< Mark 10 >

1 a luye ni migbu yahuda u kle kle ni gran gbu urdu indi gbugbuu bla ye niwu wa soma bla tre rji ni bawu nawa a ni ti chachia
येशू त्यो ठाउँ छोडेर यहूदियाको प्रान्त र यर्दन नदि पारिको क्षेत्रमा जानुभयो अनि भिड फेरि उहाँकहाँ आयो । उहाँले गर्नुभएझैँ उहाँले तिनीहरूलाई सिकाउँदै हुनुहुन्थ्यो ।
2 Farisawa baluye niwu na miyen a hi hlatre ndu lilon zuwama basun wokpie wa anitre
अनि फरिसीहरू उहाँलाई जाँच्‍न उहाँकहाँ आए र सोधे, “के कुनै पतिले आफ्नी पत्‍नीसँग विवाहविच्छेद गर्नु उचित हो?”
3 wa miye ba ani musa a hla ni yiwu nige?
उहाँले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिएका छन्?”
4 u ba tre ani musa kparyemen nduba nhan takada u ga gram na kachuwo
तिनीहरूले भने, “मोशाले पत्‍नीलाई त्यागपत्र दिन र त्यसलाई पठाइदिन अनुमति दिए ।”
5 yes bawa ani kawo tre biyi atre ndu ba nhan
येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका कठोर हृदयको कारण तिनले तिमीहरूका लागि यो व्यवस्था लेखेका हुन् ।”
6 rji mummla irji tie lilon ba iwa
तर सृष्‍टिको सुरुदेखि नै ‘परमेश्‍वरले तिनीहरूलाई पुरुष र स्‍त्री बनाउनुभयो ।’
7 ni tukima lilon ni ka itie ma ba yima don da shi sun hamba
यही कारणले गर्दा पुरुषले आफ्ना बुबा र आमालाई छोडेर आफ्नी पत्‍नीसँग लागिरहन्छ,
8 ha mbaa ba zama inaman kpa riri anaki bana harina ni koshishi ama inaman riri
र दुई जना एउटै शरीर हुन्छन् ।’ त्यसैले, तिनीहरू दुई होइनन्, तर एउटै शरीर हुन् ।
9 ipie wa irji tie di diori naga tie hari na
त्यसकारण, जसलाई परमेश्‍वरले एक पार्नुभएको छ, त्यसलाई कुनै मानिसले अलग नगरोस् ।”
10 ni mikoma almagerema ba hla miyen itre kima
उहाँहरू घरभित्र हुनुहुँदा चेलाहरूले उहाँलाई यसको बारेमा फेरि सोधे ।”
11 wa hla nibawu du indi wa a zu wama na kpari a si yi zina
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले आफ्नी पत्‍नीसँग विवाहविच्छेद गर्छ र अर्की महिलासँग विवाह गर्छ, उसले त्यसको विरुद्धमा व्यभिचार गर्छ ।
12 naki ni iwa wa a kama ni lonma na gran irir wawume a si yi zina
र यदि तिनले आफ्नो पतीसँग विवाहविच्छेद गर्छ र अर्को पुरुषससँग विवाह गर्छ भने, त्यसले व्यभिचार गर्छ ।”
13 baka ji miri bi zizah ma ye niwu ni ndu bre wo niba almajere ba zuba
अनि उहाँले छोइदिनुभएको होस् भनी मानिसहरूले आफ्ना स-साना बालबालिकाहरूलाई उहाँकहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हप्काए ।
14 yesu toh naki isuron lude nivu wa hla bawu diba bre mirizizah di ye mime na zuba na na iriba mulki rji ahae
तर जब येशूले यो देख्‍नुभयो, उहाँ तिनीहरूसँग रिसाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “स-साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई मनाही नगर, किनभने परमेश्‍वरको राज्य यस्तैहरूको हो ।”
