< Yesaya 38 >
1 Nthawi imeneyo Mfumu Hezekiya anadwala ndipo anali pafupi kufa. Mneneri Yesaya mwana wa Amozi anapita kukamuona ndipo anati “Yehova akuti: Konza bwino nyumba yako, pakuti ukufa; suchira.”
ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्यको मुखैमा पुगे । त्यसैले आमोजका छोरा यशैया अगमवक्ता तिनीकहाँ आए र तिनलाई भने, “परमप्रभु भन्नुहुन्छ, 'आफ्नो घरको व्यवस्थापन गर् । किनभने तँ मर्नेछस्, बाँच्नेछैनस्' ।”
2 Hezekiya anatembenuka nayangʼana kukhoma, napemphera kwa Yehova kuti,
तब हिजकियाले आफ्नो मुख भित्तातिर फर्काए र परमप्रभुमा प्रार्थना चढाए ।
3 “Inu Yehova, kumbukirani momwe ndayendera pamaso panu mokhulupirika ndi modzipereka ndipo ndakhala ndikuchita zabwino pamaso panu.” Ndipo Hezekiya analira mosweka mtima.
तिनले भने, “कृपया, हे परमप्रभु, म तपाईंको सामु कसरी सारा हृदयले विश्वासयोग्य भएर हिंडेको छु र मैले तपाईंको नजरमा जे असल छ सो कसरी गरेको छु सो सम्झनुहोस् ।” अनि हिजकिया धुरुधुरु रोए ।
4 Ndipo Yehova analamula Yesaya kuti:
तब यशैयाकहाँ परमप्रभुको वचन यसो भनेर आयो,
5 “Pita kwa Hezekiya ndipo ukamuwuze kuti, ‘Yehova, Mulungu wa kholo lake Davide akuti: Ndamva pemphero lako ndipo misozi yako ndayiona; ndidzakuwonjezera zaka 15 pa moyo wako.
“जा, मेरा मानिसहरूका अगुवा हिजकियालाई यसो भन्, 'परमप्रभु, तेरो पुर्खा दाऊदका परमेश्वर यसो भन्नुहुन्छः मैले तेरो प्रार्थना सुनेको छु, र मैले तेरो आँसु देखेको छु । हेर्, तेरो जीवनमा पन्ध्र वर्ष आयु मैले थप्न लागेको छु ।
6 Ndipo ndidzakupulumutsa, iwe pamodzi ndi mzindawu mʼdzanja la mfumu ya ku Asiriya, Ine ndidzawuteteza mzindawu.
तब म तँलाई र यस सहरलाई अश्शूरका राजाको हातबाट छुटकारा दिनेछु र म यो सहरको रक्षा गर्नेछु ।
7 “‘Ichi ndi chizindikiro cha Yehova kwa iwe kutsimikiza kuti Yehova adzachita zimene walonjeza:
मैले जे प्रतिज्ञा गरेको छु सो मैले गर्नेछु भन्ने कुराको परमप्रभुबाटको चिन्ह तँलाई यो हुनेछ ।
8 Chithunzithunzi chimene dzuwa likuchititsa pa makwerero a Ahazi ndidzachibweza mʼmbuyo makwerero khumi.’” Ndipo chithunzithunzi chinabwerera mʼmbuyo makwerero khumi.
हेर, म आहाजको सिंढीको छायालाई दश कदम पछाडि जान लगाउनेछु ।” त्यसैले सिंढीको छाया दस कदम पढाडि गयो, जुन अगि बढेको थियो ।
9 Ndakatulo ya Hezekiya mfumu ya ku Yuda imene analemba atadwala ndi kuchira:
यहूदाका राजा हिजकिया बिरामी भएर निको भएपछि तिनले लेखेको प्रार्थना यही थियो,
10 Ine ndinaganiza kuti ndidzapita ku dziko la akufa pamene moyo ukukoma. (Sheol )
“मैले भनें मेरो आधा जीवनमा नै म चिहानको ढोकाभित्र जानेछु । मेरो बाँकी वर्षहरूका निम्ति मलाई त्यहाँ पठाइन्छ । (Sheol )
11 Ndinaganiza kuti, “Sindidzaonanso Yehova, mʼdziko la anthu amoyo, sindidzaonanso mtundu wa anthu kapena kukhala pamodzi ndi amene amakhala pa dziko lapansi lino.
मैले भनें परमप्रभुलाई म देख्नेछैन, जीवितहरूको देशमा म परमप्रभुलाई कदापि देख्नेछैन । मानवजाति वा संसारको बासिन्दालाई म फेरि देख्नेछैन ।
12 Nyumba yanga yasasuka ndipo yachotsedwa. Ngati tenti ya mʼbusa mwapindapinda moyo wanga, ngati munthu wowomba nsalu; kuyambira usana mpaka usiku mwakhala mukundisiya.
