< 1 Mbiri 16 >

1 Iwo anabwera nalo Bokosi la Mulungu ndipo analiyika pamalo pake mʼkati mwa tenti imene Davide anayimika ndipo iwo anapereka nsembe zopsereza ndi nsembe zachiyanjano pamaso pa Mulungu.
तिनीहरूले परमेश्‍वरको सन्‍दूक ल्‍याए, अनि त्‍यसको निम्‍ति दाऊदले टाँगेको पालभित्र बिचमा राखे । तब तिनीहरूले परमेश्‍वरको सामु होमबलि र मेलबलि चढाए ।
2 Davide atatsiriza kupereka nsembe zopsereza ndi nsembe zachiyanjano, iye anadalitsa anthu mʼdzina la Yehova.
दाऊदले होमबल र मेलबलि चढाइसकेपछि, तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए ।
3 Kenaka anagawira Mwisraeli aliyense, wamwamuna ndi wamkazi, aliyense buledi mmodzi, nthuli yanyama ndiponso keke yamphesa zowuma.
तिनले हरेक इस्राएली, पुरुष र स्‍त्री दुबैलाई एउटा रोटी, एक टुक्रा मासु र किसमिसको केक खान दिए ।
4 Iye anasankha Alevi ena kuti azitumikira pamene panali Bokosi la Yehova, kuti azipemphera, azithokoza ndi kulemekeza Yehova Mulungu wa Israeli.
परमप्रभुका सन्‍दूकअघि सेवा गर्न, र परमप्रभु इस्राएलका परमेश्‍वरको उत्‍सव मनाउन, धन्‍यवाद चढाउन र प्रशंसा गर्न दाऊदले केही लेवीहरूलाई नियुक्त गरे ।
5 Mtsogoleri wawo anali Asafu, wachiwiri anali Zekariya, kenaka Yeiyeli, Semiramoti, Yehieli, Matitiya, Eliabu, Benaya, Obedi-Edomu ndi Yeiyeli. Iwo amayimba azeze ndi apangwe, Asafu amayimba ziwaya za malipenga,
ती लेवीहरू अगुवा आसाप, तिनीपछि दोस्रा जकरिया, यीएल, शमीरामोत, यहीएल, मत्तित्‍याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए । तिनीहरूले सारङ्गी र वीणा बजाउँथे । आसापले चाहिं ठुलो स्वरमा झ्‍याली बजाउनुपर्थ्यो ।
6 ndipo ansembe Benaya ndi Yahazieli amawomba malipenga nthawi zonse pamaso pa Bokosi la Chipangano la Mulungu.
बनायाह र यहासेल पुजारीहरूले परमेश्‍वरका करारको सन्‍दूकको अगि निरन्‍तर रूपमा तुरही बजाउनुपर्थ्यो ।
7 Tsiku limeneli Davide anayamba nʼkusankha Asafu ndi anzake kuti ndiwo apereke nyimbo iyi ya matamando kwa Yehova:
तब त्‍यस दिन दाऊदले पहिलो पल्‍ट आसाप र तिनका दाजुभाइलाई परमप्रभुको निम्‍ति धन्‍यवादको यो गीत गाउनलाई नियुक्त गरे ।
8 Yamikani Yehova, itanani dzina lake; lalikani za ntchito zake pakati pa mitundu ya anthu.
परमप्रभुलाई धन्‍यवाद चढाओ, उहाँका नाउँको पुकारा गर, जातिहरूका बीचमा उहाँका कार्यहरू प्रचार गर ।