15 njaji tre mi hla yiwu indi wa ana kpa mulki rji na vieveren tsitsana ana rimulki na
साँचो साँचो, म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यलाई यो सानो बालकको रूपमा ग्रहण गर्दैन, त्यो निश्‍चय नै यसभित्र प्रवेश गर्नेछैन ।”
16 a vuba na brewoba ba na tie lulu yo bawu
त्यसपछि उहाँले बालबालिकाहरूलाई आफ्नो अङ्गालोमा लिनुभयो र तिनीहरूमाथि आफ्नो हातमा लिएर आशिष्‌‌ दिनुभयो ।
17 da alude hi ni tukon iguri a lutsuts ye ni shishima na kuquegbarju na miyen mala u ndi ndi mi tiege nife mulkime? (aiōnios g166)
उहाँले यात्रा सुरु गर्न लाग्‍नुहुँदा एक जना मानिस दौडेर आई उहाँको सामु घुँडा टेकेर बिन्ती गर्‍यो, “हे असल गुरु, अनन्त जीवनको हकदार हुन मैले के गर्नुपर्छ?” (aiōnios g166)
18 yesu miyen age sa u yome mala u ndi ndi? irji kagrjima ani tie ndi ndi
येशूले भन्‍नुभयो, “किन तिमी मलाई असल भन्दछौ? परमेश्‍वरबाहेक कोही पनि असल छैन ।
19 u toh dokoki u na hla di na u na yi zina na u na mimre diona na kpa tieme ba yime tsiri na
तिमी यी आज्ञाहरू जान्दछौः हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू, ठगी नगर्नू, आफ्ना बुबा र आमालाई आदर गर्नू ।”
20 wa hla niwu mala nima tie bi bana tun mi hie ni verenze
त्यो मानिसले भन्यो, “गुरुज्यू, ती सबै त मैले बाल्यकालदेखि नै पालन गरेको छु ।”
21 yesu kahya na gir ni suronma ni kpie wa atiea wa hla niwu ikpie riri a ridonhi ko ni vugbime wawu lea ni kah nkle ga bi tie ya
येशूले त्यसलाई हेर्नुभयो र प्रेम गर्नुभयो । उहाँले त्यसलाई भन्‍नुभयो, “तिमीमा एउटा कुराको कमी छ । तिमीले आफूसँग भएका सबै थोक बेच्‍नुपर्छ र ती गरिबहरूलाई दिनुपर्छ, अनि स्वर्गमा तिम्रो धन हुनेछ । त्यसपछि आऊ र मेरो पछि लाग ।”
22 ama isurinma joku nitu tre ki wa hi nifu ni suron ma nitu wa a hi ndi u wo
तर यो भनाइको कारण त्यो निरुत्साहित भयो; त्यो धेरै दुःखित भएर त्यहाँबाट गयो, किनभने त्यससँग धेरै धन सम्पत्ति थियो ।
23 yesu kahya kagon ni almajere ma da tre adi a he niyah ndu indi u wo du ri ni tarji
येशूले वरिपरि हेर्नुभयो र आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “धनी मानिसहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न अति कठिन छ!”
24 Almajere ma ba hanyue ni wotre ki i yesu lar tre burbru adi a hei niyah do ndi u wo du ri tar rji
चेलाहरू उहाँका वचनहरूमा छक्‍क परे । तर येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “बालकहरू हो, परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नु अति गाह्रो छ!”
25 lakurimi niri ni ndo noron gbalame niwa indi u wo ni ri nitarji
धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुन्छ ।”
26 u ba hahyue da miyen a nhan ni nawo ke na?
तिनीहरू अति चकित भए र एक-आपसमा भन्‍न लागे, “त्यसो हो भने, कसले उद्धार पाउन सक्छ त?”
