< Ezekieli 20 >
1 Tsiku lakhumi la mwezi wachisanu, chaka chachisanu ndi chiwiri, ena mwa akuluakulu a Israeli anabwera kudzapempha nzeru kwa Yehova, ndipo anakhala pansi pamaso panga.
सातौं वर्षको पाँचौं महिनाको दशौं दिनमा इस्राएलका धर्म-गुरुहरू परमप्रभुसित सोधपूछ गर्न आए र मेरो सामु बसे ।
2 Tsono Yehova anandiyankhula nati:
तब परमप्रभुको वचन यस भनेर मकहाँ आयो,
3 “Iwe mwana wa munthu, ayankhule akuluakulu a Israeli ndi kuwawuza kuti, ‘Ambuye Yehova akuti: Kodi mwabwera kudzapempha nzeru kwa Ine? Ndithu pali Ine wamoyo, Ine sindidzakulolani kupempha nzeru kwa Ine, akutero Ambuye Yehova.’
“ए मानिसको छोरो, इस्राएलका धर्म-गुरुहरूलाई घोषणा गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः के तिमीहरू मसित सोधपूछ गर्न आएका छौ? जस्तो म जीवित छु, तिमीहरूले मलाई सोधपूछ गर्नेछैनौ— यो परमप्रभु परमेश्वरको घोषणा हो ।'
4 “Kodi uwaweruza? Iwe mwana wa munthu, kodi ugamula mlandu wawo? Uwadziwitse tsono zonyansa zimene anachita makolo awo, uwawuze kuti,
के तँ तिनीहरूको न्याय गर्नेछस्? ए मानिसको छोरो, के तँ तिनीहरूको न्याय गर्नेछस्? तिनीहरूका आफ्ना पुर्खाहरूका घिनलाग्दा कामको बारेमा तिनीहरूलाई जानकारी दे ।
5 ‘Ambuye Yehova akuti: Pa tsiku limene ndinasankha Israeli, ndinalumbira kwa zidzukulu za nyumba ya Yakobo ndipo ndinadziwulula kwa iwo ku Igupto. Ndinalumbira ndi kuwawuza kuti: Ine ndine Yehova Mulungu wanu.
तिनीहरूलाई भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः जुन दिन मैले इस्राएललाई छानें, र याकूबको घरानासित शपथ खानलाई मैले हात उचाले र मैले आफूलाई मिश्रदेशमा तिनीहरूका बिचमा प्रकट गरें । जति बेला तिनीहरूसित शपथ खान मैले आफ्नो हात उचालें । मैले भनें, “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ”—
6 Pa tsiku limenelo ndinalumbira kwa iwo kuti ndidzawatulutsa mʼdziko la Igupto ndi kupita nawo ku dziko limene ndinawapezera, dziko la mwana alirenji, dziko lokongola kwambiri kupambana mayiko ena.
त्यस दिन मैले तिनीहरूसित यो शपथ खाएँ, कि म तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर मैले तिनीहरूका निम्ति मैले होसियारीसाथ छानेको देशमा ल्याउनेछु । त्यहाँ दूध र मह बग्दैथियो । यो सबै देशहरूभन्दा बढी सुन्दर गहना थियो ।
7 Ndipo ndinawawuza kuti, ‘Aliyense ataye zinthu zonse zonyansa zimene ankasangalala nazo, ndipo musadziyipitse ndi mafano a Igupto, Ine ndine Yehova Mulungu wanu.’
मैले तिनीहरूलाई भनें, “हरेक मानिसले आफ्ना दृष्टिबाट घिनलाग्दा कुराहरू र मिश्रदेशका मूर्तिहरू हटाओस् । आफूलाई अशुद्ध नपार । म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।”
8 “‘Koma iwo anandiwukira ndipo sanafune kundimvera. Palibe amene anataya zonyansa zonse zimene ankasangalala nazo. Panalibenso amene anasiya mafano a ku Igupto. Tsono ndinaganiza zowakhuthulira ukali wanga ndi kuwaonetsa mkwiyo wanga mʼdziko la Igupto momwemo.
तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरे र मेरो कुरा सुन्न इच्छुक भएनन् । हरेक मानिसले आफ्ना दृष्टिबाट ती घिनलाग्दा कुराहरूलाई फालेनन् न त तिनीहरूले मिश्रदेशका मूर्तिहरूलाई नै त्यागे । यसैले मिश्रदेशको बिचमा तिनीहरूका माझमा मेरो क्रोध शान्त पार्नको निम्ति तिनीहरूमाथि मेरो रिस पोख्ने निश्चय मैले गरें ।
9 Koma sindinachite zimenezi chifukwa cha dzina langa, kuti lisayipitsidwe pakati pa anthu a mitundu ina amene ankakhala pakati pawo. Paja ndinali nditaonetsa mphamvu zanga pamaso pa mitunduyo potulutsa Aisraeli mʼdziko la Igupto.
आफ्नो नाउँको खातिर मैले यो काम गरें, यसरी तिनीहरू बसोबास गरेका जातिहरूका दृष्टिमा मेरो नाउँ अपवित्र नहोस् । तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्याएर मैले आफूलाई तिनीहरूका अघि प्रकट गरें ।
10 Choncho ndinawatulutsa mʼdziko la Igupto ndi kubwera nawo mʼchipululu.
यसैले मैले तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालें र तिनीहरूलाई उजाड-स्थान ल्याएँ ।
11 Ndinawapatsa malangizo anga ndi kuwadziwitsa malamulo anga amene munthu aliyense akawamvera adzakhala ndi moyo.
तब मैले तिनीहरूलाई मेरा विधिहरू दिएँ र मेरा नियमहरू तिनीहरूलाई प्रकट गरें । मानिसले ती पालन गर्यो भने त्यसद्वारा ऊ बाँच्नेछ ।
12 Ndinawapatsanso Masabata ngati chizindikiro pakati pathu, kuti adziwe kuti Ine Yehova ndinawapatula.
म परमप्रभु नै हुँ जसले तिनीहरूलाई पवित्र पार्छु भनी तिनीहरूले जानून् भनेर तिनीहरू र मेरो बिचमा चिन्हको रूपमा मैले तिनीहरूलाई शबाथदिनहरू पनि दिएँ ।
13 “‘Komabe anthu a Israeli anandiwukira mʼchipululu. Iwo sanatsatire malangizo anga koma anakana malamulo anga amene munthu aliyense akawamvera adzakhala ndi moyo. Ndipo anayipitsa kotheratu Masabata anga. Choncho, ndinaganiza zowakhuthulira ukali wanga ndi kuwawononga mʼchipululu.
तर इस्राएल घरानाले उजाड-स्थान मेरो विरुद्धमा विद्रोह गरे । तिनीहरू मेरो विधिहरूमा चलेनन् । बरु, तिनीहरूले मेरा नियमहरूलाई इन्कार गरे । मानिसले ती पालन गर्यो भने त्यसद्वारा ऊ बाँच्नेछ । तिनीहरूले मेरा शबाथहरूलाई एकदमै बिटुलो पारे । यसैले मैले भनें, म तिनीहरूको नाश गर्नलाई यही उजाड-स्थान तिनीहरूमाथि आफ्नो क्रोध पोखाउनेछु ।
14 Koma sindinachite zimenezi chifukwa cha dzina langa, kuti lisayipitsidwe pakati pa anthu a mitundu ina amene anandiona ndikutulutsa Aisraeliwo mu Igupto.
तर जुन जातिहरूका दृष्टिमा मैले तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्याएँ, तिनीहरूका दृष्टिमा मेरो नाउँ अपवित्र नहोस् भनेर मेरो नाउँको खातिर मैले काम गरें ।
15 Ndinalumbiranso kwa iwo mʼchipululu muja, nditakweza dzanja, kuti sindidzawalowetsanso mʼdziko limene ndinawapatsa, dziko la mwana alirenji, lokoma kwambiri kuposa mayiko ena onse.
