< 2 Mbiri 21 >

1 Yehosafati anamwalira nayikidwa mʼmanda pamodzi ndi makolo ake mu mzinda wa Davide. Ndipo Yehoramu mwana wake analowa ufumu mʼmalo mwake.
यहोशापात आफ्‍ना पुर्खाहरूसित सुते र तिनीहरूसँग दाऊदको सहरमा गाडिए । तिनका ठाउँमा तिनका छोरा यहोराम राजा भए ।
2 Abale ake a Yehoramu, ana aamuna a Yehosafati, anali Azariya, Yehieli, Zekariya, Azariyahu, Mikayeli ndi Sefatiya. Onsewa anali ana a Yehosafati mfumu ya Israeli.
यहोरामका भाइहरू, यहोशापातका छोराहरू अजर्याह, यहीएल, जकरिया, अजर्याह, मिखाएल र शपत्‍याह थिए । यी सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए ।
3 Abambo awo anawapatsa mphatso zambiri za siliva, golide ndi zinthu zina zamtengowapatali komanso mizinda yotetezedwa ya Yuda. Koma iye anapereka ufumu kwa Yehoramu chifukwa anali mwana wake woyamba kubadwa.
तिनका बुबाले तिनीहरूलाई सुन, चाँदी र बहुमूल्‍य थोकहरूका ठुला उपहारहरू र यहूदाका किल्‍ला भएका सहरहरू पनि दिए, तर राज्‍यचाहिं तिनले यहोरामलाई नै दिए ।
4 Yehoramu atakhazikika pa ufumu wa abambo ake, iye anapha abale ake ndi lupanga pamodzi ndi atsogoleri ena a Israeli.
जब यहोराम आफ्‍ना बुबाको राज्यमा उदाएका र आफैलाई राजाको रूपमा बलियोसँग स्थापित गरेका थिए, तब तिनले आफ्‍ना सबै भाइलाई र इस्राएलका धेरै जना अगुवालाई तरवारले मारे ।
5 Yehoramu anali wa zaka 32 pamene anakhala mfumu, ndipo analamulira mu Yerusalemu zaka zisanu ndi zitatu.
यहोरामले राज्य गर्न सुरु गर्दा तिनी बत्तिस वर्षका थिए र तिनले येरूशलेममा आठ वर्ष राज्य गरे ।
6 Iye anayenda mʼnjira za mafumu a Israeli, monga mmene linachitira banja la Ahabu, pakuti anakwatira mwana wa Ahabu. Ndipo anachita zoyipa pamaso pa Yehova.
आहाबका घरानाले गरेझैं तिनी इस्राएलका राजाहरूका चालमा हिंडे, किनकि तिनले आहाबकी छोरीलाई आफ्‍नी पत्‍नीको रूपमा ल्याए, र तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो सो गरे ।
7 Komabe, chifukwa cha pangano limene Yehova anachita ndi Davide, Yehova sanafune kuwononga banja la Davide. Iye analonjeza kusungira nyale Davide ndi zidzukulu zake mpaka muyaya.
तापनि दाऊदसित परमप्रभुले गर्नुभएको करारको खातिर उहाँले दाऊदको घरानालाई नाश गर्ने इच्‍छा गर्नुभएन । उहाँले दाऊद र तिनका सन्तानहरूलाई सधैँ जीवन दिने प्रतिज्ञा उहाँले गर्नुभएको थियो ।
8 Pa nthawi ya Yehoramu, Edomu anawukira Yuda ndipo anadzisankhira mfumu.
यहोरामको समयमा एदोमले यहूदाको अधीनताको विरोध गर्‍यो, र तिनीहरूले आफ्‍नै राजा स्‍थापित गरे ।
9 Choncho Yehoramu anapita kumeneko pamodzi ndi atsogoleri ake ndi magaleta ake onse. Aedomu anamuzungulira pamodzi ndi atsogoleri ake koma iye ananyamuka ndi kuthawa usiku.
तब यहोराम आफ्‍ना फौज पतिहरू र सबै रथका साथमा एदोमतिर गए । तिनी उठेर एदोमीहरूसँग युद्ध गर्दा रात परेको थियो । एदोमीहरूले तिनी र तिनका रथका फौज पतिहरूलाई घेरेका थिए ।
10 Mpaka lero lino Edomu ndi wowukira ulamuliro wa Yuda. Pa nthawi yomweyi, mzinda wa Libina unawukiranso chifukwa Yehoramu anasiya Yehova, Mulungu wa makolo ake.
यसैले एदोम आजको दिनसम्‍मै यहूदाको अधीनताको विरुद्धमा छ । त्‍यसै बेला लिब्‍नाले पनि तिनको अधीनताको विरुद्धमा विद्रोह गर्‍यो, किनभने यहोरामले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई त्‍यागेका थिए ।
11 Iye anamanganso malo opembedzerapo mafano mʼmapiri a Yuda ndipo anachititsa anthu a mu Yerusalemu kukhala osakhulupirika. Choncho anasocheretsa anthu a ku Yuda.
