< Luke 24 >
1 Ni bwu mble, ni vi mumla wu Sati'a, ba ye ni bubu ibe'a nda nji nnye wu bwa ni kmo, wandi bana ti'a.
हप्ताको पहिलो दिन, एकाबिहानै ती स्त्रीहरू आफूले तयार पारेका सुगन्धित मसलाहरू लिएर चिहानमा गए।
2 Ba to ndi ba nyi kikle tita wa ka nyu ibe rju.
तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए।
3 Ba ri nimi nda toh ndi k'mo Bachi Yesu na he na.
तर जब तिनीहरूभित्र पसे, तिनीहरूले प्रभु येशूको शरीर पाएनन्।
4 A hye niki, ba ri he ni tsishishi ni tu kpe yi, ndji ha ba rju kri ni ba ni inklon wa zan pri me.
यस विषयमा तिनीहरू अलमल परिरहेकै बेला, बिजुली चम्केजस्तो चम्किलो लुगा पहिरेका दुई जना एक्कासि तिनीहरूका अगि उभिए।
5 Niki mba-ba ba ti sissri nda kukru ni shishi mba ni meme, i ba tre ni mba-ba ndi, “Ngye du yi ni wa ndji wu vrhi nimi biwa ba qu ye'a?”
ती स्त्रीहरूले भयभीत भएर आफ्ना अनुहार भुइँतिर झुकाए, तर ती मानिसहरूले भने, “जीवित व्यक्तिलाई मृतकहरूका बीचमा तिमीहरू किन खोज्दछौ?
6 Ana he ni wayi na, ba nzu lunde ye. Rhimre ni tre ma niwa a rhi he ni Galili,
उहाँ यहाँ हुनुहुन्न। उहाँ जीवित हुनुभएको छ! उहाँ तिमीहरूसँग गालील प्रदेशमा हुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो, सो सम्झ:
7 ndi ba guchi vu Vren Ndji nu ndji bi lah tre, ba gran ni kunkro, ni vi wu tra ani la lunde.
‘मानिसको पुत्र पापीहरूका हातमा सुम्पिइनु, क्रूसमा टँगाइनु र तेस्रो दिनमा फेरि जीवित भई उठ्नु आवश्यक छ।’”
8 Imba ba ba tika itre ma,
तब तिनीहरूले उहाँका वचन सम्झे।
9 nda kma don bubu ibe'a nda bla ni wlon don ri'a baba mbru ndji bari, wawu ikpi biyi ba
चिहानबाट फर्केर आएपछि तिनीहरूले यी सबै कुरा एघार चेलाहरू र अरू सबैलाई भने।
10 Niki, Maryamu Magdalin, Joanna, Maryamu iyi Yakubu, ni mba ba rima, mle, baka vu bla ni manzani ba.
प्रेरितहरूलाई यी कुराहरू भन्नेहरूमा मरियम मग्दलिनी, योअन्ना, याकोबकी आमा मरियम र तिनीहरूसँग भएका अरू स्त्रीहरू थिए।
11 Ama itre wa a bla bawu a rju choloncho ni manzani ba, i bana kpanyime ni mba-ba na.
तर प्रेरितहरूले ती स्त्रीहरूका कुरामा विश्वास गरेनन्, किनकि तिनीहरूका कुरा प्रेरितहरूलाई व्यर्थको जस्तै लाग्यो।
12 I Bitrus a lu kri vu tsu hi ni bubu be'a, nda ku dran nda ya mima. A to ba pri nklon wu kpa ma ba shii zini kosan. Bitrus a kma hi ni koh ma, nda ni rhimre ikpi wa ba he'a
तर पत्रुस उठे, र चिहानतिर दगुरे। निहुरेर हेर्दा तिनले त्यहाँ मलमलका कपडाका पट्टीहरू मात्र देखे; अनि के भएको हो भन्ने कुरामा उनी अचम्म मान्दै फर्के।
13 Ni vi baki, ndji ha ni mimba ba vu nko tayi ni vi gbu Emmawus, wandi a mili ttamgba ni mbru rji ni Urushelima.
अब त्यही दिन तिनीहरूमध्ये दुई जना यरूशलेमबाट करिब एघार किलोमिटर टाढामा पर्ने इम्माउस भनिने एउटा गाउँतिर गइरहेका थिए।