यसैले मैले तिनीहरूलाई दिन लागेको देशमा म तिनीहरूलाई लानेछैनँ भनेर तिनीहरूसित उजाड-स्थान एउटा शपथ खानलाई म आफैले पनि आफ्नो हात उठाएँ । त्यो देश सबै देशहरूभन्दा सुन्दर गहनाको दूध र मह बग्ने देश हो ।
16 Paja anakana malamulo anga, sanatsatire malangizo anga ndipo anayipitsa masabata anga. Mitima yawo inakonda mafano.
मैले यो शपथ खाएँ किनभने तिनीहरूले मेरा नियमहरूलाई इन्कार गरे र मेरा विधिहरूमा हिंडेनन्, र तिनीहरूले मेरा शबाथहरूलाई बिटुलो पारे, किनकि तिनीहरूका हृदय तिनीहरूका मूर्तिहरूका पछि लागेका थिए ।
17 Komabe ndinawamvera chisoni ndipo sindinawawononge kapena kuwatheratu mʼchipululu.
तर तिनीहरूको सर्वनाश हुनबाट मैले तिनीहरूमा दया गरें, र मैले उजाड-स्थान तिनीहरूको अस्तित्व मेटाइन ।
18 Tsono kwa ana awo mʼchipululu ndinati, ‘Musatsatire malangizo a makolo anu kapena kusunga malamulo awo kapena kudziyipitsa ndi mafano awo.
उजाड-स्थान मैले तिनीहरूका छोराछोरीलाई भनें, “तिमीहरूका पुर्खाहरूका विधिहरूमा नहिंड न त तिनीहरूका नियमहरू पालन गर, न त तिनीहरूका मूर्तिहरूले आफूलाई बिटुलो पार्ने काम गर ।
19 Ine ndine Yehova Mulungu wanu; tsatirani malangizo anga ndipo sungani malamulo anga.
म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, मेरा विधिहरूमा हिंड, र मेरा नियमहरू मान र पालन गर ।
20 Masabata anga muziwasunga ngati opatulika kuti akhale chizindikiro pakati pa Ine ndi inu. Mukatero mudzadziwa kuti Ine ndine Yehova Mulungu wanu.’
मेरा शबाथहरूलाई पवित्र राख, ताकि मेरो र तिमीहरूका बिचमा ती एउटा चिन्ह हुनेछन्, ताकि म नै परमप्रभु तिमीहरूका परमेश्वर हुँ भनी तिमीहरूले जान्नेछौ ।”
21 “‘Koma ana awo anandiwukira. Iwo sanatsatire malangizo anga, sanamvere malamulo anga, ngakhale kuti amapereka moyo kwa munthu amene amawamvera. Ndiponso anayipitsa Masabata anga. Choncho ndinaganiza zowakhuthulira ukali wanga ndi kuwawonongeratu mʼchipululu momwemo.
तर तिनीहरूका छोराछोरीले मेरो विरुद्धमा विद्रोह गरे । तिनीहरू मेरा उर्दीहरूमा हिंडेनन्, न त मेरा व्यवस्थाहरू पालन गरे । मानिसले ती पालन गर्यो भने त्यसद्वारा ऊ बाँच्नेछ । तिनीहरूले मेरा शबाथहरूलाई बिटुलो पारे, यसैले मेरो क्रोध शान्त पार्न मैले उजाड-स्थान आफ्नो रिस तिनीहरूका विरुद्धमा खन्याउने निश्चय गरें ।
22 Koma sindinatero chifukwa cha dzina langa kuti lisayipitsidwe pakati pa anthu a mitundu ina amene anandiona ndikutulutsa Aisraeliwo mu Iguptomo.
