< Mlaliki 10 >

1 Monga ntchentche zakufa zimayika fungo loyipa mʼmafuta onunkhira, choncho kupusa pangʼono kumawononganso nzeru ndi ulemu.
जसरी मरेका झिँगाहरूले अत्तरलाई दुर्गन्धित तुल्याइदिन्छन्, त्यसै गरी थोरै मूर्खताले बुद्धि र सम्मानलाई दबाइदिन सक्छ ।
2 Mtima wa munthu wanzeru umamutsogolera bwino, koma mtima wa munthu wopusa umamusocheretsa.
बुद्धिमान् मानिसको मन ठिक कुरातिर लाग्छ, तर मूर्खको मन बेठिक कुरातिर लाग्छ ।
3 Chitsiru ngakhale chikamayenda mu msewu, zochita zake ndi zopanda nzeru ndipo chimaonetsa aliyense kuti icho ndi chitsirudi.
मूर्ख सडकमा हिँड्दा त्यसको सोचाइ अपूर्ण हुन्छ जसले त्यो मूर्ख हो भनी हरेकलाई प्रमाणित गर्छ ।
4 Ngati wolamulira akukwiyira, usachoke pa ntchito yako; kufatsa kumakonza zolakwa zazikulu.
तेरो विरुद्धमा शासकको रिस उठ्यो भने तेरो काम नछाड् । चुपचाप बसाइले ठुलो झोँकलाई पनि शान्त पार्न सक्छ ।
5 Pali choyipa chimene ndinachiona pansi pano, kulakwitsa kumene kumachokera kwa wolamulira:
सूर्यमूनि मैले एउटा खराबी देखेको छु, जुन शासकबाट आउने एक किसिमको त्रास होः
6 Zitsiru amazipatsa ntchito zambiri zapamwamba, pamene anthu olemera amawapatsa ntchito zotsika.
मूर्खहरूलाई नेतृत्वका पदहरू दिइन्छ, जब कि सफल मानिसहरूलाई तल्लो स्तरका पदहरू दिइन्छ ।
7 Ndaona akapolo atakwera pa akavalo, pamene akalonga akuyenda pansi ngati akapolo.
मैले दासहरूले घोडा चढेको देखेको छु, र सफल मानिसहरू भुइँमा दासहरूजस्तै गरी हिँडेको देखेको छु ।
8 Amene amakumba dzenje adzagwamo yekha; amene amabowola khoma adzalumidwa ndi njoka.
खाडल खन्‍ने कोही पनि त्यसभित्र खस्‍न सक्छ, र कसैले पर्खाल भत्काउँदा सर्पले त्यसलाई डस्‍न सक्छ ।
9 Amene amaphwanya miyala adzapwetekedwa ndi miyalayo; amene amawaza nkhuni adzapwetekedwa nazo.
ढुङ्गा काट्नेलाई ढुङ्गाले नै चोट पुर्‍याउन सक्छ, र दाउरा काट्ने दाउराद्वारा नै खतरामा पर्छ ।
10 Ngati nkhwangwa ili yobuntha yosanoledwa, pamafunika mphamvu zambiri potema, koma luso limabweretsa chipambano.
बन्चरो बोधो छ र मानिसले त्यसलाई उध्याउँदैन भने त्यसले बढी शक्तिको प्रयोग गर्नुपर्छ, तर बुद्धिले सफलताको लागि मौका उपलब्ध गराउँछ ।
11 Nʼkopanda phindu kudziwa kuseweretsa njoka ngati njokayo yakuluma kale.
लट्ठ्याइनअगि नै सर्पले डस्यो भने सपेरालाई केही फाइदा हुँदैन ।
12 Mawu a pakamwa pa munthu wanzeru ndi okondweretsa, koma chitsiru chidzawonongedwa ndi milomo yake yomwe.
बुद्धिमान् मानिसका वचनहरू अनुग्रहमय हुन्छन्, तर मूर्खको ओठले त्यो आफैलाई नष्‍ट पार्छ ।
13 Chitsiru chimayamba ndi mawu opusa; potsiriza pake zoyankhula zake ndi zamisala
जसरी मूर्खको मुखबाट वचनहरू प्रवाह हुन थाल्छन्, त्यसै गरी मूर्खता बाहिर आउँछ, र अन्त्यमा त्यसको मुखबाट दुष्‍ट पागलपना बाहिर निस्कन्छ ।
14 ndipo chitsiru chimachulukitsa mawu. Palibe amene amadziwa zimene zikubwera mʼtsogolo, ndani angamuwuze zomwe zidzachitika iye akadzafa?
मूर्खले कुराहरू बढाउँछ, तर के हुने छ भनी कसैलाई थाहा हुँदैन । त्यसको पछि के हुने छ भनी कसैले जान्दैन ।
15 Chitsiru chimatopa msanga ndi ntchito yochepa; ndipo sichikhala ndi mphamvu zobwererera ku mudzi.
मूर्खहरूको परिश्रमले तिनीहरूलाई यसरी थकाउँछ, कि तिनीहरूलाई सहर जाने बाटोसमेत थाहा हुँदैन ।
16 Tsoka kwa iwe, iwe dziko ngati mfumu yako ikali mwana, ndipo atsogoleri ako amakhala pa madyerero mmamawa.
त्यो देशलाई धिक्‍कार होस्, जुन देशको राजा जवान ठिटो छ, र त्यसका अगुवाहरूले बिहानैदेखि उपवास बस्‍न थाल्छन्!
17 Wodala iwe, iwe dziko ngati mfumu yako ndi mwana wolemekezeka ndipo atsogoleri ako amadya pa nthawi yake, kuti apeze mphamvu osati kuti aledzere.
तर त्यो देश धन्यको हो, जसको राजा कुलीहरूको छोरो हो, र त्यसका अगुवाहरूले मात्‍नको लागि नभई शक्तिको लागि ठिक समयमा खान्छन्!
18 Ngati munthu ndi waulesi, denga lake limaloshoka; ngati manja ake ndi alobodo nyumba yake imadontha.
अल्छेपनको कारण छाना भत्कन्छ, र निष्क्रिय हातको कारण घर चुहुने हुन्छ ।
19 Phwando ndi lokondweretsa anthu, ndipo vinyo ndi wosangalatsa moyo, koma ndalama ndi yankho la chilichonse.
मानिसहरूले हाँसोको लागि खाना तयार गर्छन्; दाखमद्यले जीवनमा आनन्द ल्याउँछ, र रुपियाँ-पैसाले दैनिक खाँचोलाई पुरा गर्छ ।
20 Usanyoze mfumu ngakhale mu mtima mwako, kapena kutukwana munthu wachuma mʼchipinda chako, pakuti mbalame yamlengalenga itha kutenga mawu ako nʼkukafotokoza zomwe wanena.
राजालाई नसराप्; तेरो मनमा पनि नसराप्, र तेरो सुत्‍ने कोठाभित्र धनी मानिसहरूलाइ नसराप् । किनकि आकाशका चराचुरुङ्गीहरूले तेरा वचनहरू लिएर जालान् । पखेटा भएकाहरूले तेरो विषयलाई फैलाउन सक्छन् ।

< Mlaliki 10 >