< Yohana 9 >
1 U Yesu ka si hi, nato iguri u fyen wa ndi a yar shishi tu rji ni wa ba ngrji'a.
त्यहाँबाट जाँदै गर्नुहुँदा येशूले एउटा जन्मैदेखिको दृष्टिविहीनलाई देख्नुभयो।
2 U almajere ma ba miyen wu, “Mala, ahi nha mba latre, ahi gu'a ka a ba Itma ba Iyimma, wa ba ngrji ti fyen naki?”
उहाँका चेलाहरूले उहाँलाई सोधे, “गुरुज्यू, कसले पाप गर्यो, यो मानिसले कि यसका आमाबुबाले, जसको कारण यो दृष्टिविहीन जन्म्यो?”
3 Yesu hla ni bawu, ana igu'a na a na, Itima bi Iyima na wa ba la tre na, ani ndu iIti Irji tsira.
येशूले भन्नुभयो, “न यसले, न त यसका आमाबुबाले पाप गरे, तर यस मानिसमा परमेश्वरको काम प्रकट होस् भन्ने हेतुले यसो भएको हो।
4 A gbigbi ndu ta ki ti ndu wa a ton me rji ni mumla. Ichu ni ye iwa idiori na tindu na.
दिन छँदा नै हामीले मलाई पठाउनुहुनेको काम गर्नुपर्छ। रात आउँदैछ, जब कसैले काम गर्न सक्दैन।
5 Ni wa mi he ni gbungbulu'a ime yi mi ikpan u gbungbulu'a.
म संसारमा रहुन्जेल संसारको ज्योति म नै हुँ।”
6 Ni kogon wa Yesu hla ikpi biyi a ti ten yo meme, na tsie iten ni meme'a, na vu gban ni shishi gu'a.
यी कुराहरू भनेर उहाँले भुइँमा थुक्नुभयो, र सो थुकले माटो मुछेर त्यस मानिसको आँखामा लगाइदिनुभयो।
7 Na hla niwu hi, ni hi ngla ni takpo ma u Siloan (wa ani hla ndi mi ton).” Igu'a luhi na ka ngla, a kaban ye na ni to.
उहाँले त्यसलाई भन्नुभयो, “जाऊ, सिलोआमको पोखरीमा गएर पखाल” (सिलोआमको अर्थ “पठाइएको” हो)। त्यो मानिस गयो र पखाल्यो, र देख्ने भएर घर फर्किआयो।
8 U indji bi igon kanhlan mba ni bi wa ba zi to rji ni sisenmu'a ani bre, u ba tre, “ana igu yi'i wa ani son na ni bre'a na?”
त्यसका छिमेकीहरू र त्यसलाई भीख मागिरहेको देख्ने अरूहरूले आपसमा सोध्न लागे, “बसेर भीख माग्ने मानिस के यही होइन र?”
9 Bari ba tre, a wawuyi, bari ba tisan, 'A'a, a rju wawu yi,' iwawu tre, ahime wawuyi.”
कतिले ऊ त्यही मानिस हो भन्ने दाबी गरे। अरूहरूले भने, “होइन, तर यो त्योजस्तै देखिन्छ।” तर ऊ आफैँले भन्यो, “म त्यही मानिस हुँ।”
10 U ba tre niwu, ba bu'u shishi'a ni he?
तिनीहरूले त्यसलाई सोधे, “तेरा आँखा कसरी खोलिए त?”
11 I wa sa ni bawu, iguri wa ba yo ni Yesu a hu meme na gban ni mu shishi na hla nimu, hi ni ne Siluwan ni ngla u mi hi ka ngla, u shishi lu ni to.
त्यसले जवाफ दियो, “येशू भन्ने एक जना मानिसले माटो मुछेर मेरा आँखामा लगाइदिनुभयो। उहाँले मलाई सिलोआममा गएर पखाल्न अह्राउनुभयो। तब म गएँ, र पखालेँ, र म देख्न सक्ने भएँ।”
12 U ba miyen, “Ahe ni tsen?” wa hla, mina to na.”
तिनीहरूले त्यसलाई सोधे, “ती मानिस कहाँ छन् त?” त्यसले भन्यो, “मलाई थाहा छैन।”
13 U ba nji igu hi iwa ana indji u fyen ni Farisawa.
पहिले दृष्टिविहीन भएको त्यस मानिसलाई तिनीहरूले फरिसीहरूकहाँ ल्याए।
14 Ahe ni ivi u asabar wa Yesu a hu meme na bu'u shishi niwu.
येशूले माटो मुछेर त्यस मानिसको आँखा खोलिदिनुभएको त्यो शब्बाथ दिन थियो।
15 U Farisawa ba la miyen ngari ya da a fe nito bubu, a hla bawu, a yo meme ni mu shishi u mi nglau zizan ni to.”
त्यसकारण फरिसीहरूले कसरी आँखा देख्ने भइस् भनी त्यसलाई पनि सोधपुछ गरे। त्यस मानिसले जवाफ दियो, “उहाँले माटो मुछेर मेरा आँखामा लगाइदिनुभयो, र मैले पखालेँ; अनि अहिले म देख्न सक्ने भएको छु।”
16 Ba ni mi Farisawa ba tre, iguyi a indji Rji na, ana ni to ivi u asabar na.” U bari ba tre, “Indji u latre ni ti ni heri na to ti gban biki?” ba ga kpa ti hari.
