< Luke 23 >
1 Indji ba wawu mba, ba lunji Yesu ye ni koshi Bilatus.
तिनीहरूका सबै दल उठे, र येशूलाई पिलातसका सामु ल्याए ।
2 Na lu ni nhanwu andi, ba ka toh asi kpa indji si ti meme na ni tonba ni timeme, ndu ba na kpanyime na nhan iban hi no Kaisar na, na ni yo tuma Almasihu, Ichu.”
तिनीहरूले उहाँलाई यसो भन्दै दोष लगाउन सुरु गरे, “हामीले यस मानिसलाई हाम्रो देश भाँड्दै गरेको, कैसरलाई कर तिर्न मनाही गरेको र ऊ आफैँलाई ख्रीष्ट राजा भनेको भेट्टायौँ ।”
3 Bilatus Myen, Ahi wuyi Ichu Yahudawa? U Yesu kpanyime niwu, “Anaki wu tre.”
पिलातसले उहाँलाई यसो भन्दै सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो र भन्नुभयो, “तपाईंले नै त्यसो भन्दै हुनुहुन्छ ।”
4 U Bilatus hla ni Firistocin bi ninkon ba ni jubu indji ba, “Mi na vu ni lah tre riri me na.”
पिलातसले मुख्य पुजारीहरू र भिडलाई भने, “यी मानिसमा म कुनै पनि दोष भेट्टाउँदिनँ ।”
5 U ba luni tre, andi, “A kpa suron indji ni tie meme na ni hla tre ma ni Yahudiya, a so ma rji ni Galili ye ni wayi.”
तर तिनीहरूले जबरजस्ती भनिरहेका थिए, “यसले गालीलबाट सुरु गरेर सारा यहूदाभरि यस ठाँउसम्म मानिसहरूलाई भड्काउँदै छ ।”
6 Niwa Bilatus a woki ma, na miyen indji bi Galili'a wawu
त्यसकारण जब पिलातसले यो सुने, तब उनले उहाँ गालीली हुनुहुन्थ्यो कि भनी सोधे ।
7 Wa ye toh ni mre ma andi a he ni zah (kalkashi) pkancin Hiridus, natru Yesu hi ni Hiridus, wa a he nitu ma Wurushelima ni vi bi ton ki.
जब उनले उहाँ त हेरोदको अधिकारमुनि हुनुहुन्छ भन्ने थाहा पाए, उनले येशूलाई हेरोदकहाँ पठाए जो ती दिनहरूमा यरूशलेममा नै थिए ।
8 Ni wa Hiridus a ku shishi ni wu u ngyiri shu niwu ni suron su se'a ni tu wa azi wau tu lalon mu ni sun toh wu. Wa a wo tre tuma, waa dede ni yoshishi ni sun toh iri kpii wa a ni tie bi so sissri wa a ni tie'a.
जब हेरोदले येशूलाई देखे, उनी धेरै खुसी भए, किनकि उनले उहाँलाई धेरै अगाडिदेखि हेर्ने इच्छा गरेका थिए । उनले उहाँको बारेमा धेरै कुराहरू सुनेका थिए र उहाँद्वारा केही आश्चर्यकर्महरू गरिएको हेर्न चाहन्थे ।
9 Hiridus a miyen Yesu ni mi tre bi gbugbu, u Yesu na sa kpe riri ni wu na.
हेरोदले येशूलाई धेरै शब्दहरूमा प्रश्न गरे, तर येशूले उनलाई कुनै पनि जवाफ दिनुभएन ।
10 Firistocin bi ninkon ba ni biwa ba nhan, lunde kri, ni nha nu
मुख्य पुजारीहरू र शास्त्रीहरूले येशूलाई जोड्दार दोष लगाउँदै उभिएका भए ।
11 Hiridus ni sojoji ma ba lu ni nhanu, nani whiyen ni wu, u ba sru nkulon bi ndindi ma niwu, na kma tru Yesu hi ni Bilatus.
हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँको अपमान गरे र उहाँलाई गिल्ला गरे अनि असल पोशाक पहिर्याएर येशूलाई पिलातसकहाँ फर्काइदिए ।
12 Ba Hiridus mba Bilatus ba tie kpan ni kpamba chachuki (ba na ta yo kpamba ni ko shishi).
हेरोद र पिलातस त्यसै दिनदेखि एक-अर्कासँग साथी भए (त्यस अगि उनीहरू शत्रु थिए) ।
13 Bilatus yo Firistocin ni bi chu ni jubu ndji ba,
तब पिलातसले मुख्य पुजारीहरू र शासकहरू र मानिसहरूका भिडलाई बोलाए,
14 na hla ni bawu, wa hla ni bawu, bi ka nji igu yi ye na indji wa ani ton ndji timeme, bi yi me bi toh, mi, miye ni shishi, mina vu lahtre riri me na wa bi ki nhanwu na.