9 Imbirani Iye, muyimbireni nyimbo zamatamando; nenani za ntchito zake zonse zodabwitsa.
उहाँको निम्‍ति गाओ, उहाँको स्‍तुति गाओ, उहाँका सबै अचम्मका कार्यहरूको बयान गर ।
10 Nyadirani dzina lake loyera; ikondwere mitima ya iwo akufunafuna Yehova.
उहाँको पवित्र नाउँमा गौरव गर । परमप्रभुको खोजी गर्नेहरूको हृदय आनन्‍दित होस्‌ ।
11 Dalirani Yehova ndi mphamvu zake; funafunani nkhope yake nthawi zonse.
परमप्रभु र उहाँका शक्तिको खोजी गर । निरन्‍तर उहाँको उपस्‍थिति खोज ।
12 Kumbukirani ntchito zodabwitsa wazichita, zozizwitsa zake, ndi kuweruza kwa mʼkamwa mwake,
उहाँले गर्नुभएका अचम्‍मका कामहरू, उहाँका आश्‍चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्‍मरण गर,
13 inu zidzukulu za Israeli mtumiki wake, inu ana a Yakobo, osankhidwa ake.
ए उहाँका दास इस्राएलका सन्तान हो, ए याकूबका मानिसहरू, उहाँका चुनिएकाहरू हो ।
14 Iye ndiye Yehova Mulungu wathu; chiweruzo chake chili pa dziko lonse lapansi.
उहाँ परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, समस्‍त पृथ्‍वीमा उहाँका फैसलाहरू रहन्‍छन्‌ ।
15 Iye amakumbukira pangano lake nthawi zonse, mawu amene Iye analamula, kwa mibado miyandamiyanda,
आफ्‍नो करारलाई उहाँले सदासर्वदा स्‍मरण गर्नुहुन्‍छ, हजार पुस्‍तालाई उहाँले आज्ञा गर्नभएका वचन सम्‍झनुहुन्‍छ।
16 pangano limene anachita ndi Abrahamu, lonjezo limene analumbira kwa Isake.
उहाँले अब्राहामसित बाँध्‍नुभएको करार र इसहाकसँग गर्नुभएको प्रतिज्ञा सम्झनुहुन्छ ।
17 Iye analitsimikiza kwa Yakobo monga lamulo, kwa Israeli monga pangano lamuyaya.
यस कुरालाई उहाँले आदेशको रूपमा याकूबसित, र इस्राएलसँग अनन्‍त करारको रूपमा पुष्‍टि गर्नुभयो ।
18 “Kwa iwe, ine ndidzapereka dziko la Kanaani monga cholowa chimene udzachilandira.”
उहाँले भन्‍नुभयो “तेरो उत्तराधिकारको तेरो अंशको रूपमा, तँलाई म कनान देश दिनेछु ।”
19 Ali anthu owerengeka, ochepa ndithu, komanso alendo mʼdzikomo,
तिनीहरू थोरै सङ्ख्यामा मात्र हुँदा, साह्रै थोरै हुँदा र तिनीहरू त्‍यो देशमा विदेशीहरू थिए,
20 iwo anayendayenda kuchoka ku mtundu wina kupita ku mtundu wina, ku ufumu wina kupita ku ufumu wina.
तिनीहरू एक जातिबाट अर्को जातिमा, र एक राज्‍यबाट अर्को राज्‍यमा फिरन्‍ता भए ।
21 Iye sanalole munthu aliyense kuti awapondereze; chifukwa cha iwo, Iye anadzudzula mafumu:
उहाँले कसैलाई पनि तिनीहरूमाथि अत्‍याचार गर्न दिनुभएन । तिनीहरूका खातिर उहाँले राजाहरूलाई दण्ड दिनुभयो ।
22 “Musakhudze odzozedwa anga; musawachitire choyipa aneneri anga.”
उहाँले भन्‍नुभयो, “मेरा अभिषिक्त जनहरूलाई नछोओ, र मेरा अगमवक्ताहरूलाई केही हानि नगर ।”
23 Imbirani Yehova, dziko lonse lapansi; lalikani za chipulumutso chake tsiku ndi tsiku.
हे सारा पृथ्‍वी, परमप्रभुको निम्‍ति गाओ, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर ।
