< Deuteronomo 9 >
1 Mvera Israeli. Watsala pangʼono kuwoloka Yorodani ndi kukathamangitsa mitundu ikuluikulu ndi yamphamvu kuposa iweyo, imene mizinda yake ndi ikuluikulu yokhala ndi makoma ofika mpaka kumwamba.
हे इस्राएल हो, सुन । तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरू अनि आकाशै छुने पर्खाल लगाएका ठुला-ठुला सहरहरूमाथि अधिकार गर्न आज तिमीहरूले यर्दन पार गर्नै लागेका छौ ।
2 Anthuwo ndi ataliatali, Aanaki! Ukudziwa za iwo ndipo unamvapo zikunenedwa kuti, “Ndani amene angalimbane ndi Aanaki?”
तिनीहरू महान् र अग्ला छन् जो अनाकका छोराहरू हुन् जसको बारेमा तिमीहरूलाई थाहै छ र 'अनाकका छोराहरूको सामु को खडा हुन सक्छ?' भनी तिमीहरूले सुनेकै छौ ।
3 Koma khulupirira lero kuti Yehova Mulungu wako amene ali patsogolo pako ali ngati moto wonyeketsa. Adzawononga iwowo ndipo adzawagonjetsa iweyo ukuona. Pamenepo udzawathamangitsa ndi kuwakantha mwamsanga, monga momwe Yehova wakulonjezera.
त्यसकारण, आज यो जानिराख कि परमप्रभु तिमीहरूका परमेश्वर नै भस्म गर्ने आगोजस्तै तिमीहरूभन्दा अगिअगि जानुहुन्छ । उहाँले तिनीहरूलाई नष्ट पार्नुहुने छ, र तिमीहरूको अधीनमा ल्याउनुहुने छ । त्यसैले परमप्रभुले तिमीहरूलाई भन्नुभएझैँ तिमीहरूले तिनीहरूलाई धपाउने छौ, र तिनीहरूलाई चाँडै नै नष्ट पार्ने छौ ।
4 Yehova Mulungu wako akadzawapirikitsa pamaso pako, usadzanene mu mtima mwako kuti, “Yehova wandibweretsa kuno kudzalanda dziko lino chifukwa cha kulungama kwanga.” Ayi, koma ndi chifukwa cha kuyipa kwa anthu amene Yehova ati awapirikitse pamaso pako.
तिमीहरूकै सामु परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूलाई निकाल्नुभएपछि आफ्नो ह्रदयमा यसो नभन, 'मेरो धार्मिकताको कारणले गर्दा परमप्रभुले मलाई यो देश अधिकार गर्न ल्याउनुभएको छ ।' बरु यी जातिहरूको दुष्टताको कारणले परमप्रभुले तिनीहरूलाई तिमीहरूकै सामु धपाउँदै हुनुहुन्छ ।
5 Sukalowa ndi kutenga dziko lawolo chifukwa cha kulungama kwako kapena kukhulupirika kwako koma chifukwa cha kuyipa kwa anthuwo. Yehova Mulungu wako awapirikitsa pamaso pako kuti akwaniritse zimene analumbira kwa makolo ako Abrahamu, Isake ndi Yakobo.
तिमीहरूको धार्मिकता वा तिमीहरूको ह्रदयको सोझोपनको कारणले गर्दा तिमीहरूले तिनीहरूको देश अधिकार गर्न लागेका होइनौ, तर यी जातिहरूको दुष्टताको कारणले गर्दा तिमीहरूका परमेश्वरले तिमीहरूकै सामुन्ने तिनीहरूलाई धपाउँदै हुनुहुन्छ ताकि उहाँले तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक र याकूबसित शपथ खानुभएको वचनलाई सत्य साबित गर्न सकून् ।
6 Tsono zindikira kuti si chifukwa cha kulungama kwako kuti Yehova Mulungu wako akukupatsa dziko labwinoli kuti ulitenge popeza ndiwe wokanika.
