< Luke 17 >

1 Yesu hla ni imri koh ma, A lele ndi ba kbu za ni tita iya mbi wa wu sa ahe ni krigin.
येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “मानिसहरूलाई पाप गर्न लगाउने ठक्‍करहरू अवश्य नै आउँछन्, तर धिक्‍कार तिनीहरूलाई, जसद्वारा ती आउँछन्।
2 Ana bi bana klo tita wu ni toh ma nda kayo nimi nne fi niwa ni tsa iri ni mi imri bi tsitsa yi diba kbu za.
यी सानाहरूमध्ये एक जनालाई पाप गर्न लाउनुभन्दा बरु एउटा जाँतो त्यसको घाँटीमा बाँधेर त्यसलाई समुद्रमा फालिदिनु असल हुनेथियो।
3 Ya kpambi, wa vayi ma lahtre, bwu shishi niwu, nda a kpa nuyime wruhle niwu.
त्यसकारण आफ्नो विषयमा होसियार बस! “यदि तिम्रो भाइले पाप गर्‍यो भने त्यसलाई हप्काऊ; र त्यसले पश्‍चात्ताप गर्‍यो भने त्यसलाई क्षमा गर।
4 Nda kpalla niwu inkpu tangban ni vi ri, nda k'ma ye niwu inkpu tangban nda tre, mi brewu, abi du wruhle niwu.
त्यसले तिम्रो विरुद्धमा दिनमा सातपल्ट पाप गर्‍यो र सातैपल्ट फर्केर आएर तिमीलाई ‘म पश्‍चात्ताप गर्छु’ भन्यो भने त्यसलाई क्षमा गर।”
5 Bi ninkon ba hla ni tie kon mba, nzu yo suron buu.
प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्‍वास बढाइदिनुहोस्!”
6 Irji hla ndu bi he ni bangaskiya kama wlo mustard, bi iya hla niku kro du rumin chu di tsen nimi nei, A kpa nyime niwu.
उहाँले जवाफ दिनुभयो, “यदि तिमीहरूमा सानो रायोको दानाजत्रो विश्‍वास छ भने तिमीहरूले यस किम्बुको रूखलाई ‘तँ जरैसित उखेलिएर समुद्रमा रोपिन जा’ भनी भन्‍न सक्छौ, र यसले तिम्रो आज्ञा मान्‍नेछ।
7 A nha nimi mbi, ahe ni vren koh wa ni rho ko krju int'ma rhi rji mi ji ye, ani lla niwu tsima ye ndi ri lah.
“मानौँ तिमीहरूमध्ये कसैको एउटा सेवक खेत जोत्न अथवा भेडा चराउन गएको छ। के उसले त्यो सेवकलाई खेतबाट त्यो फर्केर आएपछि ‘अब आइज, र खान बस्’ भन्छ र?
8 Ana hla ni wuna, wa kpe mi ri, ndi khi di tie ndu bar mi ri ndi tso. U me wru ndi tsro na?
बरु उसले, ‘मेरो खाना तयार गर्, आफूलाई तयार राख्, र मैले खानपान नगरुन्जेल मेरो सेवाटहल गर्। त्यसपछि तैँले खानपान गर्न सक्नेछस्’ भनी भन्दैन र?
9 Ana gir ni wer kon du a tie ikpa wawu la una a tie?
सेवकले त्यसलाई अह्राइएको काम गरेकोले उसले त्यस सेवकलाई धन्यवाद दिन्छ र?
