< Yesaya 44 >
1 Yehova akuti, “Mvera tsopano, iwe Yakobo, mtumiki wanga, Israeli, amene ndinakusankha.
ए मेरो सेवक, याकूब, ए इस्राएल जसलाई मैले चुनेको छु, अब सुन्:
2 Yehova amene anakupanga iwe, anakuwumba iwe mʼmimba ya amayi ako, ndi amene adzakuthandiza iwe. Iye akuti, Usachite mantha, iwe Yakobo, mtumiki wanga, Yesuruni, amene ndinakusankha.
परमप्रभु जसले तँलाई गर्भमा बनाउनुभयो र आकार दिनुभयो, अनि जसले तँलाई सहायता गर्नुहुनेछः उहाँले यसको भन्नुहुन्छ, “ए याकूब, मेरो सेवक, नडरा । अनि ए यशूरून, जसलाई मैले चुनेको छु ।
3 Pakuti ndidzathira madzi pa nthaka yowuma, ndi kuyendetsa mitsinje mʼdziko lowuma; ndidzatumiza Mzimu wanga pa ana anu, ndi kutsitsa madalitso anga pa zidzukulu zanu.
किन सुकेको जमिनमाथि म पानी खन्याउनेछु र सुख्खा जमिनमाथि खोलाहरू बगाउनेछु । तेरो सन्तानमाथि मेरो आत्मा र तेरा छोराछोरीमाथि मेरो आशिष् म खन्याउनेछु ।
4 Iwo adzakula ngati udzu wothirira bwino ndi ngati bango lomera mʼmbali mwa mitsinje ya madzi oyenda.
तिनीहरू घाँसहरू माझमा पानीको नदीको किनारको लहरे-पिपलहरू झैं उम्रनेछन् ।
5 Wina adzanena kuti, ‘Ine ndine wa Yehova;’ wina adzadzitcha yekha wa banja la Yakobo; winanso adzalemba pa dzanja lake, ‘Wa Yehova’ ndipo adzadzitcha wa banja la Israeli.
कसैले भन्नेछ, “म परमप्रभुको हुँ,' अनि अर्कोले याकूबको नाउँ लिनेछ, र अर्कोले आफ्नो हातमा 'म परमप्रभुको हुँ,' भनी लेख्नेछ र आफैलाई इस्राएलको नाउँ दिनेछ ।”
6 “Yehova Mfumu ndi Mpulumutsi wa Israeli, Yehova Wamphamvuzonse akuti: Ine ndine woyamba ndi wotsiriza; palibenso Mulungu wina koma Ine ndekha.
इस्राएलका राजा, त्यसको उद्धारक, सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “म नै पहिलो हुँ र म नै अन्तिम हुँ । र मबाहेक अरू कुनै परमेश्वर छैन ।
7 Ndani nanga angafanane ndi Ine? Muloleni kuti ayankhule. Muloleni andifotokozere ndi kundiyalira bwino lomwe zimene zinachitika kuyambira pamene ndinkakhazikitsa anthu anga akalekale, ndi ziti zimene zidzachitike; inde, muloleni alosere zimene zikubwera.
मजस्तो को छ? आफ्ना प्राचीन मानिसहरूलाई मैले स्थापित गरेदेखि भएका घटनाहरू त्यसले मलाई घोषणा गरोस् र त्यो वर्णन गरोस्, अनि तिनीहरूले हुन आउने घटनाहरूका बारेमा घोषणा गरून् ।
8 Musanjenjemere, musachite mantha. Kodi sindinakuwuzeni zimenezi ndi kuzilosera kalekale lomwe? Inu ndinu mboni zanga. Kodi aliponso Mulungu wina kupatula Ine? Ayi, palibe Thanthwe linanso limene sindikulidziwa.”
नडरा अर्थात् भयभित हो । के मैले धेरै पहिले नै यो तँलाई घोषणा गरेको र सुचना दिएको होइन र? तिमीहरू मेरा गवाहीहरू हौः “के मबाहेक अरू कुनै परमेश्वर छ र? त्यहाँ अरू कुनै चट्टान छैन । म यस्ता कुनैलाई चिन्दिनँ ।”
9 Onse amene amapanga mafano ngachabe, ndipo milungu imene amayilemekeza ndi yopanda phindu. Iwo amene amapembedza mafano ndi wosaona; ndipo sazindikira kanthu. Choncho adzawachititsa manyazi.