त्यसकारण यो जानिराख, कि तिमीहरूको धार्मिकताको कारणले परमप्रभु तिमीहरूका परमेश्वरले यो असल देश तिमीहरूलाई अधिकारको लागि दिन लाग्नुभएको होइन किनकि तिमीहरू त हठी मानिसहरू हौ ।
7 Kumbukirani izi ndipo musayiwale mmene munaputira mkwiyo wa Yehova Mulungu mʼchipululu muja. Kuyambira tsiku limene munatuluka mu Igupto mpaka pamene munafika kuno, mwakhala owukira Yehova.
उजाड-स्थानमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई कसरी क्रोधित तुल्यायौ भनी याद राख । तिमीहरूले मिश्र देश छाडेदेखि तिमीहरू यस ठाउँमा नआउञ्जेलसम्म तिमीहरू परमप्रभुको विरुद्धमा विद्रोही बनेका छौ ।
8 Ku Horebu munaputa mkwiyo wa Yehova, kotero kuti anakwiya kwambiri nafuna kukuwonongani.
साथै, हेब्रोनमा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ, र तिमीहरूलाई नाशै पार्ने गरी उहाँ क्रुद्ध हुनुभयो ।
9 Nditakwera ku phiri kuti ndikalandire miyala iwiri ya malamulo, ya pangano limene Yehova anachita ndi inu, ndinakhala ku phiriko kwa masiku makumi anayi usiku ndi usana, sindinadye buledi kapena kumwa madzi.
परमप्रभुले तिमीहरूसित बाँध्नुभएका करारका शिला-पाटीहरू लिन म पर्वतमा उक्लँदा म चालिस दिन चालिस रातसम्म पर्वतमा बसेँ । मैले न रोटी खाएँ, न पानी पिएँ ।
10 Yehova anandipatsa miyala iwiri yolembedwa ndi chala chake. Pa miyalapo panali malamulo onse amene Yehova analengeza kwa inu pa phiri kuchokera mʼmoto pa tsiku la msonkhano.
परमप्रभुले मलाई आफ्नै औँलाले लेख्नुभएका दुईवटा शिला-पाटी दिनुभयो । सभाको दिनमा आगोको बिचबाट परमप्रभुले पर्वतमा बोल्नुभएका सबै वचन तिनमा लेखिएका थिए ।
11 Pakutha pa masiku makumi anayi usiku ndi usana, Yehova anandipatsa miyala iwiri, miyala ya pangano.
ती चालिस दिन र चालिस रातको अन्त्यमा परमप्रभुले मलाई करारका दुईवटा शिला-पाटी दिनुभयो ।
12 Tsono Yehova anandiwuza, “Tsikako kuno msanga, chifukwa anthu ako aja unawatulutsa ku Iguptowa adziyipitsa. Iwo apatukapo mofulumira pa zimene ndinawalamulira ndipo adzipangira fano lachitsulo.”
परमप्रभुले मलाई भन्नुभयो, 'उठेर छिटो गरी यहाँबाट तल जा किनकि तैँले मिश्रबाट ल्याएका तेरा मानिसहरूले आफैलाई भ्रष्ट पारेका छन् । मैले तिनीहरूलाई आज्ञा गरेको मार्गबाट तिनीहरू चाँडै नै तर्केर गएका छन् । तिनीहरूले आफ्नो निम्ति ढलौटे मूर्ति बनाएका छन् ।'
13 Ndipo Yehova anati kwa ine, “Anthu awa ndawaona ndipo ndi anthu okanikadi!
यसबाहेक, परमप्रभुले मलाई भन्नुभयो, 'मैले यी मानिसहरूलाई देखेको छु र तिनीहरू हठी छन् ।
14 Ndilekeni ndiwawononge ndi kufafaniza mayina awo pa dziko lapansi. Ndipo ndidzakuyesa iwe mtundu wa anthu wamphamvu ndi wochuluka kuposa iwo.”