यसबाहेक यहोरामले यहूदाका पहाडमा अल्‍गा ठाउँहरू पनि बनाएका थिए र तिनले यरूशलेमका बासिन्‍दाहरूलाई वेश्याहरूजस्तै जिउने बनाए र यहूदालाई कुमार्गमा लगाए ।
12 Yehoramu analandira kalata yochokera kwa mneneri Eliya yonena kuti, “Yehova Mulungu wa Davide abambo ako akuti, ‘Iwe sunayende mʼnjira ya Yehosafati abambo ako kapena Asa mfumu ya Yuda.
एलिया अगमवक्ताबाट यहोरामकहाँ एउटा पत्र आयो । त्‍यसमा लेखिएको थियो, “तपाईंका पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘तँ आफ्‍ना बुबा यहोशापात चालमा चलिनस्, न त यहूदाका राजा आसाको चालमा नै चलिस्,
13 Koma wayenda mʼnjira za mafumu a Israeli ndipo watsogolera anthu a ku Yuda ndi Yerusalemu kukhala osakhulupirika, monga linachitira banja la Ahabu. Waphanso abale ako, abale a banja la abambo ako, anthu amene anali abwino kuposa iweyo.
तर आहाबको घरानाले गरेझैं इस्राएलका राजाहरूका चालमा चलेर आहाबको परिवारले गरेजस्तै तैंले यहूदा र यरूशलेमका बासिन्‍दाहरूलाई वेश्‍याहरूजस्तै गर्न लगाइस्, र तैंले तँभन्दा असल तेरा बुबाका परिवारका आफ्‍नै भाइहरू, तँभन्‍दा असल मानिसहरू पनि तैंले मारिस् —
14 Kotero tsono Yehova ali pafupi kukantha anthu ako, ana ako, akazi ako ndi zinthu zako zonse, ndi chilango chachikulu.
हेर्, तेरा मानिसहरू, तेरा छोराछोरी, तेरी पत्‍नीहरू र तेरा सबै धन-सम्‍पत्तिमा परमप्रभुले प्रहार गर्नुहुनेछ ।
15 Ndipo iwe udzadwala nthenda yoopsa yamʼmimba, mpaka nthendayo idzachititsa matumbo ako kutuluka.’”
तँ आफैलाई चाहिं निको नहुने आन्‍द्राको रोग हुनेछ । त्‍यसले गर्दा दिनदिनै तेरा आन्‍द्रा बाहिर निस्‍केर आउनेछन्‌ ।”
16 Yehova anamuutsira Yehoramuyo mkwiyo wa Afilisti ndi Aarabu amene amakhala pafupi ndi Akusi.
परमप्रभुले यहोरामको विरुद्धमा कूशीहरूका नजिकै बस्‍ने पलिश्‍ती र अरबीहरूलाई उक्‍साउनुभयो ।
17 Iwo anathira nkhondo Yuda. Analowanso ndi kutenga katundu yense amene anamupeza mʼnyumba ya mfumu pamodzi ndi ana ake ndi akazi ake. Palibe mwana amene anatsala kupatula mwana wake wamngʼono kwambiri, Ahaziya.
तिनीहरूले यहूदालाई हमला गरेर आक्रमण गरे र राजाको महलमा फेला पारेका सबै धन-सम्‍पत्ति लिएर गए । तिनीहरूले तिनका छोराहरू र पत्‍नीहरू पनि लगे । कान्‍छा छोरा अहज्‍याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन ।
18 Izi zonse zitachitika, Yehova anakantha Yehoramu ndi nthenda yamʼmimba imene inali yosachiritsika.
यी सबै भएपछि परमप्रभुले यहोरामलाई निको नहुने रोगले आन्‍द्रामा प्रहार गर्नुभयो ।
19 Patapita nthawi, kumapeto kwa chaka chachiwiri, matumbo ake anatuluka chifukwa cha nthendayo, ndipo anafa imfa yopweteka kwambiri. Anthu ake sanasonkhe moto kumuchitira ulemu, monga anachitira ndi makolo ake.
त्‍यस रोगले तिनलाई केही समयसम्‍म सताइरह्यो । अनि दोस्रो वर्षको अन्‍तमा त्‍यही रोगले तिनका आन्‍द्रा बाहिर निस्‍के, र तिनी गम्भीर रोगले मरे । तिनको सम्‍मान गर्नलाई तिनका मानिसहरूले आगो बालेनन्, जस्‍तो तिनीहरूले तिनका पुर्खाहरूका निम्‍ति गरेका थिए ।
20 Yehoramu anali wa zaka 32 pamene anakhala mfumu. Iyeyo analamulira mu Yerusalemu zaka zisanu ndi zitatu. Ndipo anamwalira popanda odandawula, nayikidwa mʼmanda mu mzinda wa Davide, koma osati mʼmanda a mafumu.
तिनी बत्तिस वर्षको हुँदा तिनले राज्य गर्न सुरु गरेका थिए । तिनले यरूशलेममा आठ वर्ष राज्य गरे, र तिनी मर्दा कसैले पनि शोक गरेन । तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे, तर राजाहरूका चिहानमा होइन ।

< 2 Mbiri 21 >