< Ezekieli 30 >

1 Yehova anandiyankhula kuti:
परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2 “Iwe mwana wa munthu, nenera ndipo ulengeze zimene Ine Ambuye Yehova ndikunena. “‘Ufuwule mawu awa akuti, ‘Kalanga, tsiku lafika!’
“ए मानिसको छोरो, यो अगमवाणी गर र यसो भन्ः 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः विलाप गर्, “आउने दिनको निम्ति हाय।”
3 Pakuti tsiku layandikira, tsiku la Yehova lili pafupi, tsiku la mitambo yakuda, tsiku lachiwonongeko cha mitundu ya anthu.
त्यो दिन नजिकै छ । परमप्रभुको निम्ति त्यो दिन नजिकै छ । जातिहरूका निम्‍ति त्यो बादल लागेको, अन्‍त्‍यको दिन हुनेछ ।
4 Lupanga lidzabwera kudzalimbana ndi Igupto ndipo mavuto adzafika pa Kusi. Pamene anthu ambiri adzaphedwa mu Igupto, chuma chake chidzatengedwa ndipo maziko ake adzagumuka.
तब मिश्रदेशमाथि एउटा तरवार आउनेछ, र जब मारिएका मानिसहरू मिश्र देशमा ढल्‍नेछन् तब कूश देशमा पनि सङ्कष्‍ट आइपर्नेछ — जति बेला तिनीहरूले त्‍यसका धन-सम्‍पत्तिहरू लानेछन्, र जब त्‍यसका जगहरू भत्‍काइनेछन्‌ ।
5 Kusi, Puti, Ludi ndi Arabiya yense, Libiya ndiponso anthu a mʼdziko logwirizana naye adzaphedwa ndi lupanga pamodzi ndi Igupto.
कूश र पूत, लूद र सारा अरब देश, र लिबिया, करार गरिएका मानिसहरूसँगै तरवारले ढालिनेछन्‌ ।
6 “‘Ine Ambuye Yehova ndikuti: “‘Onse othandiza Igupto adzaphedwa ndipo kunyadira mphamvu zake kudzatheratu. Adzaphedwa ndi lupanga kuyambira ku Migidoli mpaka ku mzinda wa Asiwani,’” ndikutero Ine Ambuye Yehova.
परमप्रभु यसो भन्‍नुहुन्‍छः मिश्रदेशलाई सहयोग गर्नेहरूचाहिं पतन हुनेछन्, र त्‍यसको बलको घमण्‍ड तल जानेछ । मिग्‍दोलदेखि आश्‍वानसम्‍मै तिनीहरूका फौज तरवारले ढालिनेछन्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
7 “‘Dziko la Igupto lidzasanduka bwinja kupambana mabwinja ena onse opasuka, ndipo mizinda yake idzakhala yopasuka kupambana mizinda ina yonse.
उजाड भएका देशहरूमा तिनीहरू भयभीत हुनेछन्, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा हुनेछन्‌ ।
8 Nditatha kutentha Igupto ndi kupha onse omuthandiza, pamenepo adzadziwa kuti Ine ndine Yehova.
जब म मिश्रदेशमा आगो लगाउनेछु, र जब त्‍यसका सबै सहयोगी नाश हुनेछन्, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।
9 “‘Nthawi imeneyo ikadzafika, amithenga adzapita mofulumira kuchokera kwa Ine kukaopseza Kusi, iwowo osadziwako kanthu. Ndipo adzada nkhawa pa tsiku limene Igupto adzawonongedwa, chifukwa tsikulo lidzafika ndithu.
त्‍यो दिन सुरक्षित कूशलाई त्रसित बनाउन म दूतहरू अघि पठाउनेछु र मिश्रदेशको अन्‍त्‍यको दिनमा तिनीहरूलाई वेदना हुनेछ । किनभने हेर्, त्‍यो आउँदेछ ।
10 “‘Ine Ambuye Yehova ndikuti, “‘Ndidzagwiritsa ntchito Nebukadinezara, mfumu ya ku Babuloni kuti ndithetse gulu lankhondo la Igupto.
