< Genesis 9 >

1 Ndipo Mulungu anadalitsa Nowa ndi ana ake aamuna nati kwa iwo, “Berekanani ndipo muchulukane ndi kudzaza dziko lapansi.
त्यसपछि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो र भन्‍नुभयो, “फल्‍दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ ।
2 Nyama zonse za dziko lapansi, ndi mbalame zonse za mlengalenga, ndi chamoyo chilichonse chokwawa, ndiponso nsomba zonse za ku nyanja; zidzakuopani ndipo ndazipereka kuti muzilamulire.
जमिनमा चलहल गर्ने हरेक जीवित प्राणी, आकाशका हरेक पक्षी, जमिनमा घस्रने हरेक जन्तु र समुद्रका सबै माछामाथि तिमीहरूको डर र त्रास रहनेछ । ती तिमीहरूका हातमा सुम्पिएका छन् ।
3 Tsopano chamoyo chilichonse chidzakhala chakudya chanu. Monga momwe ndinakupatsirani ndiwo zamasamba, tsopano ndikupatsaninso nyama iliyonse.
हरेक चलहल गर्ने प्राणी तिमीहरूका निम्ति भोजन हुनेछन् । मैले तिमीहरूलाई हरिया वनस्पतिहरू दिएजस्तै अब म तिमीहरूलाई सबै थोक दिन्छु ।
4 “Koma musamadye nyama imene ikanali ndi magazi oyenda.
तर तिमीहरूले मासु त्यसको प्राण दिने रगतसमेत नखाओ ।
5 Aliyense wopha munthu adzaphedwa, nyama iliyonse yopha munthu idzaphedwa, munthu aliyense wopha munthu mnzake, adzaphedwa.
तर तिमीहरूको प्राण दिने रगतको साटो म लेखा लिनेछु । हरेक पशुबाट म प्राणको साटो लिनेछु । आफ्नो भाइको हत्या गर्ने हरेक मानिसको हातबाट म त्यस मानिसको प्राणको साटो लिनेछु ।
6 “Aliyense wopha munthu, adzaphedwanso ndi munthu; pakuti Mulungu analenga munthu mʼchifanizo chake.
जसले मानिसको रगत बगाउँछ मानिसद्वारा नै त्यसको रगत बगाइनेछ, किनकि परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो ।
7 Inu muberekane ndi kuchulukana kuti mudzaze dziko lonse lapansi ndi kuligonjetsa.”
तिमीहरूचाहिँ पृथ्वीमा फल्दै-फुल्दै, वृद्धि हुँदै, फैलँदै जाओ ।”
8 Mulungu anawuza Nowa ndi ana ake kuti,
त्यसपछि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई यसो भन्‍नुभयो,
9 “Tsopano Ine ndapangana ndi iwe ndi zidzukulu zako zamʼtsogolomo,
“मेरो कुरा सुन! तिमीहरू र तिमीहरूपछि आउने तिमीहरूका सन्तानहरू, तिमीहरूसँगै भएका हरेक जीवित प्राणी अर्थात्
10 pamodzi ndi zamoyo zonse, mbalame, ziweto ndi nyama zonse za kuthengo, ndi zonse zimene zinatuluka mʼchombo pamodzi ndi iwe.
पक्षीहरू, पालिने पशुहरू र जहाजबाट बाहिर आउनेदेखि पृथ्वीमा भएका हरेक जीवित प्राणीसित म मेरो करार स्थापित गर्दै छु ।
11 Pangano langa ndi ili: Ine ndilonjeza kuti sindidzawononganso zamoyo ndi madzi a chigumula. Chigumula sichidzawononganso dziko lapansi.”
जलप्रलयको पानीद्वारा फेरि सबै प्राणी नष्‍ट गरिनेछैनन् भनी म मेरो करार तिमीहरूसित स्थापित गर्दछु । पृथ्वीलाई सर्वनाश गर्ने जलप्रलय फेरि कहिल्यै आउनेछैन ।
12 Ndipo Mulungu anati, “Ine ndikupereka chizindikiro ichi cha pangano langa la pakati pa Ine ndi iwe, ana ako, zamoyo zonse, pamodzi ndi mibado ya mʼtsogolo.
परमेश्‍वरले भन्‍नुभयो, “पुस्तौँको निम्ति मेरो र तिमीहरूसाथै हरेक जीवित प्राणीसित मैले जुन करार बाँध्दै छु, त्यसको चिन्ह यही हुन्छ
13 Ndayika utawaleza wanga mʼmitambo, ndipo chidzakhala chizindikiro cha pangano langa ndi dziko lapansi.
कि मैले बादलमा इन्द्रेणी राखेको छु, र यो मेरो र पृथ्वीको बिचमा करारको चिन्ह हुनेछ ।
14 Nthawi zonse pakakhala mitambo mu mlengalenga ndipo utawaleza uwoneka,
मैले पृथ्वीमाथि बादल फिँजाउँदा जब इन्द्रेणी देखा पर्छ
15 ndizikumbukira pangano langa pakati pa Ine ndi inu ndi zolengedwa zonse. Madzi sadzakhalanso chigumula chowononga dziko lapansi.
