< Yeremiya 44 >

1 Uthenga umene Yeremiya analandira wonena za Ayuda onse amene ankakhala ku Igupto, ku mizinda ya Migidoli, Tapanesi ndi Mefisi, ndiponso ku Patirosi ndi uwu:
मिश्रदेश बसोबास गरेका, मिग्दोल, तहपनेस, नोप र माथिल्लो मिश्रमा बसिरहेका सबै यहूदीको विषयमा यो वचन यर्मियाकहाँ आयोः
2 “Yehova Wamphamvuzonse, Mulungu wa Israeli akuti: Inu mwaona mavuto aakulu amene ndinawabweretsa pa Yerusalemu ndi mizinda yonse ya Yuda. Lero mizinda yonseyo yasanduka mabwinja, yopanda munthu wokhalamo.
“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘यरूशलेम र यहूदाका सबै सहरमाथि मैले ल्याएका विपत्तिहरू तिमीहरू आफैले देखेका छौ । हेर, आज ती भग्‍नावशेष भएका छन् । तिनमा बस्‍ने कोही छैन ।
3 Zimenezi zinachitika chifukwa cha zoyipa zomwe anachita. Iwo anaputa mkwiyo wanga pofukiza lubani ndi potumikira milungu ina imene iwo kapena inu ngakhalenso makolo anu sanayidziwe.
धुप बाल्न र अरू देवताहरूको पुजा गर्न गएर तिनीहरूले मलाई चोट पुर्‍याउनलाई गरेका तिनीहरूका दुष्‍ट कुराहरूले गर्दा यसो भएको हो । यी देवताहरूलाई न तिनीहरूले चिन्दथे, न तिमीहरू चिन्छौ, न त तिमीहरूका पुर्खाहरूले चिन्दथे ।'
4 Kawirikawiri Ine ndakhala ndikutuma atumiki anga, aneneri, amene anati, ‘Musachite chinthu chonyansachi chimene Ine ndimadana nacho!’
त्यसैले मैले बारम्‍बार मेरा दास अगमवक्ताहरूलाई तिनीहरूकहाँ पठाएँ । मैले तिनीहरूलाई यसो भन्‍न पठाएँ, 'मैले घृणा गर्ने यी घिनलाग्दा कुराहरू गर्न छोड ।’
5 Koma iwo sanamvere kapena kulabadira; sanatembenuke kusiya zoyipa zawo kapena kuleka kufukiza lubani kwa milungu ina.
तर तिनीहरूले सुनेनन् । अरू देवताहरूलाई धुप बाल्ने तिनीहरूको दुष्‍टताबाट ध्‍यान हटाउने वा फर्कने कुरालाई तिनीहरूले इन्‍कार गरे ।
6 Nʼchifukwa chake mkwiyo wanga unayaka ngati moto kutentha mizinda ya ku Yuda ndi misewu ya mu Yerusalemu ndi kuyisandutsa bwinja mpaka lero.
त्यसैले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा मेरो रिस र क्रोध खन्याइयो, र आगो लगाइयो । ती उजाड र सर्वनाश भए, जस्तो आजको दिनसम्‍म छ ।'
7 “Ndiye tsopano Yehova Wamphamvuzonse, Mulungu wa Israeli, akunena kuti, ‘Chifukwa chiyani mukufuna kudziwononga chotere? Kodi mukufuna kuti amuna, akazi, ana ndi makanda onse aphedwe ndi kuti mu Yuda musatsale ndi munthu mmodzi yemwe?
त्यसैले अब परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'आफ्नै विरुद्धमा तिमीहरू किन ठुला-ठुला दुष्‍ट काम गर्दैछौ? यहूदाका पुरुषहरू, स्‍त्रीहरू, बालबालिका तथा दूधे बालकहरूबाट किन आफै बहिष्कृत हुँदैछौ? तिमीहरूका कोही पनि बाँकी छाडिनेछैनौ ।
8 Chifukwa chiyani mukuputa mkwiyo wanga popembedza mafano pofukiza lubani kwa milungu ina mʼdziko lino la Igupto mʼmene mukukhalamo. Kodi mukuchita zimenezi kuti mudziwononge nokha ndi kuti mudzisandutse chinthu choseketsa ndi chonyozeka pakati pa mitundu yonse ya dziko lapansi?
