< Mlaliki 5 >

1 Uzisamala mayendedwe ako pamene ukupita ku nyumba ya Mulungu. Upite pafupi kuti ukamvetsere mʼmalo mopereka nsembe ya zitsiru zimene sizizindikira kuti zikuchita zolakwa.
परमेश्‍वरको भवनमा जाँदा आफ्ना कदमहरूको रखवाली गर् । मूर्खहरूको बलिदान चढाउनुभन्दा सुन्‍नलाई नजिक जा, किनकि के गल्ती गर्दै छन् भनी तिनीहरू बुझ्दैनन् ।
2 Usamafulumire kuyankhula, usafulumire mu mtima mwako kunena chilichonse pamaso pa Mulungu. Mulungu ali kumwamba ndipo iwe uli pa dziko lapansi, choncho mawu ako akhale ochepa.
बोल्नमा हतार नगर्, र परमेश्‍वरको सामु आफ्नो विषय लैजान तेरो हृदयमा आतुरी नगर् । परमेश्‍वर स्वर्गमा हुनुहुन्छ, तर तँ पृथ्वीमा छस् । त्यसैले तेरा वचनहरू थोरै होऊन् ।
3 Kuchuluka kwa mavuto mu mtima kumabweretsa maloto oyipa, ndipo kuchuluka kwa mawu kumadzetsa uchitsiru.
तैँले गर्नुपर्ने र चिन्ता लिनुपर्ने धेरै कुराहरू छन् भने तैँले सम्भवतः खराब सपना देख्‍ने छस् । तैँले जति धेरै बोल्छस्, सम्भवतः त्यति नै धेरै मूर्ख कुराहरू ओकल्छस् ।
4 Pamene ulumbira kwa Mulungu usachedwe kukwaniritsa chimene walumbiracho. Iye sakondweretsedwa ndi chitsiru; kwaniritsa lumbiro lako.
तैँले परमेश्‍वरमा भाकल गर्दा त्यसलाई पुरा गर्न ढिलो नगर्, किनकि परमेश्‍वर मूर्खहरूसित रमाउनुहुन्‍न । तैँले जे गर्छु भनेर भाकल गरेको छस्, त्यो गरिहाल् ।
5 Kuli bwino kusalumbira kusiyana ndi kulumbira koma osakwaniritsa lumbirolo.
भाकल गरेर पुरा नगर्नु भन्दा भाकलै नगरेको उत्तम हुन्छ ।
6 Pakamwa pako pasakuchimwitse. Ndipo usanene kwa mthenga wa mʼNyumba ya Mulungu kuti, “Ndinalakwitsa polumbira.” Chifukwa chiyani ukufuna Mulungu akwiye ndi mawu ako ndiponso ntchito ya manja ako?
तेरो शरीरलाई पाप गर्न तेरो मुखलाई अनुमति नदे । पुजारीको सन्देशवाहकलाई यसो नभन्, “त्यो भाकल भुल थियो ।” झुटो पाराले भाकल गरी परमेश्‍वरलाई किन रिस उठाउने? तेरा हातको कामलाई नष्‍ट पार्न परमेश्‍वरलाई किन चिढ्याउने?
7 Maloto ochuluka ndi mawu ochuluka ndi zinthu zopandapake. Kotero lemekeza Mulungu.
किनकि धेरै शब्दहरूमा जस्तै धेरै कल्पनामा अर्थहीन बाफ हुन्छ । त्यसैले परमेश्‍वरको भय मान् ।
8 Ngati uwona anthu osauka akuzunzika mʼdziko, ndiponso anthu ena akupsinja anzawo ndi kuwalanda ufulu wawo, usadabwe ndi zinthu zimenezi; pakuti woyangʼanira ali naye wina womuyangʼanira wamkulu, ndipo pamwamba pa awiriwa pali ena akuluakulu owaposa.
जब तैँले तेरो प्रान्तमा गरिबहरूलाई थिचोमिचो गरिएको र तिनीहरूबाट न्याय र असल व्यवहार खोसिएको देख्छस्, तब कसैलाई थाहै नभएजस्तै गरी चकित नहो, किनकि तिनीहरूको रेखदेख गर्ने मानिसहरू शक्तिमा छन्, र तिनीहरूभन्दा अझै उच्‍च पदमा रहेर तिनीहरूको रेखदेख गर्ने मानिसहरू पनि हुन्छन् ।
9 Anthu onse amatengako zokolola za mʼminda: koma ndi mfumu yokha imene imapeza phindu la mindayi.
यस बाहेक, खेतबारीको उब्जनी हरेकको लागि हो, र राजा स्वयम्‌ले पनि खेतबारीबाट उब्जनी बटुल्छन् ।
10 Aliyense amene amakonda ndalama sakhutitsidwa ndi ndalamazo; aliyense amene amakonda chuma sakhutitsidwa ndi zimene amapeza. Izinso ndi zopandapake.