तर मैले आफ्नो हात फर्काएँ, र मेरो नाउँको खातिर काम गरें यसरी मैले इस्राएलीहरूलाई निकालेर ल्याएको देखेका जातिहरूका दृष्टिमा त्यो अपवित्र नहोस् ।
23 Choncho ndinalumbira mʼchipululu, nditakweza dzanja langa, kuti ndidzawabalalitsa pakati pa anthu a mitundu ina ndi kuwamwazira ku mayiko akutali,
तिनीहरूलाई म जातिहरूका बिचमा छरपष्ट पार्नेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पार्नेछु भनेर तिनीहरूसित उजाड-स्थान एउटा शपथ खानलाई म आफैले पनि आफ्नो हात उठाएँ ।
24 chifukwa sanamvere malamulo anga, anakana malangizo anga, nayipitsa masabata anga, ndi kupembedza mafano a makolo awo.
तिनीहरूले मेरा नियमहरू नमानेका हुनाले र तिनीहरूले मेरा विधिहरूलाई इन्कार गरेका र मेरा शबाथहरूलाई बिटुलो पारेका हुनाले मैले यसो गर्ने निर्णय गरें । तिनीहरूका आँखाहरूले आफ्ना पुर्खाहरूका मूर्तिहरूको लालसा गरे ।
25 Ine ndinawapatsanso malangizo amene sanali abwino ndi malamulo amene sakanatha kupeza nawo moyo.
तब मैले तिनीहरूलाई यस्ता विधानहरू पनि दिएँ जो असल थिएनन्, र यस्ता नियमहरू दिएँ जसद्वारा तिनीहरू बाँच्न सकेनन् ।
26 Ndinawalekerera kuti adziyipitse ndi mphatso zawo zomwe, makamaka popereka ana awo oyamba kubadwa ngati nsembe zopsereza. Ndinatero kuti ndiwadetse nkhawa ndi kuti adziwe kuti Ine ndine Yehova.’
तिनीहरूका उपहारहरूद्वारा मैले तिनीहरूलाई अशुद्ध घोषणा गरें— तिनीहरूले गर्भका हरेक जेठोको बलिदान चढाए र तिनीहरूलाई आगोमा हिंड्न लगाए—कि मैले तिनीहरूलाई त्रसित बनाउन सकूँ यसरी म परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।’
27 “Tsono iwe mwana wa munthu, yankhula nawo Aisraeli ndipo uwawuze kuti, ‘Ambuye Yehova akuti makolo anu anandinyozanso posaonetsa moyo wokhulupirika.
यसकारण, ए मानिसको छोरो, इस्राएलका घरानासँग बोल् र तिनीहरूलाई भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः यसमा पनि तिमीहरूका पुर्खाहरू मप्रति विश्वासघाती बनेर मेरो निन्दा गरे ।
28 Nditawalowetsa mʼdziko limene ndinachita kulumbirira kuti ndidzawapatsa, iwo tsono ankapita kulikonse kumene anaona chitunda chachitali ndi mtengo wa masamba ambiri kukapereka kumeneko nsembe ndi zopereka zawo zimene zinkandikwiyitsa. Kumeneko ankapereka nsembe za fungo lokoma ndiponso nsembe za zakumwa.
जब मैले शपथ खाएर तिनीहरूलाई दिन्छु भनेको देशमा मैले तिनीहरूलाई ल्याएँ, तब जहाँ तिनीहरूले कुनै अग्लो डाँडा वा कुनै झ्याम्म पातहरू भएको रूख देखे, त्यहाँ तिनीहरूले आफ्ना बलिदानहरू चढाए । अनि आफ्ना भेटीहरूद्वारा तिनीहरूले मलाई रिस उठाए, र त्यहाँ तिनीहरूले आफ्ना सुगन्धित धूप पनि बाले र आफ्ना अर्घ-बलि चढाए ।
29 Tsono ndinawafunsa kuti: Kodi chitunda chimene mukupitako nʼchotani? Chitundachi chakhala chikutchedwa mpaka lero kuti ‘Chitunda cha Chipembedzo.’