24 Lengezani za ulemerero wake kwa mitundu yonse, ntchito zake zonse zodabwitsa kwa anthu onse.
जातिहरूका बिचमा उहाँका महिमाको घोषणा गर, सारा जातिहरूका बिचमा उहाँका अचम्‍मका कामहरूको वर्णन गर ।
25 Pakuti Yehova ndi wamkulu ndi woyenera kwambiri kumutamanda; Iyeyo ayenera kuopedwa kuposa milungu yonse.
किनकि परमप्रभु महान्‌ हुनुहुन्‍छ, र उच्‍च प्रशंसा हुनुपर्छ, र सारा देवताहरूभन्‍दा बढी उहाँकै भय राखिनुपर्छ ।
26 Pakuti milungu yonse ya anthu a mitundu ina ndi mafano wopanda pake, koma Yehova analenga kumwamba.
किनकि जातिहरूका सबै देवताहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त आकाशको सृष्‍टि गर्नुभयो ।
27 Ulemerero ndi ufumu zili pamaso pake; mphamvu ndi chimwemwe zili pa malo pokhala Iye.
उहाँको उपस्‍थितिमा प्रताप र गौरव छन्, उहाँको वासस्‍थानमा शक्ति र महिमा छन्‌ ।
28 Perekani kwa Yehova, Inu mabanja a anthu a mitundu ina, perekani kwa Yehova ulemerero ndi mphamvu,
मानिसहरूका वंश हो, परमप्रभुलाई प्रशंसा चढाओ, परमप्रभुलाई महिमा र शक्ति चढाओ ।
29 perekani kwa Yehova ulemerero woyenera dzina lake. Bweretsani chopereka ndipo mufike pamaso pake; pembedzani Yehova mu ulemerero wachiyero chake.
परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढाओ । भेटी ल्‍याओ र उहाँको सामु आओ । पवित्रताको वैभवमा परमप्रभुलाई दण्‍डवत्‌ गर ।
30 Njenjemerani pamaso pake, dziko lonse lapansi! Dziko linakhazikika kolimba; silingasunthidwe.
हे सारा पृथ्‍वी, उहाँको सामु थरथरी हो । संसार पनि स्थापित भएको छ । यसलाई हल्‍लाउन सकिंदैन ।
31 Zakumwamba zisangalale, dziko lapansi likondwere; anene anthu a mitundu ina, “Yehova ndi mfumu!”
स्‍वर्ग आनन्‍दित होस्, र पृथ्‍वी रमाओस् । तिनले जातिहरूका बीचमा भनून्, “परमप्रभु नै राज्‍य गर्नुहुन्‍छ ।”
32 Nyanja ikokome, ndi zonse zili mʼmenemo; minda ikondwere, ndi zonse zili mʼmenemo!
समुद्र गर्जियोस् र तिनमा भरिएका सबै थोकले हर्षनाद गरून्‌ । जमिन र त्‍यसमा भएका सबै कुरा उल्‍लसित होऊन्‌ ।
33 Ndipo mitengo ya mʼnkhalango idzayimba, idzayimba chifukwa cha chimwemwe pamaso pa Yehova, pakuti akubwera kudzaweruza dziko lapansi.
अनि जङ्गलमा भएका रूखहरू परमप्रभुको सम्मुख आनन्दले गाउन्, किनकि उहाँ पृथ्‍वीको न्‍याय गर्न आउँदै हुनुहुन्छ ।
34 Yamikani Yehova, pakuti Iye ndi wabwino; chikondi chake chikhala mpaka muyaya.
परमप्रभुलाई धन्‍यवाद देओ, किनकि उहाँ असल हुनुहुन्‍छ, किनकि उहाँको करारको विश्‍वस्‍तताको सदासर्वदा रहन्‍छ ।
35 Fuwulani kuti, “Tipulumutseni, Inu Mulungu wa chipulumutso chathu, mutisonkhanitse ndipo mutipulumutse kwa anthu a mitundu ina, kuti tiyamike dzina lanu loyera, kuti tikutamandeni.”