तिमीहरूका हातका कामहरूद्वारा, तिमीहरू बस्‍न गएका मिश्रदेशमा अरू देवताहरूलाई धुप बालेर तिमीहरूका हातले गरेका कामका दुष्‍टता तिमीहरूले मलाई चोट पुर्‍याएका छौ । तिमीहरू नष्‍ट गरिन र पृथ्वीका सबै जातिका बिचमा सराप र निन्दाको पात्र बन्‍न तिमीहरू त्यहाँ गएका छौ ।
9 Kodi mwayiwala zoyipa zimene anachita makolo anu, mafumu a ku Yuda ndi akazi awo, ndiponso zoyipa zimene munachita inuyo ndi akazi anu mʼdziko la Yuda ndi mʼmisewu ya mu Yerusalemu?
तिमीहरूका पुर्खाहरू अनि यहूदाका राजाहरू र तिनीहरूका पत्‍नीहरूले गरेका दुष्‍टतालाई के तिमीहरूले बिर्सेका छौ? यहूदा देशमा र यरूशलेमका सडकहरूमा तिमीहरू आफै र तिमीहरूका पत्‍नीहरूले गरेका दुष्‍ट कामलाई के तिमीहरूले बिर्सेका छौ?
10 Koma mpaka lero simunalape. Simunandilemekeze kapena kumvera malamulo anga amene ndinayikira inuyo ndi makolo anu.
आजको दिनसम्म पनि तिनीहरू नम्र भएका छैनन् । मैले तिनीहरू र तिनीहरूका पुर्खाहरूका सामु राखेको मेरा व्यवस्था वा विधानहरूलाई तिनीहरूले आदर गर्दैनन्, न त तिनीहरू तीअनुसार हिंड्छन् ।'
11 “Nʼchifukwa chake Yehova Wamphamvuzonse, Mulungu wa Israeli akunena kuti, ‘Ine ndatsimikiza zobweretsa mavuto pa inu ndi kuwatheratu anthu a ku Yuda.
त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर, तिमीहरूमाथि विपत्ति ल्याउन र सारा यहूदालाई नष्‍ट गर्न मैले आफ्‍नो अनुहारलाई तिमीहरूबाट हटाउनै लागेको छु ।
12 Ndidzatenga anthu otsala a ku Yuda amene atsimikiza zopita ku Igupto ndi kukakhala kumeneko. Onse adzathera ku Igupto. Adzaphedwa ndi lupanga kapena kufa ndi njala. Kuyambira wamngʼono mpaka wamkulu, adzaphedwa ndi lupanga kapena kufa ndi njala. Adzasanduka chinthu chotembereredwa ndi chochititsa mantha, chinthu choseketsa ndi chonyozeka.
किनकि मिश्रदेशमा बस्‍न जाने निधो गरेका यहूदाका बाँकी रहेकाहरूलाई म नष्‍ट पार्नेछु । तिनीहरू सबै मिश्रदेशमा नष्‍ट होऊन् भनेर म यसो गर्नेछु । तिनीहरू सबै तरवार र अनिकालले ढल्नेछन् । सानादेखि ठुलासम्म तिनीहरू तरवार र अनिकालले नष्‍ट हुनेछन् । तिनीहरू मर्नेछन्, अनि कसम, सराप, निन्दा र घृणाका पात्र बन्‍नेछन् ।
13 Ndidzalanga Ayuda okhala ku Igupto ndi lupanga, njala ndi mliri, ngati mmene ndinalangira anthu a ku Yerusalemu.
जसरी मैले यरूशलेमलाई तरवार, अनिकाल र विपत्तिले दण्ड दिएँ, त्यसै गरी मिश्रदेशमा बसेका मानिसहरूलाई दण्ड दिनेछु,
14 Motero mwa anthu amene anapita ku Igupto palibe ndi mmodzi yemwe adzapulumuke, kapena kukhala ndi moyo, kapena kubwerera ku Yuda. Palibe amene adzabwerere kupatula othawa nkhondo.’”
