< 2 Mafumu 19 >
1 Mfumu Hezekiya atamva zimenezi, anangʼamba zovala zake navala chiguduli ndipo analowa mʼNyumba ya Yehova.
जब राजा हिजकियाले तिनीहरूको कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते, भाङ्ग्रा लगाए र परमप्रभुको मन्दिरभित्र गए ।
2 Iye anatuma Eliyakimu, woyangʼanira nyumba ya mfumu, Sebina mlembi wa bwalo ndi ansembe akuluakulu, onse atavala ziguduli, kwa mneneri Yesaya mwana wa Amozi.
तिनले राजदरबारका निरिक्षक एल्याकीम, सचिव शेब्ना र पुजारीहरूका धर्म-गुरुहरू सबैलाई भाङ्ग्रा लगाएर आमोजका छोरा अगमवक्ता यशैयाकहाँ पठाए ।
3 Iwo anamuwuza kuti, “Hezekiya akunena kuti, ‘Lero ndi tsiku lamavuto, lachilango ndi lamanyazi. Ife lero tili ngati mayi woyembekezera amene pofika nthawi yoti achire akupezeka kuti alibe mphamvu zoberekera.
तिनीहरूले तिनलाई भने, “हिजकिया भन्नुहुन्छ, 'जसरी बच्चा जन्मन लाग्छ तर तिनीहरूमा जन्मिने बल हुँदैन, त्यसरी नै यो दिन कष्ट, हप्की र अनादरको दिन भएको छ ।
4 Mwina Yehova Mulungu wanu adzamva mawu onse a Rabusake amene mbuye wake, mfumu ya ku Asiriya anamutuma kudzanyoza Mulungu wamoyo, ndipo Mulunguyo adzamulanga chifukwa cha mawu amene Yehova Mulungu wanu wamva. Choncho pemphererani anthu otsala amene akanali ndi moyo.’”
सायद परमप्रभु तपाईंका परमेश्वरले प्रधान सेनापतिका सबै कुरा सुन्नुहुनेछ, जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्वरलाई विरोध गर्न पठाएका छन्, र परमप्रभु तपाईंका परमेश्वरले सुन्नुभएको कुराले उहाँले तिनलाई हप्काउनुहुनेछ । अब यहाँ अझै बाँचेकाहरुका निम्ति तपाईंले प्रार्थना गर्नुहोस् ।”
5 Akuluakulu a Mfumu Hezekiya atafika kwa Yesaya,
त्यसैले राजा हिजकियाका सेवकहरू यशैयाकहाँ आए,
6 Yesaya anawawuza kuti, “Kawuzeni mbuye wanu kuti, ‘Yehova akunena kuti: Usachite mantha ndi zimene wamva, mawu amene nthumwi za mfumu ya ku Asiriya zandinyoza nawo Ine.
र यशैयाले तिनीहरूलाई भने, “आफ्ना मालिकलाई यसो भन, 'परमप्रभु यसो भन्नुहुन्छः अश्शूरका राजाका सेवकहरूले मेरो अपमान गरेर बोलेका कुरा सुनेर तँ नडरा ।
7 Tamverani! Ine ndidzayika mwa mfumuyo mzimu wina kotero kuti akadzamva mphekesera ya nkhondo, adzabwerera ku dziko lake ndipo Ine ndidzachititsa kuti aphedwe ndi lupanga kwawo komweko.’”
हेर्, म त्यसमा एउटा आत्मा हालिदिनेछु, र त्यसले एउटा खबर सुन्नेछ र आफ्नै देशमा फर्केर जानेछ । त्यसको आफ्नै देशमा म त्यसलाई तरवारले ढाल्न लगाउनेछु' ।”
8 Rabusake atamva kuti mfumu ya ku Asiriya yachoka ku Lakisi, iye anabwerera mʼmbuyo ndipo anakapeza mfumu ikuchita nkhondo ndi mzinda wa Libina.