तब यसो भन, “हे हाम्रा उद्धारका परमेश्‍वर, हामीलाई बचाउनुहोस्‌ । हामीलाई एकसाथ भेला गर्नुहोस्, र अरू जातिहरूबाट छुटकारा हामीलाई दिनुहोस्, ताकि हामी तपाईंको पवित्र नाउँलाई धन्‍यवाद दिन, र तपाईंको प्रशंसामा महिमा दिन सकौं ।”
36 Atamandike Yehova Mulungu wa Israeli, kuyambira muyaya mpaka muyaya. Ndipo anthu onse anati, “Ameni” ndipo “Tikutamandani Yehova.”
परमप्रभु इस्राएलका परमेश्‍वरको, सदासर्वदै प्रशंसा होस्‌ । सबै मानिसहरूले “आमेन” भने र परमप्रभुको स्‍तुति गरे ।”
37 Ndipo Davide anasiya Asafu pamodzi ndi anzake kumene kunali Bokosi la Chipangano la Yehova kuti azitumikira kumeneko nthawi zonse, monga mwa zoyenera kuchita pa tsiku lililonse.
यसैले दाऊदले दिन-दिनको आवश्‍यक काम निरन्‍तर रूपमा गर्न त्‍यहाँ परमप्रभुका करारको सन्‍दूकको सामु आसाप र तिनका दाजुभाइलाई राखे ।
38 Iye anasiyanso Obedi-Edomu pamodzi ndi anzake 68 kuti azitumikira nawo pamodzi. Obedi-Edomu mwana wa Yedutuni ndi Hosa anali alonda a pa chipata.
ओबेद-एदोम र तिनका अठसट्ठी जना आफन्तहरू पनि समावेश गरिएका थिए । यदूदूनका छोरा ओबेद-एदोम र होसा द्वारपालहरू भए ।
39 Davide anasiya wansembe Zadoki ndi ansembe anzake ku chihema cha Yehova ku malo achipembedzo ku Gibiyoni
सादोक पुजारी र तिनका मित्र पुजारीहरूलर गिबोन डाँडामा भएको परमप्रभुको पवित्र वासस्‍थानको सामु सेवा गर्नुपर्थ्‍यो ।
40 kuti azipereka nsembe zopsereza kwa Yehova pa guwa lansembe nthawi zonse mmawa ndi madzulo, potsata zonse zimene zinalembedwa mʼbuku la malamulo a Yehova, amene anawapereka kwa Aisraeli.
परमप्रभुको व्‍यवस्‍थामा लेखिएका सबै कुराबमोजिम तिनीहरूले बिहान र बेलुकी निरन्‍तर रूपमा परमप्रभुको निम्‍ति वेदीमा होमबलि चढाउनुपर्थ्यो । यो कुरा उहाँले इस्राएललाई आज्ञाको रूपमा दिनुभयो ।
41 Anthuwo anali pamodzi ndi Hemani ndi Yedutuni ndi onse amene anawasankha mowatchula dzina kuti apereke mayamiko kwa Yehova, “pakuti chikondi chake ndi chosatha.”
तिनीहरूसँगै हेमान र यदूतून र नाउँ लिएर चुनिएका मानिसहरू परमप्रभुलाई धन्‍यवाद चढाउन खटाइए, किनभने उहाँ करार विश्‍वस्‍तता सदासर्वदै रहिरहन्‍छ ।
42 Hemani ndi Yedutuni anali oyangʼanira malipenga ndi ziwaya ndiponso zipangizo zina zoyimbira nyimbo zachipembedzo. Ana a Yedutuni anawayika kuti aziyangʼanira pa chipata.
पवित्र भजनको निम्‍ति तुरहीहरू र झ्‍यालीहरू र अरू बाजाहरू बजाउनेका निरीक्षक हेमान र यदूतून थिए । यदूतूनका छोराहरूले मूल ढोकाको रेखदेख गर्थे ।
43 Kenaka anthu onse anachoka, aliyense kupita kwawo. Ndipo Davide anabwerera ku nyumba kwake kukadalitsa banja lake.
तब सबै मानिसहरू आ-आफ्‍नो घर फर्के, र दाऊदचाहिं आफ्‍नो परिवारलाई आशीर्वाद दिन गए ।

< 1 Mbiri 16 >