< Yeremiya 31 >
1 “Pa nthawi imeneyo,” akutero Yehova, “Ndidzakhala Mulungu wa mafuko onse a Israeli, ndipo iwo adzakhala anthu anga.”
यो परमप्रभुको घोषणा हो, “त्यस बेला म इस्राएलका सबै वंशको परमेश्वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।”
2 Yehova akuti, “Anthu amene anapulumuka ku nkhondo ndinawakomera mtima mʼchipululu; pamene Aisraeli ankafuna kupumula.”
परमप्रभु यसो भन्नुहुन्छ, “तरवारबाट बाँचेका मानिसहरूले उजाड-स्थानमा निगाह प्राप्त गरेका छन् । इस्राएललाई विश्राम दिन म बाहिर निस्कनेछु ।”
3 Ine ndinawaonekera ndili chapatali ndipo ndinati, “Ine ndakukondani ndi chikondi chopanda malire. Nʼchifukwa chake ndipitiriza kukukondani.
विगतमा परमप्रभु मकहाँ देखा पर्नुभयो र भन्नुभयो, “ए इस्राएल, मैले तँलाई अनन्त प्रेमले प्रेम गरेको छु । त्यसैले मैले तँलाई करारको विश्वसनीयताले मतिर खिँचेको छु ।
4 Ndidzakusamaliraninso, inu anthu a Israeli; mudzasangalala poyimba tizitoliro tanu, ndipo mudzapita kukavina nawo anthu ovina mwachimwemwe.
ए कन्या इस्राएल, म तँलाई फेरि निर्माण गर्नेछु, यसरी तँ निर्माण हुनेछस् । तैंले फेरि आफ्ना खैँजडीहरू लिनेछस् र खुसीको नाचसहित बाहर निस्कनेछस् ।
5 Mudzalimanso minda ya mpesa pa mapiri a Samariya; alimi adzadzala mphesa ndipo adzadya zipatso zake.
सामरियाका पहाडहरूमा तैंले फेरि दाखबारीहरू लगाउनेछस् । किसानहरूले रोप्नेछन्, र फललाई असलको उद्धेश्यको लागि प्रयोग गर्नेछन् ।
6 Lidzafika tsiku pamene alonda adzafuwula pa mapiri a Efereimu nati, ‘Tiyeni tipite ku Ziyoni, kwa Yehova Mulungu wathu.’”
किनकि एक दिन आउनेछ, जुन बेला एफ्राइमका पहाडहरूका पहरेदारहरूले घोषणा गर्नेछन्, 'उठ, हामी परमप्रभु हाम्रा परमेश्वरकहाँ सियोनमा जाऔं' ।”
7 Yehova akuti, “Imbani mosangalala chifukwa cha Yakobo, fuwulani chifukwa cha mtundu wopambana mitundu yonse. Matamando anu amveke, ndipo munene kuti, ‘Yehova wapulumutsa anthu ake otsala a Israeli.’
किनकि परमप्रभु यसो भन्नुहुन्छ, “याकूबको निम्ति आनन्दले कराओ । जातिहरूका मानिसहरूका प्रमुखको लागि खुसीले चिच्च्याओ । प्रशंसा सुनियोस् । यसो भन, 'परमप्रभुले आफ्ना जाति, इस्राएलका बाँकी रहेकाहरूलाई उद्धार गर्नुभएको छ ।'
8 Taonani, ndidzabwera nawo kuchokera ku dziko la kumpoto, ndidzawasonkhanitsa kuchokera ku malekezero a dziko lapansi. Anthu osaona, olumala, amayi oyembekezera ndi amene ali pa nthawi yawo yochira adzabwera nawo pamodzi. Chidzakhala chikhamu cha anthu obwerera kuno.
हेर, मैले तिनीहरूलाई उत्तरी देशहरूबाट फर्काएर ल्याउनै लागेको छु । म तिनीहरूलाई पृथ्वीका पल्ला छेउहरूबाट जम्मा गर्नेछु । तिनीहरूका बिचमा दृष्टिविहीन र लङ्गडाहरू हुनेछन् । गर्भवती स्त्रीहरू र बच्चा जन्माउनै लागेकाहरू तिनीहरूसितै हुनेछन् । एउटा ठुलो समुदाय यहाँ फर्कनेछ ।
9 Adzabwera akulira; koma Ine ndikuwatonthoza mtima, ndidzawaperekeza. Ndidzawatsogolera ku mitsinje yamadzi mʼnjira yosalala mmene sadzapunthwamo. Chifukwa ndine abambo ake a Israeli, ndipo Efereimu ndi mwana wanga woyamba.