27 yesu kahyaba da tre ni ndi kpic na yina ammma ni rji koge ni yiu
येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “मानिसहरूका लागि यो असम्भव हुन्छ, तर परमेश्‍वरको लागि होइन । परमेश्‍वरको निम्ति सबै कुरा सम्भव छ ।”
28 Bitrus luwulde nitre ndi ga ki kah koge don ndi ni hu
पत्रुसले उहाँसँग कुरा गर्न थाले, “हेर्नुस्, हामीले सबै थोक त्यागेर तपाईंलाई पछ्याएका छौँ ।”
29 yesu tre adi njaji tre ba indi wa ani kah iko don ko imimre vayi ma imimre lon ko mimremba ko iyi ko itie ko irjun ko imimrema don ni tumun ba itre mu
येशूले भन्‍नुभयो, “साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो र सुसमाचारको खातिर आफ्नो घर वा दाजुभाइहरू वा दिदी बहिनीहरू वा आमा वा बुबा वा छोरा-छोरीहरू वा जग्गा जमिन त्याग्छ,
30 wa a na kpa dima wulon okpu wulon na ni zami yina (aiōn g165, aiōnios g166)
त्यसले यही संसारमा अहिले नै सतावटको साथै यसको सय गुणा घरहरू, दाजुभाइहरू, दिदी बहिनीहरू, आमाहरू, छोराछोरीहरू र आउने संसारमा अनन्त जीवन पाउनेछ । (aiōn g165, aiōnios g166)
31 gbugbuu wa ba hei ni koshi ba kama ye kogon u bi kogon ba kama ye koshishi
तर धरै जना जो पहिला हुनेहरू पछिल्ला हुनेछन् र पछिल्ला हुनेहरू पहिला हुनेछन् ।”
32 ba lu hon sihi ni urushelima u yesu guchi ni bawu ni koshishi u ba hannyiu bi wa ba si huba ni kogon kura ba tie sisir wa ala vu iseri a na sibla ni wu iri kpie wa ba toh a ni ye
उहाँहरू यरूशलेम जाने बाटोमा जाँदै हुनुहुन्थ्यो, र येशू तिनीहरूका अगि-अगि जाँदै हुनुहुन्थ्यो । चेलाहरू छक्‍क परिरहेका थिए र तिनीहरूलाई पछ्यानेहरूचाहिँ डराएका थिए । अनि येशूले फेरि ती बाह्र जनालाई अलग्गै लानुभयो र आब चाँडै उहाँलाई के हुने थियो, सो बताउन थाल्नुभयो ।
33 a latre ige ki sihiyi ni urishelima ba kah vren ndi no firist ni ba nha ba ndu ba wuu na tieu ya nshishi meme ndi
“हेर, हामी यरूशलेमतिर जाँदै छौँ, र मानिसका पुत्रलाई त्यहाँ मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातमा सुम्पिनेछ । तिनीहरूले उसलाई मृत्यदण्डको दोष लगाउनेछन् र गैरयहूदीहरूकहाँ सुम्पिदिनेछन् ।
34 ba weyen niwu na juten sur na tsi ni gbugban na wuu ni vi utra a lude ni rei
तिनीहरूले उसको गिल्ला गर्नेछन्, र थुक्‍नेछन् र कोर्रा लगाउनेछन् र मृत्युमा पुर्‍याउनेछन् । तर तिन दिनपछि ऊ जीवित भई उठ्नेछ ।”
35 Yakubu ba yohona mri zabadi ba chibye niwu na tre a ndi ndu tie koge ni tawu wa ki preu
जब्दियाका छोराहरू याकूब र यूहन्‍ना उहाँकहाँ आए र उहाँलाई भने, “गुरुज्यू, हामीले तपाईंसँग जे माग्‍छौँ सो हाम्रो निम्ति गरिदिनुहोस् भन्‍ने हामी चाहन्छौँ ।”
36 wa tre bi son me tiege yiwu?
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूका लागि के गरेको तिमीहरू चाहन्छौ?”
37 iba hla niwu ba son iri mba disun ni wo kori u ri ni wo kotah ni mi darajame
तिनीहरूले भने, “तपाईंको महिमामा हामीमध्ये एउटालाई तपाईंको दायाँपट्टि र अर्कोलाई बायाँपट्टि बस्‍न दिनुहोस् ।”
38 yesu hla bawu bina toh kpie wa bisi pre ana bi iya so koko wa ime mi soa? ko ndu ba tie batisma ni batisma yiwu na wa ba yi ni mura?
तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूले के मागिरहेका छौ, सो तिमीहरू जान्दैनौ । के तिमीहरू मैले पिउन लागेको कचौरा पिउन सक्छौ वा मैले लिने बप्‍तिस्मा तिमीहरू सहन सक्छौ?”