मूर्तीहरू बनाउने सबै जना केही पनि होइनन् । तिनीहरू प्रशन्न हुने थोकहरू व्यर्थ हुन् । तिनीहरूका गवाहीहरूले कुनै कुरा पनि देख्न वा जान्न सक्दैनन् र तिनीहरू लजमा पारिनेछन् ।
10 Ndani amasema mulungu ndi kuwumba fano, limene silingamupindulire?
कसले देवतालाई आकार दिन्छ वा व्यार्थको मूर्ती खोप्छ?
11 Iye pamodzi ndi anzake onse adzawachititsa manyazi; amisiri a mafano ndi anthu chabe. Aloleni onse asonkhane ndi kuyima pabwalo la milandu; onse adzaopsedwa ndipo adzachita manyazi.
हेर, त्यसका सबै सहकर्मी लाजमा पारिनेछन् । कारीगरहरू मानिसहरू मात्र हुन् । तिनीहरूले एकसाथ आफ्ना अडान लेऊन् । तिनीहरू तर्सिनेछन् र लजज्जित हुनेछन् ।
12 Mmisiri wa zitsulo amatenga chitsulo ndipo amachiyika pa makala amoto; ndi dzanja lake lamphamvu amachisula pochimenya ndi nyundo. Pambuyo pake mʼmisiri uja amamva njala natha mphamvu; iye samwa madzi, ndipo amalefuka.
सुनारले आफ्ना औजारहरूले भुङ्ग्रोमा काम गरेर त्यो बनाउँछ । उसले त्यसलाई घनले आकार दिन्छ र आफ्नो बलियो पाखुराले त्यसको काम गर्छ । ऊ भोकाउँछ र उसको बल घट्छ । उसले पानी पिउँदैन र मुर्छा पर्छ ।
13 Mmisiri wa matabwa nayenso amayeza mtengo ndi chingwe ndipo amajambula chithunzi ndi cholembera; amasema bwinobwino ndi chipangizo chake ndipo amachiwongola bwino ndi chida chake. Amachipanga ngati munthu, munthu wake wokongola kuti aliyike mʼnyumba yake yachipembedzo.
सिकर्मीले काठलाई धागोले नाप्छ र कलमले त्यसमा चिन्ह लगाउँछ । उसले आफ्ना औजारहरूले त्यसलाई आकार दिन्छ र कम्पासले त्यसमा चिनो लगाउँछ । उसले त्यसलाई आकर्षक मानिसजस्तै मानिसको आकारमा बनाउँछ, ताकि त्यो घरमा नै रहोस् ।
14 Amagwetsa mitengo ya mkungudza, mwinanso amatenga mtengo wa payini kapena wa thundu nʼkudzisankhira mtengo wabwino pakati pa mitengo ya mʼnkhalango, ndipo amadzala mtengo wa payini ndi kuwuleka kuti ukule ndi mvula.
उसले देवदारु काट्छ, वा सल्लाको रूख वा फलाँटको रूख छान्छ । उसले आफ्नो निम्ति वनका रूखहरू छान्छ । उसले सल्लाको रूख लगाउँछ र पानीले त्यसलाई बढाउँछ ।
15 Mitengoyo munthu amachitako nkhuni; nthambi zina amasonkhera moto wowotha, amakolezera moto wophikira buledi ndi mbali ina ya mtengowo amapangira mulungu ndipo amapembedza; iye amapanga fano ndi kumaligwadira.
अनि मानिसले त्यसलाई दाउरा बाल्न र आफूलाई न्यानो पार्न प्रयोग गर्छ । हो, उसले आगो बाल्छ र रोटी पकाउँछ । त्यसपछि उसले त्यसबाट एउटा देउता बनाउँछ र त्यसमा घोप्टो पर्छ । उसले एउटा मूर्ती बनाउँछ र त्यसमा घोप्टो पर्छ ।
16 Chigawo china cha mtengowo amasonkhera moto wowotcherapo nyama imene amadya, nakhuta. Iye amawotha motowo ndipo amanena kuti, “Aa! Ndikumva kutentha; pano pali moto.”
