< Mark 1 >
1 Wayi hi Lauren wu mumlan ni tu tsartsar tre wu Yesu Kristi, vre Irji.
यो परमेश्वरको पुत्र प्रभु येशू ख्रीष्टको सुसमाचारको सुरुवात हो ।
2 Anabi Ishaya, a ya koshishi datre ndi ye mi tru indi wu ton di mu, niyi ani mlanko niwu.
जसरी यशैया अगमवक्ताको पुस्तकमा लेखिएको छ, “हेर, म मेरा समाचारवाहकलाई तिम्रोअगि पठाउँदै छु, जसले तिम्रो बाटो तयार पार्नेछ ।”
3 Ilan wandi a si kpagro si yo ni tsutsu miji, mlan icontih ni Back mbu, do not ma hi nyeyre.
“उजाड-स्थानमा कोही बोलाउनेको आवाज, ‘परमप्रभुको बाटो तयार पार, उहाँका बाटाहरू सिधा बनाओ’ ।”
4 Yohana a ye, da tsoro bi wandi ba ye ni wu nko wu wru latre mba hlega, da vu ba sukpa ni ma du Irji wru latre be hlega.
यूहन्ना उजाड-स्थानमा बप्तिस्मा दिँदै र पाप-क्षमाको निम्ति पश्चात्तापको बप्तिस्माको प्रचार गर्दै आए ।
5 Wawu u indi bi gbu Judea mba urishilima ba luni ka kpa sukpa wu ma da ni nhran latre mba do Irji wru ba hle.
यहूदियाको पुरै इलाकाबाट र यरूशलेमका सबै मानिस तिनीकहाँ गए । तिनीहरूले आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए ।
6 Yohana a ta sur nklon nta rakumi de to lo rjirji ni tri wu nta da ta rli langblan ba iton.
यूहन्नाले ऊँटको रौँबाट बनेको लुगा लगाउँथे र कम्मरमा छालाको पेटी बाँध्थे र तिनले सलहहरू र वन मह खान्थे ।
7 A dubub di “Iri ni ye ni kogonmu wandi a zan gbengle mu, wandi mina malan wa mi chu langban wu zama na.
उनले प्रचार गरे र भने, “मपछि कोही आउँदै हुनुहुन्छ जो मभन्दा शक्तिशाली हुनुहन्छ, र म त उहाँको चप्पलको फित्ता फुकाल्न निहुरन योग्य पनि छैन ।
8 Mi sukpa yiwu Nima ana wawu ni sukpa yiwu ni rubu Mai Tsraki.
मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिएँ, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ ।”
9 Avi baki, yes a ye rji ni Nazareth wu Galilee e Yohana a sukpa ni wu ni nei Jordan.
ती दिनहरूमा यसो भयो, कि येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्नाद्वारा यर्दन नदीमा बप्तिस्मा लिनुभयो ।
10 Da Yesu a nzutu ni ma wu ne wandi ba sukpa niwu, ato shulu a bwu u wa atoh Ruhu Irji a girji kuson ni u ni tu. “Irji ni shulu a trendi.
जसै येशू पानीबाट निस्कनुभयो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि आइरहनुभएको देख्नुभयो ।
11 “Wayi wu vren wu surom mu, wandi a ni du surom mu see.
अनि स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ । तिमीसँग म अति प्रसन्न छु ।”
12 Ruhu Irji a Chon hi ni tsutsu miji. Wu vi arbai,
त्यसपछि पवित्र आत्माले उहाँलाई उजाड-स्थानमा जान बाध्य गराउनुभयो ।
13 ba ba nma miji mba birji (Satan) wandi a ka tsra. Irji a du maleka ma do ba tindu (hidima) niwu.
उहाँ शैतानद्वारा परीक्षित हुँदै चालिस दिनसम्म उजाड-स्थानमा रहनुभयो । उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो र स्वर्गदूतहरूले उहाँको सेवा गरे ।
14 Niwa bana vu Yohana tro Yes ye ni Galilee da bla tre rji andi ko Irji no shulu a grji ye weiweire ko nhá do
अब यूहन्ना पक्राउ परेपछि परमेश्वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो ।
15 ica me me drive chuwo da kpa wu wu.