चाँदीलाई प्रेम गर्ने चाँदीबाट सन्तुष्‍ट हुने छैन, र धन-सम्पत्तिलाई प्रेम गर्नेले सधैँ यसको बढी चाह गर्छ । यो पनि बाफ हो ।
11 Chuma chikachuluka akudya nawo chumacho amachulukanso. Nanga mwini wake amapindulapo chiyani kuposa kumangochiyangʼana ndi maso ake?
जब समृद्धि बढ्छ, तब यसलाई खाने मुख पनि बढ्छ । मालिकले आफ्ना आँखाले धन-सम्पत्तिलाई हेर्नुभन्दा बाहेक उसलाई केचाहिँ बढी लाभ हुन्छ र?
12 Wantchito amagona tulo tabwino ngakhale adye pangʼono kapena kudya kwambiri, koma munthu wolemera, chuma sichimulola kuti agone.
धेरै खाए पनि थोरै खाए पनि काम गर्ने मानिसको निद्रा मिठो हुन्छ, तर धनी मानिसको धन-सम्पत्तिले त्यसलाई राम्ररी सुत्‍न दिँदैन ।
13 Ine ndinaona choyipa chomvetsa chisoni pansi pano: chuma chokundikidwa chikupweteka mwini wake yemwe,
सूर्यमूनि मैले एउटा खराबी देखेको छुः मालिकले आफ्नै दुर्दशाको निम्ति धन-सम्पत्ति थुपार्छ ।
14 kapena chuma chowonongedwa pa nthawi yatsoka, kotero kuti pamene wabereka mwana alibe kanthu koti amusiyire.
जब धनी मानिसले दुर्भाग्यबाट आफ्नो धन-सम्पत्ति गुमाउँछ, तब त्यसले पालन-पोषण गरेको त्यसको आफ्नै छोरोको हातमा केही पनि हुँदैन ।
15 Munthu anabadwa wamaliseche kuchokera mʼmimba mwa amayi ake, ndipo monga iye anabadwira, adzapitanso choncho. Pa zonse zimene iye anakhetsera thukuta palibe nʼchimodzi chomwe chimene adzatenge mʼmanja mwake.
मानिस आफ्नी आमाको कोखबाट नाङ्गै आएजस्तै त्यो पनि नाङ्गै छाडिने छ । त्यसले आफ्नो हातमा आफ्नो परिश्रमको कुनै फल लैजान सक्दैन ।
16 Izinso ndi zoyipa kwambiri: munthu adzapita monga momwe anabwerera, ndipo iye amapindula chiyani, pakuti amagwira ntchito yolemetsa yopanda phindu?
अर्कोचाहिँ खराबी यही हो, कि मानिस जसरी आउँछ, त्यसरी नै फर्केर जान्छ । त्यसैले बतासको लागि काम गर्ने मानिसलाई केचाहिँ लाभ छ र?
17 Masiku ake onse ndi odzaza ndi mdima, kukhumudwa kwakukulu, masautso ndi nkhawa.
आफ्नो जीवनकालमा त्यसले नैराश्यमा खान्छ, अनि रोग र रिसबाट ज्यादै निराश हुन्छ ।
18 Tsono ndinazindikira kuti nʼchabwino ndi choyenera kuti munthu azidya ndi kumwa, ndi kukhutitsidwa ndi ntchito yake yolemetsa imene amayigwira pansi pano pa nthawi yake yochepa imene Mulungu amamupatsa, poti ichi ndiye chake.
परमेश्‍वरले हामीलाई दिनुभएको यस जीवनकालमा सूर्यमूनि हामीले परिश्रम गर्दा हाम्रा सारा कामबाट प्राप्‍त कुराहरूको आनन्द मनाउनु, खानु र पिउनु नै ठिक र उचित हो भनी मैले देखेको छु । किनकि यो नै मानिसको जिम्मेवारी हो ।
19 Komatu pamene Mulungu apereka chuma kwa munthu aliyense ndi zinthu zina, ndi kulola kuti akondwere ndi chumacho, munthuyo alandire chumacho ndi kusangalala ndi ntchito yake, imene ndi mphatso yochokera kwa Mulungu.
जसलाई परमेश्‍वरले धन-सम्पत्ति र जग्गा-जमिन, अनि त्यसको काममा त्यसको हिस्सा प्राप्‍त गर्ने र आनन्द मनाउने खुबी दिनुभएको छ, त्योचाहिँ परमेश्‍वरको वरदान हो ।
20 Munthu wotereyu saganizirapo za masiku a moyo wake, chifukwa Mulungu amamutanganidwitsa ndi chisangalalo cha mu mtima mwake.
किनकि त्यसले आफ्नो जीवनका दिनहरूको प्रायः स्मरण गर्दैन, किनकि परमेश्‍वरले त्यसलाई यस्ता कुराहरूमा व्यस्त पारिदिनुहुन्छ जसमा त्यो काम गर्नमा रमाउँछ ।

< Mlaliki 5 >