तिनीहरू रुँदै आउनेछन् । तिनीहरूले आ-आफ्ना बिन्ती बिसाउँदा म तिनीहरूलाई अगुवाइ गर्नेछु । म तिनीहरूलाई सिधा मार्गमा पानीका खोलाहरूबाट यात्रा गराउनेछु । तिनीहरू यसमा ठोकिनेछैनन्, किनकि म इस्राएलको पिता हुनेछु, र एफ्राइम मेरो जेठो छोरा हुनेछ ।”
10 “Imvani mawu a Yehova inu anthu a mitundu ina; lalikirani mawuwa kwa anthu a mayiko akutali a mʼmbali mwa nyanja; ‘Iye amene anabalalitsa Israeli adzawasonkhanitsanso ndipo adzayangʼanira nkhosa zake ngati mʼbusa.’
“हे जातिहरू हो, परमप्रभुको वचन सुन । टाढाका समुद्रतटका देशहरूलाई घोषणा गर, जतिहरूले यसो भन्नुपर्छ, 'इस्राएललाई तितर-बितर पार्नुहुनेले तिनीहरूलाई जम्मा गर्दै हुनुहुन्छ र गोठालोलो आफ्ना भेडाहरूलाई रक्षा गरेझैं रक्षा गर्दै हुनुहुन्छ ।'
11 Pakuti Yehova wawombola fuko la Yakobo anawapulumutsa mʼdzanja la anthu owaposa mphamvu.
किनकि परमप्रभुले याकूबलाई मोल तिरेर छुटाउनुभएको छ, र उसको भन्दा धेरै शक्तिशाली हातबाट उसलाई छुटकारा दिनुभएको छ ।
12 Anthuwo adzabwera akuyimba mofuwula pa mapiri a Ziyoni; adzasangalala ndi zinthu zabwino zochokera kwa Yehova. Zinthu zabwinozo ndi izi: tirigu, vinyo watsopano ndi mafuta, ana ankhosa ndi ana angʼombe. Iwo adzakhala ngati munda wothiriridwa bwino, ndipo sadzamvanso chisoni.
तब तिनीहरू आउनेछन् र सियोनका पर्वतहरूमा रमाउनेछन् । मकै र नयाँ दाखमद्य, तेल र गाईवस्तुका बाछाहरू भेडा-बाख्राका पाठाहरूमाथि परमप्रभुको भलाइको कारणले, तिनीहरूका मुहार चम्कनेछन् । किनकि तिनीहरूको जीवन पानीले भिजेको बगैँचाजस्तै हुनेछ, र तिनीहरूले फेरि कहिल्यै दुःखको महसुस गर्नेछैनन् ।
13 Pamenepo anamwali adzavina ndi kusangalala. Anyamata ndi okalamba nawonso adzasangalala. Kulira kwawo ndidzakusandutsa chisangalalo; ndidzawasangalatsa nʼkuchotsa chisoni chawo.
तब कन्याहरू नाच्दै रमाउनेछन्, र युवा अनि पाकाहरू एकै ठाउँमा आउनेछन् । किनकि तिनीहरूको शोकलाई म उत्सवमा परिणत गर्नेछु । म तिनीहरूमाथि दया देखाउनेछु, र शोक गर्नुको साटो आनन्द मनाउन लगाउनेछु ।
14 Ansembe ndidzawadyetsa chakudya chabwino, ndipo anthu anga adzakhuta ndi zabwino zanga,” akutero Yehova.
तब पुजारीहरूका जीवनलाई म प्रशस्त मात्रामा परिपूर्ण पार्नेछु । मेरा मानिसहरू मेरो भलाइले भरिनेछ, यो परमप्रभुको घोषणा हो ।”
15 Yehova akuti, “Kulira kukumveka ku Rama, kulira kwakukulu, Rakele akulirira ana ake. Sakutonthozeka chifukwa ana akewo palibe.”
परमप्रभु यसो भन्नुहुन्छ, “रामामा विलाप गरेको र धुरुधुरु रोएको एउटा सोर सुनिएको छ । राहेल आफ्ना सन्तानका लागि रुँदैछे । त्यसले सान्त्वना पाउनलाई इन्कार गरेकी छे, किनकि तिनीहरू अब फेरि जीवित छैनन् ।”
16 Yehova akuti, “Leka kulira ndi kukhetsa misozi pakuti udzalandira mphotho ya ntchito yako,” akutero Yehova. “Iwo adzabwerako ku dziko la adani.