र भन्नुभयो, “समय पुरा भएको छ, र परमेश्वरको राज्य नजिकै छ । पश्चात्ताप गर र सुसमाचारमा विश्वास गर ।
16 A si izren ni kpa kikle nei Galilee da to Siman ba Andru, mri vayi Simon, basi yo ngrow nima bana bi Vu lambe.
गालील समुद्र भएर जानुहुँदा उहाँले सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेको देख्नुभयो, किनभने तिनीहरू मछुवाहरू थिए ।
17 Yesu yo ba du ba hu a ni tsron.
येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।”
18 ba vu idi to ba lambe lude hu gbagbla.
तुरुन्तै तिनीहरूले जालहरू छोडे र येशूको पछि लागे ।
19 A la fon zre da to James (Yakubu), ba siya inla rjirji wu vu lambe ba ti
जसै येशू हिँडेर अलि अगाडि पुग्नुभयो, उहाँले जब्दियाका पुत्र याकूब र उनका भाइ यूहन्नालाई देख्नुभयो; तिनीहरू डुङ्गामा बसेर जालहरू मर्मत गरिरहेका थिए ।
20 ba wo yo a da lu don think a Zabadi mba mri ko ma da hu.
उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले तिनीहरूको पितालाई भाडाका नोकरहरूसँग डुङ्गामा नै छोडे, र तिनीहरू उहाँको पछि लागे ।
21 Ba ye ni Capernaum chachu sati, u yes hi ni tra irji ba (synagogue).
र उहाँहरू कफर्नहुममा आउनुभयो, अनि शबाथ-दिनमा येशू सभाघरमा जानुभयो र शिक्षा दिनुभयो ।
22 Da ka tsro ba itre irji zan khikle bi nha mba
तिनीहरू उहाँको शिक्षामा छक्क परे, किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन, तर अधिकार भएको व्यक्तिले जस्तै सिकाइरहनुभएको थियो ।
23 Ni nto kima, i gu ri wandi a he ni meme ibrji a lu yrayi ni Yesu da mye,
त्यस बेला सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस थियो । त्यो चिच्च्यायो र
24 wu ye tingye ni ta, Yesu ba Nazareth? Wu ye wuta mu? Mi to ko wu nha, wu tsatsra wu irji.
भन्यो, “हे नासरतका येशू, तपाईंसँग हाम्रो के सरोकार? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म चिन्छु । तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ ।”
25 Yesu yra to ni wu da hla ni ibrji wandi a siya tree ni mi songbagbi.
येशूले भूतलाई हकार्नुभयो र भन्नुभयो, “चुप लाग्, र त्यसबाट निस्की आइज!”
26 Ibriji rhju ni gbengle da ni kpagro.
अनि अशुद्ध आत्माले त्यसलाई पछार्यो, र त्यो अशुद्ध आत्मा ठुलो स्वरमा चिच्च्याउँदै त्यसबाट निस्कियो ।
27 Indi ba wandi ba hei ni kea ba bwu nyu yo ni wuo da miye kpamba, I wayi nghe, itsro sad gbengle ani you doka ni bring meme u ba wou.
अनि सबै मानिस छक्क परेर एक आपसमा भन्न लागे, “यो के हो? अधिकारसहितको एउटा नयाँ शिक्षा! उहाँले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्नुहुन्छ र तिनीहरूले उहाँको आज्ञा मान्छन्!”
28 Injo nitu ma a zre yi ni clan Galilee.
उहाँको बारेमा भएको समाचार तुरुन्तै गालीलका सबै क्षेत्रमा जताततै फैलियो ।
29 A rju ni tra irji da tsi you ni ko ba Siman ba Andrew, ba ba Yakubu mba Yohanna.
सभाघरबाट बाहिर निस्कनुभएपछि उहाँहरू याकूब र यूहन्नासँगै सिमोन र अन्द्रियासको घरमा जानुभयो ।
30 Ni ri nikoa, a to yi wa Siman si lo kpa.
अब सिमोनकी सासू जरो आएर सुतिरहेकी थिइन् । तिनीहरूले तिनको विषयमा येशूलाई बताए ।
31 Da ba hla niwu, a hi da ka thi wo nzu. Lol kpa a kri bre wu, wa kri lunde da nuba rhi.
यसकारण, उहाँ आउनुभयो र तिनको हातमा समाएर तिनलाई उठाउनुभयो; जरोले तिनलाई छोडिहाल्यो, र तिनले उहाँहरूको सेवा गर्न थालिन् ।
32 Ni yalu, be gbu wawu ba shubi ni nkotra.
त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले भूत लागेका र बिरामी भएका सबैलाई उहाँकहाँ ल्याए ।
33 Ba nji bi lilo kpa ye ni wu,
सारा सहर नै त्यो घरको ढोकामा भेला भए ।
34 wa ka nuba si kpa da zu meme brji rju ni kpa wandi a hei ba wu ni kpa. A na nu ibrji ba nyu wu tre na - ni tu ba to. Ko wawu hi nha.