तब प्रधान सेनापति फर्के, र अश्शूरका राजालाई लिब्नाको विरुद्धमा लडाइँ गरिरहेका भेट्टाए किनकि राजा लाकीशबाट गइसकेका थिए भनी तिनले सुनेका थिए ।
9 Nthawi imeneyi Senakeribu analandira uthenga wakuti Tirihaka, mfumu ya ku Kusi, akubwera kudzachita naye nkhondo. Choncho iye anatumanso amithenga kwa Hezekiya ndi mawu awa:
त्यसै बेला सनहेरीबको विरुद्धमा लडाइँ गर्न कुश र मिश्रदेशका राजा तिर्हाकाहले सेना परिचालन गरेका छन् भनेर तिनले सुने, त्यसैले तिनले फेरि हिजकियाकहाँ यो समाचारसहित सन्देशवाहकहरू पठाए,
10 “Kawuzeni Hezekiya mfumu ya Yuda kuti: Usalole kuti Mulungu amene ukumudalira akupusitse ponena kuti, ‘Yerusalemu sadzaperekedwa mʼmanja mwa mfumu ya ku Asiriya.’
“यहूदाका राजा हिजकियालाई भन्नूः 'यरूशलेम अश्शूरका राजाको हातमा पर्नेछैन' भन्ने तिमीले भरोसा गरेका परमेश्वरले तिमीलाई धोका नदेऊन् ।
11 Ndithu iwe unamva chimene mafumu a Asiriya anachita ku mayiko ena onse, kuti anawawononga kotheratu. Ndipo kodi iwe nʼkupulumuka?
हेर, अश्शूरका राजाहरूले सबै देशलाई पूर्ण रूपले नष्ट पारेका कुरा तिमीले सुनेका छौ । त्यसैले के तिमीले चाहिँ छुटकारा पाउनेछौ?
12 Kodi milungu ya mitundu imene makolo anga anayigonjetsa, milungu ya anthu a ku Gozani, Harani, Rezefi ndi Aedeni amene anali ku Teli Asara, inawapulumutsa?
मेरा पुर्खाहरूले नष्ट पारेकाः गोजान, हारान, रेसेप र तेल-अस्सारमा बस्ने अदनका मानिसहरूलाई ती जातिहरूका देवताहरूले छुटकारा दिएका छन्?
13 Kodi mafumu a Hamati, Aripadi ndi mafumu a mizinda ya Sefaravaimu, Hena ndi Iva, ali kuti?”
हमातका राजा, अर्पादका राजा, सपर्बेम, हेना र इव्वा सहरहरूका राजा कहाँ छन्?”
14 Hezekiya analandira kalata kwa amithenga aja nayiwerenga. Pomwepo anapita ku Nyumba ya Yehova nayika kalatayo pamaso pa Yehova.
हिजकियाले सन्देशवाहकरूबाट यो चिठी प्राप्त गरे, र तिनले यो पढे । तब तिनी परमप्रभुको मन्दिरमा उक्ले अनि उहाँको सामु यसलाई खोलेर राखिदिए ।
15 Ndipo Hezekiya anapemphera kwa Yehova nati, “Inu Yehova Mulungu wa Israeli, Inu amene mumakhala pa Akerubi, Inu nokha ndinu Mulungu wolamulira maufumu onse a dziko lapansi. Inu munalenga kumwamba ndi dziko lapansi.
तब हिजकियाले परमप्रभुको सामु प्रार्थना गरे, “हे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर तपाईं जो करूबहरूमाथि विराजमान हुनुहुन्छ, तपाईं मात्र पृथ्वीका सबै राज्यमाथि राजा हुनुहुन्छ । तपाईंले नै स्वर्ग र पृथ्वीको सृष्टि गर्नुभयो ।
16 Inu Yehova, tcherani khutu lanu ndipo mumve Yehova tsekulani maso anu ndipo muone, imvani mawu onse amene Senakeribu watumiza kunyoza Inu Mulungu wamoyo.
