< Luke 10 >

1 Ni kle kima, Bachi a chu ndji tangba nda ton ba ni hi ha duba hi ni gbu ni gbu wa ndi wawu me ni hi niki.
त्यसपछि प्रभुले अरू बहत्तर जनालाई नियुक्त गर्नुभयो। तिनीहरूलाई आफू जान लाग्नुभएको हरेक सहर र ठाउँमा दुई-दुई जना गरी आफूभन्दा अगि पठाउनुभयो।
2 Wa a hla ni bawu, ichan a gbugbu'u, in bi tie du'a ba fi me, bre Irji ndi dubi tie ndu'a ye.
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। त्यसकारण फसलका प्रभुलाई उहाँको आफ्नो फसलका खेतमा प्रशस्त खेतालाहरू पठाइदिन प्रार्थना गर।
3 Mi toh yi, hi na mri krju ni mi meme in'ma miji.
जाओ! म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा थुमाहरूझैँ पठाउँदैछु।
4 Na ban nbu nklen na, ko mbu nklonna, ko lagban zan na, na chi ndrjo ni nkon na.
न पैसाको थैली, न झोला, न त जुत्ताहरू, केही नबोक। अनि बाटोमा कसैलाई पनि अभिवादन नगर।
5 Du ikoh wa bi ri'a, bika guci tre du si suron du he ni koh yi!
“जब तिमीहरू कुनै घरमा पस्दछौ, पहिले भन, ‘यस घरमा शान्ति रहोस्!’
6 Idan ni koh yi, inde ndji “U sun si suron a he ni mi, si suron ka son ni nituma. Idan ana he si suron bi ka huye ye kpambi.
यदि त्यहाँ शान्तिको मानिस रहेछ भने तिम्रो शान्ति त्यससँग रहनेछ; यदि छैन भने त्यो शान्ति तिमीहरूकहाँ नै फर्किआउनेछ।
7 Bi son ni koh wa ba kpa yi, bi rie ndi so kpe wa ba no yi'a, don ndji wu titu ani kpa ya ma, Na hu ni koh ni koh na.
तिनीहरूले जे दिन्छन्, त्यही खानपान गर्दै त्यही घरमा नै बस; किनकि खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। घर-घर पसेर डुल्ने नगर।
8 Du gbu wa bi ri, ide ba kpa yi, bi ri ndi sokpe wa ba no yi,
“कुनै सहरमा पस्दा तिमीहरूलाई स्वागत गरियो भने तिमीहरूका सामु जे राखिन्छ, त्यो खाओ।
9 Be no bi lilo si. Di hla ni bawu ndi, ivi u ye Irji a tie whewhre.
त्यहाँ भएका बिरामीहरूलाई निको पार, र तिनीहरूलाई ‘परमेश्‍वरको राज्य तिमीहरूका नजिकै आइपुगेको छ’ भन।
10 Du gbu wa bi ri, u bana kpa yi na, bi ka rju hi ni nkon,
तर कुनै सहरमा पस्दा तिमीहरूलाई स्वागत गरिएन भने त्यस सहरका गल्‍लीहरूमा जाओ, र यसो भन,
11 Di tre ko wru zah mbi, ki se sruni yuu. Bi ka toh ndi iye Irji tie whewhre.
‘हाम्रा पैतालामा टाँसिएका तिमीहरूको सहरको धुलोसम्म पनि तिमीहरूको विरुद्धमा टक्टक्याउँछौँ; तापनि यो निश्‍चय जान: परमेश्‍वरको राज्य नजिकै आइपुगेको छ।’
12 Mi hla ni yiwu ni vi kima u ye, ani he ni ya ni gbu kima zan Sodom.
म तिमीहरूलाई भन्दछु, त्यस दिन त्यो सहरको भन्दा त बरु सदोमको अवस्था सहन सक्ने हुनेछ।
13 Iyame Korazin, iya me Betseida, da iri kikle du a ba tie ni Tyre mba Sidon, bana kpa Irji ni sen mu, da ta sru gbanjan nklon nda son nitoh lu.
“धिक्‍कार, तँलाई, हे खोराजिन! धिक्‍कार, तँलाई, हे बेथसेदा! यदि तिमीहरूमा गरिएका अचम्मका कामहरू टायर र सीदोनका मुलुकहरूमा गरिएका भए त्यहाँका मानिसहरूले धेरै पहिले भाङ्ग्रा ओढेर खरानीमा बसी पश्‍चात्ताप गर्नेथिए।
14 Chachu bla tre ani bini Sidon mbaTyre.
तर न्यायको समयमा तिमीहरूको भन्दा टायर र सीदोनको अवस्था सहन सक्ने हुनेछ।
15 U kapanawum, u ya ndi wu, u rhi ni shulu? ba nji grjiye yo ni Hades. (Hadēs g86)
अनि, हे कफर्नहुम, के तँ आकाशमा उचालिनेछस्? होइन, तँ तल पातालमा खसालिनेछस्। (Hadēs g86)