तब म मेरो करारलाई सम्झनेछु जुन करार मेरो र तिमीहरूसाथै हरेक जीवित प्राणीको बिचमा बाँधिएको छ । जलप्रलयले फेरि कहिल्यै सबै प्राणीलाई सर्वनाश गर्नेछैन ।
16 Utawaleza ukamadzaoneka mʼmitambo, ndidzawuona ndi kukumbukira pangano losatha pakati pa Mulungu ndi zamoyo zonse pa dziko lapansi.”
परमेश्‍वर र पृथ्वीमा रहेका सबै जीवित प्राणीबिच बाँधिएको नित्य रहिरहने कराको सम्झना गर्नलाई म बादलमा देखा पर्ने इन्द्रेणीलाई हेर्नेछु ।”
17 Choncho Mulungu anati kwa Nowa, “Ichi ndiye chizindikiro cha pangano limene ndalichita pakati pa Ine ndi zamoyo zonse pa dziko lapansi.”
तब परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “मेरो र पृथ्वीमा भएका सबै जीवित प्राणीको बिचमा मैले स्थापित गरेको करारको चिन्ह यही हो ।”
18 Ana aamuna a Nowa amene anatuluka mʼchombo muja anali Semu, Hamu ndi Yafeti. Hamu anali abambo ake a Kanaani.
जहाजबाट बाहिर निस्केर आएका नोआका छोराहरू शेम, हाम र येपेत थिए । हाम कनानका पिता थिए ।
19 Ana aamuna a Nowa amenewa ndiwo anali makolo a anthu onse pa dziko lapansi.
यी तिन जना नोआका छोराहरू थिए, र यिनीहरूबाट नै समस्त पृथ्वी भरियो ।
20 Nowa anali munthu woyamba kulima munda wamphesa.
नोआ किसान हुन लागे, र तिनले दाखबारी लगाए ।
21 Tsiku lina pamene Nowa anamwako vinyo wa zipatso za mʼmundawo analedzera ndipo anavula zovala zake zonse ndi kugona mu tenti yake ali maliseche.
दाखमद्य पिएर तिनी मात्तिए । तिनी आफ्नो पालमा नाङ्गै पल्टिरहेका थिए ।
22 Hamu, abambo ake a Kanaani ataona kuti abambo ake ali maliseche anakawuza abale ake awiri aja omwe anali panja.
तब कनानका पिता हामले आफ्ना पिताको नाङ्गोपन देखे र बाहिर आएर दुवै दाजुलाई बताइदिए ।
23 Koma Semu ndi Yafeti anatenga chofunda nachiyika pa mapewa awo; ndipo anayenda chamʼmbuyo naphimba umaliseche wa abambo awo. Anafulatira kuti asaone umaliseche wa abambo awo.
त्यसैले, शेम र येपेतले एउटा लबेदा लिएर त्यसलाई काँधमा हाले अनि पछिल्तिर सर्दै गएर तिनीहरूका पिताको नाङ्गोपन ढाकिदिए । तिनीहरूको अनुहार अर्कोपट्टि फर्केकाले तिनीहरूले आफ्ना पिताको नाङ्गोपन देखेनन् ।
24 Nowa atadzuka, kuledzera kutatha, ndikudziwa zimene mwana wake wamngʼono wamwamuna uja anamuchitira,
नोआ आफ्नो मद्यको लतबाट उठेपछि तिनका कान्छा छोराले तिनलाई के गरेका थिए भनी तिनलाई थाहा भयो ।
25 anati, “Atembereredwe Kanaani! Adzakhala kapolo wa pansi kwenikweni kwa abale ake.”
त्यसैले तिनले भने, “श्रापित होस् कनान । त्यो आफ्ना दाजुहरूका कमाराहरूका पनि कमारा होस् ।”
26 Anatinso, “Atamandike Yehova, Mulungu wa Semu! Kanaani akhale kapolo wa Semu.
तिनले यसो पनि भने, “शेमका परमेश्‍वर यहोवे धन्यका होऊन्, र कनान त्यसको कमारो होस् ।
27 Mulungu akulitse dziko la Yafeti; Yafeti alandire madalitso pamodzi ndi Semu, ndipo Kanaani akhale kapolo wawo.”
परमेश्‍वरले येपेतको क्षेत्र वृद्धि गर्नुभएको होस् र त्यसले शेमका पालहरूमा बास गरून् । कनान त्यसका कमारा होस् ।”
28 Chitatha chigumula, Nowa anakhala ndi moyo zaka 350.
जलप्रलयपछि नोआ तिन सय पचास वर्ष बाँचे ।
29 Anamwalira ali ndi zaka 950.
नोआको जम्मा उमेर नौ सय पचास वर्ष भयो, अनि तिनी मरे

< Genesis 9 >