उहाँले विभिन्न प्रकारका रोगी र बिमारीहरूलाई निको पार्नुभयो र धेरै भूत निकाल्नुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन, किनकि तिनीहरूले उहाँलाई चिन्थे ।
35 Ni bwu mble a lunde da hi ni wutrji wandi ndi bana hei na daka bre irji.
उहाँ बिहान सबेरै अँध्यारो हुँदा नै उठ्नुभयो; र उहाँ एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो ।
सिमोन र तिनीसँग भएकाहरूले उहाँलाई खोजे ।
37 ba bru mba ba wawu ka to da lila wu di indi basi waawu.
तिनीहरूले उहाँलाई भेट्टाए र भने, “सबैले तपाईंलाई खोजिरहेका छन् ।”
38 A sa ba wu, khi hi ni wudji rhi, ni gbu ri kan. Nitu hla tre irji ni bawu shi need me ye.
उहाँले भन्नुभयो, “हामी कतै वरिपरि सहरहरूमा जाऔँ, ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकूँ । त्यसैको लागि म यहाँ आएँ ।
39 A zren kaāgo inkla gbu Galilee, ni tra irji mba (synagogue) da tsro ba jiji tre irji da zu meme ibrji rltju ni bi wandi ibrji lo ba nju da kpabachuwo.
उहाँ तिनीहरूको सभाघरमा प्रचार गर्दै र भूतहरू निकाल्दै सारा गालीलभरि जानुभयो ।
40 Ndi ri wandi a hei ni lilo eshi a ye da kugu gbarhu ma da bre u andi.
एक जना कुष्ठरोगी उहाँकहाँ आयो । त्यसले उहाँलाई बिन्ती गरिरहेको थियो; त्यसले घुँडा टेक्यो र उहाँलाई भन्यो, “यदि तपाईंले चाहनुभयो भने, तपाईंले मलाई शुद्ध गर्न सक्नुहुन्छ ।”
41 Wuta kpa nyme wu ka chu lilo yo wrjhu ni mu. A ló suron ni wu da ka wo ni wu da tre di, “mi kpa nyme lilo ka wu chuwo!
येशू दयाले भरिनुभयो र आफ्नो हात फैलाएर त्यसलाई छुनुभयो, अनि भन्नुभयो, “म चाहन्छु । तिमी शुद्ध होइजाऊ ।”
42 Lilo ezhie a rhu hari kpama a kma ti sa.
तुरुन्तै कुष्ठ रोगले त्यसलाई छोड्यो र त्यो शुद्ध भयो ।
43 Yesu a mmba, u a du na hla ni tro na.
येशूले त्यसलाई कडाइका साथ चेतावनी दिनुभयो र त्यसलाई पठाउनुभयो ।
44 Du gri kpa ma hi stro priest ya da a samu si see kpa ma du hei na wa Musa a ti gbuchu ni tu man.
उहाँले त्यसलाई भन्नुभयो, “कसैलाई केही नभन, तर जाऊ र पुजारीकहाँ आफैँलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम तिनीहरूलाई गवाहीको रूपमा तिम्रो शुद्धिकरणको निम्ति बलि चढाऊ ।”
45 Da gua rhu ni Yesu a tsi ka dubu kpe wa Yesu ti ni wu'a. Ni tu kima Yesu ana iya are ni mi gbu du ba to na. A nap zi are zu ni kosan gbu. Duk na ki ndi ba ba zi hu ko ni tse Wanda a hi.
तर त्यो व्यक्ति गयो र सबैलाई भन्न थाल्यो अनि कुरा यति धेरै फैलियो, कि येशू कुनै पनि सहरमा खुलमखुला जान सक्नुभएन । यसकारण, उहाँ एकान्त ठाउँहरूमा बस्नुभयो, र मानिसहरू उहाँकहाँ आए ।