हे परमप्रभु, आफ्नो कान थाप्नुहोस् र सुन्नुहोस् । हे परमप्रभु, आफ्ना आँखा खोल्नुहोस्, र सनहेरीबका कुराहरू सुन्नुहोस् जुन त्यसले जीवित परमेश्वरको गिल्ला गर्न पठाएको छ ।
17 “Inu Yehova, nʼzoonadi kuti mafumu a Asiriya anawononga mitundu iyi ndi mayiko awo.
हे परमप्रभु, अश्शूरका राजाहरूले जातिहरू र तिनीहरूका देशहरूलाई साँच्चै नै नाश पारेका छन् ।
18 Iwo anaponya milungu yawo pa moto ndi kuyiwononga pakuti sinali milungu koma mitengo ndi miyala chabe, yopangidwa ndi anthu.
तिनीहरूले उनीहरूका देवताहरूलाई आगोमा फालेका छन् किनकि तिनीहरू ईश्वरहरू थिएनन्, तर मानिसका हातका काम अर्थात् काठ र ढुङ्गाहरू थिए । त्यसैले अश्शूरीहरूले तिनलाई नष्ट पारे ।
19 Ndipo tsopano Inu Yehova Mulungu wathu, tipulumutseni ndithu mʼdzanja lake, kuti maufumu onse a dziko lapansi adziwe kuti Inu nokha, Inu Yehova, ndinu Mulungu.”
अब हे परमप्रभु हाम्रा परमेश्वर, म बिन्ती गर्छु, कि त्यसको शक्तिबाट हामीलाई बचाउनुहोस्, ताकि पृथ्वीका सबै राज्यले तपाईँ परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ भनी जान्न सकून् ।”
20 Ndipo Yesaya mwana wa Amozi anatumiza uthenga kwa Hezekiya wakuti, “Yehova Mulungu wa Israeli akuti, ‘Ndamva pemphero lako lonena za Senakeribu mfumu ya ku Asiriya.’”
तब आमोजका छोरा यशैयाले हिजकियालाई यसो भनेर समाचार पठाए, “इस्राएलका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'तैँले अश्शूरका राजा सनहेरीबको बारेमा मलाई प्रार्थना गरेकोले म तेरो कुरा सुन्नेछु ।
21 Mawu amene Yehova wayankhula wotsutsana naye ndi awa: “Namwali wa Ziyoni akukunyoza ndi kukuseka iwe. Mwana wamkazi wa Yerusalemu akupukusa mutu wake kumbuyo kwako.
त्यसको विषयमा परमप्रभुले भन्नुभएको वचन यही होः “सियोनकी कन्या-छोरीले तँलाई तिरस्कार गर्छे, र तेरो खिल्ली उडाउँछे । यरूशलेमकी छोरीले तँलाई हेर्दै आफ्नो शिर हल्लाउँछे ।
22 Kodi iweyo wanyoza ndi kuchitira chipongwe yani? Kodi ndani amene wamufuwulira mawu ako ndi kumuyangʼana monyada? Wachitiratu izi Woyera wa Israeli!
तैँले कसको गिल्ला गरेको छस् र अपमान गरेको छस्? तैँले कसको विरुद्धमा आफ्नो सोर उच्च पारेको छस् र घमण्डका साथ आफ्ना आँखा माथि उठाएको छस्? इस्राएलका परमपवित्रको विरुद्धमा हो!
23 Kudzera mwa amithenga ako wonyoza Ambuye. Ndipo wanena kuti, ‘Ndi magaleta ochuluka ndinakwera mapiri ataliatali, pa msonga za mapiri a Lebanoni. Ndigwetsa mitengo yake ya mkungudza yayitali kwambiri, mitengo yake ya payini yabwino kwambiri. Ndalowanso mʼkati mwake mwenimweni, mwa nkhalango yake yowirira kwambiri.
