< 2 Samueli 21 >
1 Pa nthawi ya ulamuliro wa Davide kunali njala kwa zaka zitatu zotsatana. Kotero Davide anapemphera kwa Yehova. Yehova anati, “Izi zachitika chifukwa chakuti Sauli ndi banja lake akanali ndi mlandu wakupha Agibiyoni.”
दाऊदको समयमा तीन वर्षसम्म अनकाल पर्यो र दाऊदले परमप्रभुको मुहारको खोजी गरे । त्यसैले परमप्रभुले भन्नुभयो, “यो अनिकाल शाऊल र तिनका हत्यारा परिवारको कारणले भएको हो, किनभने त्यसले गोबोनीहरूलाई मार्यो ।”
2 Mfumu inayitanitsa Agibiyoni ndipo inayankhula nawo. (Tsono Agibiyoni sanali Aisraeli, koma otsala mwa Aamori. Aisraeli analumbira kuwasiya ndi moyo, koma Sauli chifukwa cha chikondi cha pa Israeli ndi Yuda, anafuna kuwawonongeratu).
अब गिबोनीहरूचाहिं इस्राएलका मानिसहरू थिएनन् । तिनीहरू बाँकी रहेका एमोरीमध्येका थिए । इस्राएलका मानिसहरूले तिनीहरूलाई नमार्ने शपथ खाएका थिए, तर शाऊलले इस्राएल र यहूदाको मानिसहरूको निम्तिको जोशले गर्दा तिनीहरू सबैलाई मार्ने कोसिस गरे ।
3 Davide anafunsa Agibiyoni kuti, “Kodi ine ndikuchitireni chiyani? Ndipepese bwanji kuti inu mudalitse cholowa cha Yehova?”
त्यसैले दाऊदले गिबोनीहरूलाई एकसाथ बोलाए र तिनीहरूलाई भने, “मैले तिमीहरूको निम्ति के गर्नुपर्छ? मैले कसरी प्रायश्चित गर्न सक्छु, ताकि परमप्रभुको भलाइ र प्रतिज्ञा पाएका उहाँका मानिसहरूलाई तिमीहरूले आशिष् दिन सक्छौ?”
4 Agibiyoni anamuyankha kuti, “Ife tilibe ufulu woti nʼkulamula Sauli ndi banja lake kuti atipatse siliva kapena golide, tilibenso ufulu woti nʼkupha wina aliyense mu Israeli.” Davide anafunsa, “Mukufuna ine ndikuchitireni chiyani?”
गिबोनीहरूले तिनलाई जवाफ दिए, “हामी र शाऊल वा तिनका परिवारका बिचमा सुन वा चाँदीका कुरा होइन । यसै गरी हामीले इस्राएलका कुनै मानिसलाई मार्ने होइन ।” दाऊदले जवाफ दिए, “मैले तिमीहरूको निम्ति के गर्नुपर्छ, तिमीहरू के भन्छौ?”
5 Iwo anayankha mfumu kuti, “Tsono za munthu amene anatiwononga ndi kukonza chiwembu choti titheretu ndi kukhala wopanda malo mu Israeli,
तिनीहरूले राजालाई जवाफ दिए, “हामी सबैलाई मार्न खोज्ने मानिस जसले हाम्रो विरुद्ध षड्यान्त्र गरे, ताकि हामी अहिले नाश भएका छौं र इस्राएलको सिमानाभित्र हाम्रो स्थान छैन,
6 mutipatse adzukulu ake aamuna asanu ndi awiri kuti tiwaphe ndi kuwapereka pamaso pa Yehova ku Gibeya wa Sauli, wosankhidwa wa Yehova.” Choncho mfumu inati, “Ine ndidzakupatsani.”
तिनको सन्तानबाट सात जना मानिसलाई हामीकहाँ सुम्पियोस् र हामीले तिनीहरूलाई परमप्रभुद्वारा चुनिएको शाऊलको गिबामा परमप्रभुको सामु झुन्ड्याउने छौं ।” त्यसैले राजाले भने, “म तिमीहरूलाई ती दिने छु ।”
7 Koma mfumu inasunga Mefiboseti mwana wa Yonatani, mwana wa Sauli, chifukwa cha kulumbira kumene mfumu Davide ndi Yonatani mwana wa Sauli anachita pamaso pa Yehova.