आफूले खाने मासु पकाउँछ त्यो रूखका केही भागलाई उसले दाउरा बाल्छ । उसले खान्छ र तृप्त हुन्छ । उसले आफैलाई न्यानो बनाउँछ र भन्छ, “ओहो, म तातो भएको छु, मैले आगो देखेको छु ।”
17 Chigawo chotsala amapanga kamulungu, fano lake limenelo; amaligwadira ndi kulipembedza. Amapemphera kwa fanolo ndipo amanena kuti, “Iwe ndiwe mulungu wanga, ndipulumutse.”
बाँकी रहेको काठले उसले एउटा देउता अर्थात् आफ्नो खोपेको मूर्ती बनाउँछ । त्यसमा ऊ घोप्टो पर्छ र त्यसको आदर गर्छ, र यसो भन्दै त्यसमा प्रार्थना चढाउँछ, “मलाई बचाउनुहोस्, किनकि तपाईं मेरो ईश्वर हुनुहुन्छ ।”
18 Anthu otere sadziwa kanthu, samvetsa kanthu kalikonse; maso awo ndi omatirira ndipo sangathe kuona, ndipo mitu yawo ndi yogontha kotero sangathe kumvetsa.
तिनीहरूले जान्दैनन्, न तिनीहरूले बुझ्छन्, किनकि तिनीहरूका आँखा अन्धा छन् र देख्न सक्दैनन्, अनि तिनीहरूका हृदयहरूले बुझ्न नै सक्दैनन् ।
19 Palibe amene amayima nʼkulingalira. Palibe wanzeru kapena womvetsa zinthu bwino woti nʼkunena kuti, chigawo china cha mtengowo ndinasonkhera moto; pa makala ake ndinaphikira buledi, ndinawotchapo nyama ndipo ndinadya. Chigawo chotsalachi ndipangire chinthu chonyansachi. Kodi ndidzagwadira mtengo?
कसैले विचार गर्दैन, न तिनीहरूले बुझ्छन् र भन्छन्, “मैले रूखका केही भाग दाउरा बालें । हो, त्यसको भुङ्ग्रोमा मैले रोटी पनि पकाएको छु । त्यसको भुङ्ग्रोमा मैले मासुको सुकुटी पनि बनाएको र खाएको छु । अब के मैले त्यो रूखबाट बचेको अरू भागबाट पुजा गर्न घिन लाग्ने कुरा बनाउनू र? के म काठको टुक्रामा घोप्टो पर्नू र?”
20 Munthu wotere ali ngati wodya phulusa, maganizo ake opusa amusocheretsa; motero kuti sangathe kudzipulumutsa yekha kapena kudzifunsa kuti, “Kodi chinthu chili mʼmanja mwangachi si chabodza?”
यो त उसले खरानी खाएको जस्तो भयो । उसको छलमा परेको हृदयले उसलाई बहकाउँछ । उसले आफैलाई बचाउन सक्दैन, न उसले यसो भन्छ, “मेरो दाहिने हातमा भएको यो कुरा झुटो देवता हो ।”
21 Yehova akuti, “Iwe Yakobo, kumbukira zinthu izi popeza kuti ndiwe mtumiki wanga, iwe Israeli. Ine ndinakupanga iwe, ndiwe mtumiki wanga; iwe Israeli, sindidzakuyiwala.
ए याकूब र इस्राएल, यी कुराहरूका बारेमा विचार गर्, किनकि तँ मेरो सेवक होस्: “मैले तँलाई आकार दिएको हुँ । तँ मेरो सेवक होस्: ए इस्राएल, तँलाई बिर्सिइने छैन ।
22 Ndachotsa zolakwa zako ngati mitambo, ndi machimo ako ngati nkhungu ya mmawa. Bwerera kwa Ine, popeza ndakupulumutsa.”
