< Deuteronomo 15 >
1 Kumapeto kwa zaka zisanu ndi ziwiri zilizonse, muzikhululukirana ngongole.
हरेक सात वर्षको अन्त्यमा कर्जाहरू रद्द गरिदिनू ।
2 Zimenezi muzichita motere: wobwereketsa aliyense adzakhululukira ngongole imene anabwereketsa kwa Mwisraeli mnzake. Iye asadzafunenso kuti Mwisraeli mnzakeyo kapena mʼbale wake amubwezere chifukwa nthawi ya Ambuye yokhululukirana ngongole yalengezedwa.
त्यो काम यसरी गरिने छः हरेक ऋणदाताले आफ्नो छिमेकीलाई दिएको ऋण रद्द गरिदिने छ । त्यसले आफ्नो छिमेकी वा भाइबाट ऋणको माग गर्दैन किनकि परमप्रभुको कर्जामाफीको घोषणा गरिएको छ ।
3 Mukhoza kulonjerera ngongole kwa mlendo, koma mukhululukire ngongole ina iliyonse imene mʼbale wanu ali nayo.
तिमीहरूले परदेशीबाट चाहिँ यसको माग गर्न सक्छौ, तर तिम्रो भाइको ऋणचाहिँ फुक्का गरिदेओ ।
4 Komabe pasadzakhale wosauka pakati panu chifukwa Yehova Mulungu wanu adzakudalitsani kwambiri mʼdziko limene adzakupatsani kuti likhale lanu ngati cholowa chanu.
तथापि, तिमीहरूका बिचमा कोही गरिब हुनुहुँदैन (किनकि परमप्रभुले तिमीहरूलाई सम्पत्तिको रूपमा अधिकार गर्न दिनुहुने देशमा तिमीहरूलाई निश्चय नै आशिष् दिनुहुने छ) ।
5 Adzakudalitsani pokhapokha ngati mudzamveradi Yehova Mulungu wanu posunga ndi kutsatira malamulo onse amene ndikukupatsani lero.
तर यसको लागि तिमीहरूले आज मैले तिमीहरूलाई दिएका यी सबै आज्ञा पालन गर्न परमप्रभु तिमीहरूका परमेश्वरको आवाज होसियारीसाथ सुन्नुपर्छ ।
6 Pakuti Yehova Mulungu wanu adzakudalitsani monga analonjeza, ndipo inu mudzabwereketsa chuma kwa mitundu yambiri ya anthu koma inu simudzabwereka kwa aliyense. Mudzalamulira mitundu yambiri ya anthu koma inuyo palibe amene adzakulamulireni.
किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसित प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूलाई आशिष् दिनुहुने छ । तिमीहरूले धेरै जातिहरूलाई ऋण दिने छौ, तर तिमीहरूले ऋण लिने छैनौ । तिमीहरूले धेरै जातिहरूमाथि शासन गर्ने छौ, तर तिनीहरूले तिमीहरूमाथि शासन गर्ने छैनन् ।
7 Ngati pali mʼbale wanu wina wosauka mu mzinda wanu wina uliwonse mʼdziko limene Yehova Mulungu wanu akukupatsani, musawumitse mitima yanu kapena kuchita kaligwiritsa kwa mʼbale wanu wosaukayo.
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशको कुनै पनि सहरभित्र तिमीहरूका बिचमा कुनै पनि भाइ गरिब भयो भने तिमीहरूको गरिब भाइप्रति तिमीहरूले आफ्नो हृदय कठोर पार्नुहुँदैन न त मुट्ठी बाँध्नुहुन्छ ।
8 Koma mukhale ofewa manja ndipo mumukongoze mʼbale wanu momasuka pa chilichonse chimene akufuna.
तर तिमीहरूले उसलाई निश्चय नै आफ्नो हात खुला गर्नू, र उसको खाँचोको लागि पर्याप्त मात्रामा ऋण दिनू ।
9 Musayesere ndi pangʼono pomwe kusunga maganizo oyipa awa mu mtima mwanu: “Chaka chachisanu ndi chiwiri, chaka chokhululukirana ngongole, chayandikira,” kuti musaonetse mtima woyipa kwa mʼbale wanu wosauka nʼkusamupatsa chilichonse. Iye angadzakunenereni inu mlandu kwa Ambuye, ndipo mudzapezeka wochimwa.
'सातौँ वर्ष अर्थात् छुटकाराको वर्ष नजिकै छ' भनी आफ्नो मनमा दुष्ट विचार ननिम्त्याउन होसियार होओ ताकि तिमीहरूका बिचमा भएको गरिब भाइप्रति लोभी नभएर तिमीहरूले उसलाई दिन सक । तिमीहरू लोभी भयौ भने त्यो पाप हुन्छ ।
10 Mumupatse iye mowolowamanja ndipo muchite zimenezi mosasungira kanthu kumtima. Tsono chifukwa cha zimenezi, Yehova Mulungu wanu adzakudalitsani pa ntchito zanu zonse ndi pa chilichonse chimene mukhudza.
निश्चय नै तिमीहरूले उसलाई दिनू, र तिमीहरूले उसलाई दिँदा हृदयमा दुःख नमान्नू किनकि यसको साटो परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका सबै काम र तिमीहरूले हात हाल्ने सबै थोकमा आशिष् दिनुहुने छ ।
11 Anthu osauka sadzatha mʼdziko lanu. Chomwecho ndikukulamulani kuti mukhale ofewa manja kwa abale anu ndi kwa osauka, osowa mʼdziko mwanu.