तेरा सन्देशवाहकहरूद्वारा तैँले परमप्रभुको गिल्ला गरेको छस्, र भनेको छस्, 'मेरा धेरै रथहरूसँगै म पर्वतहरूका टाकुराहरूमा, लेबनानका सबैभन्दा उच्च टाकुराहरूमा उक्लेको छु । म त्यहाँका अग्ला-अग्ला देवदारुका रुखहरू र सबैभन्दा असल सल्लाका रुखहरू काटेर ढाल्नेछु । म त्यसको पल्लो कुनामा, त्यसको सबैभन्दा फलदायी वनभित्र प्रवेश गर्नेछु ।
24 Ndakumba zitsime ku mayiko achilendo ndipo ndinamwa madzi a kumeneko. Ndi mapazi anga ndawumitsa mitsinje yonse ya ku Igupto.’”
मैले इनारहरू खनेको छु, र विदेशी पानी पिएको छु । मैले आफ्ना खुट्टाका पैतलामुनि मिश्रदेशका सबै नदी सुकाएँ ।'
25 “‘Kodi sunamvepo? Zimenezi ndinazikhazikitsa kalekale. Ndinazikonzeratu masiku amakedzana; tsopano ndachita kuti zichitikedi, iwe kwako kunali kungosandutsa mizinda yotetezedwa kukhala milu ya miyala.
के धेरै पहिले नै मैले यसको निधो गरेको अनि प्राचीन समयमा नै मैले यो रचेको तैँले सुनेको छैनस् र? अब मैले यसलाई कार्यान्वयन गर्न खोज्दैछु । तैँले यहाँ किल्ला भएका सहरहरूलाई भग्नावशेषको थुप्रोमा समेटेको छस् ।
26 Anthu a kumeneko ndi opanda mphamvu, athedwa nzeru ndipo ali ndi manyazi. Ali ngati mbewu za mʼmunda, ngati udzu wanthete, ali ngati udzu womera pa denga, umene umawuma usanakule nʼkomwe.’”
तिनका थोरै बल भएका बासिन्दाहरू, थाकेका र लाजमा परेका छन् । तिनीहरू मैदानका बिरुवाहरू हुन्, हरिया घाँस छानामाथिका वा मैदान घाँस हुन् जुन उम्रनअगि नै सुक्छन् ।
27 “‘Koma Ine ndimadziwa kukhala kwako, kutuluka kwako ndi kulowa kwako, ndi mkwiyo wako pa Ine.
तर तँ भुइँमा बसेको र तँ बाहिर गएको र भित्र आएको अनि मेरो विरुद्धमा तैंले रिस गरेको मलाई थाहा छ ।
28 Chifukwa chakuti wandikwiyira ndipo ndamva za mwano wako, ndidzakola mphuno yako ndi mbedza ndi kuyika chitsulo changa mʼkamwa mwako, ndipo ndidzakubweza pokudzeretsa njira yomwe unadzera pobwera.’
तैँले मेरो विरुद्धमा रिस देखाएको हुनाले र तेरो घमण्ड मेरो कानसम्म पुगेको हुनाले म तेरो नाकमा मेरो बल्छी लगाउनेछु, र तेरो मुखमा मेरो लगाम लगाउनेछु । म तँलाई तँ आएकै बाटो फर्काउनेछु ।”
29 “Koma iwe Hezekiya, chizindikiro chako chidzakhala ichi: “Chaka chino mudzadya tirigu wamphulumukwa, ndipo chaka chamawa mudzadya tirigu wongodzimerera. Koma chaka chachitatu mudzadzala ndi kukolola, mudzawoka mphesa ndipo mudzadya zipatso zake.