र तिनीहरूलाई भने, “तिमीहरूले यी मानिसलाई खराब काम गर्न मानिसहरूलाई अगुवाइ गर्ने व्यक्तिको रूपमा मकहाँ ल्यायौ, र हेर, तिमीहरूकै सामुन्ने यी मानिसलाई मैले प्रश्न गरेँ । तर तिमीहरूले लगाएको आरोपको दोष मैले यी मानिसमा भेट्टाइनँ ।”
15 Ba kpe, Hiridus me, ala ka tru kma ye ni tawu, bi toh, igu yi na tie ikpe wa ba wu'a na
हेरोदले पनि दोषी भेट्टाएनन्, किनकि उनले हामीकहाँ फिर्ता पठाए । र हेर, यिनले मृत्युदण्ड पाउनेयोग्य कुनै काम गरेका छैनन् ।
16 Ni tu ki mi gbi ton niwu ni kachuwo.
यसकारण म यिनलाई सजाय दिनेछु र छोडिदिन्छु ।”
17 Wa hi gbigbi ni Bilatus ndu chu indji u y'bi iri no ba ni Idin)
अब चाडको समयमा पिलातसले यहूदीका निम्ति एक जना कैदीलाई छोडिदिनुपर्थ्यो ।
18 Wawu mba wu ba lu tre vovome, ndu ba, “Nji gu mba hi, na nji Barabas grji!”
तर तिनीहरू एकैसाथ कराउँदै यसो भने, “यस मानिसलाई हाम्रा बिचबाट हटाउनुहोस् र हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस् ।”
19 Barabas a guri wa ba yo ni mitra u lo ndji bi latra, nitu wa aka kpa suron tie meme ni bawu ni gbu na wu ndji.
बारब्बा सहरमा विद्रोह र हत्याको कारण गर्दा झ्यालखानमा राखिएको एक मानिस थिए ।
20 Bilatus ala tre, asun ka Yesu chuwo.
येशूलाई छोड्ने इच्छा गरी फेरि पिलातसले तिनीहरूलाई सम्बोधन गरे ।
21 Ba la tre vovome, ni, “Giciye wu, giciye wu.”
तर तिनीहरूले चिच्च्याउँदै यसो भने, “त्यसलाई क्रुसमा झुन्ड्याओ, क्रुसमा झुन्ड्याओ ।”
22 A hla ni bawu nkpu u tra, “Nitu ngye, a ngye yi indji yi tie wa a meme? Mi na toh kpe wa a tie wa bi wah bi wu'u ni tu ma na. Ni naki to bi kle nu'u yah, me ka'u chuwo.”
पिलातसले तेस्रो पटक तिनीहरूलाई भने, “किन, यो मानिसले के दुष्ट काम गरेको छ र? मैले यिनमा मृत्युदण्ड दिने कुनै दोष पाइनँ । यसकारण, यसलाई सजाय दिएर छोडिदिन्छु ।”
23 Ba kri titu, na tre gbangban me, ndi ba sun ndu ba giciye wu, u tre mba ka mren Bilatus saran.
तर तिनीहरू उच्च स्वरमा येशूलाई क्रुसमा टाँग्ने माग गर्दै लागि परे । र पिलातसलाई उनीहरूका आवाजले विश्वस्त तुल्यायो ।
24 U Bilatus a kpanyime ni bawu ni kpi wa ba sun.
त्यसकारण, पिलातसले उनीहरूका माग पुरा गरिदिने निर्णय गरे ।
25 Wa ba miyen a nji grji ni bawu na no ba i wa ba yo ni tra u lo ndji'a nitu wa a kpa suron tie meme nda wu ndji, na no Yesu ni kpi wa son.
त्यसैले तिनीहरूले माग गरेअनुसार पिलातसले बारब्बालाई छोडिदिए जसद्वारा सहरमा हत्या र आतङ्क भएको थियो, तर येशूलाई तिनीहरूको इच्छाअनुसार सुम्पिदिए ।
26 Ba nji hi, na zu vu guri inde ma Siman Bakurane, a rji ni gbu siye, u ba ban giciyen gran ni wu gba, ndu nji hu Yesu.
तिनीहरूले उहाँलाई टाढा लजाँदै गर्दा गाउँबाट आउँदै गरेको कुरेनीका सिमोनलाई समातेर येशूलाई पछ्याउदै उहाँको क्रुस बोक्न लगाए ।
