< Mark 2 >

1 Da a kumaye ni Capernaum ni mi vi fie mee, ndi ba woh da hei niko.
केही दिनपछि जब येशू फेरि कफर्नहुममा आउनुभयो, तब मानिसहरूले उहाँ घरमा हुनुहुन्छ भन्‍ने सुने।
2 Gbugbu ndi ba tsutsu da shuni bubua, ikon 'u” zu no ri koha ana heina, Yes sibla tre nibawu.
त्यहाँ यति धेरै मानिसहरू जम्मा भए कि, ढोकाबाहिर पनि कुनै ठाउँ रहेन; अनि उहाँले तिनीहरूलाई परमेश्‍वरको वचन प्रचार गरिरहनुभएको थियो।
3 Indi nzah ba jin vayi mba wa a chronchu ye ni Yesu.
त्यत्ति नै खेर चार जना मानिसहरूले एउटा पक्षघातीलाई बोकेर उहाँकहाँ ल्याए।
4 Bana to ikoh “u” ri hi ni Yesu na, ba hon zu ni tukan, da ghlen tukan, da ban ndi “u” chronchu rini Yesu.
तर भीडको कारणले गर्दा येशूसम्म पुर्‍याउन सकेनन्, तब तिनीहरूले येशूको ठिक मास्तिरको छानो भत्काए, र त्यो पस्रिरहेको पक्षघातीलाई ओछ्यानसहित तल ओराले।
5 Yesu toh gbegble suron ba da tre ivre ba wur lahtre me hle ni wu.
जब येशूले तिनीहरूको विश्‍वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “हे छोरा, तिम्रा पापहरू क्षमा भएका छन्।”
6 Se bibla vuvu wa ba sun ni ki, ba si rimre nisuron ba di Yesu lahtre,
यतिखेर व्यवस्थाका शिक्षकहरूमध्ये केही त्यहाँ बसिरहेका थिए, र आ-आफैँमा विचार गर्दैथिए,
7 Ba indi da ani wur lahtre ndi hlega, sai Irji nikankrima ni wur lahtre ndi hlega
“यी मानिसले किन यसरी कुरा गर्छन्? यिनले त ईश्‍वरनिन्दा गरिरहेका छन्! परमेश्‍वरबाहेक कसले पाप क्षमा गर्न सक्छ?”
8 Yesu toh misuron ba da miyen ba agye nji meme mmre ba ye ni yi wu?
तिनीहरूले आफ्ना हृदयमा यो कुरा सोच्दैछन् भन्‍ने येशूले तुरुन्तै आफ्नो आत्मामा थाहा पाउनुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन यस्ता कुराहरू विचार गर्दैछौ?
9 Niwa ba kpa lahtre wurhle ni ba wu, ni wa ba hla ban blame ni hi kpame, a time agan?
यस पक्षघातीलाई के भन्‍नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्‍नु वा ‘उठ, र आफ्नो ओछ्यान बोकेर हिँड,’ भन्‍नु?
10 Yesu a toh di vre Irji a hei ni gbengbenlen “u” wur lahtre hle ga, da hla ni ndi wu chronchu,
तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान भन्‍ने म चाहन्छु।” उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो,
11 mi hla “u” lude di ban blame di hi koh.
“म तिमीलाई भन्दछु, उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।”
12 Indi wu chronchu a lude ban blama da hi kpa ma, Indi ba buh iyuen yo woh da tre, kina taba toh Bibi kpei nayi na.
त्यो उठ्यो, तिनीहरू सबैले देख्दादेख्दै ओछ्यान उठाएर बाहिर गइहाल्यो। यो कुराले सबैलाई अचम्म तुल्यायो; अनि हरेकले यसो भन्दै परमेश्‍वरको महिमा गरे, “हामीले यस्ता कुरा कहिल्यै देखेका थिएनौँ!”
13 Yesu rhu hi ni kosan nei, ndi gbugbu ba hu hi ni neila, wa ka si bla tre ni bawu.
एकपल्ट फेरि येशू तालको किनारतिर जानुभयो। एउटा ठूलो भीड उहाँकहाँ आयो, र उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो।
14 Da asi zre da toh Levi ivre Alphaeus a kuson ni bi kpa ban. Yesu du hu wawu, wa lude hu Yesu.
त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले अल्फयसका छोरा लेवीलाई कर उठाउनेहरूको अड्डामा बसिरहेका देख्नुभयो। येशूले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे र उहाँको पछि लागे।
15 Yesu si rhi lah mi koh Levi, in bi kpa ban gbugbu, baba bi lahtre wasi rhi no “u” baba mrikon, ndi gbugbu ba hu.
एक दिन येशू लेवीको घरमा भोजन गरिरहनुहुँदा धेरै जना कर उठाउनेहरू, पापीहरू, उहाँ र उहाँका चेलाहरूसित खाइरहेका थिए; किनकि उहाँलाई पछ्याउनेहरू धेरै थिए।
16 Farisawa bibla vuvu, ba toh Yesu si ri biri nikoh Levi da miyen mri koh ma a gye sa ti kohbi si ribiri ni bi lahtre?
जब व्यवस्थाका शिक्षकहरू जो फरिसीहरू थिए, उहाँलाई पापीहरू अनि कर उठाउनेहरूसित खाइरहनुभएको देखे, तब तिनीहरूले उहाँका चेलाहरूलाई सोधे: “तिनी किन कर उठाउनेहरू र पापीहरूसित खान्छन्?”