39 u ba kpayeme di ba iya u yes tre koko wa wawu ni soa ndu ba so nibatisma wa ba yi nimua niki ndu ba yi niyiwu
तिनीहरूले उहाँलाई भने, “हामी सक्छौँ ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले पिउने कचौरा तिमीहरूले पिउनेछौ । र मैले लिने बप्‍तिस्मा तिमीहरूले पनि लिनेछौ ।
40 ama son niwo kori ko wo kotah na u muna niwa minoyi a hi u biwa ba chii ba
तर मेरो दाहिनेपट्टि वा देब्रेपट्टि बस्‍नुचाहिँ मैले दिने कुरा होइन, तर यो जसको निम्ति तयार पारिएको छ, तिनीहरूका निम्ति नै हो ।”
41 i wa iwulo ba bawo isuron ba a lude tie meme u ba tie fu ni tu ba Yakubu ba Yohana
जब अरू दस जना चेलाले यसबारे सुने, तिनीहरू याकूब र यूहन्‍नासँग निकै रिसाउन थाले ।
42 yesu yo ba na hla bawu bi kah toh ndi be wa kah indi bi gbugbulun no ba ni woba ba nji ba u zizan
येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “गैरयहूदीहरूका शासकहरू मानिनेहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँछन्, र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्छन् भन्‍ने तिमीहरू जान्दछौ ।
43 ama a hei naki ni mi bina se de wawuu indi u wa ani zama nigon wa wuyi ni zama gran
तर तिमीहरूका माझमा यस्तो हुनेछैन । तिमीहरूका माझमा जो महान् हुने इच्छा गर्छ, त्यो तिमीहरूका सेवक हुनुपर्छ ।
44 iwa ni zama mumlan ni mibi ni zama gran
र तिमीहरूमध्ये जो पहिलो हुने इच्छा गर्छ, त्यो सबैको दास हुनुपर्छ ।
45 ni u njaji vren ndi na ye nduba tie yah nitu ma na ama wawu ni tie ya nitu bari da kpa que nitu bari gbugbuu bi latre ndu ba nawo
किनभने मानिसका पुत्र सेवा पाउन होइन, तर सेवा गर्नका निम्ति र धेरैको छुटकाराको मोलको रूपमा आफ्नो जीवन दिन आयो ।
46 u ba ye ni jeriko wa ye rju ni mi jeriko ba ba almajere ma ni gbugbu ndi u indi ufyen ba yo niBartimawus vren Timawus a son ni yiu gon
उहाँहरू यरीहोमा आउनुभयो । र उहाँ आफ्ना चेलाहरू र ठुलो भिडसँगै यरीहोबाट जानुहुँदा तिमैको छोरा बारतिमै दृष्‍टिविहीन भिखारी बाटोमा बसेको थियो ।
47 da a toh adi a yesu ba nazaratna kpa gro ni yon yesu vren doda ya me ni shishi losuron ni zo me
जब त्यसले येशू नासरी भन्‍ने सुने, त्यो कराउन थाल्यो र भन्यो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!”
48 indi gbugbu ba yarhan ni wu adi ndu son nigbagbi wa kama na ni yo yesu vren doda yame ni shishi losoron nizome
धेरैले चुप लाग भनी त्यो दृष्‍टिविहीन मानिसलाई हप्काए । तर त्यो झन् ठुलो स्वरले करायो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।”
49 yesu kukre da nduba yo uba indi uyen na hla ni wu ndu gir na tie kinkle soron ni lude
येशू रोकिनुभयो र त्यसलाई बोलाएर ल्याउन आज्ञा दिनुभयो । तिनीहरूले यसो भनेर त्यसलाई बोलाए, “साहस गर! खडा होऊ! उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ ।”
50 wa wume a kah nklon ma taga na dolude hi ni yesu
त्यसले आफ्नो खास्टो एकातिर फाल्यो, र उफ्रेर येशूकहाँ आयो ।
51 yesu kpa nyimeniwu na myen u son mi tiege niwu?
येशूले त्यसलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?” त्यो दृष्‍टिविहीन मानिसले भन्यो, “रब्बी, म मेरो दृष्‍टि प्राप्‍त गर्न चाहन्छु ।”
52 yesu hla wu lude hi kpa me bangaiskiya a den u wa tsi toh kpan na hu ni tugon
येशूले त्यसलाई भन्‍नुभयो, “जाऊ! तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।” त्यो तुरुन्तै फेरि देख्‍न सक्यो र त्यो उहाँको पछिपछि गयो ।

< Mark 10 >