फरिसीहरूमध्ये कसैले भने, “यो मानिस परमेश्वरबाट आएको होइन; किनकि यसले शब्बाथ दिन पालन गर्दैन।” तर अरूले भने, “पापी मानिसले कसरी यस्ता अलौकिक चिन्हहरू गर्न सक्छ र?” यसरी तिनीहरूका बीचमा मतभेद भयो।
17 U ba la miyen indji u fyen ngari, “U tre ni ngeri ni tuma'a tu rji chachu iwa a bu'u shishi me?” Indji nfyen tre, ahi Anebi.”
अन्त्यमा तिनीहरूले फेरि त्यस दृष्टिविहीनलाई सोधे, “उसको विषयमा तँ के भन्छस्? उसले खोलिदिएको आँखा त तेरो हो।” त्यस मानिसले जवाफ दियो, “उहाँ एक अगमवक्ता हुनुहुन्छ।”
18 Ye zizan me Farisawa ba me ba na kpa yeme nda ahi wawuyi indji u nfyen na wa ba bu'u shishima na se wa ba yo ba Time ni ba Iyi ma iwa a shishima bu'a.
यहूदी अगुवाहरूले त्यस दृष्टि पाउनेको आमाबुबालाई बोलाएर नसोधेसम्म, त्यो मानिस दृष्टिविहीन थियो र त्यसले दृष्टि पायो भन्ने अझै पनि विश्वास गरेनन्।
19 U ba miyen ba Tima ni Yima, iwa yi ahi vren bi wa bi tre bi ngrji ni fifyen? Ani he mba ani to zizan?”
तिनीहरूले त्यसका आमाबुबालाई सोधे, “के यो तिमीहरूको छोरा हो? तिमीहरूले दृष्टिविहीन जन्मेको भनी यसैलाई भनेको हो? यसले अब कसरी देख्न सक्ने भयो त?”
20 U ba Tima ba hla, “Ki to iwa yi a vren mbu wa ki ngrji ni fyen.
त्यसका आमाबुबाले जवाफ दिए, “यो हाम्रै छोरा हो, र यो दृष्टिविहीन नै जन्मेको थियो भनेर हामी जान्दछौँ।
21 Ati ni nani ya, kina to na, miyen a sen ndi, ani ya tre kima.”
तर अहिले यो कसरी देख्न सक्ने भयो, अथवा कसले यसका आँखा खोलिदियो, सो हामी जान्दैनौँ। यसको उमेर पुगिसकेको छ, यसैलाई सोध्नुहोस्। आफ्नो विषयमा यो आफैँ भन्न सक्छ।”
22 Ba tima ba tre biyi, nitu wa ba si tie sisir Yahudawa. Yahudawa ba ba riga zi indji iwa a tre ikpe wa ani hu gon ma andi ahi Kristi, ba ban ta yo ni mi ta kpoma.
यहूदी अगुवाहरूसँग डराएका हुनाले त्यसका आमाबुबाले यसो भनेका थिए; किनकि यहूदी अगुवाहरूले यदि कसैले येशूलाई उहाँ ख्रीष्ट हुनुहुन्छ भनी स्वीकार गर्यो भने त्यसलाई सभाघरबाट निकालिनेछ भनी पहिल्यै निर्णय गरिसकेका थिए।
23 Nitu kima, ba itima ba tre, “A sen ndi ye, miyen.”
त्यसैले त्यसका आमाबुबाले भने, “यसको उमेर पुगिसकेको छ, यसैलाई सोध्नुहोस्।”
24 Ngari ba la yo u gyu u ha ba la yo igu fyen na hla niwu, “No Rji ni kon. Ki to igu yi a ndi u latre.”
तिनीहरूले त्यस दृष्टिविहीन मानिसलाई दोस्रोपल्ट फेरि बोलाएर भने, “परमेश्वरलाई महिमा दे। हामी जान्दछौँ, त्यो मानिस पापी हो।”
25 I gu ki hla bawu, mina to na ka a hi ndji u latre na. Ikpe riri mi to na'a mina ndji u fyen, u zizan mi to.”
त्यसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ वा हुनुहुन्न, त्यो म जान्दिनँ। तर एउटा कुरा म जान्दछु। म दृष्टिविहीन थिएँ, तर अब देख्ने भएको छु!”
26 U ba tre ahi geri a ti niwu?” ani he a bu'u shishi niwu?
तब तिनीहरूले त्यसलाई सोधे, “उसले तँलाई के गर्यो? उसले कसरी तेरा आँखा खोलिदियो?”