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः “'म बेबिलोनको राजा नबूकदनेसरको हातद्वारा मिश्रदेशका भीडहरूलाई अन्‍त्‍य गरिदिनेछु ।
11 Iye ndi gulu lake lankhondo, mtundu wa anthu ankhanza kwambiri aja adzabwera kudzawononga dzikolo. Adzasolola malupanga awo kulimbana ndi Igupto ndipo dziko lidzadzaza ndi mitembo.
त्‍यो र त्‍यससँग भएको त्‍यसको सेना जातिहरूका त्रासलाई यो देशको नाश गर्नलाई ल्‍याइनेछन्‌ । तिनीहरूले मिश्रदेशको विरुद्धमा आफ्‍ना तरवार थुत्‍नेछन्, र मारिएकाहरूका सङ्‍ख्‍याले यो देशलाई भर्नेछन्‌ ।
12 Ndidzawumitsa mtsinje wa Nailo ndi kugulitsa dziko la Igupto kwa anthu oyipa. Ndidzagwiritsa ntchito anthu achilendo kuti ndiwononge dzikolo pamodzi ndi zonse zili mʼmenemo. Ine Yehova ndayankhula.
नदीहरूका पानीलाई म सुकाइदिनेछु, र देशलाई म दुष्‍ट मानिसहरूका हातमा बेचिदिनेछु । त्‍यो देश र त्‍यसमा भएका सारा थोकहरूलाई विदेशीहरूका हातद्वारा म उजाड पार्नेछु— म परमप्रभुले यो भनेको हुँ ।
13 “‘Ine Ambuye Yehova ndikuti, “‘Ndidzawononga mafano ndi kuthetsa milungu yosema ya ku Mefisi. Simudzakhalanso mfumu mu Igupto, ndipo ndidzaopseza dziko lonse.
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म मूर्तिहरूलाई नाश गर्नेछु, र मेम्फिसका व्‍यर्थका मूर्तिहरूको अन्‍त्‍य गर्नेछु । मिश्रदेशमा फेरि कहिल्‍यै शासक हुनेछैन, र यसरी म मिश्रदेशमा डर हालिदिनेछु ।
14 Ndidzasandutsa chipululu mzinda wa Patirosi, ndi kutentha mzinda wa Zowani. Ndidzalanga mzinda wa Thebesi.
तब म फारोलाई निर्जन पारिदिनेछु र सोअनमा आगो लगाउनेछु, र थेबसमा म न्यायको फैसला गर्नेछु ।
15 Ndidzakhuthulira ukali wanga pa mzinda wa Peluziumu, linga lolimba la Igupto, ndi kuwononga gulu lankhondo la Thebesi.
किनकि मिश्रदेशको किल्‍ला, पेलुसियममाथि मेरो क्रोध खन्‍याउनेछु, र थेबसको सहरका धेरै भीडलाई नष्‍ट गर्नेछु ।
16 Ndidzatentha ndi moto dziko la Igupto; Peluziumu adzazunzika ndi ululu. Malinga a Thebesi adzagumuka, ndipo mzindawo udzasefukira ndi madzi.
तब म मिश्रदेशमा आगो लगाउनेछु, र पेलुसियम ठुलो पीडामा पर्नेछ, थेबसलाई भत्काइनेछ, र मेम्फिसले हरेक दिन शत्रुहरूको सामना गर्नेछ ।
17 Anyamata a ku Oni ndi ku Pibeseti adzaphedwa ndi lupanga ndipo okhala mʼmizinda yake adzatengedwa ukapolo.
हेलीओपोलिस र बुबास्‍तीसका जवान मानिसहरू तरवारद्वारा मारिनेछन्, र तिनीहरूका सहरहरू कैदमा जानेछन् ।
18 Ku Tehafinehezi kudzakhala mdima pamene ndidzathyola goli la Igupto; motero kunyada kwake kudzatha. Iye adzaphimbidwa ndi mitambo yakuda, ndipo okhala mʼmizinda yake adzapita ku ukapolo.
