< Deuteronomo 19 >

1 Yehova Mulungu wanu akadzawononga anthu amene dziko lawo akukupatsani, ndipo inu mukawapirikitsa ndi kukhazikika mʼmizinda ndi mʼnyumba zawo,
परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई नष्‍ट गरी तिनीहरूको देश तिमीहरूलाई अधिकार गर्न दिनुहुँदा तिनीहरूपछि तिमीहरू तिनीहरूका सहर र घरहरूमा आएर बस्‍ने छौ ।
2 mukapatule mizinda itatu imene ili pakati pa dziko lomwe Yehova Mulungu akukupatsani kukhala lanu.
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्‍नुभएको देशको बिचमा आफ्नो लागि तिनवटा सहर रोज्नू ।
3 Mudzakonze misewu ndi kuligawa patatu dzikolo limene Yehova Mulungu wanu akukupatsani ngati cholowa chanu, kuti aliyense wopha munthu akhoza kuthawirako.
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्‍नुभएको देशलाई तिन भागमा विभाजन गरी ती सहरहरूमा जाने सिमाना निर्धारण गर्नू ताकि ज्यानमारा त्यहाँ भागेर जान सकोस् ।
4 Ili ndi lamulo lokhudza munthu amene wapha mnzake mosazindikira osati mwadala, nathawira kumeneko kupulumutsa moyo wake. Ndi munthu amene wapha mnzake mosazindikira, popanda maganizo oyipa.
जसले आफ्नो छिमेकीलाई पहिले घृणा गर्दैनथ्यो र त्यसले अजानमा उसलाई मार्‍यो भने मारेर त्यहाँ बस्‍न जाने व्यक्तिको विषयमा भएको व्यवस्था यही हो ।
5 Mwachitsanzo, munthu atapita ku nkhalango ndi mnzake kukadula mitengo, ndiye posamula nkhwangwa kuti adule mtengo, nkhwangwa ikhoza kuguluka nʼkukagwera mnzake uja nʼkumupha. Munthu ameneyo akhoza kuthawira ku umodzi mwa mizindayo napulumutsa moyo wake.
उदाहरणको लागि, कुनै मानिस आफ्नो छिमेकीसँगै दाउरा काट्न जङ्गलमा जान्छ र रुख ढाल्नलाई बञ्चरो चलाउँदा बञ्चरो बीँडबाट फुस्केर छिमेकीलाई लागेर त्यो मर्‍यो भने त्यो मान्छे यीमध्ये कुनै एउटा सहरमा भागेर आफ्नो ज्यान बचाउन सक्छ ।
6 Kupanda kutero ndiye kuti wolipsira akhoza kumuthamangitsa mwaukali ndi kumugwira ngati mtunda utalika, ndipo akhoza kumupha ngakhale kuti sanayenera kufa popeza sanaphe mnzake mwadala.
नत्रता बाटो लामो छ भने बदला लिने व्यक्ति त्यो ज्यान मार्नेको पछि गई त्यसको तातो रिसमा त्यसलाई उछिनी त्यसलाई प्रहार गरेर मार्न सक्छ यद्यपि त्यो मानिस मारिने योग्यको भने थिएन किनकि विगतमा त्यसले आफ्नो छिमेकीलाई घृणा गरेको थिएन ।
7 Ichi ndi chifukwa chake ndikukulamulani kuti mudzipatulire nokha mizinda itatu.
त्यसकारण, तिमीहरूले आफ्ना लागि तिनवटा सहर अलग गर्नू भनी म आज्ञा दिन्छु ।
8 Ngati Yehova Mulungu wanu akulitsa malire anu monga analonjezera pa malumbiro ndi makolo anu, nakupatsani dziko lonse monga analonjezera,
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएअनुसार उहाँले तिमीहरूका सिमाना बढाइदिनुभयो र तिमीहरूलाई पिता-पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएका सबै देश दिनुभयो भने
9 chifukwa chotsatira bwino malamulo onse amene ndikukuwuzani lero, kukonda Yehova Mulungu wanu ndi kuyenda mʼnjira zake nthawi zonse, ndiye kuti mukuyenera kupatula mizinda itatu yowonjezera.
र आज मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै आज्ञा अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्ने र सधैँ उहाँका मार्गहरूमा हिँड्ने आज्ञाहरू तिमीहरूले पालन गर्‍यौ भने तिमीहरूले यी तिनवटा सहरका अतिरिक्त अन्य तिनवटा पनि थप्‍नुपर्छ ।
10 Muchite zimenezi kuti musakhetse magazi wosalakwa mʼdziko lanu limene Yehova Mulungu wanu akukupatsani ngati cholowa, ndipo kuti musapezeke ndi mlandu wokhetsa magazi.
