< 1 Mbiri 7 >

1 Ana a Isakara anali awa: Tola, Puwa, Yasubu ndi Simironi ndipo onse analipo anayi.
इस्‍साखारका चार छोराहरू तोला, पूवा, याशूब र शिम्रोन थिए ।
2 Ana a Tola ndi awa: Uzi, Refaya, Yerieli, Yahimai, Ibisamu ndi Samueli. Awa anali atsogoleri a mabanja awo. Pa nthawi ya ulamuliro wa Davide zidzukulu za Tola zomwe zinali anthu odziwa kumenya nkhondo zinalipo 22,600.
तोलाका छोराहरू उज्‍जी, रपायाह, यरीएल, यहमै, यिब्‍साम र शमूएल थिए । तोलाका सन्तानबाट तिनीहरू आ-आफ्ना पिताहरूका घरानाहरूका मुखियाहरू थिए, र आफ्ना पुस्ताका बिचमा तिनीहरू शक्तिशाली योद्धाहरूका रूपमा सूचीकृत थिए । दाऊदको समयमा तिनीहरूको संख्‍या २२,६०० थियो ।
3 Mwana wa Uzi anali Izirahiya. Ana a Izirahiya anali: Mikayeli, Obadiya, Yoweli ndi Isiya. Onse asanu anali atsogoleri a mabanja.
उज्‍जीका छोरा यिज्‍यहि थिए । यिज्‍यहिका छोराहरू मिखाएल, ओबदिया, योएल र यिश्‍याह थिए । यी पाँच जना सबै वंशका मुखियाहरू थिए ।
4 Monga mwa chiwerengero cha mabanja awo, panali anthu 36,000 odziwa kumenya nkhondo, pakuti iwo anali ndi akazi ndi ana ambiri.
तिनीहरूका साथै तिनीहरूसँग पुर्खाका वंशअनुसार युद्ध गर्नलाई छत्तिस हजार योद्धाहरू थिए, किनकी तिनीहरूका धेरै पत्‍नीहरू र छोराहरू थिए ।
5 Abale awo onse a mʼbanja la Isakara amene anali odziwa kumenya nkhondo analipo 87,000, olembedwa potsata mibado yawo.
इस्‍साखारका सबै वंशबाट तिनीहरूका आफन्तहरू योद्धाहरू थिए र तिनीहरूका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका सङ्‍ख्‍या जम्‍मा सतासी हजार योद्धा थिए ।
6 Ana atatu a Benjamini anali awa: Bela, Bekeri ndi Yediaeli.
बेन्‍यामीनका तिन जना छोराहरू बेला, बेकेर र येदीएल थिए ।
7 Ana a Bela anali awa: Eziboni, Uzi, Uzieli, Yerimoti ndi Iri. Iwowa anali atsogoleri a mabanja awo ndipo onse pamodzi analipo asanu. Pa mndandanda wa mʼbado wawo panali anthu 22,034 odziwa kumenya nkhondo.
बेलाका पाँच छोराहरू यसम्‍बोन, उज्‍जी, उज्‍जीएल, यरीमोत र ईरी थिए । तिनीहरू सिपाहीहरू र आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू थिए । तिनीहरूका पुर्खाका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका योद्धाहरूको संख्‍या २२,०३४ थियो ।
8 Ana a Bekeri anali awa: Zemira, Yowasi, Eliezara, Eliyoenai, Omiri, Yeremoti, Abiya, Anatoti ndi Alemeti. Onsewa anali ana a Bekeri.
बेकेरका छोराहरू जमीरा, योआश, एलीएजर, एल्‍योएनै, ओम्री, यरेमोत, अबिया, अनातोत र आलेमेत थिए । यी सबै तिनका छोराहरू थिए ।
9 Pa mndandanda wa mʼbado wawo panali atsogoleri a mabanja ndi anthu 20,200 odziwa kumenya nkhondo.
तिनीहरूका पुर्खाका घरानाहरूका मुखियाहरूको वंशहरू र योद्धाहरू सङ्‍ख्‍या २०,२०० र थिए ।
10 Mwana wa Yediaeli anali Bilihani. Ana a Bilihani anali awa: Yeusi, Benjamini, Ehudi, Kenaana, Zetani, Tarisisi ndi Ahisahara.