14 Ba si tre ni kpamba nitu ikpi biwa ba si zren'a.
तिनीहरू आपसमा त्यहाँ घटेका सबै कुराहरूका विषयमा बातचित गर्दैथिए।
15 Niwa basi tre nda ni mye kpamba, Yesu kima a ye nda si zren ni ba.
तिनीहरूले आपसमा यिनै कुराहरूका विषयमा बातचित र बहस गरिरहेकै बेला, येशू स्वयम् त्यहाँ आएर तिनीहरूकै साथसाथ हिँड्नुभयो।
16 Shishi mba ana bwu du ba mla toh ka ahi nha na.
तर तिनीहरूले उहाँलाई चिन्न नसक्ने तुल्याइएका थिए।
17 Yesu a hla bawu ndi, Bi ki zren nini tre nitu ngye, hambiwu ni ton nkoh? Ba kma kuki nda kri ngbonme.
उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ?” तिनीहरू मलिन अनुहार पार्दै टक्क अडिए।
18 Iri mba, ni nde Cleopas a sa niwu ndi, “Wu nklen me yi ni gbu Urushelima wuna toh ikpi wa basi zren ni vivi yi na?
तिनीहरूमध्येका क्लेओपास नाम भएका एक जनाले उहाँलाई सोधे, “के तपाईं यरूशलेममा आउने एक मात्र आगन्तुक हुनुहुन्छ, जसलाई यी दिनहरूमा त्यहाँ के घटनाहरू भए भन्ने थाहा छैन?”
19 Yesu a mye ba ndi, “ikpi bi rime?” Ba sa wu ndi, “Ikpi nitu Yesu wu Nazarat wandi ana Anabi kikle ni ndu, mba lan tre ni shishi Irji mba ni ndji wawu'u,
उहाँले सोध्नुभयो, “के कुरा?” तिनीहरूले जवाफ दिए, “नासरतको येशूको विषयमा, उहाँ एक अगमवक्ता हुनुहुन्थ्यो। अनि परमेश्वर र सबै मानिसहरूका सामु वचन र कर्ममा शक्तिमान् हुनुहुन्थ्यो।
20 Wawu yi kikle Prist, baba bi ninkon wu gbu'a ba vu nu du ba lo u wu qu nda klo ni giciye.
मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए। अनि तिनीहरूले उहाँलाई क्रूसमा टाँगे,
21 Kina yo suron ndi wawu yi ni ye kpa Israila chuwo. E, nha ni kima, a vi tra zizan wa ikpi biyi ba he.
तर हामीले त इस्राएलको राज्य छुटकारा दिनुहुने उहाँ नै हुनुहुन्छ भन्ने आशा गरेका थियौँ। यी सबै कुराहरू छोडेर यी घटनाहरू भएको आज तीन दिन भयो।
22 Ngari, mba bari, nimi mbu ba rju ni tre wa anuta sissri, nitu hi mba ni bubu ibe ni bwubwu mble.
त्यसपछि पनि हामीहरूमध्येका कोही स्त्रीहरूले हामीलाई छक्कै पारे। तिनीहरू आज एकाबिहानै चिहानमा गए,
23 Ba hi ka toh ndi kmo ma na he na, nda kma ye si tre baka toh Maleka wa a hla bawu ndi a he ni sissren.
तर उहाँको शरीर भेट्टाएनन्। तिनीहरू हामीकहाँ आएर तिनीहरूले उहाँ जीवित हुनुहुन्छ भन्ने स्वर्गदूतहरूको एउटा दर्शन देखेको कुरा सुनाए।
24 Ndji mbu bari ba hi ni bubu ibe nda ka to tsra ni kpe wa mbaba ba hla'a. Ama bana to'o na.
त्यसपछि हाम्रा साथीहरूमध्ये कोही चिहानमा गए। अनि ती स्त्रीहरूले भनेजस्तै नै भेट्टाए, तर तिनीहरूले उहाँलाई देखेनन्।”
25 Yesu a hla bawu ndi, “Bi ruru ndji, bi si sron kpanyime ni kpe wa anabawa ba tre!
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू कस्ता अबुझ रहेछौ, र अगमवक्ताहरूले बोलेका सबै कुरा विश्वास गर्न तिमीहरूका हृदय कति सुस्त रहेछ!
26 Ana bi zan du Kristi sha ya ikpe biyi rhi nda ri ni nzuhon ma na?”
के ख्रीष्टले यी सबै कष्टहरू भोग्न र त्यसपछि आफ्नो महिमामा प्रवेश गर्नुपर्ने आवश्यक थिएन र?”
