍नीहरू अरूलाई दिनेछु, र तिनीहरूका खेतबारी अधिकार गर्नेहरूलाई म ति दिनेछु, किनकि सानादेखि ठुलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी छन् । अगमवक्तादेखि पुजारीसम्म सबैले छलको अभ्यास गर्छन् ।
11 Iwo amapoletsa zilonda za anthu anga pamwamba chabe nʼkumati, ‘Mtendere, mtendere,’ pamene palibe mtendere.
शान्‍ति नै नहुँदा पनि 'शान्ति, शान्ति' भनेर तिनीहरूले मेरा मानिसहरूको चोटलाई अलिअलि मात्र निको पारेका छन् ।
12 Kodi amachita manyazi akamachita zonyansazi? Ayi, alibe manyazi ndi pangʼono pomwe; iwo sadziwa nʼkugwetsa nkhope komwe. Choncho iwo adzagwera pakati pa anzawo amene agwa kale; adzagwa pansi tsiku limene ndidzawalanga, akutero Yehova.
तिनीहरूले घृणित कामहरू गर्दा के तिनीहरू लज्‍जित भए? तिनीहरू लज्‍जित भएनन् । कसरी शर्म मान्‍ने भन्‍ने कुरा पनि तिनीहरूलाई थाहा भएन । त्यसैले पतन भएकाहरूका बिचमा तिनीहरू पतन हुनेछन् । तिनीहरूलाई दण्ड दिइँदा तिनीहरू तल खसालिने छन्, परमप्रभु भन्‍नुहुन्छ ।
13 “‘Ndidzatenga zokolola zawo, Sipadzakhalanso mphesa pa mpesa kapena nkhuyu pa mkuyu, ndipo masamba ake adzawuma. Zinthu zimene ndinawapatsa ndidzawachotsera.’”
म तिनीहरूलाई पूर्ण रूपमा हटाइदिने छु, यो परमप्रभुको घोषणा हो । दाखका बोटहरूमा दाख हुनेछैन, न त अञ्जीरका रुखहरूमा अञ्जीर हुनेछ । किनकि पात सुकेर जानेछ, र मैले तिनीहरूलाई दिएका कुरा हराएर जानेछ ।
14 Koma amati, “Tikukhala pano chifukwa chiyani? Tiyeni tonse pamodzi tithawire ku mizinda yotetezedwa ndi kukafera kumeneko. Pakuti Yehova Mulungu wathu watsimikiza kuti tiyenera kufa. Watipatsa madzi aululu kuti timwe, chifukwa tamuchimwira.
हामी किन यहाँ बसिरहेका छौं? सँगसँगै आओ । हामी किल्लाबन्दी गरिएका सहरहरूमा जाऔं, र त्यहाँ हामी मरेर चुप बनौं । किनकि परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई चुप पार्नुहुनेछ । उहाँले हामीलाई विष पिउन लगाउनुहुनेछ किनकि हामीले उहाँको विरुद्धमा पाप गरेका छौं ।
15 Tinkayembekezera mtendere koma palibe chabwino chomwe chinachitika, tinkayembekezera kuchira koma tinakumana ndi zoopsa zokhazokha.
हामी शान्तिको अपेक्षा गर्दैछौं, तर त्यहाँ कुनै असल कुरो हुनेछैन । हामी चङ्गाइको समयको आशा गर्दैछौं, तर त्यहाँ त्रास हुनेछ ।
16 Kulira kwa ngʼombe zazimuna za mdani kukumveka kuchokera ku Dani; dziko lonse likunjenjemera chifukwa cha kulira kwa akavalowo. Akubwera kudzawononga dziko ndi zonse zimene zili mʼmenemo. Adzawononga mzinda ndi onse okhalamo.”
दानबाट त्यसका घोडाहरूको घ्वार-घ्वार आवाज सुनिन्छ । त्यसका शक्तिशाली घोडाहरूको हिनहिनाइको आवाजमा पुरै पृथ्वी हल्लिन्छ । किनकि तिनीहरू आउनेछन् र यो देश र यसको सम्पत्ति, सहर र यसमा बस्‍नेहरूलाई स्वाहा पार्नेछन् ।
17 Yehova akuti, “Onani, ndikukutumizirani njoka zaululu, mphiri zimene munthu sangathe kuzilodza, ndipo zidzakulumani,”
किनकि हेर, म तिमीहरूका बिचमा सर्पहरू, तिमीहरूका टुनामुनाले वशमा पार्न नसक्‍ने विषालु सर्पहरू पठाउँदैछु । तिनीहरूले तिमीहरूलाई डस्‍नेछन्, यो परमप्रभुको घोषणा हो ।
18 Ndadzazidwa ndi chisoni kwambiri, mtima wanga walefukiratu.
मेरो शोकको कुनै अन्त छैन, र मेरो हृदय व्याकुल भएको छ ।
19 Imvani kulira kwa anthu anga kuchokera ku dziko lakutali: akuti, “Kodi Yehova sali ku Ziyoni? Kodi mfumu yake sili kumeneko?” “Chifukwa chiyani akundiputa ndi mafano awo osema, ndi milungu yawo yachilendo?”
हेर्नुहोस्, टाढाको देशमा भएका मेरो मानिसहरूको छोरीको क्रन्दन सुन्‍नुहोस् । के परमप्रभु सियोनमा हुनुहुन्‍न र? के त्यसका राजा अहिले त्यहाँ हुनुहुन्‍न र? त्यसो भए, तिनीहरूले आफ्ना खोपिएका मूर्तिहरू र बेकम्मा विदेशी देवताहरूले मलाई किन रिस उठाउँछन् त?
20 “Nthawi yokolola yapita, chilimwe chapita, koma sitinapulumuke.”
कटनीको समय बितेको छ, ग्रीष्म ऋतु पनि सकिएको छ । तरै पनि हामी बचाइएका छैनौं ।
21 Chifukwa cha mavuto a anthu anga, ine ndikumva kuwawa; ndikungolira ndipo mantha aakulu andigwira.
मेरा मानिसहरूको छोरीको चोटको कारणले मलाई मलाई चोट लागेको छ । त्यसलाई आइपरेका डरलाग्दा कुराहरूमा म शोक गर्छु । म लज्‍जित भएको छु ।
22 Kodi ku Giliyadi kulibe mankhwala ochiritsa? Kodi kumeneko kulibe singʼanga? Nanga chifukwa chiyani mabala a anthu anga sanapole?
के गिलादमा कुनै औषधी छैन? के त्यहाँ कुनै निको पार्न व्‍यक्‍ति छैन? मेरा मानिसहरूको छोरीको चोट किन निको भएको छैन त?

< Yeremiya 8 >