येदीएलका छोरा बिल्‍हान थिए । बिल्‍हानका छोराहरू येऊश, बेन्‍यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर थिए ।
11 Ana onsewa a Yediaeli anali atsogoleri a mabanja. Analipo anthu 17,200 amene anali okonzeka kupita ku nkhondo.
यी सबै येदीएलका छोराहरू थिए । तिनीहरूको वंशको सूचीमा १७,२०० घरानाका मुखियाहरू र सैनिक सेवाको निम्ति योद्धाहरू थिए ।
12 Asupi ndi Ahupi anali zidzukulu za Iri, ndipo Ahusimu anali zidzukulu za Aheri.
(शुप्‍पीहरू र हुप्‍पीहरू इरका छोराहरू थिए, र हुशीहरू अहेरका छोराहरू थिए ।)
13 Ana a Nafutali anali awa: Yahazieli, Guni, Yezeri ndi Salumu, zidzukulu za Biliha.
नप्‍तालीका छोराहरू यहसेल, गुनी, येसेर र शिल्‍लेम थिए । यी बिल्‍हाका नातिहरू थिए ।
14 Ana a Manase anali awa: Asirieli ndi mwana amene anabereka kwa mzikazi wake wa ku Aramu. Mzikazi yemweyo anaberekanso Makiri abambo ake a Giliyadi.
मनश्‍शेका अस्रीएल नाम गरेका छोरा थिए, जसलाई अरामी उपपत्‍नीले जन्माएकी थिइन् । तिनले पनि गिलादका पिता माकीरलाई जन्‍माइन्‌ ।
15 Makiri anatenga mkazi wa banja la Ahupi ndi Asupi. Mlongo wake anali Maaka. Mwana wake wina anali Zelofehadi, amene anabereka ana aakazi okhaokha.
माकीरले हुप्‍पीहरू र शुप्‍पीहरूबाट एउटी पत्‍नी ल्याए । माकीरकी बहिनीको नाउँ माका थियो । मनश्शेका अर्का सन्तानको नाउँ सलोफाद थियो, जसका छोरीहरू मात्र थिए ।
16 Maaka mkazi wa Makiri anabereka mwana wamwamuna ndipo anamutcha Perezi. Mʼbale wake anamutcha Seresi, ndipo ana ake anali Ulamu ndi Rakemu.
माकीरकी पत्‍नी माकाले एउटा छोरो जन्माइन् र तिनको नाउँ तिनले पेरेश राखिन्‌ । तिनका भाइको नाउँ शेरेश थियो, र तिनका छोराहरू ऊलाम र राकेम थिए ।
17 Mwana wa Ulamu anali Bedani. Awa anali ana a Giliyadi mwana wa Makiri, mwana wa Manase.
ऊलामका छोरा बदान थिए । मनश्‍शेका नाति माकीरका छोरा गिलादका सन्‍तानहरू यी नै थिए ।
18 Mlongo wake Hamoleketi anabereka Isihodi, Abiezeri ndi Mahila.
गिलादकी बहिनी हम्‍मोलेकेतले ईशोद, अबीएजेर र महलाल लाई जन्माइन् ।
19 Ana a Semida anali: Ahiyani, Sekemu, Likihi ndi Aniyamu.
शमीदाका छोराहरू अहियन, शकेम, लिखी र अनीआम थिए ।
20 Ana a Efereimu anali awa: Sutela, Beredi, Tahati, Eliada, Tahati,
एफ्राइमका सन्तानहरू यसप्रकार थिएः एफ्राइमका छोरा शूतेहल थिए । शूतेहलका छोरा बेरेद थिए । बेरेदका छोरा तहत थिए । तहतका छोरा एलादा थिए । एलदका छोरा छोरा तहत थिए ।
21 Zabadi, Sutela. Ezeri ndi Eladi anaphedwa ndi anthu a ku Gati, pamene anabwera kudzalanda zoweta zawo.
तहतका छोरा जाबाद थिए । जाबादका छोरा शूतेहल थिए । (एसेर र एलादलाई चाहिं गातका मनिसहरूका गाईबस्‍तु लुट्न जाँदा त्‍यहाँका आदिवासीले मारे ।)
22 Efereimu, abambo awo, anawalira masiku ambiri, ndipo abale ake anabwera kudzamutonthoza.
तिनीहरूका पिता एफ्राइमले तिनीहरूको निम्ति धेरै दिनसम्म शोक गरे, र तिनका दाजुभाइ तिनलाई सान्त्वना दिन आए ।
23 Kenaka anagona ndi mkazi wake, ndipo anakhala woyembekezera nabala mwana wamwamuna. Anamutcha dzina lake Beriya, chifukwa tsoka linagwera banja lake.
तिनले आफ्‍नी पत्‍नीसित सहवास गरे । तिनी गर्भवती भइन्‌ र एउटा छोरा जन्‍माइन्‌ । त्‍यसको नाउँ एफ्राइमले बरीआ राखे, किनभने तिनको परिवारमा दुःख आएको थियो ।
