< Eksodo 19 >
1 Ana a Israeli aja anafika ku chipululu cha Sinai pa tsiku loyamba la mwezi wachitatu chichokere mʼdziko la Igupto.
इस्राएलका मानिसहरू मिश्र देशबाट निस्केको तिन महिना बितेपछि ठिक त्यही दिनमा तिनीहरू सीनैको उजाड-स्थानमा आइपुगे ।
2 Atachoka ku Refidimu, anafika ku Sinai, ndipo Aisraeli anamangako misasa yawo moyangʼanana ndi phirilo.
तिनीहरू रपीदीमबाट सीनैको उजाड-स्थानमा आइपुगेपछि तिनीहरूले पर्वतको सामुन्ने उजाड-स्थानमा छाउनी हाले ।
3 Mose anakwera ku phiri kukakumana ndi Mulungu ndipo Yehova anamuyitana nati, “Ukawuze zidzukulu za Yakobo, ana onse a Israeli kuti,
मोशा परमेश्वरकहाँ माथि उक्लेर गए । परमप्रभुले पर्वतबाट तिनलाई भन्नुभयो, “तैँले याकूबको घराना अर्थात् इस्राएलका मानिसहरूलाई यसो भन्नूः
4 ‘Inu eni munaona zimene ndinawachitira Aigupto ndiponso mmene ndinakunyamulirani, monga mmene chiwombankhanga chimanyamulira ana ake pa mapiko,’ ndikukubweretsani kwa Ine.
मैले मिश्रीहरूलाई के गरेँ, र मैले कसरी तिमीहरूलाई गरुडको पखेटामा बोकेर मकहाँ ल्याएँ भनी तिमीहरूले देखेका छौ ।
5 Tsopano, ngati mumveradi mawu anga ndi kusunga pangano langa, mudzakhala chuma changa chapamtima pakati pa mitundu yonse. Ngakhale kuti dziko lonse lapansi ndi langa,
अब तिमीहरूले आज्ञाकारितापूर्वक मेरो कुरा सुन्यौ र मेरो करार पालन गर्यौ भने सबै जातिमध्ये तिमीहरूचाहिँ मेरो विशेष सम्पत्ति हुनेछौ किनकि सबै पृथ्वी मेरै हुन् ।
6 inu mudzakhala ansembe achifumu ndi mtundu woyera mtima. Awa ndi mawu amene uyenera kuwawuza Aisraeli.”
तिमीहरू मेरा लागि पुजारीहरूका राज्य र पवित्र जाति हुनेछौ । तैँले यी वचनहरू इस्राएलका मानिसहरूलाई बताउनू ।”
7 Ndipo Mose anabwerera ndi kuyitanitsa akuluakulu. Atabwera anawafotokozera mawu amene Yehova anamulamulira kuti adzanene.
मोशा ओर्लेर आई मानिसहरूका धर्म-गुरुहरूलाई बोलाउन पठाए । परमप्रभुले तिनलाई भन्नुभएका सबै वचन तिनले तिनीहरूका सामु राखे ।
8 Anthu onse anayankha pamodzi kuti, “Ife tidzachita zonse zimene Yehova wanena.” Choncho Mose anabweza yankho lawo kwa Yehova.
सबै मानिसले सँगसँगै जवाफ दिए, “परमप्रभुले भन्नुभएका सबै कुरा हामी गर्नेछौँ ।” तब मानिसहरूका वचन परमप्रभुलाई भन्न मोशा आए ।
9 Yehova anati kwa Mose, “Ine ndibwera kwa iwe mu mtambo wakuda kuti anthu adzandimve ndikuyankhula ndi iwe. Choncho adzakukhulupirira nthawi zonse.” Kenaka Mose anawuza Yehova zimene anthu ananena.
परमप्रभुले मोशालाई भन्नुभयो, “म तँसित बोल्दा तँलाई मानिसहरूले सदाको लागि विश्वास गरून् भन्ने हेतुले म बाक्लो बादलमा तँकहाँ आउनेछु” । तब मोशाले मानिसहरूका वचन परमप्रभुलाई बताए ।
10 Ndipo Yehova anati kwa Mose, “Pita kwa anthu onse ndi kuwayeretsa lero ndi mawa. Achape zovala zawo
परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसहरूकहाँ जा । आज र भोलि तैँले तिनीहरूलाई मेरो लागि अलग गर् र तिनीहरूका आ-आफ्ना लुगाहरू धुन लगा ।
11 ndipo akhale atakonzeka pofika tsiku lachitatu, chifukwa tsiku limenelo Yehova adzatsika pa phiri la Sinai anthu onse akuona.
तेस्रो दिनमा तयार भएर बस् किनकि तेस्रो दिनमा परमप्रभु सीनै पर्वतमा ओर्लिआउनुहुनेछ ।
12 Uwalembere malire anthuwo kuzungulira phirilo ndipo uwawuze kuti, ‘Samalani musakwere phirilo kapena kukhudza tsinde lake. Aliyense wokhudza phiri adzaphedwa ndithu.
तैँले मानिसहरूका लागि पर्वतको वरिपरि सिमाना लगाउनू । तिनीहरूलाई भन्नू, 'तिमीहरू पर्वतमा उक्लेर नजाओ वा यसको सिमानालाई नछोओ । जसले पर्वतलाई छुन्छ त्यो निश्चय नै मारिनेछ ।'
13 Aliyense wokhudza phiri adzaphedwa ndi miyala kapena kumulasa ndi mivi. Palibe amene adzamukhudze. Palibe munthu amene adzaloledwa kukhala ndi moyo ngakhale nyama. Iwo adzayenera kuphedwa.’ Koma anthu adzapita ku phirilo akadzamva kulira kwa lipenga la nyanga yankhosa.”
