< Agalatiya 1 >

1 Paulo mtumwi, osati wosankhidwa ndi anthu kapena kutumidwa ndi munthu ayi, koma Yesu Khristu, ndi Mulungu Atate amene anamuukitsa Yesuyo kwa akufa,
म पावल एक प्रेरित हुँ । म कुनै मानिस वा व्यक्‍तिद्वारा प्रेरित भएको होइन, तर येशू ख्रीष्‍ट र परमेश्‍वर पिताद्वारा भएको हुँ जसले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो ।
2 pamodzi ndi abale onse amene ali nane, Kulembera mipingo ya ku Galatiya:
मसँग भएका सबै भाइहरूका साथ म यो पत्र गलातियाका सबै मण्डलीहरूलाई लेखिरहेको छु ।
3 Chisomo ndi mtendere zochokera kwa Mulungu Atate athu ndi Ambuye Yesu Khristu zikhale nanu.
परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्,
4 Yesuyo anadzipereka yekha chifukwa cha machimo athu kuti atipulumutse ku njira za moyo woyipa uno, molingana ndi chifuniro cha Mulungu ndi Atate athu. (aiōn g165)
जसले हाम्रा परमेश्‍वर र पिताको इच्छाअनुसार यस वर्तमान दुष्‍ट संसारबाट हामीलाई मुक्त गराउन हाम्रा पापका निम्ति आफैँलाई अर्पण गर्नुभयो । (aiōn g165)
5 Ulemerero ukhale kwa Mulunguyo mpaka muyaya. Ameni. (aiōn g165)
उहाँलाई नै सदासर्वदा महिमा होस् । (aiōn g165)
6 Ine ndikudabwa kuti mukusiya mwamsangamsanga chotere Mulungu amene anakuyitanani mwachisomo cha Khristu ndipo mwatembenuka ndi kutsatira uthenga wina wosiyana,
तिमीहरू यति छिटै फरक सन्देशतिर फर्किएको देख्दा म चकित परेको छु । ख्रीष्‍टको अनुग्रहद्वारा तिमीहरूलाई बोलाउनुहुनेबाट तिमीहरू टाढिएको देख्दा म चकित परेको छु ।
7 umene si Uthenga Wabwino konse. Pali anthu ena amene akukusokonezani komanso akufuna kupotoza Uthenga Wabwino wa Khristu.
अरू कुनै सुसमाचार छैन, तर केही यस्ता मानिसहरू छन् जसले तिमीहरूलाई समस्यामा पार्न र ख्रीष्‍ट येशूको सुसमाचारलाई विकृत गर्न चाहन्छन् ।
8 Ngakhale ife kapena mngelo wochokera kumwamba, akalalikira Uthenga Wabwino wosiyana ndi umene tinakulalikirani uja, iyeyo akhale wotembereredwa!
तर हामीले तिमीहरूका माझमा जुन सुसमाचार घोषणा गर्‍यौँ, त्योभन्दा बाहेक अरू कुनै सन्देशलाई यदि हामी वा स्वर्गबाट आएका स्वर्गदूतले नै प्रचार गरे तापनि त्यो श्रापित होस् ।
9 Monga tanena kale, tsopano ndikubwereza kunenanso kuti, “Ngati wina aliyense akulalikirani Uthenga Wabwino wosiyana ndi umene munawulandira, iyeyo akhale wotembereredwa.”
हामीले पहिले नै भनिसकेका छौँ र म अहिले फेरि पनि भन्दछु, “कसैले तिमीहरूले स्वीकार गरेको भन्दा बाहेक तिमीहरूका सामु अर्को सन्देशको घोषणा गर्दछ भने, त्यो श्रापित होस् ।”
10 Kodi tsopano ndikufuna kukopa anthu kuti andivomereze, kapena Mulungu? Kapena ndikufuna kukondweretsa anthu? Ngati ine ndikanakhala kuti ndikufunabe kukondweretsa anthu, sindikanakhala mtumiki wa Khristu.
के मैले अहिले मानिसहरू वा परमेश्‍वरको समर्थन खोजिरहेको छु र? के मैले मानिसहरूलाई खुसी पार्न खोजिरहेको छु र? यदि मैले अझै पनि मानिसहरूलाई खुसी पार्ने प्रयास गरिरहेको छु भने, म ख्रीष्‍टको दास होइनँ ।
11 Abale, ine ndikufuna kuti mudziwe, kuti Uthenga Wabwino umene ndinalalikira si ochokera kwa munthu ayi.
भाइहरू हो, तिमीहरूले यो कुरा जान भन्‍ने म चाहन्छु, कि मैले घोषणा गरेको सुसमाचार मानिसहरूबाट मात्र आएको होइन ।
12 Ine sindinawulandire kuchokera kwa munthu aliyense, kapena kuphunzitsidwa; koma ndinawulandira mwa vumbulutso lochokera kwa Khristu.
