< Ezekieli 26 >
1 Pa chaka cha khumi ndi chimodzi, tsiku loyamba la mwezi, Yehova anandiyankhula kuti:
यसैले यो एघारौं वर्षमा, महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2 “Iwe mwana wa munthu, anthu a ku Turo ananyogodola Yerusalemu kuti ‘Hii! Uja amene anali chipata choloweramo anthu a mitundu ina wawonongeka. Zitseko zake zatsekukira ife. Tidzalemera popeza wasanduka bwinja.’
“ए मानिसको छोरो, किनभने यरूशलेमको विरुद्धमा टुरोस सहरले 'अहा! भनेको छ ।मानिसहरूका ढोकाहरू भत्केका छन् । त्यो मतिर फेर्केको छ । म भरपूर हुनेछु, किनभने त्यो भग्नावशेष भएको छ ।'
3 Nʼchifukwa chake, Ine Ambuye Yehova ndikuti: Ndidzakulangani, inu anthu a ku Turo. Ndidzakuyitanirani anthu a mitundu ina kuti adzakulangeni monga momwe mafunde amawombera pa Nyanja.
यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, ‘हेर्, ए टुरोस, म तेरो विरुद्धमा छु, र समुद्रमा छालहरू उठेझैं धेरै जातिहरूलाई तेरो विरुद्धमा म ल्याउनेछु ।
4 Anthuwo adzawononga makoma a Turo ndi kugwetsa nsanja zake. Ndidzapala dothi lake ndipo ndidzamusandutsa thanthwe losalala.
उनीहरूले टुरोसका पर्खालहरू भत्काउनेछन्, र त्यसका धरहराहरू ढाल्नेछन् । म त्यसको धूलो उडाउनेछु र त्यसलाई उजाड चट्टान बनाउनेछु ।
5 Udzakhala poyanikapo makoka pakati pa nyanja. Ine Ambuye Yehova ndayankhula zimenezo. Udzasanduka chofunkha cha anthu a mitundu ina.
त्यो समुद्रको बिचमा जालहरू सुकाउने ठाउँ हुनेछ, किनभने मैले नै यो घोषणा गरेको छु— यो परमप्रभु परमेश्वरको घोषणा हो— र त्यो जातिहरूका निम्ति लूटको माल हुनेछ ।
6 Anthu okhala ku mtunda adzasakazidwa ndi lupanga. Pamenepo adzadziwa kuti Ine ndine Yehova.
मैदानहरूमा भएका त्यसका छोरीहरू तरवारले मारिनेछन्, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन् ।
7 “Ine Ambuye Yehova ndikuti: Iwe Turo, ndidzakubweretsera Nebukadinezara, mfumu ya ku Babuloni mfumu ya mafumu, kuchokera kumpoto pamodzi ndi akavalo ndiponso magaleta, anthu okwera pa akavalo ndi gulu lalikulu la ankhondo.
किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, उत्तरबाट राजाहरूका राजा बेबिलोनको राजा नबूकदनेसरलाई घोडाहरू र रथहरू, र घोडचढीहरू र धेरै जना मानिससहित म टुरोसको विरुद्धमा ल्याउनेछु ।
8 Anthu okhala ku mtunda adzawapha ndi lupanga. Adzapanga mitumbira yankhondo ndi kukukwezera zishango kuti alimbane nawe.
त्यसले मैदानहरूमा तेरा छोरीहरूलाई मार्नेछ । त्यसले तेरो विरुद्धमा घेरा-मचान निर्माण गर्नेछ, र तेरा पर्खालहरूमा आड लाग्ने किल्ला निर्माण गर्नेछ, र तेरो विरुद्धमा ढालहरू उठाउनेछ ।
9 Adzagwetsa makoma ako ndi zida zogumulira khoma ndi kugwetsa nsanja zako ndi nkhwangwa zake.
तेरो पर्खालमा हिर्काउनलाई त्यसले मूढाहरू राख्नेछ, र त्यसका हतियारले तेरा धरहराहरू ढाल्नेछ ।
10 Akavalo ake adzakhala ochuluka kwambiri kotero kuti adzakukwirira ndi fumbi lawo. Makoma ako adzagwedezeka ndi mdidi wa akavalo, ngolo ndi magaleta pamene iye adzalowa pa zipata monga mmene amalowera mu mzinda umene makoma ake agwetsedwa.
त्यसका घोडाहरू यति धेरै हुनेछन्, कि तिनका धूलोले तँलाई ढाक्नेछ । घोडचढीहरू, गाढाहरू र रथहरूको आवाजले तेरा पर्खालहरू हल्लिनेछन् । पर्खाल भत्केको कुनै सहरभित्र मानिसहरू पसेझैं गरी त्यो तेरा ढोकाहरूभित्र पस्छ ।
11 Akavalo ake adzapondaponda mʼmisewu yako yonse ndi ziboda zawo. Adzapha anthu ako ndi lupanga. Mizati yako yolimba idzagwetsedwa.
त्यसका घोडाहरूका टापहरूले तेरा सबै सडकहरू कुल्चिनेछ । त्यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया खामाहरू जमिनमा ढल्नेछन् ।
12 Iwo adzafunkha chuma chako ndipo adzalanda zinthu zako za malonda. Adzagwetsa makoma ako ndi kuwononga nyumba zako zabwino. Adzaponya miyala yako, matabwa ako ndi dothi lako mʼnyanja.