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा निर्दोष रगत नबगाइयोस् र त्यसको दोष तिमीहरूमाथि नलागोस् भन्‍नाका लागि यसो गर ।
11 Koma ngati munthu adana ndi mnzake namubisalira panjira nʼkumuvulaza mpaka kumupha, nathawira ku umodzi mwa mizindayi,
तर कसलै आफ्नो छिमेकीलाई घृणा गर्छ र ढुकेर बसी त्यसको विरुद्धमा उठेर त्यसलाई मर्ने गरी हिर्काउँछ र त्यो यी तिनवटा सहरमध्ये एउटामा भाग्छ भने
12 akuluakulu a mu mzinda wake akamugwire ndi kumubwezera ku mzinda wake namupereka kwa wolipsira kuti aphedwe.
त्यसको सहरका धर्म-गुरुहरूले मान्छे पठाई त्यसलाई त्यहाँबाट ल्याउनुपर्छ र जिम्मेवार नातेदारको हातमा सुम्पनुपर्छ अनि त्यसको रगतको बदला लिइयोस् ।
13 Osamumvera chisoni. Muyenera kuchotsa tchimo lokhetsa magazi wosalakwa mu Israeli kuti zinthu zizikuyenderani bwino.
तिमीहरूका आँखाले त्यसलाई दया देखाउनुहुँदैन । बरु, तिमीहरूले इस्राएलबाट निर्दोषको हत्याको दोषलाई निर्मूलन गर्नुपर्छ ताकि तिमीहरूको भलो हुन सकोस् ।
14 Musamasunthe mwala wa malire anu ndi mnzanu amene anayikidwa ndi makolo anu pa cholowa chimene mulandire mʼdziko limene Yehova Mulungu wanu akukupatsani.
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई निज सम्पत्तिको रूपमा अधिकार गर्न दिन लाग्‍नुभएको देशमा लामो समयदेखि राखिएको आफ्नो छिमेकीको सिमानाको ढुङ्गो नहटाओ ।
15 Mboni imodzi siyokwanira kupeza munthu kuti ndi wolakwa pa mlandu uliwonse umene wapalamula. Nkhani itsimikizike ndi umboni wa anthu awiri kapena atatu.
कुनै पनि विषयमा कुनै पनि अपराध वा पापको लागि एउटै मात्र साक्षी खडा नहोस् । दुई वा तिन जनाको साक्षीको आधारमा त्यस विषयको पुष्‍टि होस् ।
16 Ngati mboni yonama ifuna kunamizira munthu mlandu,
कसैले गलत काम गरेको छ भनी कुनै अधर्मी मानिस खडा हुन सक्छ ।
17 anthu awiri okhudzidwa ndi mlanduwo ayenera kuyima pamaso pa Yehova pali ansembe ndi oweruza amene ali pa ntchito pa nthawiyo.
कुरा नमिलेको दुवै जना व्यक्ति परमप्रभु, पुजारीहरू र ती दिनमा सेवा गर्ने न्यायकर्ताहरूको सामु खडा होऊन् ।
18 Oweruza afufuze bwinobwino, ndipo ngati zatsimikizika kuti mboniyo ndi yabodza, yopereka umboni wonama pa mʼbale wake,
न्यायकर्ताहरूले दत्तचित्तसाथ जाँचबुझ गरून् । हेर, साक्षी झुटो रहेछ र त्यसले आफ्नो भाइको विरुद्धमा झुटो गवाही दिएको रहेछ भने
19 ndiye kuti amuchitire iyeyo zimene anafuna kuchitira mʼbale wakezo. Muyenera kuchotsa choyipa pakati panu.
त्यसले आफ्नो भाइलाई जे गर्ने सोच बनाएको थियो, त्यसलाई त्यसै गर्नू । यसरी तिमीहरूले आफ्ना बिचबाट दुष्‍टता हटाउनू ।
20 Anthu ena onse adzamva zimenezi nachita mantha, ndipo choyipa choterechi sichidzachitikanso pakati panu.
तब बाँकी हुनेहरू यो सुनेर डराने छन्, अनि त्यसपछि कसैले पनि तिमीहरूका बिचमा यस्तो दुष्‍टता गर्ने छैन ।
21 Osachita chisoni, moyo uzilipira moyo, diso kulipira diso, dzino kulipira dzino, dzanja kulipira dzanja ndi phazi kulipira phazi.
तिमीहरूले दया नदेखाउनू । ज्यानको सट्टा ज्यान, आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात र गोडाको सट्टा गोडा हुने छ ।

< Deuteronomo 19 >