किनकि देशमा गरिबहरूको कहिल्यै अन्त्य हुने छैन । त्यसकारण म तिमीहरूलाई आज्ञा दिन्छु, 'तिमीहरूको देशमा खाँचोमा परेको तिमीहरूका भाइ र गरिबको लागि तिमीहरूले आफ्नो हात खुला राख्नू ।'
12 Ngati mʼbale wanu wamwamuna kapena wamkazi adzigulitsa yekha kwa inu, nakugwirirani ntchito zaka zisanu ndi chimodzi, muzimumasula mʼchaka cha chisanu ndi chiwiri.
तिमीहरूका हिब्रू भाइ या बहिनी तिमीकहाँ बेचिएको छ र त्यसले छ वर्षसम्म सेवा गरेको छ भने सातौँ वर्षमा तिमीहरूले त्यसलाई स्वतन्त्र भएर जान दिनू ।
13 Ndipo pamene mumumasula, musangomulola apite chimanjamanja.
तिमीहरूले त्यसलाई स्वतन्त्र भएर जान दिँदा त्यसलाई रित्तो हात नपठाओ ।
14 Mumupatse mowolowamanja zochokera pa ziweto zanu, kopunthira tirigu ndi kopsinyira vinyo. Inu mumupatse iye monga Yehova Mulungu wanu wakudalitsirani.
तिमीहरूका भेडा-बाख्रा, खला र दाखको कोलबाट त्यसलाई प्रशस्त मात्रामा लिएर जान देओ । परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएमुताबिक त्यसलाई दिनू ।
15 Kumbukirani kuti munali akapolo mʼdziko la Igupto ndipo Yehova Mulungu wanu anakupulumutsani. Nʼchifukwa chake ndikukupatsani lamulo ili lero lino.
तिमीहरू मिश्र देशमा कमारा थियौ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई छुटकारा दिनुभएको थियो भनी तिमीहरूले याद गर्नू । त्यसकारण आज मैले तिमीहरूलाई यो आज्ञा दिँदै छु ।
16 Koma ngati kapoloyo akuwuzani kuti, “Ine sindikufuna kumasulidwa,” chifukwa choti wakukondani inuyo pamodzi ndi banja lanu ndiponso kuti kwamukomera iyeyo kuti azikhalabe nanu,
त्यसले तिमीहरू र तिमीहरूको घरलाई माया गरेकोले र तिमीहरूसित राम्ररी बसेकोले 'म तपाईंहरूकहाँबाट जान्नँ' भन्यो भने
17 pamenepo muzitenga chobowolera chachitsulo ndi kubowola khutu lake pa chitseko, ndipo mukatero adzakhala kapolo wanu moyo wake wonse. Mdzakazi wanu muzimuchitanso chimodzimodzi.
एउटा सुतारो लिएर त्यसको कानको लोती ढोकामा लगाएर छेड्नू, र त्यो जीवनभरि तिमीहरूको कमारो हुने छ । तिमीहरूका कमारीलाई पनि यसै गर्नू ।
18 Musaone ngati chopweteka kumasula wantchito wanu, chifukwa ntchito imene wayigwira pa zaka zisanu ndi chimodzi zimenezi ndi yopindula kawiri pa ntchito imene akanagwira waganyu chabe. Ndipo Yehova Mulungu wanu adzakudalitsani pa chilichonse chimene mukuchita.
त्यसलाई फुक्का भएर जान दिन अप्ठ्यारो नमान्नू किनकि त्यसले छ वर्षसम्म तिमीहरूको सेवा गरेको छ र ज्यालादारी व्यक्तिले गर्ने दोब्बर काम गरेको छ । तिमीहरूले गर्ने सबै काममा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुने छ ।
19 Mumupatulire Yehova Mulungu wanu choyamba kubadwa chachimuna chilichonse pa ngʼombe ndi nkhosa zanu. Musamazigwiritse ntchito ngʼombe zoyamba kubadwa kapena kumeta nkhosa zoyamba kubadwa.
तिमीहरूका गाईवस्तु र भेडा-बाख्राका सबै पहिले जन्मेकाहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको लागि अलग गर्नू । गाईवस्तुबाट पहिले जन्मेकाहरूलाई कुनै काम नगराउनू न त भेडा-बाख्राबाट पहिले जन्मेकाहरूबाट ऊन कत्रनू ।
20 Inuyo ndi banja lanu, chaka chilichonse muzizidya zimenezi pamaso pa Yehova Mulungu wanu pa malo amene Iye adzasankhe.
परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा वर्षैपिच्छे उहाँको सामु तिमीहरू र तिमीहरूको घरानाले पहिले जन्मेकोलाई खानू ।
21 Ngati chiweto chili ndi chilema monga kulumala kapena chosaona, kapena ngati chili ndi cholakwika chachikulu chilichonse, musachipereke nsembe kwa Yehova Mulungu wanu.
त्यो लङ्गडा वा अन्धा वा त्यसमा कुनै किसिमको खोट छ भने तिमीहरूले त्यो परमप्रभु तिमीहरूका परमेश्वरको सामु नचढाउनू ।
22 Muzichidya mʼmizinda yanuyanu. Onse odetsedwa monga mwa mwambo ndi oyeretsedwa omwe akhoza kuchidya monga akudya gwape kapena mbawala.
त्यसलाई तिमीहरूकै सहरभित्र खानू । हरिण वा मृगको मासु खाएझैँ शुद्ध र अशुद्ध व्यक्तिहरूले समान रूपमा खानू ।
23 Koma musadye magazi ake. Muwathire pansi ngati madzi.
केवल तिमीहरूले यसको रगतचाहिँ नखानू। पानीझैँ गरी यसलाई भुइँमा पोखाइदिनू ।