जसको कारणले मिश्रदेशमा बस्‍न गएका यहूदाका बाँकी रहेकाहरूमध्ये कोही पनि उम्कने वा बाँच्ने वा यहूदामा फर्कनेछैन, जहाँ फर्केर जाने र बस्‍ने तिनीहरूको इच्छा छ । अनि त्यहाँबाट भागेका थोरैबाहेक अरू कोही फर्कनेछैन' ।”
15 Tsono amuna onse amene anadziwa kuti akazi awo ankafukiza lubani kwa milungu ina, ndiponso akazi onse amene anali pamenepo, gulu lalikulu la anthu, pamodzi ndi anthu onse amene amakhala ku Patirosi mʼdziko la Igupto, anati kwa Yeremiya,
तब आफ्‍ना पत्‍नीहरूले अरू देवताहरूलाई धुप बाल्दैथिए भनी थाहा पाएका त्यस ठुलो सभाका सबै मानिस र उक्‍त सभामा भएका सबै स्‍त्री अनि तल्लो र माथिल्लो मिश्रमा बस्‍ने सबै यहूदीले यर्मियालाई जवाफ दिए,
16 “Ife sitimvera uthenga umene watiwuza mʼdzina la Yehova!
तिनीहरूले भने, “परमप्रभुको नाउँमा तिमीले हामीलाई भनेका वचनका तिम्रा कुरा हामी सुन्‍नेछैनौं ।
17 Koma tidzachitadi chilichonse chimene tinanena kuti tidzachita: Tidzafukiza lubani kwa mfumukazi yakumwamba ndipo tidzayipatsa nsembe yachakumwa ngati mmene tinkachitira ifeyo ndi makolo athu, mafumu athu ndi akuluakulu mʼmizinda ya ku Yuda ndi mʼmisewu ya mu Yerusalemu. Nthawi imeneyo ife tinali ndi chakudya chochuluka ndipo tinali pabwino, sitimapeza mavuto.
किनकि हामीले गर्नेछौं भनेका सबै कुरा हामी निश्‍चय नै गर्नेछौं, अर्थात् स्वर्गकी रानीलाई धुप बाल्नेछौं, अनि यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा हामी, हाम्रा पुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अगुवाहरूले गरेझैं हामी तिनको निम्‍ति अर्घबलिहरू खन्याउनेछौं । तब हामी भोजनले भिपूर्ण हुनेछौं, र कुनै विपत्तिविना हाम्रो उन्‍नति हुनेछ ।
18 Koma kuchokera nthawi imene tinasiya kufukiza lubani ndi kupereka chopereka cha chakumwa kwa mfumukazi yakumwamba, ifeyo takhala tikusowa zinthu ndipo takhala tikuphedwa ndi lupanga ndi kufa ndi njala.”
हामीले स्वर्गकी रानीलाई धुप बाल्न र उनलाई अर्घबलिहरू खन्याउन छोड्दा हामी सबै जनाले गरिबी भोग्दै थियौँ अनि हामी तरवार र अनिकालले मर्दै थियौँ ।”
19 Akazi anawonjezera kunena kuti, “Pamene tinkafukiza lubani kwa mfumukazi yakumwamba ndi kuyipatsa chopereka cha chakumwa, kodi suja amuna athu ankavomereza mmene timayipangira mfumukazi yakumwambayo makeke abwino olembapo chinthunzi chake ndi kuyipatsa chopereka cha chakumwa?”