17 Yesu woh ba da tre indi wa ahei ni gbengbenlen ana wa den na, see ndi “u” lilo niwa den. Mi na ye nitu bi woh tre mu na, mi ye ni tubi lahtre.
यो सुनेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “निरोगीलाई चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।”
18 Mrikoh Yohana baba Farisawa bata son ni hlama, indi baye da tre ahigye sa mrikoh Yesu bana vu hlana na?
एकपल्ट यूहन्‍नाका चेलाहरू र फरिसीहरू उपवास बसेका थिए; केही मानिसहरूले येशूकहाँ आएर उहाँलाई सोधे, “किन यूहन्‍नाका चेलाहरू र फरिसीहरूका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरूचाहिँ बस्दैनन्?”
19 Yesu ka hla ni bawu, ayiwu kpukpan ango ba ka son ni hlama
येशूले जवाफ दिनुभयो, “दुलहा साथमा हुँदा उहाँका पाहुनाहरू कसरी उपवास बस्‍न सक्छन्? जबसम्म दुलहा तिनीहरूसित हुन्छन्, तिनीहरू त्यसो गर्न सक्दैनन्।
20 Se chachu wa ba ban ango rhu, “u” ba son ni hla ma.
तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, र त्यस दिन तिनीहरू उपवास बस्‍नेछन्।
21 Ba ndi a niwar klon sisama nitu chiche ma, don ani ya yabba sisama game.
“कसैले पनि पुरानो वस्त्रमा नयाँ टालो सिलाउँदैन। यदि उसले यसो गर्‍यो भने नयाँ टालो घट्छ र पुरानोबाट च्यात्तिएर जान्छ, र त्यो फटाइ झन् नराम्रो हुन्छ।
22 Ba ndi wa ani ban hi sama sur ni chiche ri, don ani fu hle ga, se ba ka sur sama ni miri sama.
त्यसै गरी कसैले नयाँ दाखमद्य पुरानो मशकमा खन्याउँदैन, नत्रता नयाँ दाखमद्यले छालाहरू फुट्छन्, दाखमद्य पनि पोखिन्छ, र मशक पनि नष्‍ट हुन्छ। त्यसो हुन नदिन उसले नयाँ दाखमद्य नयाँ मशकमै राख्नुपर्दछ।”
23 Ni chachu sati Yesu si zre zu ni mi rhu, mrikohma ba zi gbusu tan.
एक शब्बाथको दिन येशू अन्‍नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो; अनि उहाँका चेलाहरूले हिँड्दै गर्दा खानका निम्ति केही अन्‍नका बाला टिप्न थाले।
24 Farisawa baka tre ni Yesu du toh ikpie a di mrikoh me ba si ti kpie wa dana bina ni chachu sati.
फरिसीहरूले उहाँलाई सोधे, “हेर्नुहोस्, किन यिनीहरूले शब्बाथ दिनमा उचित नहुने काम गरिरहेका छन्?”
25 A miye ba, bina toh ikpie wa Dauda baba ndima ba ti na? iyoun ti ba,
उहाँले जवाफ दिनुभयो, “के तिमीहरूले कहिल्यै पढेका छैनौ, दावीदले आफू र आफ्ना साथीहरू भोकाएका र खाँचोमा परेका बेला, के गरेका थिए?
26 baka hini Abitha ndi wu ton du Irji, waka noba breadi chachu sati, “u” ba ka tan
प्रधान पुजारी अबीयाथारको समयमा, तिनी परमेश्‍वरको भवनभित्र पसे, र परमेश्‍वरलाई अर्पण गरिएको रोटी खाए, जो व्यवस्थाअनुसार केवल पुजारीहरूले मात्र खान उचित थियो। अनि तिनले केही भाग आफ्ना साथीहरूलाई पनि दिए।”
27 Yesu tre ba ti chachu sati ni idi, bana ti indi ni chachu sati na.
तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “शब्बाथ दिन मानिसहरूका लागि बनाइएको हो, तर शब्बाथको निम्ति मानिसहरू बनाइएका होइनन्।
28 Ni tu ki Ivre Indi a hi “u” Bachi “u” chachu sati.
यसकारण मानिसको पुत्र शब्बाथको पनि प्रभु हो।”

< Mark 2 >