< Yeremiya 1 >
1 Mawu a Yeremiya mwana wa Hilikiya, mmodzi mwa ansembe a ku Anatoti, mʼdziko la Benjamini.
बेन्यामीनको क्षेत्रमा पर्ने अनातोतका पुजारीहरूमध्ये एक जना हिल्कियाहका छोरा यर्मियाका वचन यिनै हुन् ।
2 Mawuwa Yehova anayankhula naye mʼchaka cha 13 cha ulamuliro wa Yosiya mwana wa Amoni mfumu ya Yuda.
यहूदाका राजा अमोनका छोरा योशियाहको शासनकालको तेह्रौं वर्षमा परमप्रभुको वचन तिनीकहाँ आयो ।
3 Yehova anayankhulanso naye pa nthawi yonse ya ulamuliro wa Yehoyakimu mwana wa Yosiya mfumu ya Yuda, mpaka mwezi wachisanu wa chaka cha 11 cha ufumu wa Zedekiya mwana wa Yosiya mfumu ya Yuda, pamene anthu a ku Yerusalemu anapita ku ukapolo.
यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको समयदेखि यहूदाका राजा योशियाहका छोरा सिदकियाहको शासनकालको एघारौं वर्षको पाँचौं महिनासम्म, यरूशलेमका मानिसहरू कैदीका रूपमा नलगिएसम्म नै परमप्रभुको वचन आइरह्यो ।
4 Yehova anayankhula nane kuti,
परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो,
5 “Ndisanakuwumbe mʼmimba mwa amayi ako ndinali nditakudziwa kale, iwe usanabadwe ndinali nditakupatula kale; ndinakuyika kuti ukhale mneneri kwa anthu a mitundu yonse.”
“मैले तँलाई गर्भमा रच्नुभन्दा पहिले, मैले तँलाई चुनें । तँ गर्भबाट बाहिर आउनुअगि मैले तँलाई अलग गरें । मैले तँलाई जाति-जातिहरूका निम्ति अगमवक्ता बनाएँ ।
6 Ine ndinati, “Haa! Ambuye Yehova, ine sinditha kuyankhula; popeza ndikanali wamngʼono.”
मैले भनें, “हे परमप्रभु परमेश्वर, कसरी बोल्ने भनी मलाई थाहा छैन, किनकि म त धेरै सानो बालक छु ।”
7 Koma Yehova anandiwuza kuti, “Usanene kuti, ‘Ndikanali wamngʼono’ popeza udzapita kwa munthu aliyense kumene ndidzakutuma ndi kunena chilichonse chimene ndidzakulamulira.
तर परमप्रभुले मलाई भन्नुभयो, “यसो नभन्, 'म सानो बालक छु' । मैले पठाउने हरेक ठाउँमा तँ जानैपर्छ, र मैले तँलाई आज्ञा गर्ने हरेक कुरा तैंले भनैपर्छ ।
8 Usawaope, pakuti Ine ndili nawe, ndipo ndidzakupulumutsa,” akutero Yehova.
तिनीहरूदेखि नडरा, किनकि तेरो उद्धार गर्न म तँसित छु, यो परमप्रभुको घोषणा हो ।”
9 Pamenepo Yehova anatambalitsa dzanja lake nakhudza pakamwa panga, nandiwuza kuti, “Taona, tsopano ndayika mawu anga mʼkamwa mwako.
तब परमप्रभुले आफ्नो हात पसार्नुभयो, मेरो मुख छुनुभयो, र मलाई भन्नुभयो, “अब मैले तेरो मुखमा मेरो वचन हालिदिएको छु ।
10 Lero ndakusankha kuti ukhale ndi ulamuliro pa mitundu ya anthu ndi pa maufumu awo kuti uzule ndi kugwetsa, uwononge ndi kugumula, kuti uwamange ndi kudzala.”
उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, बनाउन र रोप्न, आज मैले तँलाई जातिहरू र राज्यहरूमाथि नियुक्त गर्दैछु ।”
11 Yehova anandifunsa kuti, “Yeremiya, kodi ukuona chiyani?” Ine ndinayankha kuti, “Ndikuona nthambi ya mtengo wa mtowo.”