उनीहरूले तेरा धन-सम्पत्तिहरू लुट्नेछन्, र तेरा व्यापारका मालहरू लुट्नेछन् । उनीहरूले तेरा पर्खालहरू ढाल्नेछन् र तेरा आरामदायी घरहरू भत्काउनेछन् । तेरा ढुङ्गा र काठपात, फोहोरलाई उनीहरूले समुद्रमा फाल्नेछन् ।
13 Choncho ndidzathetsa phokoso la nyimbo zanu, ndipo kulira kwa apangwe ako sikudzamvekanso.
तेरो गीतको हल्ला म बन्द गर्नेछु । तेरा वीणाहरूका आवाज फेरि कहिल्यै सुनिनेछैन ।
14 Ndidzakusandutsa thanthwe losalala, ndipo udzakhala malo woyanikapo makoka a nsomba. Sudzamangidwanso, pakuti Ine Yehova ndayankhula, akutero Ambuye Yehova.
म तँलाई उजाड चट्टान बनाउनेछु । तँ जालहरू सुकाउने ठाउँ बन्नेछस् । फेरि कहिल्यै तँलाई बनाइनेछैन, किनकि म परमप्रभु परमेश्वर नै बोलेको हुँ— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
15 “Ine Ambuye Yehova ndikukuwuza, iwe mzinda wa Turo, kuti zilumba zidzagwedezeka pakumva za kugwa kwako ndiponso poona anthu opweteka akubuwula ndipo anthu akuphedwa pakati pako.
परमप्रभु परमेश्वर टुरोस सहरलाई यसो भन्नुहुन्छ, 'जब तेरो बिचमा डरलाग्दो मारकाट हुन्छ, तब ढलेहरूका सोर र घाइतेहरूले सुस्केराले के टापुहरू काम्नेछैनन् र?
16 Pamenepo mafumu a mʼmbali mwa nyanja adzatsika pa mipando yawo yaufumu. Adzayika pambali mikanjo yawo ndi kuvala zovala zawo zamakaka. Adzachita mantha ndipo adzakhala pansi akunjenjemera kosalekeza. Adzathedwa nzeru poona zimene zakugwera.
तब समुद्र किनारका सबै जना शासक आ-आफ्ना सिंहासनबाट ओर्लनेछन् र आ-आफ्नो पोशाक उतार्नेछन्, र बुट्टा भरिएका वस्त्रहरू फुकाल्नेछन् । तिनीहरूले आफैंमा कम्पका पोशाक लगाउनेछन्, तिनीहरू भूइँमा बस्नेछन्, र हरेक क्षण काम्नेछन्, र तँलाई देखेर तिनीहरू भयभीत हुनेछन् ।
17 Pamenepo adzayimba nyimbo yokudandaula ndipo adzati kwa iwe: “‘Nʼkuchita kuwonongeka chotere, iwe mzinda wotchuka, wodzaza ndi anthu a ku nyanja! Unali wamphamvu pa nyanja, iwe ndi nzika zako; unkaopseza anthu onse amene ankakhala kumeneko.
तिनीहरूले तेरो विषयमा विलाप गर्नेछन् र तँलाई यसो भन्नेछन्: नाविकहरू बसोबास गर्ने, तँ कसरी नष्ट भइस् । शक्तिशाली र प्रसिद्ध सहर अब समुद्रबाट हराएको छ । त्यसका बासिन्दाहरूले आफ्ना नजिक बस्ने हरेकलाई कुनै बेला थर्कमान् पारेका थिए ।
18 Tsopano mayiko a mʼmbali mwa nyanja akunjenjemera chifukwa cha kugwa kwako; okhala pa zilumba nawonso agwidwa ndi mantha aakulu chifukwa cha kugwa kwako.’
अब तेरो पतनको दिनमा समुद्र-किनारका देशहरू काम्छन् । तँ आफ्नो ठाउँमा नभए हुनाले टापूहरू त्रासमा परेका छन् ।'
19 “Mawu a Ine Ambuye Yehova ndi awa: Ndidzakusandutsa bwinja, ngati mizinda imene anthu sangathe kukhalamo. Ndidzakuphimba ndi madzi ozama a mʼnyanja, madzi amphamvu woti akumize.
किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः जब मानिसहरू बसोबास नगरेको अरू सहरझैं म तँलाई एउटा उजाडिएको सहर तुल्याउँछु, र जब म गहिरो सागरलाई तेरो विरुद्ध उठाउनेछु, र जब ठुला छालहरूले तँलाई ढाक्छन्,
20 Ndidzakugwetsa pansi kuti ukhale pamodzi ndi anthu amvulazakale amene akutsikira ku manda. Ine ndidzakusunga ku dzenjeko ngati ku bwinja losiyidwa kalekale, pamodzi ndi anthu amene anafa kale motero sudzabwererako kukhala pakati pa anthu amoyo.
तब म तँलाई प्राचिन समयका मानिसहरूकहाँ ल्याउनेछु, अरू मानिसहरूझैं जो खाल्डोमा गएका छन् । किनभने म तँलाई पृथ्वीमुनि, प्राचीन भग्नावशेषमा जस्तै, मृत-लोकमा जानेहरूसित बस्न लाउनेछु । जसको कारण तँ फेरि कहिल्यै जीवितहरूको देशमा फर्केर बस्नेछैनस् ।
21 Ine ndidzakuthetsa mochititsa mantha, ndipo sudzakhalaponso. Anthu adzakufunafuna, koma sudzapezekanso, akutero Ambuye Yehova.”
तँमाथि म विपति ल्याउनेछु, र सधैंको निम्ति तँ फेरि कहिलै हुनेछैनस् । तब तेरो खोजी हुनेछ तर तँलाई फेरि कहिलै भेट्टाइनेछैन— यो परमप्रभु परमेश्वरको घोषणा हो ।”