10 Iwu me naki yi nda u tie kpe wa ba hla niwu, u ya tre, kbi na khai mri koh ..... ma. Kbi tie ikpe wa kbi na tie.
त्यसै गरी तिमीहरूले पनि जब तिमीहरूलाई अह्राइएका सबै कामहरू गरिसक्छौ, तब यसो भन्‍नुपर्छ, ‘हामी अयोग्य सेवक हौँ, हामीले त केवल आफ्ना कर्तव्य मात्र पालन गरेका छौँ।’”
11 A bi fin ri atsi tie ni Wurishelima, abu kusa nei gbu Samariya ni Galili.
यरूशलेम जाने आफ्नो यात्राको क्रममा येशू सामरिया र गालील प्रदेशबीचको सिमाना भएर जाँदैहुनुहुन्थ्यो।
12 Wa ari ni gbu ri, ndji wlon bi lilon gben ba izun ni wu. Ba klir gbugbanmu niwu.
उहाँ कुनै गाउँमा पस्‍न लाग्नुहुँदा कुष्‍ठरोग लागेका दश जनाले उहाँलाई भेटे। तिनीहरू केही टाढै उभिए;
13 Ba bwu ba ni fu ba, nda tre, Yesu nikon wo iyi mbu.
अनि चर्को सोरमा उहाँलाई बिन्ती गरे, “हे येशू, गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्!”
14 Wa ato ba, ahla ni bawu, hi ndi tsro tumbi ni Firistoci. Wa ba tsi bi, ba kpa sikpa.
तिनीहरूलाई देखेर उहाँले भन्‍नुभयो, “जाओ, र आफैँलाई पुजारीकहाँ देखाओ।” अनि तिनीहरू जाँदा-जाँदै निको भए।
15 Iri nimi ba wa a to wawu samu sikpa, a kmaye, nda ngyiri ni Ijri ni la ndindima.
तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेपछि चर्को सोरमा परमेश्‍वरको प्रशंसा गर्दै फर्केर आयो।
16 A joku ni kbu Yesu, nda ngyiri niwu gbugbome wawu a ndji igbu Samariya.
येशूको पाउमा घोप्टो परेर उहाँलाई धन्यवाद दियो; त्योचाहिँ एक सामरी थियो।
17 Yesu la bana ndji wlo na wa samu sikpa na, itiya ba bahe ni ntsen?
येशूले सोध्नुभयो, “के दशै जना नै निको भएका होइनन् र? अरू नौ जना कहाँ छन्?
18 Ba bari wa ba kmaye nda ngyiri ni Irji, tse ndji tsri yi?
के फर्किआएर परमेश्‍वरलाई प्रशंसा दिन यो परदेशीबाहेक अरू कोही भएनन्?”
19 A hla niwu, lunde ndi he ni suron ndindime anu sikpa ma.
त्यसपछि उहाँले त्यसलाई भन्‍नुभयो, “उठ, र आफ्नो बाटो लाग; तिम्रो विश्‍वासले नै तिमीलाई निको पारेको हो।”
20 Farisawa ba mye Irji ni ye ni ntan, Yesu hlani bawu ndi Irji ana ye iri iya ndi na.
फरिसीहरूद्वारा परमेश्‍वरको राज्य कहिले आउँछ भनी सोधिएपछि येशूले जवाफ दिनुभयो, “परमेश्‍वरको राज्य तिमीहरूले देखिने गरी आउँदैन,
21 Ko ba la yah, ahe iyi koh ahe wamu. Bi ka yah iye Irji ahe aniwu.
न त मानिसहरूले ‘यो यहाँ छ,’ अथवा ‘त्यहाँ छ,’ भनी भन्‍नेछन्। किनकि परमेश्‍वरको राज्य त तिमीहरूभित्र नै छ।”
22 A hla ni imri koh ma, i vin tse ye wa bi son toh ivi wa ivren ndji niye, bi na tona.
त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “त्यो समय आउँदैछ, जब तिमीहरूले मानिसको पुत्रलाई कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ, तर तिमीहरूले देख्नेछैनौ।
23 Ba hla niwu, yah, ni wamu, yah niwa hi na rju na, na bu ba na.
मानिसहरूले तिमीहरूलाई, ‘ऊ त्यहाँ छ!’ अथवा ‘हेर, ऊ यहाँ छ!’ भन्‍नेछन्, तर तिनीहरूका पछि दगुर्दै नजाओ।