मेरो जीवन मबाट गोठालोको पालझैं बोकेर लगिएको छ र हटाइएको छ । मेरो जीवनलाई मैले एउटा जुलाहाले जस्तो बेह्रेको छु । तपाईंले मलाई तानबाट काट्दै हुनुहुन्छ । तपाईंले मेरो जीवनलाई दिन र रातको बीचमा अन्त गर्दै हुनुहुन्छ ।
13 Ndinkalira kupempha chithandizo usiku wonse mpaka mmawa; koma Inu Yehova munaphwanya mafupa anga ngati mkango, ndipo mwakhala mukundisiya.
मैले बिहानसम्म नै पुकारा गरें । उहाँले मेरा सबै हड्डीहरूलाई सिंहले झैं तोड्नुहुन्छ । तपाईंले मेरो जीवनलाई दिन रातको बीचमा अन्त गर्दै हुनुहुन्छ ।
14 Ndinkalira ngati namzeze kapena chumba, ndinkabuwula ngati nkhunda yodandaula. Maso anga anatopa nʼkuyangʼana mlengalenga. Inu Ambuye, ine ndili mʼmavuto bwerani mudzandithandize!”
गौंथलीझैं म चिरबिर गर्छु । ढुकुरझैं कुर्लिन्छु । माथितिर हेरेर मेरा आँखा थकित भएका छन् । हे परमप्रभु, म दुःखमा परेको छु । मलाई सहायता गर्नुहोस् ।
15 Koma ine ndinganene chiyani? Yehova wayankhula nane, ndipo Iye ndiye wachita zimenezi. Chifukwa cha kuwawa kwa mtima wanga, ine ndidzayenda modzichepetsa masiku amoyo wanga onse.
मैले के भन्न सक्छु र? उहाँ मसँग बोल्ने अनि त्यसलाई पुरा गर्ने दुवै गर्नुभएको छ । मेरा सबै वर्षहरूमा म बिस्तारै हिंड्नेछु किनभने म शोकले व्याकुल भएको छु ।
16 Ambuye, masiku anga ali mʼmanja mwanu. Mzimu wanga upeza moyo mwa Inu. Munandichiritsa ndi kundikhalitsa ndi moyo.
हे परमप्रभु, तपाईंले पठाउनुभएका दुःखकष्ट मेरो निम्ति असल छन् । मेरो जीवन मलाई फिर्ता दिइयोस् । तपाईंले मरो जीवन र स्वस्थ्यलाई पुनर्स्थापना गर्नुभएको छ ।
17 Ndithudi, ine ndinamva zowawa zotere kuti ndikhale ndi moyo; Inu munandisunga kuti ndisapite ku dzenje la chiwonongeko chifukwa mwakhululukira machimo anga onse.
मेरै भलाइको निम्ति मैले यस्तो शोकको अनुभव गरें । तपाईंले मलाई विनाशको खाडलबाट छुटकारा दिनुभएको छ । किनकि तपाईंले मेरा सबै पापहरूलाई आफ्नो पछाडि फाल्नुभएको छ ।
18 Pakuti akumanda sangathe kukutamandani, akufa sangayimbe nyimbo yokutamandani. Iwo amene akutsikira ku dzenje sangakukhulupirireni. (Sheol )
किनकि चिहानले तपाईंलाई धन्यवाद दिंदैन । मृत्युले तपाईंको प्रशंसा गर्दैन । चिहानतिर जानेहरूले तपाईंको विश्वस्तताको आशा गर्दैनन् । (Sheol )
19 Amoyo, amoyo okha ndiwo amakutamandani, monga mmene ndikuchitira ine lero lino; abambo amawuza ana awo za kukhulupirika kwanu.
जस्तो म आज गर्दैर्छु, जीवित व्यक्तिले, केवल जीवित व्यक्तिले मात्र तपाईंलाई धन्यवाद दिन्छ । पिताले तपाईंको विश्वस्तता छोराछोरीलाई भन्छन् ।
20 Yehova watipulumutsa. Tiyeni tiyimbe ndi zoyimbira za zingwe masiku onse a moyo wathu mʼNyumba ya Yehova.
परमप्रभुले मलाई बचाउन लाग्नुभएको छ र हामीले परमप्रभुको मन्दिरमा हाम्रो सारा दिनहरूभरि भजन गाउँदै उत्सव मानउनेछौं।”
21 Yesaya anati, “Anthu atenge mʼbulu wankhunyu ndipo apake pa chithupsacho ndipo Hezekiya adzachira.”
यति बेला यशैयाले भनेका थिए, “अञ्जिरको लेप लिनु र त्यसलाई त्यो घाउमा लगाउनु र उहाँ निको हुनुहुनेछ ।”
22 Hezekiya nʼkuti atafunsa kuti, “Kodi chizindikiro chako nʼchiyani chotsimikiza kuti ndidzapita ku Nyumba ya Yehova?”
हिजकियाले पनि भनेका थिए, “म परमप्रभुको मन्दिरमा जानुपर्छ भन्ने कुराको लागि के चिन्ह हुनेछ?”