27 Chubu nji ni mba ba lo suron na ni yi nitu ma, na ni hu.
मानिसहरूको एउटा ठुलो भिड, उहाँका लागि विलाप गर्ने र दुःखित हुने स्त्रीहरूले पनि उहाँलाई पछ्याइरहेका थिए ।
28 Wa kma yaba, Yesu tre, “Bi mri mba Urushalima, na yi nitu mu na, bi ka yi ni tu-mbi ni mri-mbi.
तर तिनीहरूतिर फर्केर येशूले भन्नुभयो, “यरूशलेमका छोरीहरू हो, मेरो लागि नरोऊ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीहरूका निम्ति रोओ ।
29 Bi toh, ivi ni ye wa ba tre, lulu a biwa ba son ni krju ni bi wa bana ngrji na, ni sisan wa bana mma na.”
किनभने हेर, दिनहरू आउँदै छन् र तिनीहरूले भन्नेछन्, ‘हे बाँझीहरू, नजन्माउने कोखहरू, दूध नचुसाउने स्तनहरू धन्यका हुन् ।’
30 U ba fare tre ndu tita, “Ku chan ta, ni Igbulume, Bika kata.
त्यसपछि तिनीहरूले पहाडहरूलाई भन्न थाल्नेछन्, ‘हामीमाथि खस,’ र डाँडाहरूलाई भन्नेछन्, ‘हामीलाई छोप ।’
31 Ba ni na tie kpi biyi u kunkron a ri he ni shushu, ahi ngeri ani tie u kunkro klu ye?
यदि रुख हरियो हुँदै तिनीहरूले यस्ता कुराहरू गर्छन् भने, सुख्खा हुँदा के गर्लान्?”
32 U ba nji indji hari biwa ba lah-tre, hi niwu baba Yesu.
उहाँसँगै अरू दुई जना अपराधीलाई पनि मृत्युदण्ड दिनलाई लगिएको थियो ।
33 Wa ba ka ri ni bubu wa ba yo, “kyukyu” niki ba ka kpan ba ni kunkron'a (giciye) ni bi y'bi hari, u ri ni wo kori, u ri ni ko ta.
जब तिनीहरू खप्परे भन्ने ठाँउमा आए, त्यहाँ तिनीहरूले उहाँ र ती अपराधीहरूमध्ये एउटालाई उहाँको दायाँतर्फ र अर्कालाई बायाँतर्फ क्रुसमा टाँगे ।
34 Yesu tre “Itie, kpa wruhle ni bawu, don bana toh kpe wa ba tie na.” Ba lu ni ta chacha, na yaba inklon ga.
येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दै छन् सो जान्दैनन् ।” र तिनीहरूले उहाँका वस्त्रहरू भाग गर्नलाई चिट्ठा हाले ।
35 Indji ba lu niya bi nji ndji (mulki) ba wa ba ye si tsawu andi, “A kpa bari chuwo. Dun kpa tuma chuwo ki, toh wawu yi hi Almasihu u Irji, wa ba chu'a.”
मानिसहरूले उभिएर हेरिरहेका थिए, जहाँ शासकहरूले पनि उहाँलाई यसो भन्दै गिल्ला हेरिरहेका थिए, “यो परमेश्वरको चुनिएको ख्रीष्ट हो भने यसले अरूलाई त बचायो, अब आफैँलाई बचाओस् ।”
36 Bi lokpa me ba tsawu, na wa niye, nda ni dren iman wa'a sa.
अनि सिपाहीहरूले पनि सिर्का दिँदै यसो भनी गिल्ला गरे,
37 Nani tre, “U ta hi chu Yahudawa, U ka kpa tume chuwo.”
“यदि तिमी यहूदीहरूका राजा हौ भने, आफैँलाई बचाओ ।”
38 U gban ri he niwu tu, “I wa yii a chu Yahudawa.”
“यो यहूदीहरूका राजा हो भनी” त्यहाँ उहाँको माथि एउटा चिह्न पनि थियो ।
39 Iri ni mi bi y'bi hari ba wa ba kpan ba, a mre'u andi, “A na wuyi Almasihu na? ka tu me chuwo ni kita me.
क्रुसमा टाँगिएको एक जना अपराधीले उहाँको गिल्ला गर्दै यसो भन्यो, “के तिमी ख्रीष्ट होइनौ? हामीलाई र आफैँलाई बचाऊ ।”
40 U ri ma sah, wa ya losuron, “U na tie sissri Irji na, nitu wa ba wuta baba?
तर अर्कोले त्यसलाई हप्काउँदै जवाफ दियो, “के तँ परमेश्वरको डर मान्दैनस्, तँ आफैँ यस्तो अवस्थामा छस्?