तेरा विद्रोहका कामहरूलाई एउटा बाक्लो बादललाई झैं र तेरा पापहरूलाई एउटा बादललाई झैं मैले हटाएको छु । मकहाँ फर्की, किनकि मैले तँलाई उद्धार गरेको छु ।
23 Imbani mwachimwemwe, inu zolengedwa zamlengalenga, pakuti Yehova wachita zimenezi; fuwula, iwe dziko lapansi. Imbani nyimbo, inu mapiri, inu nkhalango ndi mitengo yonse, chifukwa Yehova wawombola Yakobo, waonetsa ulemerero wake mwa Israeli.
ए आकाश गाओ, किनकि परमप्रभुले नै यसो गर्नुभएको हो । ए पृथ्वीका गहिराइ हो कराओ । ए पर्वतहरू, वनका सबै रूख हो, गीत गाओ । किनकि परमप्रभुले याकूबलाई उद्धार गर्नुभएको छ र इस्राएलमा आफ्नो महिमा प्रकट गर्नुहुनेछ ।
24 Yehova Mpulumutsi wanu, amene anakuwumbani mʼmimba ya amayi anu akuti: “Ine ndine Yehova, amene anapanga zinthu zonse, ndinatambasula ndekha zinthu zakuthambo, ndinayala ndekha dziko lapansi.
तँलाई गर्भमा आकार दिनुहुने परमप्रभु तेरा उद्धारक यसो भन्नुहुन्छः “म परमप्रभु हुँ, जसले हरेक कुरा बनाएँ, जसले आकाशलाई एक्लै फैलाएँ, जसले पृथ्वीलाई एक्लै बनाएँ ।
25 Ndine amene ndinalepheretsa mipingo ya anthu onyenga, ndipo ndimapusitsa owombeza mawula. Ndimasokoneza anthu a nzeru, ndi kuonetsa kuti nzeru zawo nʼzopusa.
हात हेरेर फतफताउनेका खोक्रा कुरालाई व्यार्थ तुल्याउने म नै हुँ र हात हेर्ने कुरा पढ्नेलाई घृणा गर्ने म नै हुँ । यस्ता बुद्धिमान्हरूका बुद्धिलाई उल्टाउने र तिनीहरूका सल्लाहलाई मूर्ख बनाउने म नै हुँ ।
26 Ndine amene ndimatsimikiza mawu a atumiki ake ndi kukwaniritsa zimene analosera amithenga ake. “Ndine amene ndinanena za Yerusalemu kuti mudzakhalanso anthu. Ndinanenanso za mizinda ya Yuda kuti idzamangidwanso. Za mabwinja awo ndinanena kuti ndidzawawutsanso.
आफ्ना सेवकका वचनहरू पुरा गर्ने र आफ्ना दूतहरूका भविष्यवाणी पुरा गर्ने परमप्रभु म नै हुँ, जसले यरूशलेमलाई भन्छ, 'त्यसमा बसोवास गरिनेछ,' र यहूदाका नगरहरूका बारेमा भन्छ, 'तिनीहरूलाई फेरि निर्माण गरिनेछ र म तिनका भग्नावशेषहरूलाई खडा गर्नेछु ।'
27 Ndine amene ndinawuza nyanga yayikulu kuti, ‘Uma’ ndipo ndidzawumitsa mitsinje yako.
जसले गहिरो समुद्रलाई भन्छ, 'सुक् र तेरा धारहरूलाई म सुकाउनेछु ।'
28 Ndine amene ndinanena kwa Koresi kuti, ‘Iye ndiye mʼbusa wanga,’ ndipo adzachita zonse zimene ndikufuna; iye adzalamula kuti, ‘Yerusalemu amangidwenso’ ndi kuti, ‘Maziko a Nyumba ya Mulungu ayikidwenso.’”
कोरेसलाई यसो भन्नुहुने परमप्रभु नै हुनुहुन्छ, 'त्यो मेरो गोठालो हो, त्यसले मेरा हेरक इच्छा पुरा गर्नेछ । त्यसले यरूशलेमको बारेमा, 'त्यसलाई पुननिर्माण गरिनेछ,' र मन्दिरको बारेमा, 'यसको जग बसालियोस्' भनेर आदेश दिनेछ ।”