परमप्रभु यसो भन्नुहुन्छ, “रुनदेखि आफ्नो सोर रोक, र आँखाबाट आँसु नखसाल । तिमीहरूको कामको लागि एउटा इनमा छ, यो परमप्रभुको हो, तिमीहरूका छोराछोरी शत्रुको देशबाट फर्कनेछन् ।
17 Tsono chiyembekezo chilipo pa zamʼtsogolo,” akutero Yehova. “Ana ako adzabwerera ku dziko lawo.
तिमीहरूको भविष्यको लागि आशा छ, यो परमप्रभुको घोषणा हो, तिमीहरूका सन्तानहरू तिमीहरूका सिमानाहरूभित्र फर्कनेछन् ।”
18 “Ndithu ndamva Efereimu akubuwula kuti, ‘Ife tinali ngati ana angʼombe osamva. Koma inu mwatiphunzitsa kumvera. Mutibweze kuti tithe kubwerera, chifukwa ndinu Yehova Mulungu wanga.
“निश्चय नै मैले एफ्राइमको शोक गरेको सुनेको छु, 'तपाईंले मलाई दण्ड दिनुभयो, र एउटा नदाएको बाछालाई झैं मलाई दण्ड दिइएको छ । मलाई फर्काएर ल्याउनुहोस्, र म फर्काइनेछु, किनकि तपाईं परमप्रभु मेरा परमेश्वर हुनुहुन्छ ।
19 Popeza tatembenuka mtima, ndiye tikumva chisoni; popeza tazindikira ndiye tikudziguguda pachifukwa. Tachita manyazi ndipo tanyazitsidwa chifukwa tinachimwa paubwana wathu.’
किनकि म तपाईंकहाँ फर्केपछि म दुःखित भएँ । मलाई तालिम दिइएपछि मैले आफ्नो तिघ्रामा हिर्काएँ । म लज्जित र अपमानित भएँ, किनकि मैले आफ्नो युवावस्थाको दोष बोकेको छु ।'
20 Kodi Efereimu si mwana wanga wokondedwa, mwana amene Ine ndimakondwera naye? Ngakhale nthawi zambiri ndimamudzudzula, ndimamukumbukirabe. Kotero mtima wanga ukumufunabe; ndimamumvera chifundo chachikulu kwambiri,” akutero Yehova.
के एफ्राइम मेरो बहुमूल्य बालक होइन र? के त्यो मेरो प्रिय, आनन्दित छोरो होइन र? किनकि मैले जहिलेसुकै त्यसको विरुद्धमा बोल्दा, म निश्चय नै त्यसलाई मेरो प्रेमिलो हृदयमा सम्झन्छु । यसरी मेरो हृदय त्यसको लागि लालायित हुन्छ । म निश्चय नै त्यसमाथि दया देखाउने छु, यो परमप्रभुको घोषणा हो ।”
21 “Muyike zizindikiro za mu msewu; muyimike zikwangwani. Yangʼanitsitsani msewuwo, njira imene mukuyendamo. Bwerera, iwe namwali wa Israeli, bwerera ku mizinda yako ija.
“आफ्ना लागि बाटो देखाउने सङ्केतहरू राख् । आफ्ना लागि खम्बाहरू खडा गर् । तेरो मन तँ हिंड्नुपर्ने ठिक मार्गमा लगा । ए कन्या इस्राएल, फर्केर आइज । तेरा यी सहरहरूमा फर्केर आइज ।
22 Udzakhala jenkha mpaka liti, iwe mwana wa mkazi wosakhulupirika? Yehova walenga chinthu chatsopano pa dziko lapansi; mkazi ndiye tsopano aziteteza mwamuna.”
ए विश्वासघाती छोरी, तँ कहिलेसम्म यताउता गरिबस्छेस्? किनकि परमप्रभुले पृथ्वीमा केही नयाँ कुरो सृजनुभएको छ अर्थात् एक जना स्त्रीले एक जना बलियो पुरुषलाई घेर्छे ।”
23 Yehova Wamphamvuzonse, Mulungu wa Israeli akuti, “Ndikadzabwera nawo anthuwa kuchokera ku ukapolo, anthu a mʼdziko la Yuda ndi amene akukhala mʼmizinda yake adzayankhulanso mawu akuti, ‘Yehova akudalitse, iwe malo achilungamo, iwe phiri lopatulika.’
सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, “मैले यस जातिलाई तिनीहरूको देशमा फर्काएर ल्याउँदा तिनीहरूले यहूदा र यसका सहरहरूमा यसो भन्नेछन्, 'उहाँ बस्नुहुने ए धर्मी बासस्थान्, ए पवित्र पर्वत, परमप्रभुले तँलाई आशिष् देऊन् ।'
24 Anthu adzakhala ku Yuda ndi ku mizinda yake pamodzi ndi alimi ndi oweta nkhosa.
किनकि किसानहरू र आफ्ना बगालहरूसित घुम्ने गोठालाहरूझैं यहूदा र यसका सहरहरू सँगसँगै त्यहाँ बस्नेछन् ।
25 Ndidzatsitsimutsa anthu otopa ndipo ndidzadyetsa anthu anjala.”
किनकि थाकेकाहरूलाई म पिउन लयाउनेछु, र मूर्छा खाएकाहरूलाई म सन्तुष्ट पार्नेछु ।”
26 Pamenepo ndinadzuka nʼkuyangʼana uku ndi uku. Tulo tanga tinali tokoma.
यसपछि म ब्युँझेँ, र मेरा भेडाहरू ताजा हुँदै गरेको मैले थाहा पाएँ ।
27 “Masiku akubwera,” akutero Yehova, “pamene ndidzachulukitsa anthu pamodzi ndi ziweto mʼdziko la Israeli ndi la Yuda.
यो परमप्रभुको घोषणा हो, “हेर्, यस्ता दिनहरू आउँदैछन्, जुन बेला इस्राएल र यहूदाका घरानाहरूलाई मान्छे र पशुका सन्तानहरूले म रोप्नेछु ।
28 Monga momwe ndinasamalira powazula, powagwetsa, powagumula, powawononga ndi powachita zoyipa, momwemonso ndidzasamala powamanga ndi powadzala” akutero Yehova.
विगतमा मैले तिनीहरूलाई जरैदेखि उखेल्न, लछार्न, नष्ट पार्न र हानि गर्न तिनीहरूलाई मेरो निगरानीमा राखेँ । तर आउने दिनहरूमा, तिनीहरूलाई निर्माण गर्न र तिनीहरूलाई रोप्न, म तिनीहरूको रेखदेख गर्नेछु, यो परमप्रभुको घोषणा हो ।”
29 “Mʼmasiku amenewo anthu sadzanenanso kuti, “Makolo adya mphesa zosapsa, koma mano a ana ndiye achita dziru.
“ती दिनमा कसैले पनि यसो भन्नेछैन, 'अमिलो अङ्गुर खानेचाहिं बुबा, तर दाँत कुँडिनेचाहिं छोराछोरीको!'
30 Mʼmalo wake, munthu aliyense adzafa chifukwa cha tchimo lake. Iye amene adzadye mphesa zosapsazo ndiye amene mano ake adzachite dziru.”
किनकि हरेक मानिस आफ्नै अधर्ममा मर्नेछ । जसले अमिलो अङ्गुर खान्छ, त्यसकै दाँत कुँडिनेछ ।
31 “Masiku akubwera,” akutero Yehova, “pamene ndidzachita pangano latsopano ndi Aisraeli ndiponso nyumba ya Yuda.
यो परमप्रभुको घोषणा हो, हेर्, यस्ता दिनहरू आउँदैछन्, जुना बेला म इस्राएल र यहूदाका घरानासित एउटा नयाँ करार स्थापित गर्नेछु ।
32 Silidzakhala ngati pangano limene ndinachita ndi makolo awo pamene ndinawagwira padzanja nʼkuwatulutsa ku Igupto; chifukwa anaphwanya pangano langa, ngakhale ndinali mwamuna wawo,” akutero Yehova.
मैले तिनीहरूका पुर्खाहरूसित बाँधेको करारजस्तो यो हुनेछैन, जब मैले तिनीहरूलाई तिनीहरूका हात समातेर मिश्रदेशबाट बाहिर ल्याएँ, किनकि तिनीहरूले मेरो करार भङ्ग गरे तापनि म तिनीहरूका पति भएँ, यो परमप्रभुको घोषणा हो ।
33 “Ili ndi pangano limene ndidzachita ndi Aisraeli atapita masiku amenewo,” akutero Yehova. “Ndidzayika lamulo langa mʼmitima mwawo ndi kulilemba mʼmaganizo mwawo. Ine ndidzakhala Mulungu wawo ndipo iwo adzakhala anthu anga.