27 Wa hla, “Mi hla ni yiwu ye, bina wo na ahi geri bi son bi wo ngari?
त्यसले भन्यो, “मैले तपाईंहरूलाई अगि नै भनिसकेँ, तर तपाईंहरूले सुन्नुभएन। अब फेरि किन सुन्न चाहनुहुन्छ? के तपाईंहरू पनि उहाँका चेला बन्न चाहनुहुन्छ?”
28 U ba mren na hla, u almajerema, ki ta ki almare u Musa.
तब तिनीहरूले त्यसलाई निन्दा गर्दै भने, “तँ पो त्यसको चेलो होस्! हामी त मोशाका चेला हौँ!
29 Ki to Irji a tre ni mu, ki na to i wurji wa iwayi a rji'a na.”
परमेश्वर मोशासँग बोल्नुभएको कुरा हामीलाई थाहा छ; तर यस मानिसको विषयमा यो कहाँबाट आएको हो भन्ने कुरासमेत हामी जान्दैनौँ।”
30 Igu'a sa bawu na tre, iwayi a kpe u shan (mamaki), iwa bina to iwurji iwa a rji'a na, me a bu'u shishi mu.
त्यस मानिसले भन्यो, “कस्तो अचम्मको कुरा! तपाईंहरूले उहाँ कहाँबाट आउनुभएको हो भनेर पनि जान्नुहुन्न; तापनि उहाँले मेरा आँखा खोलिदिनुभयो।
31 Ki to Irji na wo indji bi latre na, indji wa anita no tuma na ni tie ikpe wa ani son, ani wo wu.
हामी जान्दछौँ, परमेश्वरले पापीहरूका कुरा सुन्नुहुन्न, तर उहाँले परमेश्वरका भक्त र उहाँको इच्छा पालन गर्ने मानिसका कुरा सुन्नुहुन्छ।
32 Rji ni tuntru mu ni gbugbulu'a ki ti bre wo ndi idiori bu'u shishi ni indji wa ba ngrji ni fyen na. (aiōn )
आजसम्म कसैले जन्मैको दृष्टिविहीनको आँखा खोलिदिएको कुरा कहिल्यै सुनिएको छैन। (aiōn )
33 Ide indji'a ana rji ni Rji na, ana ya ti kperi na.”
यदि उहाँ परमेश्वरबाट नआउनुभएको भए उहाँले केही गर्न सक्नुहुनेथिएन।”
34 U ba sa niwu nha hla niwu, wawu'u ba ngrji ni latre, i u la si tsoro ta? U ba ban ta rju ra.
यस कुरामा तिनीहरूले त्यसलाई यसरी जवाफ दिए, “तँ त पूर्णतया पापमा जन्मिएको थिइस्, र पनि अब के हामीलाई सिकाउन खोज्छस्?” त्यसपछि तिनीहरूले त्यसलाई बाहिर निकालिदिए।
35 Yesu a wo andi ba zu rju nimi hekeli'a a wau na tre, u kpayenme ni Vren Ndji?
तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भनी येशूले सुन्नुभयो, र त्यसलाई भेट्टाएपछि भन्नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्वास गर्दछौ?”
36 Wa sa na tre, “Ahi nha, Bachi, wa mi kpayenme niwu?”
त्यस मानिसले सोध्यो, “हजुर, उहाँ को हुनुहुन्छ? मलाई भनिदिनुहोस्, र म उहाँमाथि विश्वास गर्नेछु।”
37 Yesu hla niwu, “U to, ahi wawuyi wa a si tre niwu.”
येशूले भन्नुभयो, “तिमीले उसलाई देखेका छौ, वास्तवमा तिमीसँग बोलिरहने म उही नै हुँ।”
38 Igu'a tre, Bachi, mi kpayenme, wa no ninkon ma (kwu gbarju niwu).
तब त्यस मानिसले भन्यो, “प्रभु, म विश्वास गर्दछु,” अनि त्यसले उहाँलाई दण्डवत् गर्यो।
39 Yesu tre, “A tron miye, miye ni gbungbulu yi ni ndu biwa ba na to na ndu ba to, U bi wa ba ta to ndu ba yarshi (tifyen).”
येशूले भन्नुभयो, “म न्यायका लागि यस संसारमा आएँ, ताकि दृष्टिविहीनहरूले देखून्, र जसले देख्छन्, तिनीहरूचाहिँ दृष्टिविहीन होऊन्।”
40 Bari ni Farisawa ba, wa ba heni wu'a ba wo wayi, na miye, “Ki me ki yarshi?”
उहाँसँगै हुने कोही-कोही फरिसीहरूले उहाँले यसो भन्नुभएको सुनेर सोधे, “के भन्यौ? के हामी पनि दृष्टिविहीन हौँ?”
41 Yesu hla bawu, bina yarshi, bina to na, zizan bi tre, kito, naki latre bi riheri.
येशूले भन्नुभयो, “यदि तिमीहरू दृष्टिविहीन भएका भए तिमीहरू पापको दोषी हुने थिएनौ; तर तिमीहरूले हामी देख्छौँ भनी दाबी गरेका कारण तिमीहरूको दोष रहिरहन्छ।