तर दाऊद र शाऊलका छोरा जोनाथन, तिनीहरूका बिचमा भएको परमप्रभुको शपथको कारणले गर्दा राजाले जोनाथनका छोरा मपीबोशेतलाई छोडिदिए ।
8 Ndipo mfumu inatenga Arimoni ndi Mefiboseti, ana aamuna awiri a Rizipa, mwana wamkazi wa Ayiwa, amene anaberekera Sauli pamodzi ndi ana asanu a Merabi mwana wamkazi wa Sauli, amene anabereka Adirieli mwana wa Barizilai Mmeholati.
तर राजाले अय्याकी छोरी रिश्पाका दुई जना छोराला जसलाई त्यसले शाऊलबाट जन्माएकी थिई उनीहरूको नाउँ आरमोनी र मपीबोशेत थियो । अनि दाऊदले महिलोती बर्जिल्लैका छोरा अद्रीएलबाट शाऊलकी छोरी मेराबले जन्माएकी पाँच जना छोरालाई लिए ।
9 Iye anawapereka kwa anthu a ku Gibiyoni, amene anawapha nawayika pa phiri la Yehova. Onse asanu ndi awiri anafera limodzi. Iwo anaphedwa masiku oyamba kukolola barele.
तिनले उनीहरूलाई गिबोनीहरूको हातमा सुम्पे । तिनीहरूले उनीहरूलाई परमप्रभुको सामु पहाडमा झुण्डाए र उनीहरू सातै जना एकसाथ मरे । उनीहरूलाई जौको कटनीको सुरुमा कटनी गर्ने सुरुका दिनहरूमा मारिएका थिए ।
10 Rizipa mwana wamkazi wa Ayiwa anatenga chiguduli ndi kudziyalira pa mwala (pamene panali mitemboyo). Kuyambira nthawi yoyamba kukolola mpaka pamene mvula inayambanso kugwa, iye sanalole kuti mbalame zikhudze mitemboyo masana kapena nyama zakuthengo usiku.
अय्याकी छोरी रिश्पाले भाङ्ग्रा लिइन् र ती लाशहरूको छेउमा आफ्नो निम्ति त्यो ओछ्याएर कटनीको सुरुदेखि आकाशबाट तिनीहरूमाथि पानी नपरेसम्म नै बसिराखिन् । तिनले ती लाशहरूलाई दिनमा आकाशमा उड्ने चराहरूलाई र रातमा जङ्गली पशुहरूलाई खान दिइनन् ।
11 Davide atawuzidwa zimene Rizipa mwana wamkazi wa Ayiwa, mzikazi wa Sauli anachita,
अय्याकी छोरी, शाऊलकी उपपत्नी रिश्पाले जे गरेकी थिइन् त्यसको बारेमा दाऊदलाई भनियो ।
12 anapita kukatenga mafupa a Sauli ndi mwana wake Yonatani kwa anthu a ku Yabesi Giliyadi (iwo anawatenga mwamseri kuchoka pabwalo la ku Beti-Sani, kumene Afilisti anawapachika atapha Sauli ku Gilibowa).
त्यसैले दाऊद गए र शाऊल र तिनका छोरा जोनाथनका हाड्डीहरू याबेश-गिलादका मानिसहरूबाट लिएर आए, जसले बेथ-शानको चोकबाट ती चोरेका थिए, जहाँ पलिश्तीहरूले शाऊललाई गिल्बोमा मरेपछि ती पलिश्तीहरूले उनीहरूलाई झुण्ड्याएका थिए ।
13 Davide anakatenga mafupa a Sauli ndi mwana wake Yonatani kumeneko ndiponso mafupa otayidwa a amene anaphedwa nawasonkhanitsa pamodzi.
दाऊदले त्यहाँबाट शाऊल र तिनका छोरा जोनाथनका हड्डीहरू लिएर गए र तिनीहरूले झुण्ड्याइएका ती सात जना मानिसका हड्डीहरू पनि जम्मा गरे ।
14 Iwo anayika mafupa a Sauli ndi mwana wake Yonatani mʼmanda a Kisi abambo ake a Sauli ku Zera mʼdziko la Benjamini, ndipo anachita zonse zimene mfumu inalamula. Atachita zimenezi, Mulungu anayankha pemphero lopempherera dzikolo.
