< Romawa 3 >
1 Ahi ngye ha fifikon wa Bayahude he niwu? Naki ahi ngye hi mah yo gji?
त्यसो भए यहूदीलाई के फाइदा छ त? अनि खतनाको के फाइदा छ त?
2 Akwai muhimanci ba ninkon bari. Ni mumla de ana Yahudawa irji bu tre ni bawu.
यो हरतरहले महान् छ । सर्वप्रथम त परमेश्वरको प्रकाश यहूदीलाई सुम्पिएको थियो ।
3 Inde mbru Yahudawa bana kpanyime ni njanji na fa? Wa ba na kpa njani na ani zu ndindi ndu Irji?
किनकि केही यहूदीहरू विनाविश्वासका भए भन्दैमा के भयो त? के तिनीहरूको अविश्वासले परमेश्वरको विश्वासयोग्यतालाई अमान्य तुल्याउँछ र?
4 Ana he naki ma na, maimako naki, Irji ka kma ti u njanji, na ndji ba wawu ba bi tiche, na ndji ba han hla don duba tsro ndi wu u ndindi ni mi tre me la wu kpaka ni toh wa banji u hi ni shishi tron.
कहिल्यै यस्तो नहोस् । यसको सट्टा, सबै मानिस झुटा ठहरिए तापनि परमेश्वर नै सत्य भेट्टाइनुभएको होस् । यस्तो लेखिएको छ, “तपाईंलाई आफ्ना वचनहरूमा धर्मी देखाइयोस्, अनि न्यायको दिनमा आउनुहुँदा तपाईं विजय हुनसक्नुभएको होस् ।”
5 Ama inde meme bu a tsro ndindi Irji, naki ki tre ngye? ki ya tre ndi Irji hi meme nda nji nfu ma ni tu mbu? (Misi ti ni sen nyu u ndji).
तर यदि हाम्रो अधार्मिकताले परमेश्वरको धार्मिकतालाई देखाउँछ भने हामी के भन्न सक्छौ र? परमेश्वरले उहाँको क्रोध प्रकट गर्नुहुँदा उहाँ अधर्मी ठहरिनुहुन्न, के अधर्मी ठहरिनुहुन्छ त? म मानवीय तर्कअनुसार बोलिरहेको छु ।
6 Ana taba he naki na. Naki Irji ni tron gbugbu'a ni he?
कहिल्यै यस्तो नहोस्! किनकि त्यसो भए त परमेश्वरले कसरी संसारको न्याय गर्नुहुन्छ?
7 Inde njanji u Irji ni ti gbugbu ce mu ani kara ninkon ni nyu'u, angye sa mi hai ni tron na'u lah tre?
तर यदि मेरो झुटद्वारा परमेश्वरको सत्यताले उहाँको निम्ति प्रशस्त प्रशंसा प्रदान गर्छ भने मलाई अझ पनि किन पापीको रूपमा न्याय गरिन्छ त?
8 Angye sa kina tre, ki yba shishi, ndi tre, bari ba krie nda tre, du ta tie meme, ndi du ndindi ye? Hukunci ba a ndindima.
किन नभनौँ, जसरी हामीलाई झुटो रूपमा आरोप लगाइन्छ, र केहीले पुष्टि गर्छन्, कि हामी भन्छौँ, “दुष्ट काम गरौँ, ताकि असल आओस् ।” तिनीहरूमाथिको न्याय उचित छ ।
9 Angye naki, ki no tumbu sen nyu'u? Ana he naki na don ki guchi tre Yahuda baba Hllinawa ye ndi tre ndi wawu mbawu ba he ni mi lahtre.
त्यसो भए के त? के हामी आफैँले आफ्नो सफाइ दिँदै छौँ? त्यसो नहोस्! किनकि यहूदीहरू र ग्रिकहरू सबै पापको अधीनमा थिए भनी हामीले पहिले नै दोष लगाइसकेका छौँ ।
10 Na ba nha, ba ndji u njanji, iriri na he na.
यस्तो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन ।
11 Ba ndji wa a toh kpie, ba wa'a ni wa Irji.
बुझ्ने कोही पनि छैन । परमेश्वरलाई खोज्ने कोही पनि छैन ।
12 Wawu mbawu ba kankon don, wawu mbawu ba kma tibi wa bana he ni anfani na. Ba wa ani tie ndu ndindima, a'an iriri na he na.
तिनीहरू सबै तर्केर गएका छन् । तिनीहरू सबै जना एकैसाथ अनुपयोगी भएका छन् । असल गर्ने कोही पनि छैन, अहँ, एक जना पनि छैन ।
13 Gbugbran mba he ni ho na be, Ilbe mba a ban lilo, Itso wan a he ni mi lbe mba.
तिनीहरूको घाँटी खुल्ला चिहान हो । तिनीहरूका जिब्राले छल गरेका छन् । तिनीहरूका ओठहरूमा सर्पको विष छ ।
14 Inyu mba a shu ni la'ah ni ri gberjerje me.
तिनीहरूका मुख श्राप र तिक्तताले भरिएका छन् ।
15 Izah mba ni tsutsu gbagbla ni ka yi hle
तिनीहरूका खुट्टा रगत बगाउनमा द्रूत छन् ।
16 Inkon mba ahi yah ni tie meme.
विनाश र कष्ट तिनीहरूका मार्गहरूमा छन् ।
17 Ndji biyi bana toh nkon sun u si na.
यी मानिसहरूले शान्तिको मार्ग जानेका छैनन् ।
18 Bana he ni klu sissri Irji ni shishi mba na.
तिनीहरूका आँखाको सामुन्ने परमेश्वरको डर छैन ।
19 Naki ki toh ndi du kpie wa itron a tre, itro ani tre ni bawu wa ba he ni mi ma, don duba ka iyu mba wawu, naki gbungblu a wawu'u ka no amsa ni shishi Irji.