16 Indji wa awo yi, a wohme kena, indji wa a kama ni yi'a, a kama ni me wa mi ton yi.
“जसले तिमीहरूका कुरा सुन्छ, त्यसले मेरै कुरा सुनेको हुन्छ। जसले तिमीहरूलाई अस्वीकार गर्छ; त्यसले मलाई नै अस्वीकार गरेको हुन्छ; तर जसले मलाई अस्वीकार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई पनि अस्वीकार गरेको हुन्छ।”
17 Wlon nkpu tangba ba k'ma ye ni kinkla suron, nda ni tre Bachi, Ibrji me ba kujoku nitawu nimi nde me.
ती बहत्तर जना आनन्दित हुँदै फर्केर आएर भने, “प्रभु, तपाईंको नाममा त भूतआत्माहरूसमेत हाम्रा अधीनमा आउँछन्।”
18 Yesu ka tre mi si ya Ibrji a joku rji ni shu na kpan.
उहाँले भन्‍नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुली चम्केझैँ खसिरहेको देखेँ।
19 Toh mi no yi gbengblen du yi chan iwan baba ilan, nitu bi gbengblen bi kra ta.
मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्तिमाथि विजय हुने अधिकार दिएको छु; र कुनै कुराले पनि तिमीहरूलाई हानि गर्नेछैन।
20 Na ngyiri ndi ibrji ba joku ni yiwu na, ngyiri ndi ba nha inde mbi ni shulu.
तापनि दुष्‍ट आत्माहरू तिमीहरूका अधीनमा आएकोमा आनन्द नगर। तर तिमीहरूका नाम स्वर्गमा लेखिएका छन् भन्‍ने कुरामा आनन्द गर।”
21 Ni nton kima'a a grji ni Ruhu ndindi, nda tre, Me zu inde me Timbu Bachi ni shu, ni u gbungblu, don u wru kpi bi hle ni bi wandi ba bu shishi nda to ndi, di tsro bi wa bana hla ni bawu na, na mri bi klekle, abi ni shishi tie mu.
त्यस बेला येशू पवित्र आत्माद्वारा आनन्दले भरिनुभयो र भन्‍नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंको प्रशंसा गर्दछु, किनकि तपाईंले यी कुराहरू बुद्धिमान् र ज्ञानीहरूबाट गुप्‍त राखेर साना बालबालिकाहरूलाई प्रकट गरिदिनुभएको छ; किनकि हे पिता, तपाईंलाई यस्तै गर्न असल लाग्यो।
22 Tie mu a vu kpi ba wawu sru mu niwoh, ba ndji wa a toh Vren'a, se Iti ma, ba ndji wa a toh Iti'a se Vren'a, wandi Ivren a kpanyime nda ni tsro Ti'a.
“मेरा पिताले सबै थोकहरू मलाई सुम्पिदिनुभएको छ। पुत्र को हो भनी पिताले बाहेक कसैले जान्दैन। अनि पिता को हो भनी पुत्रले र जस-जसकहाँ उहाँलाई प्रकट गरिदिने इच्छा गर्दछ, त्यसले बाहेक अरू कसैले चिन्दैन।”
23 A kma hi ni mri koma ni ka grji ba, nda tre bi wa ba tie lulu yo ni bawu'a nda toh kpe wa bisi tie'a.
त्यसपछि चेलाहरूतिर फर्केर उहाँले तिनीहरूलाई गोप्यमा भन्‍नुभयो, “धन्य हुन् ती आँखाहरू, जसले तिमीहरूले देखेका कुराहरू देख्दछन्।
24 Bi tie ndu Irji baba bi chu gbugbu ba ndi ba toh kpe wa ndi bi si toh, “u” bana toh na. Ba ndi ba woh kpe wandi bisi woh, bana woh na.
किनकि म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्ताहरू र राजाहरूले तिमीहरूले जे देख्छौ, त्यो हेर्न इच्छा गरेका थिए, तर देखेनन्; र तिमीहरू जे सुन्छौ, त्यो सुन्‍न इच्छा गरेका थिए, तर सुनेनन्।”
25 Se mala ri u bla tre ni Yahudawa kaye tsra u, nda tre mala, me tie ngye miti mi ni kpa re u tuntrun? (aiōnios g166)
एक समयमा एक जना व्यवस्थाका विशेषज्ञ येशूको परीक्षा गर्न उठे, र उहाँलाई प्रश्न गरे, “गुरुज्यू, अनन्त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?” (aiōnios g166)
उहाँले भन्‍नुभयो, “व्यवस्थामा के लेखिएको छ? त्यसलाई तिमी कसरी पढ्छौ?”
27 Wa a kasa nda tre gbigbi wuka sun Bachi Irji ni suron me wawu, ni drime, ni gbengblen me wawuu, ni mre me wawu, wuka son indji u kutra ka hlan me na time.
तब तिनले जवाफ दिए: “‘परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण बलले र सम्पूर्ण मनले प्रेम गर,’ र ‘आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर।’”
28 Yesu ka hla inde wu tie naki, u tie njanji u wuna kyu na.
येशूले जवाफ दिनुभयो, “तिमीले ठिक जवाफ दियौ। त्यसै गर, र तिमी बाँच्नेछौ।”
29 Mala ani sun si tuma cuwo nda tre Yesu, Ahi nha hi indji u ka hlan mu?
तर तिनले आफूलाई धर्मी ठहराउने इच्छा गरेर येशूलाई सोधे, “त्यसो भए मेरो छिमेकी को हो त?”