मैले यो कुनै मानिसबाट प्राप्‍त गरेको होइन, न त मलाई यो सिकाइएको थियो । बरु, मलाई यो येशू ख्रीष्‍टको प्रकाशद्वारा दिइएको थियो ।
13 Pakuti inu munamva za moyo wanga wakale mʼChiyuda, mmene ndinkazunzira mpingo wa Mulungu koopsa ndi kuyesetsa kuwuwononga.
म यहूदी हुदाँ मेरो पहिलेको जीवनको बारेमा तिमीहरूले सुनेका छौ, कि कसरी मैले परमेश्‍वरको मण्‍डलीलाई हिंसात्‍मक रूपले अत्यधिक सताइरहेको थिएँ र त्‍यसलाई नष्‍ट गरिरहेको थिएँ ।
14 Ine ndinkapambana Ayuda ambiri a msinkhu wanga pochita za Chiyuda, ndipo ndinali wachangu koposa pa miyambo ya makolo athu.
म यहूदी धर्मकर्ममा मेरा आफ्नै मानिसहरूका कैयौँ सहकर्मीहरूभन्दा धेरै अगि बढिरहेको थिएँ । मेरा पुर्खाहरूका परम्पराहरूका निम्ति म अत्यन्तै उत्साहित थिएँ ।
15 Koma Mulungu, amene anandipatula ine ndisanabadwe, ndi kundiyitana mwachisomo chake, atakondweretsedwa
तर मेरी आमाको गर्वदेखि नै मलाई चुन्‍नको निम्ति परमेश्‍वर खुसी हुनुभयो ।
16 kuvumbulutsa Mwana wake mwa ine, kuti ndikalalikire Khristuyo pakati pa anthu a mitundu ina, ine sindinapemphe nzeru kwa munthu aliyense.
मैले गैरयहूदीहरूका माझमा उहाँलाई घोषणा गर्न सकूँ भनेर उहाँका पुत्रलाई ममा प्रकट गर्नको निम्ति उहाँको अनुग्रहद्वारा उहाँले मलाई बोलाउनुभयो । मैले तुरुन्तै शरीर र रगतको सल्लाह लिइनँ,
17 Ine sindinapite ku Yerusalemu kukaonana ndi amene anali atumwi ine ndisanakhale mtumwi. Mʼmalo mwake nthawi yomweyo ndinapita ku Arabiya ndi kubwereranso ku Damasiko.
र मभन्दा अगि प्रेरित भएकाहरूकहाँ म यरूशलेममा गइनँ । बरु, म अरबतिर गएँ र त्यसपछि दमस्कसमा फर्किएँ ।
18 Pambuyo pake, patatha zaka zitatu, ndinapita ku Yerusalemu kukaonana ndi Petro ndikukhala naye masiku khumi ndi asanu.
अनि तिन वर्षपछि केफासलाई भेट्न म यरूशलेम गएँ र त्यहाँ उनीसँग पन्ध्र दिनसम्म बसेँ ।
19 Ine sindinaonane ndi atumwi enawo koma Yakobo yekha, mʼbale wa Ambuye.
तर मैले प्रभुका भाइ याकूबलाई बाहेक अरू कसैलाई भेटिनँ ।
20 Ine ndikutsimikizira inu pamaso pa Mulungu kuti zimene ndikukulemberani si zonama ayi.
हेर, मैले जे लेखेको छु, परमेश्‍वरको अगि मैले तिमीहरूलाई ढाँटेको छैन ।
21 Pambuyo pake ndinapita ku Siriya ndi ku Kilikiya.
त्यसपछि म सिरिया तथा किलिकियाका क्षेत्रहरूतिर गएँ ।
22 Koma sindimadziwika ndi nkhope ku mipingo ya ku Yudeya imene ili mwa Khristu.
ख्रीष्‍टमा भएका यहूदियाका मण्डलीहरूमा म अझैसम्म चिनिएको थिइनँ,
23 Iwo anangomva mbiri yokha yakuti, “Munthu amene poyamba anatizunza ife, tsopano akulalikira chikhulupiriro chimene iyeyo nthawi ina anafuna kuchiwononga.”
तर उनीहरूले सुनेका थिएँ, “एक पटक हामीलाई सताउने व्यक्‍तिले अहिले त्यही विश्‍वासको घोषणा गरिरहेका छन् जुन विश्‍वासलाई कुनै समय उनले नष्‍ट गरिरहेका थिए ।”
24 Ndipo iwo anayamika Mulungu chifukwa cha ine.
मेरो कारण तिनीहरूले परमेश्‍वरको महिमा गरिरहेका थिए ।

< Agalatiya 1 >