परमप्रभुको वचन मकहाँ यसो भनेर आयो, “ए यर्मिया, तँ के देख्छस्?” मैले भनें, “हाडे-बदामको एउटा हाँगा म देख्छु ।”
12 Yehova anandiwuza kuti, “Waona bwino, chifukwa Ine ndikuonetsetsa kuti mawu angawa akwaniritsidwe.”
परमप्रभुले मलाई भन्नुभयो, “तैंले राम्ररी देखेको छस्, किनकि आफ्नो वचन पुरा गर्नलाई म त्यसलाई नियालेर हेर्दैछु ।”
13 Yehova anandifunsanso kachiwiri kuti, “Kodi ukuona chiyani?” Ine ndinayankha kuti, “Ndikuona mʼphika wa madzi owira, ndipo wagudukira kuno kummwera.”
परमप्रभुको वचन दोस्रो पटक मकहाँ यसो भनेर आयो, “तैंले के देख्छस्?” मैले भनें, “म एउटा तताइएको भाँडो देख्छु जसको माथिल्लो सतह छचल्किएर उत्तर दिशाबाट घोप्टिहरेको छ ।”
14 Yehova anandiwuza kuti, “Mavuto a anthu onse okhala mʼdziko lino adzachokera kumpoto.
परमप्रभुले मलाई भन्नुभयो, “यस देशमा बस्ने सबैमाथि विपत्ति उत्तर दिशाबाट नै आउन सुरु हुनेछ ।
15 Ine ndikuyitana anthu onse a ku maufumu a kumpoto,” akutero Yehova. “Mafumu awo adzabwera ndipo aliyense adzakhazika mpando wake waufumu polowera pa zipata za Yerusalemu; iwo adzabwera ndi kuzungulira makoma ake ndiponso midzi yonse ya dziko la Yuda.
किनकि मैले उत्तरी राज्यहरूका सबै कुललाई बोलाउँदैछु भनी यो परमप्रभुको घोषणा हो । तिनीहरू आउनेछन्, र यरूशलेमका मूल ढोकाहरूको प्रवेशद्वारमा आ-आफ्नो सिंहासन स्थापित गर्नेछन्, अनि तिनीहरू यसका चारैतिरका पर्खालहरू र यहूदाका सबै सहरको विरुद्धमा लाग्नेछन् ।
16 Ndidzatulutsa mlandu wanga ndi iwo chifukwa cha zoyipa zimene anachita pondisiya Ine. Iwo anakafukiza lubani kwa milungu ina, ndi kupembedza zimene anapanga ndi manja awo.
अरू देवताहरूलाई धुप बालेर र तिनीहरूका आफ्नै हातले बनाएका वस्तुहरूलाई पुजा गरेर मलाई त्यागेका हुनाले तिनीहरूका सबै दुष्ट कामको विरुद्धमा म इन्साफ गर्नेछु ।
17 “Koma iwe Yeremiya konzeka! Nyamuka ndipo ukawawuze zonse zimene ndakulamulira. Usachite nawo mantha, kuopa kuti Ine ndingakuchititse mantha iwo akuona.
आफूलाई तयार पार! खडा हो, र मैले तँलाई जे आज्ञा गर्छु, त्यो तिनीहरूलाई भन् । तिनीहरूको सामु नडरा, अन्यथा तिनीहरूका सामु म तँलाई नै डरमा पार्नेछु ।
18 Taona, lero ndakupanga kukhala ngati mzinda wotetezedwa, ngati mzati wachitsulo ndiponso ngati makoma a mkuwa kuti usaopsedwe ndi munthu aliyense wa mʼdzikomo; kaya ndi mafumu a Yuda, akuluakulu ake, ansembe ake, kapena munthu wamba wa mʼdzikomo.
हेर, सारा देश अर्थात् यहूदाका राजाहरू, यसका अधिकारीहरू, पुजारीहरू र देशका मानिसको विरुद्धमा आज मैले तँलाई एउटा किल्लाबन्दी गरिएको सहर, फलामे खम्बा र काँसाको पर्खाल बनाएको छु ।
19 Iwo adzalimbana nawe koma sadzakugonjetsa, popeza Ine ndili nawe ndipo ndidzakupulumutsa,” akutero Yehova.
तिनीहरू तेरो विरुद्धमा लड्नेछन्, तर तिनीहरूले तँलाई पराजित गर्नेछैनन्, किनकि तेरो उद्धार गर्न म तँसितै हुनेछु, यो परमप्रभुको घोषणा हो ।”