इस्राएलको घरानासित मैले बाँध्ने करार यही हो, यो परमप्रभुको घोषणा हो । यी दिनपछि म आफ्नो व्यवस्था तिनीहरूभित्र हाल्नेछु, र तिनीहरूका हृदयमा यो लेख्नेछु, किनकि म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।
34 Sipadzafunikanso kuti wina aphunzitse mnzake, kapena munthu wina kuphunzitsa mʼbale wake, kunena kuti, ‘Mudziwe Yehova,’ chifukwa onse adzandidziwa Ine, kuyambira wamngʼono mpaka wamkulu,” akutero Yehova. “Ndidzawakhululukira zoyipa zawo ndipo sindidzakumbukiranso machimo awo.”
तब हरेक मानिसले फेरि आफ्नो छिमेकी वा हरेक मानिसले आफ्नो भाइलाई यसो भनेर सिकाउने छैन, 'परमप्रभुलाई चिन ।' किनकि सानादेखि ठुलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्, यो यो परमप्रभुको घोषणा हो । किनकि म तिनीहरूको अधर्म क्षमा दिनेछु, र फेरि तिनीहरूका पाप सम्झनेछैनँ ।”
35 Yehova akuti, Iye amene amakhazikitsa dzuwa kuti liziwala masana, amene amalamula kuti mwezi ndi nyenyezi ziziwala usiku, amene amavundula nyanja kuti mafunde akokome, dzina lake ndi Yehova Wamphamvuzonse:
परमप्रभु यसो भन्नुहुन्छ, “दिनमा प्रकाश दिन सूर्य र रातमा प्रकाश दिन चन्द्रमा र ताराहरूलाई उहाँले नै निधो गर्नुहुन्छ । समुद्रका छाल गर्जनलाई उहाँले नै यसलाई गतिवान् बनाउनुहुन्छ । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।”
36 Ngati zimenezi zilekeka pamaso panga, akutero Yehova, pamenepo padzakhala pamathero a fuko la Israeli pamaso panga.
यो परमप्रभुको घोषणा हो, “यी स्थायी थोकहरू मेरो दृष्टिबाट गायब भए भने मात्रै, इस्राएलका सन्तानहरू मेरो सामु सदा एउटा जाति हुनबाट खतम हुनेछ ।”
37 Yehova akuti, “Ndidzataya fuko la Israeli chifukwa cha machimo awo. Ngati patapezeka munthu amene angathe kupima zakuthambo nʼkufufuza maziko a dziko lapansi.”
परमप्रभु यसो भन्नुहुन्छ, “उच्चतम आकाशलाई नाप्न सकियो भने, अनि मुनि पृथ्वीको जगलाई पत्ता लगाउन सकियो भने मात्र, इस्राएलका सबै सन्तानले गरेका कुराको कारणले, म तिनीहरूलाई इन्कार गर्नेछु, यो परमप्रभुको घोषणा हो ।”
38 “Taonani masiku akubwera,” akutero Yehova, “pamene mzinda wa Yehova udzamangidwanso kuyambira ku Nsanja ya Hananeli mpaka ku Chipata cha Ngodya.
यो परमप्रभुको घोषणा हो, “हेर्, यस्ता दिनहरू आउँदैछन्, जुन बेला यो सहर हननेलको धरहरादेखि कुने-ढोकसम्मै पुनर्निर्माण गरिनेछ ।
39 Malire ake adzayambira pamenepo kupita ku phiri la Garebu, nʼkudzakhota kuloza ku Gowa.
तब नाप्ने डोरी फेरि अझै टाढा गारेब डाँडासम्म अनि घुमेर गोआसम्म जानेछ ।
40 Chigwa chonse mʼmene amatayiramo mitembo ndi phulusa, ndiponso minda yonse kuyambira ku Chigwa cha Kidroni mpaka ku ngodya ya Chipata cha Akavalo mbali ya kummawa, adzakhala malo opatulika a Yehova. Mzindawu sadzawuzulanso kapena kuwuwononga.”
लाशहरू र खरानीको सारा उपत्यका अनि पूर्वतिर किद्रोन खोल्सासम्मका सबै खेत अश्व ढोकाको कुनासम्मको भाग परमप्रभुको निम्ति अलग गरिनेछ । त्यो सहर सदाको निम्ति फेरि कहिल्यै उखेलिने, वा भत्काइने छैन ।”