तब मैले तिनीहरूलाई सोधें, “तिमीहरूले भेटी चढाउने गरेको अग्लो ठाउँ के हो?” आजको दिनसम्म त्यो ठाउँलाई बामा भनिन्छ ।
30 “Tsono uwawuze Aisraeli kuti, ‘Ine Ambuye Yehova ndikuti: Kodi mudzadziyipitsa nokha monga anachitira makolo anu ndi kuchita chigololo ndi milungu yawo yonyansa?
यसकारण इस्राएलको घरानालाई यसो भन्: 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तिमीहरू आफ्ना पुर्खाहरूका चालमा हिंडेर तिमीहरू आफूलाई पनि किन बिटुलो पार्छौ? घिनलाग्दा कुराहरूको खोजी गरेर किन तिमीहरू वेश्याहरूझैं काम गर्छौ?
31 Pamene mubwera kudzapereka mphatso zanu ndi kudzapereka ana kuti akhale ngati nsembe zopsereza mumadziyipitsa ndi mafano anu mpaka lero. Kodi Aisraeli, ndingathe kukulolani bwanji kuti mulandire malangizo kwa Ine? Ndithu pali Ine wamoyo, akutero Ambuye Yehova, sindidzalola kuti mupemphe nzeru kwa Ine.
जब तिमीहरू आफ्ना उपहारहरू चढाउँछौ— जब तिमीहरू आफ्ना छोराहरूलाई आगोमा हिंड्न लगाउँछौ— तब आजको दिनसम्म पनि तिमीहरूले आफ्ना मूर्तिहरूको कारणले आफैलाई बिटुलो पार्छौ । यसैले ए इस्राएलको घराना, मसँग सोधपूछ गर्न मैले तिमीहरूलाई किन दिनु? जस्तो म जीवित छु— यो परमप्रभु परमेश्वरको घोषणा हो— तिमीहरूले मलाई सोधपूछ गर्न म दिनेछैनँ ।
32 “‘Inu munanena kuti, ‘Tikufuna tikhale ngati anthu a mitundu ina, ngati anthu adziko lapansi, amene amapembedza mtengo ndi mwala.’ Koma zimene mukuganizazo sizidzachitika.
तिमीहरूको मनमा उठेको विचार कहिले पुरा हुँनेछैन । तिमीहरू भन्छौ, “हामीहरू अरू जातिहरूजस्तै, काठ र ढुङ्गालाई पुज्ने अरू देशका जातिहरूजस्तै बनौं ।”
33 Ndithu pali Ine wamoyo, akutero Ambuye Yehova, ndi dzanja langa lamphamvu, nditasamula mkono wanga mokwiya kwambiri, Ine ndidzakhala wokulamulani.
जस्तो म जीवित छु— यो परमप्रभु परमेश्वरको घोषणा हो— शक्तिशाली हात र पसारेको पाखुराद्वारा म तिमीहरूमाथि राज्य गर्नेछु र तिमीहरूमाथि क्रोध खन्याउनेछु ।
34 Ndidzakuchotsani pakati pa anthu a mitundu ina ndikukusonkhanitsani kuchokera ku mayiko kumene munamwazikirako, ndi dzanja langa lamphamvu ndi lotambasuka ndili wokwiya kwambiri.