तहपनेसमा जब म मिश्रदेशको जुवा भाँचिदिनेछु, तब त्‍यो दिनले आफ्‍नो उज्‍यालो दिनेछैन, र त्‍यसको बलको घमण्‍ड सकिनेछ । त्यसलाई एउटा बादलले ढाक्‍नेछ, र त्‍यसका छोरीहरू कैदमा जानेछन्‌ ।
19 Kotero ndidzalanga dziko la Igupto, ndipo iwo adzadziwa kuti Ine ndine Yehova.’”
म मिश्रदेशलाई दण्‍डको फैसला गर्नेछु, यसरी तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”
20 Pa tsiku lachisanu ndi chiwiri la mwezi woyamba wa chaka chakhumi ndi chimodzi, Yehova anandiyankhula kuti:
एघारौं वर्षको पहिलो महिनाको सातौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
21 “Iwe mwana wa munthu, ndathyola dzanja la Farao mfumu ya Igupto. Taona, silinamangidwe kuti lipole, ngakhale kulilimbitsa ndi nsalu kuti lithe kugwiranso lupanga.
“ए मानिसको छोरा, मैले मिश्रदेशको राजा फारोको हात भाँचेको छु । हेर्, त्‍यसमा बाँधेको वा पट्टीले निको पार्न खोजिएको छैन, जसले गर्दा तरवार समाउन त्‍यो बलियो होस् ।
22 Nʼchifukwa chake Ine Ambuye Yehova ndikuti, Ine ndikudana ndi Farao mfumu ya Igupto. Ndidzathyola manja ake onse; dzanja labwino pamodzi ndi lothyokalo, ndipo lupanga lidzagwa mʼmanja mwake.
यसकारण परमप्रभु परमेश्‍वर योस भन्‍नुहुन्छ, 'हेर्, म मिश्रदेशको राजा फारोको विरुद्धमा छु । किनकि म त्यसको बलियो र भाँचिएको दुबै हात भाँच्नेछु, र त्यसको तरवार हातबाट झर्ने म बनाउनेछु ।
23 Ndidzamwaza Aigupto pakati pa mitundu ya anthu ndikuwabalalitsira ku mayiko ambiri.
तब मिश्रीलाई जातिहरूका बिचमा म छरपष्‍ट पारिदिनेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पारिदिनेछु ।
24 Ndidzalimbitsa manja a mfumu ya ku Babuloni, ndipo mʼmanja mwake ndidzayikamo lupanga langa. Koma ndidzathyola manja a Farao, ndipo adzabuwula ngati wolasidwa koopsa pamaso pa mfumu ya ku Babuloniyo.
म बेबिलोनको राजाका हात शक्तिशाली बनाउनेछु, र मेरो तरवार त्‍यसको हातमा दिनेछु ताकि म फारोको हात भाँच्‍न सकूँ । त्‍योचाहिं बेबिलोनको राजाको अगि मरणान्‍त चोट लागेको मानिसझैं पीडाले सुस्‍केरा हाल्‍नेछ ।
25 Ndidzalimbitsa manja a mfumu ya ku Babuloni, koma manja a Farao adzafowoka. Motero anthu adzadziwa kuti Ine ndine Yehova, ndikadzayika lupanga langa mʼmanja mwa mfumu ya ku Babuloni. Ndipo adzaligwiritsa ntchito pothira nkhondo dziko la Igupto.
किनकि म बेबिलोनको राजाको हात शक्तिशाली बनाउनेछु, जबकी फारोका हात निर्बल हुनेछ । जब म बेबिलोनका राजाको हातमा मेरो तरवार दिनेछु, किनकि त्‍यसले मिश्रदेशको विरुद्धमा त्‍योद्वारा आक्रमण गर्नेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।
26 Ndidzamwaza Aigupto pakati pa mitundu ya anthu, ndikuwabalalitsira ku mayiko ambiri. Motero adzadziwa kuti Ine ndine Yehova.”
यसरी मिश्रीलाई जातिहरूका बिचमा म छरपष्‍ट पारिदिनेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पारिदिनेछु । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”

< Ezekieli 30 >