41 U mbu ba tie tsra, ki kpa mbu nitu kpe wa ki tie, Igu yi ana tie kperi memema na.”
हामी वास्तवमा यहाँ न्यायोचित रूपले छौँ, हामीले हाम्रो कामको उचित परिणाम पाइरहेका छौँ । तर यी मानिसले त कुनै गल्ती काम गरेका छैनन् ।”
42 Nna la tre, “Yesu na kparisu ni me na, uta ri ni ko Itie me.”
र उसले थप्यो, “येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा, मलाई सम्झनुहोस् ।”
43 Yesu hla ni wu, “Njanji tre misi hla niwu, luwa u he nime ni Firdausi.”
येशूले त्यसलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसँगै स्वर्गलोकमा हुनेछौ ।”
44 U ba he niki ni krafi tanne, u bubu ka tie bwu kagon gbu'a wawu, hi ni krafi tiya.
यो छैठौँ घडीको बेला थियो, र नवौँ घडीसम्म सारा देशभरि अन्धकारले ढाक्यो ।
45 U rji grji ka ku. U bre gontra tra u tre ni Irji a yar tie hari ni tsutsuma ye ni meme.
सूर्यले प्रकाश दिन छोड्यो । त्यसपछि मन्दिरको पर्दा बिचबाट च्यातियो ।
46 Ni yar yi ni lan gbangban me, Yesu tre, “Itie, mi ka Ruhu Mu no niwo me.” wa tre naki, na que.
येशूले उच्च स्वरमा कराएर भन्नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु । यसो भनेर उहाँले प्राण त्याग्नुभयो ।”
47 U Jirimia a toh kpi wa a tie, na gbire Irji san, “Gbigbi iguyi a hi indji ndindi.”
जब कप्तानले जे भइरहेको थियो सो देखे, उनले यसो भन्दै परमेश्वरको महिमा गरे, “निश्चय नै यिनी एक धार्मिक मानिस थिए ।”
48 U Ijubu indji ba wawu, wa ba hu ba ye ndu ba ye toh ikpi wa a tie ni shishi mba, ba kma ni wru wo ni san mba.
यस ठाउँमा आएका सबै भिडले त्यहाँ भएका घटनाहरूलाई देखेपछि तिनीहरू आफ्नो छाती पिट्दै फर्के ।
49 Bi wa ba toh wawu mba'wu, ni imba bi wa ba hu ba rji ni Galili, u ba ka kri ni gbugbanmu, na si ya kpe wa a si zren
तर उहाँका चिनाजानीका मानिसहरू र गालीलबाट उहाँलाई पछ्याउने स्त्रीहरू टाढै उभिएर यी कुराहरू हेरिरहेका थिए ।
50 U indji ri ba yowu Yusufu, ahi vren u majalisan ni ugbu na indji ndindi.
हेर, त्यहाँ एक जना योसेफ नाउँ गरेका मानिस थिए । तिनी महासभाका सदस्य थिए, जो एक असल र धार्मिक मानिस थिए ।
51 Wa na kpa nyime ni kpi wa ba tre ni kpi wa ba tie na, rji ni Arimatiya ni meme Yahudiya, i wa a si kben hi koh Irji.
(उनी तिनीहरूका निर्णय र क्रियाकलापसँग सहमत थिएनन्), उनी यहूदिया सहर अरिमाथियाका थिए, जसले परमेश्वरको राज्यको प्रतीक्षा गरिरहेका थिए ।
52 Igu ki, ahi ni Bilatus, na miyen wu a ndu ban ikpon Yesu no wawu.
यी मानिसले पिलातसकहाँ गएर येशूको शरीर मागे ।
53 Wa nji grji ye meme, na nyewu ni pri ndindi, na kayo ni mi bbe wa ba shime ni kpa tita, ni bubu wa ba na rju ndrjo toh na.
उनले तल लगे र सफा मलमलको कपडामा बेह्रेर चट्टानमा कपेर बनाइएको चिहानमा राखे, जहाँ कहिल्यै कसैलाई राखिएको थिएन ।
54 Ivi ri ri ni vi, u Asabaci te whiwhre.
यो तयारीको दिन थियो, र विश्राम दिन सुरु हुनै लागेको थियो ।
55 Ba imba biwa ba ye baba Yesu rji ni Galili, ba hu nda toh wrji wa ibbe'a a he nda toh ka ba yo nkpon ma'a.
गालीलदेखि पछ्याउँदै आएका स्त्रीहरूले पनि चिहानमा उहाँको शरीर कसरी राखिएको थियो, त्यसलाई हेरे ।
56 U ba kma hi, u ba wa inye u gban ni turare. U ba kusi ni ivi Asabaci, nidu.
तिनीहरू फर्के र सुगन्धित द्रव्य र अत्तरहरू तयार पारे । त्यसपछि आज्ञाअनुसार विश्राम दिनमा तिनीहरूले विश्राम गरे ।