तिमीहरूलाई म अरू जातिहरूका बिचबाट निकालेर ल्याउनेछु, र तिमीहरू छरपष्ट भएका देशहरूबाट म तिमीहरूलाई भेला गर्नेछु । मेरो शक्तिशाली हातले म यसो गर्नेछु र क्रोध खन्याउनेछु ।
35 Ndidzakulowetsani mʼchipululu cha anthu a mitundu ina ndipo kumeneko, moonana maso ndi maso, ndidzakuzengani mlandu.
तब म तिमीहरूलाई जातिहरूको उजाड-स्थान ल्याउनेछु, र त्यहाँ म तिमीहरूको न्याय आमने-सामनेमा गर्नेछु ।
36 Monga ndinawalangira makolo anu mʼchipululu cha dziko la Igupto, motero ndidzakulangani, akutero Ambuye Yehova.
जसरी मिश्रदेशको उजाड-स्थान मैले तिमीहरूका पुर्खाहरूको न्याय गरें, त्यसरी नै म तिमीहरूको न्याय म गर्नेछु— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
37 Ndidzakuwerengani ndi ndodo ya mʼbusa, kukulowetsani mʼchimango cha pangano langa.
म तिमीहरूलाई मेरो लौरो मुनि छिर्न लाउनेछु, र तिमीहरूलाई करारमा भएका कुराहरू मान्न लगाउनेछु ।
38 Ndidzakuchotserani anthu amene anandigalukira ndi kundiwukira. Ngakhale ndidzawatulutsa mʼdziko limene akukhalamo, koma sadzalowamo mʼdziko la Israeli. Pamenepo mudzadziwa kuti Ine ndine Yehova.
तिमीहरूका माझबाट विद्रोह गर्नेहरू र मेरो विरुद्धमा अपराध गर्नेहरूलाई म हटाउनेछु । तिनीहरू प्रवासी भएर बसेको देशबाट म तिनीहरूलाई बाहिर पठाउनेछु, तर तिनीहरू इस्राएल देशमा पस्नेछैनन् । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ ।
39 “‘Koma inu Aisraeli, zimene ndikunena Ine Ambuye Yehova ndi izi: Pitani katumikireni mafano anu onse, aliyense wa inu! Koma mʼtsogolo mwake mudzandimvera ndithu ndipo simudzayipitsa dzina langa lopatulika popereka mphatso zanu kwa mafano.
यसैले ए इस्राएलका घराना, परमप्रभु परमेश्वर तिमीहरूलाई यसो भन्नुहुन्छः तिमीहरू हरेक आ-आफ्नो मूर्तिहरूतिर जानुपर्छ । तिमीहरू मेरो कुरा सुन्न इन्कार गर्छौ भने तिनीहरूकै पुजा गर, तर आफ्ना उपहारहरू र मूर्तिहरूले मेरो पवित्र नाउँलाई तिमीहरूले अपवित्र पार्नुहुँदैन ।
40 Pakuti pa phiri langa lopatulika, phiri lalitali la ku Israeli, akutero Ambuye Yehova, Aisraeli onse adzanditumikira, ndipo kumeneko Ine ndidzawalandira. Kumeneko ndidzayembekeza zopereka zanu ndi mphatso zanu zopambana, pamodzi ndi nsembe zanu zonse zopatulika.
किनकि मेरो पवित्र पर्वतमा, इस्राएलको पहाडको टाकुरामा— यो परमप्रभु परमेश्वरको घोषणा हो— इस्राएलका जम्मै घरानाले त्यहाँ मेरो आराधना गर्नेछन् । त्यहीं नै म तिमीहरूका भेटीहरू, तिमीहरूका सबैभन्दा उत्तम उपहारहरू, तिमीहरूका सबै पवित्र थोकहरूको बलिदानहरू ग्रहण गर्नेछु ।
41 Ndidzakulandirani ngati nsembe ya fungo lokoma ndikadzakutulutsani pakati pa anthu a mitundu ina ndi kukusokhanitsani kuchokera ku mayiko kumene munabalalitsidwirako. Motero ndidzadzionetsa pakati panu kuti ndine woyera ndipo mitundu ya anthu idzaona.
