< Hoseya 11 >

1 “Israeli ali mwana, ndinamukonda, ndipo ndinayitana mwana wanga kuti atuluke mu Igupto.
“जब इस्राएल जवान मानिस थियो, तब मैले त्यसलाई प्रेम गरें, र मैले मेरो पुत्रलाई मिश्रबाट बाहिर ल्याएँ ।
2 Koma ndimati ndikamapitiriza kuyitana iwo amandithawa kupita kutali. Ankapereka nsembe kwa Abaala ndipo ankafukiza lubani kwa mafano.
जति धेरै तिनीहरूलाई बोलाइयो, तिनीहरू मबाट त्यति नै टाढा गए । तिनीहरूले बाल देवतालाई बलिदान चढाए, र मूर्तिहरूलाई धूप बाले ।
3 Ndi Ine amene ndinaphunzitsa Efereimu kuyenda, ndipo ndinawagwira pa mkono; koma iwo sanazindikire kuti ndine amene ndinawachiritsa.
तापनि एफ्राइमलाई हिंड्न सिकाउने म नै थिएँ । तिनीहरूका हात समतेर तिनीहरूलाई उठाउने म नै थिएँ, तर मैले तिनीहरूको वास्ता गरें भन्‍ने कुरा तिनीहरूलाई थाहै भएन ।
4 Ndinawatsogolera ndi zingwe zachifundo cha anthu ndi zomangira za chikondi; ndinachotsa goli mʼkhosi mwawo ndipo ndinawerama nʼkuwadyetsa.
तिनीहरूलाई मानवताका डोरीहरू र प्रेमको बन्धनहरूले मैले डोर्‍याएँ । तिनीहरूका काँधका जुवालाई सजिलो पारिदिने कोही व्‍यक्‍ति जस्तै म तिनीहरूका निम्‍ति थिएँ, र तिनीहरूका अगि म झुकें र तिनीहरूलाई खुवाएँ ।
5 “Sadzabwerera ku Igupto, koma Asiriya ndiye adzakhala mfumu yawo pakuti akana kutembenuka.
के तिनीहरू मिश्रदेशमा फर्कने छैनन् र? तिनीहरू मकहाँ फर्कन नमानेका हुनाले, के अश्‍शूरले तिनीहरूमाथि राज्‍य गर्ने छैन र?
6 Malupanga adzangʼanima mʼmizinda yawo, ndipo adzawononga mipiringidzo ya zipata zawo nadzathetseratu malingaliro awo.
तिनीहरूका सहरहरूमा तरवार चल्‍नेछ र तिनीहरूका मुख्य ढोकाका बारहरूलाई नष्‍ट गर्नेछ । तिनीहरूका आफ्‍नै योजनाहरूका कारणले, त्यसले तिनीहरूलाई नष्‍ट गर्नेछ ।
7 Anthu anga atsimikiza zondifulatira Ine. Ngakhale atayitana Wammwambamwamba, sizidzatheka kuti Iye awakwezenso.
मबाट तर्केर जानलाई मेरा मानिसहरूले निश्‍चित गरेका छन् । तिनीहरूले सर्वोच्‍चलाई पुकारे पनि, कसैले पनि तिनीहरूलाई सहायता गर्नेछैन ।
8 “Kodi ndingakusiye bwanji iwe Efereimu? Kodi ndingakupereke bwanji iwe Israeli? Kodi ndingakuchitire bwanji zimene ndinachitira Adima? Kodi ndingathe bwanji kukuchitira zimene ndinachitira Zeboimu? Mtima wanga wakana kutero; chifundo changa chonse chikusefukira.
ए एफ्राइम, म कसरी तँलाई त्याग्‍न सक्‍छु? ए इस्राएल, म कसरी तँलाई अरूकहाँ सुम्‍पिन सक्‍छु र? म तँलाई कसरी अदमाझैं बनाउन सक्छु? म तँलाई कसरी सबोयीमझैं बनाउन सक्छु? मेरो हृदय मभित्र परिवर्तन भएको छ, र मेरो सम्पूर्ण दया जागेको छ ।
9 Sindidzalola kuti ndikulange ndi mkwiyo wanga woopsa, kapena kutembenuka ndi kuwononga Efereimu. Pakuti Ine ndine Mulungu osati munthu, Woyerayo pakati panu. Sindidzabwera mwaukali.
म आफ्‍नो प्रचण्ड क्रोधलाई प्रयोग गर्नेछैनँ । म फेरि एफ्राइमलाई नष्‍ट गर्नेछैनँ । किनकि म परमेश्‍वर हुँ र म मानिस होइनँ । तिमीहरूका बिचमा म परमपवित्र हुँ, र म क्रोधमा आउनेछैनँ ।
10 Iwo adzatsatira Yehova; Iye adzabangula ngati mkango. Akadzabangula, ana ake adzabwera akunjenjemera kuchokera kumadzulo.
तिनीहरूले परमप्रभुको अनुसरण गर्नेछन्, र उहाँ सिंहझैं गर्जनुहुनेछ । जब उहाँ गर्जनुहुन्छ, उहाँका छोराछोरी पश्‍चिमबाट थरथर काम्दै आउनेछन् ।
11 Adzabwera akunjenjemera ngati mbalame kuchokera ku Igupto, ngati nkhunda kuchokera ku Asiriya. Ine ndidzawakhazikanso mʼnyumba zawo,” akutero Yehova.
तिनीहरू मिश्रदेशबाट चराझैं र अश्‍शूरबाट ढुकुरझैं काम्दै आउनेछन् । तिनीहरूका आफ्‍नै घरमा बस्‍ने म तिनीहरूलाई बनाउनेछु— यो परमप्रभुको घोषणा हो ।
12 Efereimu wandizungulira ndi mabodza, nyumba ya Israeli yandizungulira ndi chinyengo. Ndipo Yuda wawukira Mulungu, wawukira ngakhale Woyerayo amene ndi wokhulupirika.
एफ्राइमले झुटले, अनि इस्राएलको घरानाले छलले मलाई घेर्छ । तर यहूदाचाहिं अझै पनि म, परमेश्‍वरसँग हिंड्‍दैछ, र म, परमपवित्रमा विश्‍वासयोग्‍य छ ।”

< Hoseya 11 >