24 Ya nda izren ni whri nda kma tsutsa wa ni whri gbagbla shu yi ni gbagblamu, ani he nikiyi ivren ndji ni vin ma.
किनकि जसरी बिजुली चम्कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्म उज्यालो हुन्छ, मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ।
25 A ni sha yah gbugbu kri gbugblu bakaba wu.
तर पहिले उसले धेरै कष्‍टहरू भोग्नुपर्छ, र यस पुस्ताबाट तिरस्कृत हुनुपर्छ।
26 A ni he nawa ahe ni nton Nuhu, ani he nakiyi ivi u ivren ndji.
“नोआका दिनहरूमा जस्तो भएको थियो, मानिसको पुत्रको दिनहरूमा पनि त्यस्तै हुनेछ।
27 Ba nri, ba tso ba grah nde ninu grah har hi tub wa Nuhu anri ni Jirgi imah tubana ayeh, nda wu ba penpeme.
नोआ जहाजभित्र पसेको दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, र विवाह गरिरहेका थिए र गराइँदैथियो। त्यसै समयमा जलप्रलय आयो र तिनीहरू सबैलाई नष्‍ट पार्‍यो।
28 A he na kiyi ni tan lutu bata nri, bata tso bata lbe nda lebie bata shu bata meh ba koh.
“लोतका दिनमा पनि त्यस्तै भएको थियो। मानिसहरू खाइरहेका, पिइरहेका, किनबेच गरिरहेका, रोपिरहेका र बनाइरहेका थिए।
29 Ivin wa lutu rju ni Saduma, ba tsra lu kwekwema rji ni shu bawu ba u ahuwu.
तर लोतले सदोम छोडेकै दिनमा आकाशबाट आगो र गन्धक बर्स्यो, र तिनीहरू सबैलाई नष्‍ट पार्‍यो।
30 Ani he na kiyi wa ba ton vren ndji.
“मानिसको पुत्र प्रकट हुने दिनमा ठिक यस्तै हुनेछ।
31 Ni vi khi yi, indji he ni tun khan du ma ngrji da ni vu kpima ni kon na, wa ahi ni rju du na kma ye na.
त्यस दिन कोही घरको छानामाथि हुनेछ, र त्यसका मालसामान घरभित्र छन् भने ती थोकहरू लैजानलाई त्यो तल नओर्लोस्। त्यसै गरी खेतमा हुने कोही पनि केही लिन फर्केर नजाओस्।
32 Rhi mre iwa Lutu.
लोतकी पत्नीलाई सम्झ!
33 Wa ni son tuma, ani rasa niwu, wa k tuma nu, ani tsira niwu.
जसले आफ्नो जीवन बचाउन खोज्छ, त्यसले त्यो गुमाउनेछ; र जसले आफ्नो जीवन गुमाउँदछ, त्यसले त्यो बचाउनेछ।
34 Mi hla niwu, ni chu kiyi ndi ha ni tub blah riri, baba ri nda ton ri.
म तिमीहरूलाई भन्दछु, त्यस रात दुई जना मानिस एउटै ओछ्यानमा हुनेछन्; एक जना लगिनेछ र अर्को छोडिनेछ।
35 Imba ha ba si kon kpu ba ka ban ri, nda bri rima.
दुई स्त्रीहरू सँगसँगै अन्‍न पिँधिरहेका हुनेछन्। एउटी लगिनेछ र अर्की छोडिनेछ।
36 Ndji lulo bari ba hi ni rju, ba ban ri nda bri ri.
दुई जना मानिसहरू खेतमा हुनेछन्, एउटा लगिनेछ र अर्को छोडिनेछ।”
37 Ba mye, ni ntsen Tie koh? A hla bawu iwirji igbokpa ahe, ni kiyi bi ton ugulu.
तिनीहरूले सोधे, “कहाँ, प्रभु?” उहाँले जवाफ दिनुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू थुप्रिनेछन्।”

< Luke 17 >