24 Mwana wake wamkazi anali Seera, amene anamanga mzinda wa Beti-Horoni Wakumunsi, Wakumtunda kudzanso Uzeni-Seera.
तिनकी छोरी शेराह थिइन्, जसले तल्‍लो र माथिल्‍लो बेथ-होरोन अनि उज्‍जेन-शेराह बनाइन्‌ ।
25 Mwana wina wa Efereimu anali Refa amene zidzukulu zake zinali Resefu, Tela, Tahani,
तिनका छोरा रपाह थिए । रपाहका छोरा रेशेप थिए । रेपेशका छोरा तेलह थिए । तेलहका छोरा तहन थिए ।
26 Ladani, Amihudi, Elisama,
तहनका छोरा लादान थिए । लादानका छोरा अम्‍मीहूद थिए । अम्मीहूदका छोरा एलीशामा थिए ।
27 Nuni ndi Yoswa.
एलीशामाका छोरा नून थिए । नूनका छोरा यहोशू थिए ।
28 Malo amene ankakhala anali Beteli ndi midzi yozungulira, cha kummawa kunali Naarani, Gezeri ndi midzi yake ya kumadzulo ndi Sekemu ndi midzi yake mpaka ku Aya ndi midzi yake.
तिनीहरूका सम्पत्ति र बसोबास गरेका ठाउँहरू बेथेल र त्‍यसका वरिपरीका गाउँहरू थिए । तिनीहरू पूर्वमा नारान, पश्‍चिममा गेजेर र त्‍यसका बस्‍तीहरू, र शकेम र त्‍यसका बस्‍तीहरू अय्‍याह र त्‍यसका बस्‍तीहरूसम्‍म फैलिए ।
29 Mʼmbali mwa malire a Manase munali Beti-Seani, Taanaki, Megido ndi Dori, pamodzi ndi midzi yake. Zidzukulu za Yosefe mwana wa Israeli zimakhala mʼmizinda imeneyi.
मनश्‍शेको सिमानामा बेथ-शान र त्‍यसका गाउँहरू, तानाक र त्‍यसका गाउँहरू, मगिछो र त्‍यसका गाउँहरू र दोर र त्‍यसका गाउँहरू थिए । यी नगरहरूमा इस्राएलका छोरा योसेफका सन्‍तानहरू बसोबास गरे ।
30 Ana a Aseri anali awa: Imuna, Isiva, Isivi ndi Beriya. Mlongo wawo anali Sera.
आशेरका छोराहरू यिम्‍ना, यिश्‍वा, यिश्‍वी र बरीआ थिए । तिनीहरूकी बहिनी सेरह थिइन्‌ ।
31 Ana a Beriya anali awa: Heberi ndi Malikieli amene anabereka Birizaiti.
बरीआका छोराहरू हेबेर र बिर्जेतका पिता मल्‍कीएल थिए ।
32 Heberi anabereka Yafuleti, Someri, Hotamu ndi Suwa, mlongo wawo.
हेबेरका छोराहरू यप्‍लेत, शोमेर र होताम थिए । तिनीहरूकी बहिनी शूअ थिइन् ।
33 Ana a Yafuleti anali awa: Pasaki, Bimuhali ndi Asivati. Awa anali ana a Yafuleti.
यप्‍लेतका छोराहरू पासक, बिम्‍हाल र अश्‍वात थिए । यिनीहरू यप्लेतका सन्तान थिए ।
34 Ana a Someri anali awa: Ahi, Rohiga, Yehuba ndi Aramu.
यप्लेतका भाइ शोमेरका छोराहरू अही, रोहगा, हूब्‍बा र अराम थिए ।
35 Ana a mʼbale wake Helemu anali awa: Zofa, Imuna, Selesi ndi Amali.
शोमेरका भाइ हेलेमका छोराहरू सोपह, यिम्‍न, शेलेश र आमाल थिए ।
36 Ana a Zofa anali awa: Suwa, Harineferi, Suwali, Beri, Imula,
सोपहका छोराहरू सूह, हर्नेपेर, शूआल, बरी, यिम्राह,
37 Bezeri, Hodi, Sama, Silisa, Itirani ndi Bera.
बेसेर, होद, शामा, शिल्‍शा, यित्रान र बीरा थिए ।
38 Ana a Yeteri anali awa: Yefune, Pisipa ndi Ara.
येतेरका छोराहरू यपुन्‍ने, पिस्‍पा र अरा थिए ।
39 Ana a Ula anali awa: Ara, Hanieli ndi Riziya.
उल्‍लाका छोराहरू आरा, हन्‍नीएल र रिसिया थिए ।
40 Onsewa anali zidzukulu za Aseri, atsogoleri a mabanja, anthu omveka, ankhondo olimba mtima, ndi akuluakulu pakati pa atsogoleri anzawo. Chiwerengero cha anthu odziwa kumenya nkhondo chomwe chinalembedwa chinali 26,000.
यी सबै आशेरका सन्‍तानहरू थिए । तिनीहरू वंश पुर्खाहरू, पिताका घरानाहरूका मुखियाहरू, विशिष्‍ट मानिसहरू, योद्धाहरू, र अगुवाहरूका मुखिया थिए । तिनीहरूको वंशावलीको सूचीअनुसार सेनाको लागि योग्य मानिसहरूको संख्‍या छबिस हजार थियो ।

< 1 Mbiri 7 >