अब हामी जान्दछौँ, कि व्यवस्थाले जे भन्दछ त्यो व्यवस्थाको अधीनमा बस्नेहरू कै लागि भन्छ । यो हरेक मुख बन्द होस् भन्नाका लागि हो, ताकि सारा संसार परमेश्वरप्रति जवाफदेही हुन सकून् ।
20 Naki ni shishi ba ndji wa ba kpa chuwo ni tu ndu tron. Nitu tron, toh lah tre aye.
उहाँको दृष्टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ ।
21 Naki zizan'a nitu tron ba tsro toh njanji Irji wa itron ni annabawa basi hla.
तर अब व्यवस्थाविना नै परमेश्वरको धर्मीकता प्रकट गरिएको छ । यसलाई व्यवस्था र अगमवक्ताहरूद्वारा साक्षी दिइएको छ,
22 Naki ndindi Irji ahi njanji nimi Yesu Almasihu hi ni biwa ba kpa nyime ni njanji. Naki, kakan na he na.
अर्थात् यो विश्वास गर्ने सबैका निम्ति येशू ख्रीष्टमा विश्वासद्वारा आउने परमेश्वरको धार्मिकता हो । किनकि त्यहाँ कुनै भेदभाव छैन ।
23 Naki, wawu'u mbawu ba lah tre, bana ya ka hi ni daraja Irji,
किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्न चुकेका छन् ।
24 ni ndindima ba kpa ta chuwo ni tu kpachuwo wa'a he ni mi Yesu Almasihu.
ख्रीष्टमा भएको छुटकाराद्वारा तिनीहरू सित्तैँमा धर्मी ठहराइन्छन् ।
25 Aman Irji a ban Yesu Almasihu no wa ahi hadaya u kpachuwo u njanji nimi iyi ma. A ban Almasihu na nimatsayi tabbacin hukunci ma, nitu ketarewa lah tre mbu wu kogon'a.
किनकि परमेश्वरले येशू ख्रीष्टको रगतमा विश्वासद्वारा प्रायश्चित्तको रूपमा उहाँलाई अर्पण गर्नुभयो । उहाँको धैर्यमा विगतका पापको बेवास्ता गर्नुभएकोले उहाँले ख्रीष्टलाई उहाँको न्यायको प्रमाणको रूपमा अर्पण गर्नुभयो ।
26 Nimi vu suron ma, naki i wa yi ati ndu tsro ndindima nimi toh i du kpanyime ni tuma u hukunci, nda tsro wawu hi u kpa konha chuwo saboda, njanji wa ahe nimi Yesu.
यी सबै कुरा वर्तमान समयमा उहाँको धार्मिकता प्रदर्शन गर्नका निम्ति भएका थिए । उहाँ आफैँलाई न्यायी प्रमाणित गर्न सक्नुभएको होस् र उहाँले येशूमाथिको विश्वासले कुनैलाई पनि धर्मी ठहराउनुहुन्छ भन्ने देखाउन यसो भयो ।
27 To, i wru wo ni san he ni ntsen? Ba chu'u rju. Nitu ngye? Nitu ndu? Aman nitu ndu? Ama nitu njanji.
घमण्ड कहाँ गर्ने? यो त हटाइएको छ । केको आधारमा? कामहरूको आधारमा? होइन, तर विश्वासको आधारमा हो ।
28 Nakima kikle tre a ndi ba kpa ndji chuwo, ana he nitu ndu tron na.
तब हामी निचोडमा आउँछौँ, कि कुनै पनि व्यक्ति व्यवस्थाका कामहरूविना नै विश्वासद्वारा धर्मी ठहरिन्छ ।
29 Ko naki Irji ahi Irji Yahudawa ni kankrji? Ana Irji bi kora ngame na? i ahi bi kora ngame.
अथवा के परमेश्वर यहूदीहरूका मात्रै परमेश्वर हुनुहुन्छ त? के उहाँ गैरयहूदीहरूका परमेश्वर हुनुहुन्न र? हो, उहाँ गैरयहूदीहरूका पनि परमेश्वर हुनुहुन्छ ।
30 Nakima inde gbigbi ahi Irji riri, ani kpa biwa ba yo nji ni bawu chuwo nitu njani.
यदि वास्तवमै परमेश्वर एक हुनुहुन्छ भने उहाँले खतना भएकाहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ, र खतना नभएकाहरूलाई पनि विश्वासद्वारा नै धर्मी ठहराउनुहुन्छ ।
31 Ki ka tron hlega nitu njanji? Ana taba he nakima na, nakima kisi hu gon tro kena.
के हामीले विश्वासद्वारा व्यवस्थालाई रद्द गर्छौं त? कहिल्यै यस्तो नहोस्! बरु, हामीले व्यवस्थालाई कायम पो राख्छौँ ।