30 Wa a tre ndi a rji ni Wurushelima nda ni hi Yariko. Da ka ku ni wo bi y'bi, u ba kpa wawu kpie wa ndi a nji'a, nda tsi'u, wa tie whre u kyu baka don wu.
जवाफमा येशूले भन्‍नुभयो: “एक जना मानिस यरूशलेमबाट यरीहोतिर ओर्लंदैथियो। त्यो डाँकुहरूको फेला पर्‍यो। तिनीहरूले त्यसलाई नाङ्गै पारे, पिटे र अधमरो बनाएर छोडेर गए।
31 Se ga bi ton du Irji ye toh nda zuni kosan nda hi kpama.
संयोगवश एउटा पुजारी त्यही बाटो भएर आयो, र त्यस अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो।
32 Se ga balawi aye nda toh nda gon zu ni kosan nda hi kpama ngame.
त्यसै गरी एउटा लेवी पनि त्यस ठाउँमा आइपुग्यो, र त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो।
33 Se ga Basamariye aye nda kukri nda ya indji'a a loh suron.
तर एक जना सामरी यात्रा गर्दागर्दै त्यो मानिस भएको ठाउँमा आइपुग्यो। त्यसलाई देखेर त्यस सामरीको मन दयाले भरियो।
34 Aye nda ngla kpa niwu, nda gban nye niwu, nda loh kpa niwu, nda ban sa ni nhma ma, nda nji u ni bubu u kru.
अनि त्यो सामरी त्यसकहाँ गएर त्यसको घाउमा तेल र दाखमद्य लगाएर पट्टी बाँधिदियो। त्यसपछि उसले त्यस मानिसलाई आफ्नै गधामा चढाएर पौवामा लग्यो र त्यसको हेरचाह गर्‍यो।
35 U mble kpan no nkle, wandi bata ya indji wu lilo'a nda tre, to nklen'a a kleh, mi ye nowu mbru ma.
भोलिपल्ट उसले चाँदीका दुई वटा सिक्‍का निकालेर पौवाका मालिकलाई दिँदै भन्यो, ‘यिनको हेरचाह गरिदेऊ। अरू बढी खर्च लागेछ भने म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु।’
36 Ni mi ndji tra biyi, ahi nha hi ndji u kutra kalah ma?
“अब तिम्रो विचारमा यी तीन जनामध्ये कुनचाहिँ त्यो डाँकुहरूका हातमा पर्ने मानिसको छिमेकी ठहरियो?”
37 Se mala ka tre indji wa tsro loh suron, I Yesu ka tre hi ndi tie naki.
व्यवस्थाका ती विशेषज्ञले जवाफ दिए, “त्यही मानिस, जसले त्यस मानिसमाथि दया देखायो।” येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, र तिमी पनि त्यस्तै गर।”
38 Da ba si he nimi zren nda ye rini mi vi gburi, u wari bo yo'u ndi Mata a kpa'u ni koh ma ni woh ha.
येशू र उहाँका चेलाहरू यात्रा गर्नुहुँदै एउटा गाउँमा आइपुग्नुभयो। त्यहाँ मार्था नाम भएकी एउटी स्त्रीले आफ्नो घरमा उहाँको स्वागत गरिन्।
39 Ahe ni vayi ma, bata yo'u ndi Maryamu, wa ndi a son ni zah Bachi nda si woh kpe wa ndi asi tre'a.
तिनकी मरियम नाम भएकी एउटी बहिनी थिइन्, जो उहाँको वचन सुन्दै प्रभुका पाउमा बसिन्।
40 Mata si sron biri, “u” wawu Mata a ye ni Yesu nda tre Bachi wu na toh yada vayi mu a kame don misi tie ndu'a kanklen mu na? Hla niwu du ye zo me.
तर मार्था सेवा-सत्कारका तयारी गर्ने धेरै काममा अल्झिएकी थिइन्। तिनी उहाँकहाँ आइन् र भनिन्, “प्रभु, के तपाईं वास्ता राख्नुहुन्‍न, मेरी बहिनीले सबै काममा मलाई एकलै पारेकी छिन्? मलाई सघाइदिन तिनलाई भनिदिनुहोस्!”
41 Bachi ka tre Mata, Mata wu yo kpi gbugbu'u ni ko shishi me,
येशूले जवाफ दिनुभयो, “मार्था, ए मार्था, तिमी धेरै कुराहरूका विषयमा चिन्ता गर्छ्यौ र दुःखी हुन्छ्यौ।
42 ama kpe riri Maryamu a chu kpe ndindi ma, ba ndji'a wa ani sran wu kpa.
तर एउटा मात्र कुराको आवश्यकता छ। अनि जे असल छ, मरियमले त्यही छानेकी छिन्। त्यो तिनीबाट खोसिनेछैन।”

< Luke 10 >