जब म तिमीहरूलाई मानिसहरूबाट निकालेर ल्याउँछ र तिमीहरू छरपष्ट भएका देशहरूबाट तिमीहरूलाई भेला गराउनेछु, तब म तिमीहरूलाई बास्ना आउने धूपझैं ग्रहण गर्नेछु । जातिहरूका दृष्टिमा म तिमीहरूका बिचमा आफैलाई पवित्र प्रकट गर्नेछु ।
42 Tsono mudzadziwa kuti ndine Yehova ndikadzabwera nanu ku dziko la Israeli, dziko limene ndinalumbira kuti ndidzapereka kwa makolo anu.
जब म तिमीहरूलाई इस्राएल देशमा ल्याउनेछु, जुन देश तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनी मैले आफ्ना हात उचालेर शपथ खाएको थिएँ, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ ।
43 Kumeneko mudzakumbukira makhalidwe anu ndi machitidwe anu onse amene munadziyipitsa nawo, ndipo mudzanyansidwa nokha chifukwa cha zoyipa zimene munachita.
आफ्ना जुन व्यवहार र कामहरूले तिमीहरूले आफूलाई अशुद्ध पार्यौ, ती त्यहाँ तिमीहरूले सम्झनेछौ, र तिमीहरूले गरेका सबै दुष्ट कामहरूका निम्ति आफ्नै दृष्टिमा तिमीहरूले आफूलाई तुच्छ ठान्नेछौ ।
44 Inu mudzadziwa kuti Ine ndine Yehova, ndikadzakuchitirani zabwino chifukwa cha dzina langa koma osati molingana ndi njira zanu zoyipa ndi machitidwe anu okhota, inu Aisraeli, akutero Ambuye Yehova.’”
यसरी, ए इस्राएलका घराना, तिमीहरूका दुष्ट कामहरू र तिमीहरूका भ्रष्टा कामहरूका कारणले होइन, तर मेरो नाउँको खातिर मैले तिमीहरूसित व्यवहार गर्दा, तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ— यो परमप्रभु परमेश्वरको घोषणा हो'।”
45 Yehova anandiyankhula nati:
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
46 “Iwe mwana wa munthu, tembenuka uyangʼane kummwera; ndipo lalika mawu odzudzula anthu akummwera ndipo unenere zodzudzula dziko la nkhalango ya kummwera.
ए मानिसको छोरो, आफ्नो अनुहार दक्षिण देशतिर फर्का र दक्षिणको विरुद्धमा बपल् । नेगेभको वनको विरुद्धमा अगमवाणी भन् ।
47 Iwuze nkhalango yakummwera kuti, ‘Imvani mawu a Yehova! Ambuye Yehova akuti: Ndikuyatsa moto ndipo motowo udzapsereza mitengo yako yonse yayiwisi ndi yowuma yomwe. Malawi ake sadzazimitsika ndipo aliyense kuchokera kummwera mpaka kumpoto adzapsa nawo.
नेगेभको वनलाई भन्, 'यो परमप्रभुको घोषणा हो— परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, म तेरो माझमा आगो सल्काउनेछु । त्यसले तेरा माझमा भएका हरेक हरिया रूख र हरेक सुकेका रूखलाई भष्म गर्नेछ । त्यो दन्केको ज्वाला निभाइनेछैन । दक्षिणदेखि उत्तरसम्मका हरेक अनुहार जल्नेछन् ।
48 Aliyense adzadziwa kuti Ine Yehova ndi amene ndayatsa motowo, ndipo sudzazimitsidwa.’”
जब म आगो सल्काउँछु र त्यसलाई निभइनेछैन, तब हरेक प्रणीले म परमप्रभुले हुँ भनी देख्नेछ ।’”
49 Ndipo ine ndinati, “Aa, Ambuye Yehova! Anthu akungondinena kuti, ‘Kodi suja amangonena nthano chabe ameneyu!’”
तब मैले भने, “धिक्कार! हे परमप्रभु परमेश्वर, तिनीहरूले मलाई यसो भन्दैछन्, ‘के उसले उखानहरू मात्र भनेको होइन र'?”