27 Niki rji ni Musa, zu ni anabawa wawu, Yesu a mla bla ni bawu ikpi nitu kpama nimi nvunvu tre Irji.
अनि मोशा र अगमवक्ताहरूबाट सुरु गरेर उहाँले सम्पूर्ण धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका सबै कुराहरूको अर्थ तिनीहरूलाई व्याख्या गरिदिनुभयो।
28 Ni ba tie whiwhre ni vi gbu wa bata hi niwu'a, Yesu a ti to ani zren hi guchi.
तिनीहरू जुन गाउँमा गइरहेका थिए, त्यसको नजिकै आइपुगेपछि येशू उहाँ अझै पर जान खोज्नुभयो।
29 Mle ba bre u ndi, “Son nita, yalu si tie, i ivi'a ti wiewiere wu kle ye. Mle Yesu a kpanyime nda ka son niba.
तर तिनीहरूले उहाँलाई कर गर्दै बिन्ती गरे, “हामीसँग नै बस्नुहोस्; किनकि अब साँझ पर्दैछ। अनि दिन पनि ढल्किसकेको छ।” तब तिनीहरूसँगै बस्न उहाँ भित्र पस्नुभयो।
30 Niwa a kuson nda ni rhi niba, a ban bredi'a, yo lulu niwu, nda nziga nu ba.
जब उहाँ तिनीहरूसँगै टेबुलमा हुनुहुन्थ्यो, तब उहाँले रोटी लिएर परमेश्वरलाई धन्यवाद दिनुभयो, र भाँचेर तिनीहरूलाई दिन थाल्नुभयो।
31 Shishi mba a kri bwu i baka mla toh wu, wa kri kado ni shishi mba.
त्यस बेला तिनीहरूका आँखा खोलिए, र तिनीहरूले उहाँलाई चिने। अनि उहाँ तिनीहरूका दृष्टिबाट ओझेल हुनुभयो।
32 Ba hla ni kpamba, “Suron mbu ana si'a gon ni mi-mbu niwa a si tre ni nkon, nda tsro ta nimi nvunvu tre Irji na?”
तिनीहरूले आपसमा भने, “के उहाँ बाटोमा हामीसँग कुराकानी गर्नुहुँदा, र हाम्रा निम्ति धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा हाम्रो हृदय प्रज्वलित भएको थिएन र?”
33 Ba kri lunde ni ton kima nda vu nkon kma hi ni Urushelima. Ba ka ri ni wlon don ri ba, nda toh ba baba bi wa bana he ni ba'a,
तिनीहरू उठे, र तुरुन्तै यरूशलेम फर्के। त्यहाँ तिनीहरूले एघार जना र तिनीहरूसँग हुनेहरूलाई एकैसाथ भेला भएका भेटे।
34 nda hla ndi “A njanji, Bachi mbu lunde, nda tsro tuma ni Siman,”
अनि तिनीहरूलाई भने, “यो सत्य रहेछ! प्रभु जीवित पारिनुभएको र सिमोनकहाँ देखा पर्नुभएको हो रहेछ।”
35 Niki ba vu kpi wa ba toh ninkon mba wa ba mla toh Yesu ni andi a ban bredi si ga nuba a.
त्यसपछि ती दुई जनाले बाटोमा के भएको थियो र उहाँले रोटी भाँच्नुहुँदा कसरी येशूलाई तिनीहरूले चिने, सो विषयमा बताए।
36 Niwa basi tre kpi biyi, Yesu kima, a rju kri ni mimba nda tre ndi, “Si suron son niyi.”
तिनीहरूले यसैको बारेमा कुरा गर्दागर्दै येशू स्वयम् तिनीहरूका बीचमा उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्!”
37 Ba ti gbri me i sissri a vu ba. Ba ban ndi ba toh ibrji ma mu.
तिनीहरूले एउटा भूत देखेको झैँ भनी ठानेर तिनीहरू विचलित भए, र डराए।
38 Yesu a hla bawu ndi, “A ngye du yi ni tie sissri? A hi ngye ni lo yi ni suron?
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन विचलित हुन्छौ? तिमीहरूका मनमा किन शङ्का उब्जन्छ?
39 Toh iwo mba iza mu. A hi me kimu. Sa wo nitu mu ni toh. Ibrji na he ni nma kpa mba ququ na wandi bisi to mi he niwu na.”