मलाई एक्लै छोडिदे ताकि मैले तिनीहरूलाई नष्ट गर्नू सकूँ र स्वर्गमूनिबाट तिनीहरूको नाउँ मेटाइदिन सकूँ र तँबाट नै तिनीहरूभन्दा महान् र शक्तिशाली जाति बनाउन सकूँ ।'
15 Choncho ndinatembenuka ndi kutsika phiri moto ukanayakabe. Ndipo miyala iwiri ya pangano inali mʼmanja mwanga.
त्यसैले म फर्केर पर्वतबाट ओर्ली आएँ, अनि पर्वत जलिरहेको थियो । करारका दुईवटा शिला-पाटी मेरा हातमा थिए ।
16 Ine poyangʼana ndinaona kuti inu munachimwira Yehova Mulungu wanu. Munadzipangira fano lowumbidwa ngati mwana wangʼombe. Inuyo munapatuka msanga kuchoka pa njira imene Yehova anakulamulirani.
मैले हेरेँ र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको विरुद्धमा पाप गरेका थियौ । तिमीहरूले आफ्नो निम्ति बाछाको ढलौटे मूर्ति बनाएका थियौ । परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको मार्गबाट तिमीहरू चाँडै नै तर्केर गएका थियौ ।
17 Motero ine ndinaponya pansi miyala imene inali mʼmanja mwanga, ndi kuyiphwanya inu mukuona.
मैले ती दुईवटा शिला-पाटीलाई लिएर मेरा हातबाट फालिदिएँ । मैले तिमीहरूकै सामु तिनलाई टुक्रा-टुक्रा पारिदिएँ ।
18 Tsono nthawi yomweyo ndinagwa chafufumimba pamaso pa Yehova kwa masiku makumi anayi usiku ndi usana. Sindinadye buledi kapena kumwa madzi chifukwa cha machimo onse amene munawachita, kuchita zoyipa pamaso pa Yehova ndi kumukwiyitsa kwambiri.
फेरि, मैले न रोटी खाएँ न पानी पिएँ । परमप्रभुको दृष्टिमा दुष्ट काम गरेर उहाँलाई चिढ्याई तिमीहरूका सबै पापको कारणले गर्दा चालिस दिन र चालिस रातसम्म म परमप्रभुको सामु लम्पसार परेँ ।
19 Ine ndinachita mantha ndi mkwiyo ndi ukali wa Yehova chifukwa anakwiya nanu kokwanira kukuwonongani. Koma Yehova anandimveranso.
किनकि तिमीहरूलाई नाशै पार्ने गरी तिमीहरूको विरुद्धमा भएको परमप्रभुको रिस र कडा बेखुसीको कारणले म भयभीत भएँ । तर त्यस बेला पनि परमप्रभुले मेरो कुरा सुन्नुभयो ।
20 Ndipo Yehova anakwiya ndi Aaroni ndipo akanamuwononga, koma ine ndinamupemphereranso Aaroniyo.
हारूनलाई नष्ट गर्ने गरी उहाँ तिनीसित ज्यादै रिसाउनुभयो । त्यस बेला मैले हारूनको लागि पनि प्रार्थना गरेँ ।
21 Ndiponso ndinatenga chinthu chanu choyipacho, mwana wangʼombe amene munapangayo, ndi kumuwotcha pa moto. Kenaka ndinamuphwanya ndi kumuperapera ndikukhala ngati fumbi ndipo ndinawaza fumbilo mu mtsinje umene unkayenda kuchokera mʼphiri.