तिनीहरूले शाऊल र तिनका छोरा जोनाथनका हड्डीहरू बेन्यामीनको गाउँमा सलामा भएको तिनका बुबा कीशको चिहानमा गाडे । राजाले आज्ञा गरेका सबै कुरा तिनीहरूले गरे । त्यसपछि देशको निम्ति तिनीहरूका प्रार्थनाहरूका जवाफ परमेश्वरले दिनुभयो ।
15 Nthawi inanso panali nkhondo pakati pa Afilisti ndi Aisraeli, Davide anapita ndi ankhondo ake kukamenyana ndi Afilisti ndipo iye anatopa kwambiri.
त्यसपछि पलिश्तीहरू फेरि इस्राएलको विरुद्धमा युद्ध गर्न गए । त्यसैले दाऊद आफ्नो फौजका साथमा तल गए र पलिश्तीहरूको विरुद्ध लडे । दाऊद युद्धको थकानले लखतरान भएका थिए ।
16 Ndipo Isibi-Benobi, mmodzi mwa zidzukulu za Rafa, amene mkondo wake unkalemera makilogalamu atatu ndi theka ndipo analinso ndi lupanga latsopano, anati adzapha Davide.
दैत्यका सन्तान इश्बी-बनिबले दाऊदलाई मार्न खोजे, जसको काँसाको भालाको तौल साँढे तीन किलो थियो र नयाँ तरवार भिरेको थियो ।
17 Koma Abisai mwana wa Zeruya anabwera kudzapulumutsa Davide. Iye anamukantha Mfilisitiyo ndi kumupha. Pamenepo asilikali a Davide analumbira kwa iye kuti, “Inu simudzapita nafenso ku nkhondo, kuti nyale ya Israeli isadzazimitsidwe.”
तर सरूयाहका छोरा अबीशैले दाऊदलाई बचाए, त्यो पलिश्तीलाई आक्रमण गरे र त्यसलाई मारे । तब दाऊदका मानिसहरूले तिनीसँग यसो भनेर शपथ खाए, “तपाईं अबदेखि हामीसित लडाइँमा जानुहुने छैन, ताकि तपाईंले इस्राएलको बत्ती निबाउनुहन्न ।”
18 Patapita nthawi, panali nkhondo ina ndi Afilisti ku Gobu. Pa nthawi imeneyo Sibekai Mhusati anapha Safu, mmodzi mwa zidzukulu za Arefai.
यसपछि फेरि पनि गोबमा पलिश्तीहरूसँग युद्ध भयो, त्यस बेला हूशाती सिब्बकैले सफलाई मारे जो रफाको सन्तानमध्ये एक थिए ।
19 Pa nkhondo inanso ndi Afilisti ku Gobu, Elihanani mwana wa Yaare-Oregimu wa ku Betelehemu anapha Goliati Mgiti, amene anali ndi mkondo ngati ndodo yowombera nsalu.
गोबमा फेरि पनि पलिश्तीहरूसँग लडाइँ भयो, त्यस बेला बेथलेहेमवासी यारे-ओरगिमका छोरा गोल्यातलाई मारे, जसको भालाको बिंड जुलाहाको डण्डाजस्तै थियो ।
20 Pa nkhondo inanso imene inachitika ku Gati panali munthu wina wamtali kwambiri wa zala zisanu ndi chimodzi mʼmanja ndi mʼmapazi ndipo zonse pamodzi zinalipo 24. Iyenso anali chidzukulu cha Rafa.
गातमा फेरि अर्को लडाइँ भयो, त्यहाँ हरेक हातमा छ-छ वटा औंला र हरेक खुट्टामा पनि छ-छ वटा औंला गरी चौबिस वटा औंला भएका निकै अग्लो मानिस थियो । त्यो पनि रफाको सन्तान नै थियो ।
21 Pamene iye ankanyoza Aisraeli, Yonatani mwana wa Simea, mʼbale wake wa Davide anamupha.
त्यसले इस्राएलको अपमान गर्दा दाऊदका दाजु शिमाहका छोरा जोनाथनले त्यसलाई मार्यो ।
22 Anthu anayi amenewa anali zidzukulu za Rafa ku Gati, ndipo onse anaphedwa ndi Davide ndi ankhondo ake.
गातको रफाका सन्तानहरू यी नै थिए, र तिनीहरू दाऊदका हातद्वारा र तिनका सिपाहरूका हातद्वारा मारिए ।