तेरो लागि चिन्हचाहिँ यो हुने छः यो साल तैँले आफै उम्रेको अन्न खानेछस्, र अर्को साल त्यसैबाट उम्रेको खानेछस् । तर तेस्रो वर्षमा चाहिँ तैँले अन्न रोप्ने अनि कटनी गर्नेछस्, दाखबारी लगाउनेछस् र तिनका फल खानेछस् ।
30 Anthu a nyumba ya Yuda amene adzatsale adzazika mizu ndi kubereka zipatso.
यहूदाको घरानाका बाँचेर बाँकी बाँचेकाहरूले फेरि जरा हाल्नेछन् र फल फलाउनेछन् ।
31 Pakuti ku Yerusalemu kudzachokera anthu otsala, ndi ku phiri la Ziyoni kudzachokera gulu la anthu opulumuka.” “Changu cha Yehova Wamphamvuzonse chidzachita zimenezi.
किनकि यरूशलेमबाट बाँकी रहेको एउटा भाग आउनेछ, सियोन पर्वतबाट बाँचेकाहरू आउनेछन् । सर्वशक्तिमान् परमप्रभुको जोसले यो गर्नेछ ।
32 “Choncho chimene Yehova akunena za mfumu ya ku Asiriya ndi ichi: “‘Iye sadzalowa mu mzinda umenewu kapena kuponyamo muvi. Sadzayandikira mzindawu ndi zishango zake kapena kumanga nthumbira ya nkhondo.
त्यसकारण अश्शूरका राजाको विषयमा परमप्रभु यसो भन्नुहुन्छः “ऊ यो सहरमा आउनेछैन, न त त्यसले यहाँ काँड हान्नेछ । न त यसको सामु त्यो ढाल लिएर आउनेछ वा यसको विरुद्धमा घेरा-मचान लगाउनेछ ।
33 Adzabwerera potsata njira imene anadzera pobwera; sadzalowa mu mzinda umenewu, akutero Yehova.
जुन बाटोबाट ऊ आएको थियो ऊ त्यही बाटो फर्केर जानेछ । ऊ यस सहरमा पस्नेछैन— यो परमप्रभुको घोषणा हो ।
34 Ndidzateteza mzinda umenewu kuwupulumutsa, chifukwa cha Ine mwini ndiponso chifukwa cha Davide mtumiki wanga.’”
किनकि मेरो आफ्नै निम्ति र मेरा दास दाऊदको निम्ति म यस सहरको रक्षा गर्नेछु र यसलाई बचाउनेछु ।”
35 Usiku umenewo mngelo wa Yehova anapita ku misasa ya ku Asiriya ndi kupha ankhondo 185,000. Ndipo pamene anthu anadzuka mmawa, taonani, mitembo inali ngundangunda!
त्यस राज परमप्रभुका दूत बाहिर निस्के र अश्शूरीहरूको छाउनीलाई आक्रमण गरे, र एक लाख पचासी हजार सिपाहीलाई मारे । जब मानिसहरू बिहान सबेरै उठे तब जताततै लाश छरिएका थिए ।
36 Choncho Senakeribu mfumu ya ku Asiriya anapasula misasa ndi kuchoka. Anabwerera ku Ninive nakakhala kumeneko.
त्यसैले अश्शूरका राजा सनहेरीबले इस्राएल चोडे र घरमा गए, र निनवेमा बसे ।
37 Tsiku lina, pamene Senakeribu ankapembedza mʼnyumba ya Nisiroki mulungu wake, ana ake Adirameleki ndi Sarezeri anamupha ndi lupanga ndipo anathawira ku dziko la Ararati. Tsono Esrahadoni, mwana wake, analowa ufumu mʼmalo mwake.
पछि तिनले आफ्नो देवता निस्रोकको मन्दिरमा पुजा गरिरहँदा तिनका छोराहरू अद्रम्मलेक र शरेसेरले तिनलाई तरवारले मारे । अनि तिनीहरू आरारात देशमा भागेर गए । तब तिनको ठाउँमा तिनका छोरा एसरहदोन राजा भए ।