यस्तो व्यक्तिलाई कसैको हातले छुनुहुँदैन । बरु, उसलाई निश्चय नै ढुङ्गाले वा काँडले हानेर मारिनुपर्छ । चाहे त्यो मानिस होस् वा पशु त्यसलाई मारिनैपर्छ । जब तुरही लामो समयसम्म बज्छ तिनीहरू पर्वतको फेदीमा आउनुपर्छ ।”
14 Tsono Mose anatsika phiri lija nafika kwa anthu aja ndi kuwayeretsa. Iwo anachapa zovala zawo.
तब मोशा पर्वतबाट झरेर मानिसहरूकहाँ गए । तिनले मानिसहरूलाई परमप्रभुको निम्ति अलग गरे र तिनीहरूले आ-आफ्ना लुगाहरू धोए ।
15 Kenaka iye anati kwa anthu, “Konzekerani tsiku lachitatu, musagone pamodzi ndi mkazi.”
तिनले मानिसहरूलाई भने, “तेस्रो दिनमा तयार होओ । सहवास नगर ।”
16 Mʼmamawa wa tsiku lachitatu kunali mabingu, ziphaliwali ndi mtambo wakuda umene unaphimba phiri, ndiponso lipenga lolira kwambiri. Aliyense ku misasa kuja ananjenjemera ndi mantha.
तेस्रो दिनमा जब बिहान भयो गर्जन सुनियो र बिजुली चम्क्यो अनि पर्वतमा एउटा बाक्लो बादल देखा पर्यो र तुरहीको ठुलो आवाज आयो । छाउनीमा भएका सबै मानिस थरथर काँपे ।
17 Ndipo Mose anatsogolera anthu kutuluka mʼmisasa kukakumana ndi Mulungu, ndipo anayima mʼmunsi mwa phiri.
परमेश्वरलाई भेट्न मोशाले मानिसहरूलाई छाउनी बाहिर ल्याए, र तिनीहरू पर्वतको फेदीमा खडा भए ।
18 Phiri la Sinai linakutidwa ndi utsi, chifukwa Yehova anatsika ndi moto pa phiripo. Utsi unakwera ngati wochokera mʼngʼanjo yamoto ndipo phiri lonse linagwedezeka kwambiri.
सीनै पर्वत पुरै धुवाँले भरिएको थियो किनकि परमप्रभु आगो र धुवाँमा यसमा ओर्लनुभएको थियो । भट्टीको धुवाँजस्तै गरी धुवाँ माथि गयो, र पुरै पर्वत बेस्सरी हल्लियो ।
19 Liwu la lipenga linkakulirakulira. Tsono Mose anayankhula ndipo Yehova anamuyankha ndi mabingu.
जब तुरहीको आवाज झनझन चर्को हुँदै गयो मोशा बोल्न लागे र परमप्रभुले तिनलाई सुन्ने गरी जवाफ दिनुभयो ।
20 Yehova anatsika nafika pamwamba pa phiri la Sinai, ndipo anayitana Mose kuti apite pa phiripo. Choncho Mose anakwera,
परमप्रभु सीनै पर्वतको टुप्पोमा ओर्लनुभयो, र उहाँले मोशालाई टुप्पोमा बोलाउनुभयो । त्यसैले मोशा माथि उक्ले ।
21 ndipo Yehova anati kwa iye, “Tsika ukawachenjeze anthu kuti asayesere kudutsa malire kuti adzandione chifukwa ambiri a iwo adzafa.
परमप्रभुले मोशालाई भन्नुभयो, “तल ओर्लेर गएर मानिसहरूलाई होसियार गरा नत्रता तिनीहरूले सिमाना नाघेमा धेरै जना नष्ट हुनेछन् ।
22 Ngakhale ansembe amene amatumikira pamaso pa Yehova ayenera kudziyeretsa kuopa kuti ndingadzawalange.”
मेरो नजिक आउने पुजारीहरूले पनि आ-आफूलाई शुद्ध तुल्याऊन्, मेरो आगमनको लागि तिनीहरू तयार रहून् ताकि मैले तिनीहरूलाई प्रहार गर्न नपरोस् ।”
23 Mose anati kwa Yehova, “Anthu sangakwere phiri la Sinai chifukwa inu munatichenjeza. Lembani malire kuzungulira phiri ndipo mulipatule kuti likhale loyera.”
मोशाले परमप्रभुलाई भने, “मानिसहरू सीनै पर्वतमा आउन सक्दैनन् किनकि तपाईंले हामीलाई यसरी आज्ञा दिनुभएको छः पर्वतको वरिपरि सिमाना लगाउनू र त्यो परमप्रभुको लागि अलग गर्नू' ।”
24 Yehova anayankha, “Tsika ukamutenge Aaroni. Koma ansembe ndi anthu asayesere kubzola malire kuti abwere kwa Yehova chifukwa Iye adzawalanga.”
परमप्रभुले तिनलाई भन्नुभयो, “जा, तँ आफै पर्वतबाट तल ओर्लेर जा, तँसँगै हारूलाई मकहाँ लिएर आइज । तर मकहाँ आउन पुजारीहरू र मानिसहरूले सिमाना ननाघून् नत्रता मैले तिनीहरूलाई प्रहार गर्नेछु ।”
25 Ndipo Mose anatsika ndi kukawawuza anthuwo.
त्यसैले मोशा मानिसहरूकहाँ तल ओर्लेर गई तिनीहरूलाई यी कुरा बताइदिए ।