मैले तिमीहरूको पाप अर्थात् तिमीहरूले बनाएको बाछो लिएर त्यसलाई जलाइदिएँ अनि त्यसलाई चकनाचुर पारेर धूलोपिठो पारिदिएँ । मैले त्यस धूलोलाई पर्वतबाट आउने खोलामा फालिदिएँ ।
22 Inu munamukwiyitsanso Yehova ku Tabera, ku Masa ndi ku Kibiroti Hatava.
तबेरा, मस्साह र किब्रोथ-हत्तावामा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ ।
23 Ndipo Yehova atakutulutsani ku Kadesi Barinea anati, “Pitani mukatenge dziko limene ndakupatsani.” Koma munawukira ulamuliro wa Yehova Mulungu wanu. Inu simunamukhulupirire kapena kumumvera.
परमप्रभुले तिमीहरूलाई कादेश-बर्नेमा यसो भनी पठाउनुहुँदा, 'मैले तिमीहरूलाई दिएको देशमा गएर त्यसलाई अधिकार गर' तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरको आज्ञाको विरुद्धमा विद्रोह गर्यौ, अनि उहाँको कुरा मानेनौ वा सुनेनौ ।
24 Kuyambira pamene ndinakudziwani, mwakhala owukira Yehova.
मैले तिमीहरूलाई चिनेको दिनदेखि नै तिमीहरू परमप्रभुको विरुद्धमा बागी भएका छौ ।
25 Ine ndinagwa chafufumimba pamaso pa Yehova kwa masiku makumi anayi usana ndi usiku chifukwa Yehova ananena kuti akuwonongani.
परमप्रभुले तिमीहरूलाई नष्ट गर्नुहुनेथियो भनी उहाँले भन्नुभएकोले म चालिस दिन चालिस रातसम्म उहाँको सामु लम्पसार परेँ ।
26 Ndinapemphera kwa Ambuye ndi kuti, “Haa Yehova Wamkulukulu, musawawononge anthu anu, chuma chanuchanu chimene munachipulumutsa ndi mphamvu yanu yayikulu ku Igupto ndi dzanja lanu la mphamvu.
मैले परमप्रभुलाई यसो भनी प्रार्थना चढाएँ, 'हे परमप्रभु परमेश्वर, तपाईंले आफ्ना मानिसहरू अर्थात् तपाईंको सम्पत्तिलाई नष्ट नगर्नुहोस् जसलाई तपाईंले आफ्नो महान्ताद्वारा छुटकारा दिनुभएको छ र आफ्नो शक्तिशाली हातले मिश्रबाट ल्याउनुभएको छ ।
27 Kumbukirani atumiki anu Abrahamu, Isake ndi Yakobo. Musatengere kupulupudza, kuyipa ndi kuchimwa kwawo anthuwa.
तपाईंका दासहरू अब्राहाम, इसहाक र याकूबलाई सम्झनुहोस् । यो जातिको हठलाई नहेर्नुहोस् न त तिनीहरूका दुष्टता र पापलाई नै हेर्नुहोस् ।
28 Kupanda kutero, ndiye kuti anthu a ku dziko lija munatitulutsaku adzati, ‘Yehova anawatulutsa kuti akawaphe mʼchipululu popeza sanathe kukawalowetsa mʼdziko limene anawalonjeza ndipo anadana nawo.’
नत्रता तपाईंले हामीलाई जुन देशबाट ल्याउनुभयो त्यसले भन्ला, 'परमप्रभुले प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिनीहरूलाई लैजान नसक्नुभएकोले र उहाँले तिनीहरूलाई घृणा गर्नुभएकोले तिनीहरूलाई उजाड-स्थानमा मार्न उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभएको छ ।'
29 Koma iwowa ndi anthu anu, chuma chanu chimene munachitulutsa ndi mphamvu yanu yayikulu ndi mkono wanu wotambasuka.”
तथापि तिनीहरू तपाईंका मानिसहरू र तपाईंको सम्पत्ति हुन् जसलाई तपाईंले आफ्नो महाशक्ति र तपाईंको शक्तिको प्रदर्शनीद्वारा बाहिर ल्याउनुभयो ।'