स्‍त्रीहरूले भने, “हामीले स्वर्गकी रानीको सामु धुप बाल्दा र उनलाई अर्घबलिहरू खन्याउँदा, उनको प्रतिरूपका फुरौलाहरू बनाउँदा र उनलाई अर्घबलिहरू चढाउँदा के हामीले आफ्ना पतिहरूले भनेको नमानेर यी कुराहरू गर्‍यौँ र?”
20 Yeremiya atamva kuyankha kumeneku anawawuza kuti,
तब यर्मियाले सबै मानिस अर्थात् पुरुषहरू र स्‍त्रीहरू अनि तिनलाई जवाफ दिने सबै मानिसहरूलाई तिनले घोषणा गरे र भने,
21 “Kodi mukuganiza kuti Yehova nʼkuyiwala kuti inuyo ndi makolo anu, mafumu anu ndi akuluakulu anu, ndiponso anthu onse, munkafukiza lubani kwa mafano a mʼmizinda ya ku Yuda ndi mʼmisewu ya mu Yerusalemu?
“के तिमीहरू, तिमीहरूका पुर्खाहरू, तिमीहरूका राजाहरू, अगुवाहरू र देशका मानिसहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा चढाएका धुपलाई परमप्रभुले सम्झनुभएन र? किनकि परमप्रभुले यो सम्झनुहुन्छ । यो उहाँको विचारमा आउँछ ।
22 Ndiye Yehova sakanathanso kupirira ndi machitidwe anu ndi zonyansa zimene munkachita. Nʼchifukwa chake dziko lanu linasanduka chipululu, chinthu choopsa ndi chotembereredwa. Dziko lopandamo anthu monga zilili lero lino.
तब तिमीहरूका दुष्‍ट अभ्यासहरूका कारणले र तिमीहरूले गरेका घिनलाग्दा कुराहरूको कारणले उहाँले यसलाई सहन सक्‍नुभएन । तब तिमीहरूको देश उजाड, त्रास र सराप बन्यो, यसैले आजको दिनसम्म त्यहाँ एक जना बासिन्‍दा छैन ।
23 Mavuto awa akugwerani chifukwa munkafukiza lubani ndipo munkachimwira Yehova pokana kumvera mawu ake ndi kutsatira malamulo ndi malangizo ake.”
तिमीहरूले धुप बालेका र परमप्रभुको विरुद्धमा पाप गरेको कारणले अनि तिमीहरूले उहाँको स्‍वोर, उहाँको व्यवस्था, उहाँका विधानहरू वा उहाँका करारका आदेशहरू पालन नगरेको कारणले तिमीहरूको विरुद्धमा यो विपत्ति आएको हो, जस्तो आजको दिनसम्म छ ।”
24 Kenaka Yeremiya anawuza anthu onse, makamaka akazi kuti, “Imvani mawu a Yehova, anthu onse a ku Yuda amene muli mu Igupto.
तब यर्मियाले सबै मानिस र सबै स्‍त्रीलाई भने, “हे मिश्रदेशमा भएका यहूदाका सबै मानिस हो, परमप्रभुको वचन सुन ।
25 Yehova Wamphamvuzonse, Mulungu wa Israeli akuti: Inu ndi akazi anu munalonjeza ndi pakamwa panu, ndipo malonjezowo mwakwaniritsa. Inu munanena kuti, ‘Tidzachita zimene tinalonjeza, kufukizira lubani mfumukazi yakumwamba ndi kuyipatsa chopereka cha zakumwa.’ Tsopano chitanitu zimene munalonjezazo! Kwaniritsani malumbiro anu. “Yambani, chitani zimene munalonjeza! Kwaniritsani malumbiro anu!
सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः 'स्वर्गकी रानीलाई पुजा गर्न र उनलाई अर्घबलिहरू चढाउन हामीले खाएका भाकलहरूलाई हामी निश्‍चय नै पुरा गर्नेछौं' भनी तिमीहरू र तिमीहरूका पत्‍नीहरू दुवैले तिमीहरूका मुखले भनेका थियौ र तिमीहरूले आफ्ना हातले पुरा गरेका छौ । अब तिमीहरूका भाकलहरू पुरा गर । तिनलाई निरन्‍तर गर ।’
26 Koma imvani mawu a Yehova, inu Ayuda nonse amene mukukhala mu Igupto: Yehova akuti, ‘Ine ndikulumbira mʼdzina langa lopambana kuti palibe wochokera ku Yuda amene akukhala mu Igupto amene adzatchule dzina langa polumbira kuti, ‘Pali Ambuye Yehova wamoyo.’
त्यसैले मिश्रदेशमा बस्‍ने सारा यहूदा हो, परमप्रभुको यो वचन सुन ‘हेर, मेरो महान् नाउँद्वारा मैले शपथ खाएको छु, परमप्रभु भन्‍नुहुन्‍छ । सारा मिश्र देशमा भएका यहूदाका मानिसको मुखले अहिले, 'जीवित परमप्रभुको नाउँमा' भनेरझैं फेरि मेरो नाउँ कहिलै पनि पुकार्नेछैनन् ।”
27 Pakuti ndionetsetsa kuti ndiwachitire choyipa, osati chabwino. Anthu a ku Yuda amene akukhala ku Igupto adzaphedwa pa nkhondo. Ena adzafa ndi njala mpaka onse atatheratu.
हेर, मैले तिनीहरूलाई भलाइको निम्ति होइन, विपत्तिको निम्ति हेर्दैछु । मिश्रदेशमा भएको यहूदाको हरेक व्यक्ति सखाप नभएसम्म तिनीहरू तरवार र अनिकालले नष्‍ट हुनेछ ।
28 Amene adzapulumuke ku lupanga ndi kubwerera ku dziko la Yuda kuchokera ku Igupto adzakhala ochepa kwambiri. Choncho otsala onse a ku Yuda amene anapita kukakhala ku Igupto adzadziwa kuti mawu woona ndi ati, anga kapena awo.
तब तरवारबाट बाँचेकामध्‍येका थोरै सङ्ख्या मात्र तिनीहरू मिश्रदेशबाट यहूदाको देशमा फर्कनेछन् । तब तिनीहरूको कि मेरो कसको वचन सत्य ठहर्दोरहेछ भनी मिश्रदेशमा बस्‍न गएका यहूदाका बाँकी भएकाहरूले जान्‍नेछन् ।
29 “Ine Yehova ndikukupatsani chizindikiro chakuti ndidzakulangani ku malo ano. Motero mudzadziwa kuti mawu anga akuti ndidzakulangani ndi woona.
यो परमप्रभुको घोषणा हो, तिमीहरूका विरुद्धमा मैले तिमीहरूलाई यो ठाउँमा दिने चिन्‍हचाहिं यो हुनेछ, यसैले कि मेरो वचनले निश्‍चय पनि तिमीहरूलाई विपत्तिले आक्रमण गर्नेछ भनी तिमीहरूलाई थाहा होस् ।
30 Yehova akuti, ‘Ine ndidzamupereka Farao Hofira mfumu ya Igupto kwa adani ake amene akufuna kumupha, monga momwe ndinaperekera Zedekiya mfumu ya Yuda kwa Nebukadinezara mfumu ya ku Babuloni, mdani wake amene ankafuna kumupha.’”
परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मिश्रको राजा फारो होप्रालाई त्यसका शत्रुहरू र त्यसको ज्यान लिन खोज्नेहरूको हातमा मैले सुम्पिदिनै लागेको छु । यहूदाका राजा सिदकियालाई मैले त्यसको ज्यान लिन खोज्ने शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पेको जस्‍तै त्‍यो हुनेछ ।’”

< Yeremiya 44 >