< Titus 2 >
1 I wu u ka hla njaaji ilan.
तिमीले जे खाँटी शिक्षासित सुहाउँदो छ, त्यही शिक्षाहरू सिकाउनू।
2 Gbi bi ciche lila du mba hi he vutu bey vu sunro be toh jaji ni mi kpakyeme ni itere u Irji.
वृद्ध मानिसहरूलाई संयमी, आदरका योग्य, आफूलाई अधीनमा राख्न सक्ने, र विश्वासमा, प्रेममा र धीरजमा पक्का हुन सिकाउनू।
3 Na ki imba be niko be ka vutu bi bana be tere totona du bana so ima u tehuwa na.
त्यसरी नै वृद्ध स्त्रीहरूलाई जीवनका चालहरूमा आदरणीय, निन्दा नगर्ने, मद्यपान नगर्ने, बरु तिनीहरूले अरूहरूलाई असल कुराहरू सिकाउने होऊन्।
4 Du ba tsoro imba be tsitsama itere sunko wa balilo.
तब तिनीहरूले तरुणी स्त्रीहरूलाई तिनीहरूका पतिहरू र छोराछोरीहरूलाई प्रेम गर्न,
5 Du mba hi be mlaya mba komba bata tee naki itere Irji a ni bi kerekereme.
आत्मसंयमी र शुद्ध हुन, घरमा व्यस्त रहन, दयालु हुन र आ-आफ्ना पतिहरूका अधीनमा बस्न सिकाऊन्, ताकि कसैले पनि परमेश्वरको वचनको निन्दा गर्न नपाओस्।
6 Na ki u ka hla imirize du mba hey be sisuron.
त्यसरी नै जवान मानिसहरूलाई पनि आत्मसंयमी हुन उत्साह देऊ।
7 Ko ni konrime u ka zeren dedeme.
जे असल छ, सो गरेर हरेक कुरामा तिनीहरूलाई उदाहरण देखाइदेऊ। तिम्रो शिक्षामा इमानदारीता, गम्भीरता देखाऊ।
8 Hla tere be dedema. bewa bana toh itere Irji na Ishan ka temba.
सत्य सिकाऊ, ताकि तिम्रो शिक्षाको खण्डन गर्न नसकियोस्, र हाम्रो विरुद्धमा खराबी बोल्ने कुरा केही नभएकोले हाम्रा विरोधीहरू शर्ममा परून्।
9 I miri ko mba wo tere ni tei komba ni mi kogeh mba na sunyu ni mbana.
सेवकहरूलाई सिकाऊ, हरेक कुरामा तिनीहरू आ-आफ्ना मालिकहरूका अधीनमा बसून्; तिनीहरूलाई प्रसन्न राख्न प्रयास गरून्, र जवाफ नफर्काऊन्।
10 Du ba na tee yibi na. Mba ka ji kpakyeme U Irji gbahgbah me.
तिनीहरूले नचोरून्, तर तिनीहरूमाथि विश्वास गर्न सकिन्छ भनी देखाऊन्। तिनीहरूले हरेक कुरामा हाम्रा परमेश्वर मुक्तिदाताको शिक्षालाई शोभा बढाऊन्।
11 U imiri Irji ba toh didima wawumba.
किनकि सबै मानिसहरूका उद्धारको लागि परमेश्वरले आफ्नो अनुग्रह प्रकट गर्नुभएको छ।
12 Ani hla du keh ka memetee u gbu gblu tagah. (aiōn )
यो अनुग्रहले हामीलाई भक्तिहीनता र सांसारिक अभिलाषाहरूलाई अस्वीकार गर्न तथा वर्तमान समयमा आत्मसंयम, निर्दोष र भक्तिपूर्ण जीवन जिउन सिकाउँछ; (aiōn )
13 Keh ta zere di ta gbey tee lulu ni ze sunro u ye ivere Irji tee bu.
जब हामी त्यो धन्यको आशा अर्थात् हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमाको आगमनको प्रतीक्षा गर्दछौँ,
14 Yesu a kpa hla tere u bu ni gbu gblu da ikheu ubu wawu. na ki khi ka hu hla terema.
जसले हामीलाई हरेक दुष्टताबाट मोल तिरेर उद्धार गर्नलाई र सुकर्ममा जोशिलो भएको आफ्नै निम्ति एक विशेष जातिलाई शुद्ध पार्न आफ्नो प्राण दिनुभयो।
15 U ka tere ni gbe gble de tshoro ba jaji ndah na kpa u tsirina.
यसकारण यी कुराहरू तिमीले विश्वासीहरूलाई उत्साहकासाथ सिकाउनैपर्छ। सम्पूर्ण अधिकारसहित तिनीहरूलाई अर्ती देऊ र हप्काऊ, कसैले तिमीलाई अवहेलना नगरोस्।