मेरा हातहरू र खुट्टाहरू हेर; म नै हुँ! मलाई छोएर हेर, तिमीहरूले अहिले ममा देखेजस्तै मासु र हाड त कुनै भूतको हुँदैन।”
40 Niwa a kle tre toyi a tsro ba iwo mba iza ma.
यसरी भनिसकेपछि उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टाहरू देखाउनुभयो।
41 Niki me, bana kpanyime na, nitu ngyiri ni sissri. Yesu a mye ba ndi, “Bi he ni ikpe wu rhi?”
अनि जब आनन्द र आश्चर्यले गर्दा तिनीहरूले उहाँको कुरा अझै पनि विश्वास गरेनन्, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “के तिमीहरूसँग यहाँ केही खानेकुरा छ?”
42 Ba nu vi lambe wa ba sron'a.
तिनीहरूले उहाँलाई पकाएको माछाको एक टुक्रा दिए।
43 Akpa nda rhi ni shishi mba.
अनि उहाँले त्यो लिनुभयो र तिनीहरूकै सामु खानुभयो।
44 A hla bawu ndi, “Biyi yi ba lan tre mu, wandi mi hla ni yiwu niwa mi he ni yi, ndi ikpi wa ba nha ba ni nvunvu doka Musa baba anabawa ni Zabura ba wrhu he toki.
उहाँले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूसँगै हुँदा मैले तिमीहरूलाई भनेको कुरा यही हो: मोशाको व्यवस्था, अगमवक्ताहरू र भजनहरूका पुस्तकमा मेरा विषयमा लेखिएका हरेक कुरा पूरा हुनैपर्छ।”
45 Alu bwu mre suron mba du ba mla to nvunvu tre Irji.
त्यसपछि तिनीहरूले धर्मशास्त्रका कुराहरू बुझ्न सकून् भनेर उहाँले तिनीहरूका समझ खोलिदिनुभयो।
46 A hla bawu ndi, toki ba nha ndi Kristi ni shaya nda lunde rji ni qu ni vi wu tra.
उहाँले तिनीहरूलाई भन्नुभयो, “यसो लेखिएको छ: ख्रीष्टले दुःख भोग्नेछ र तेस्रो दिनमा मरेकाहरूबाट जीवित भई उठ्नेछ।
47 Kma suron wrhu ni la tre ni kpa wrehle lah tre ma. Hi bla ni ndi kagon ngbungblu rhi ni Urushelima, ni ndema.
अनि यरूशलेमदेखि सुरु गरेर सबै राष्ट्रहरूमा उहाँको नाममा पाप क्षमाको पश्चात्तापको प्रचार हुनेछ।
48 Bi toh ikpi biyi ni shishi-mbi.
तिमीहरू यिनै कुराहरूका साक्षी छौ।
49 Ya, mi si ton yi nitu ikpe wa Timu a rhentse ni tuma. Bi gben ni mi gbuyi nitu ba kayi ni nklon gbengblen rji ni shulu ri.
मेरा पिताले प्रतिज्ञा गर्नुभएको कुरा म तिमीहरूकहाँ पठाउनेछु, तर माथिबाट आउने शक्तिले सुसज्जित नभएसम्म यही सहरमा बसिरहो।”
50 Niki Yesu a wrhu ni ba nda hi wiewiere ni Betani, nda nzu wo ma nda yo lulu ni bawu.
येशूले तिनीहरूलाई यरूशलेमको बाहिर बेथानीको नजिकै लानुभयो। अनि उहाँले आफ्नो हात उचाल्नुभयो र तिनीहरूलाई आशीर्वाद दिनुभयो।
51 Ni wa a ta yo lulu ni bawu, ba kri ban'u hi ni shulu.
तिनीहरूलाई आशीर्वाद दिइरहनुहुँदा उहाँ तिनीहरूबाट अलग हुनुभयो र माथि स्वर्गमा उठाइलगिनुभयो।
52 Mle ba ku nzu ndema, nda k'ma yi ni Urushelima kikle ngyiri.
अनि तिनीहरूले उहाँलाई दण्डवत् गरे, र बडो आनन्दसाथ यरूशलेम फर्के।
53 Ba si'a ki chachu ni tra Irji nda ni tie lulu niwu.
अनि परमेश्वरको प्रशंसा गर्दै निरन्तर मन्दिरमा रहन लागे।