< Yohana 8 >
1 Yesu hi ni gbunlu Zaitun.
तर येशू जैतुन डाँडामा जानुभयो।
2 Ni mbubele a ka ban ye ni hekeli, indji wawu'u ba kaban ye niwu, aye kuson na si tsoro ba.
भोलिपल्ट एकाबिहानै उहाँ फेरि मन्दिरको चोकमा देखा पर्नुभयो, जहाँ सबै मानिसहरू उहाँको वरिपरि जम्मा भए। अनि उहाँ बस्नुभयो, र तिनीहरूलाई शिक्षा दिन थाल्नुभयो।
3 Se bi nha ni Farisawa ba nji Iwa wandi ba vu asi tie ngyungyu, u ba yo ni tsutsu mba.
व्यवस्थाका शिक्षकहरू र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई त्यहाँ ल्याए। तिनीहरूले त्यसलाई भीडको अगि उभ्याए,
4 U ba tre niwu, Malan, Iwa yi ba vu ahe ni mi si ti ngyungyu.
र येशूलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचार गर्दागर्दै पक्राउ परेकी हो।
5 Ni du Musa, a tre ki ta bi indji bi ki, Iwu u tre nigen ni tuma?”
व्यवस्थामा मोशाले यस्ता स्त्रीहरूलाई ढुङ्गाले हानिनुपर्छ भनी हामीलाई आज्ञा दिएका छन्। तपाईंचाहिँ के भन्नुहुन्छ?”
6 U ba tre naki ni ndu sa tre ni ndu ba fe ni ikpe wa ani kpa ndema tie meme (Ko latre), u Yesu sontu grji na si nha ni menme ni vren wo.
तिनीहरूले यो प्रश्न उहाँलाई दोष लगाउने आधार प्राप्त गर्नलाई पासोको रूपमा प्रयोग गर्दैथिए। येशू निहुरनुभयो र औँलाले भुइँमा लेख्न थाल्नुभयो।
7 U ba kamba na kri ti tutu bubu miyen, wa lukri ni ndide na hla bawu, “Indji ri ni mi biwa ato ana latre na, ka guci ta.
जब तिनीहरूले उहाँलाई प्रश्न गरिरहे, तब उहाँ उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमा जो पापरहित छ, त्यसैले पहिले यस स्त्रीलाई ढुङ्गाले हानोस्।”
8 A la sontu grji na nha ni vren woma.
अनि उहाँले फेरि निहुरेर भुइँमा लेख्नुभयो।
9 Ba wo naki na lu shan rju ni yi yir ri ni ninkon, na ka Yesu don ni grjima, mba Iwa wa ba na yo ni tsutsu mba.
त्यसपछि यो कुरा सुन्नेहरू, बुढापाकादेखि सानासम्म एक-एक गर्दै त्यहाँबाट गए। अनि त्यहाँ उभिरहेकी त्यस स्त्रीसँग केवल येशू मात्र छोडिनुभयो।
10 Yesu lu kir dinde na miyen, “Iwa, bi wa ba nha wu ba he ni tse? Idiori na nhau na?
तब येशू उठेर त्यस स्त्रीलाई सोध्नुभयो, “ए नारी, तिनीहरू खोइ कहाँ छन्? के कसैले पनि तिमीलाई दोषी ठहराएन?”
11 Wa hla ba diori, (Ubangiji), “Yesu tre, imeme mina nhawu na, hi na la latre ganna.
त्यसले भनी, “हजुर, कसैले पनि ठहराएन, प्रभु।” येशूले भन्नुभयो, “म पनि तिमीलाई दोषी ठहराउँदिनँ। जाऊ, अब उसो फेरि पाप नगर।”
12 Yesu tre niba ganri, andi, “I hi me yi mi kpan u gbungbulu, Indji iwa a hume ana tre ni bwuh na ama ani he ni kpan u re (iviri).”
फेरि मानिसहरूसँग बोल्नुहुँदा येशूले भन्नुभयो, “म संसारको ज्योति हुँ। जसले मलाई पछ्याउँछ, त्यो कहिल्यै अँध्यारोमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।”
13 Farisawa ba tre niwu, “U zi tre nitu ikpe wa wuto'a nmitu tume, ana njanji na.
तब फरिसीहरूले उहाँलाई भने, “तिमीले त आफ्नै विषयमा गवाही दिइरहेका छौ। यसकारण तिम्रो गवाही सत्य ठहरिँदैन।”
14 Yesu sa nibawu na hla, mi ti sheda tu mu me, ahi njanji, mi to iwurji wa mi rji ni wa mi hi'a, biyi kuko bina to wurji wa mi rji'a na, bina to wurji wa mi hi'a na.
येशूले जवाफ दिनुभयो, “मैले आफ्नै विषयमा गवाही दिए तापनि मेरो गवाही सत्य ठहर्छ। किनकि म कहाँबाट आएको हुँ, र कहाँ जाँदैछु, सो म जान्दछु। तर म कहाँबाट आएको हुँ, र कहाँ जाँदैछु भन्ने बारेमा तिमीहरू जान्दैनौ।
15 Bi tron u son tu, ime na tron to ni diori na.
तिमीहरू मानिसको दृष्टिले न्याय गर्दछौ; तर म कसैको न्याय गर्दिनँ।
16 Ko mina tron ni diori me, itron mu mu'a a u njani nitu ana me kankrji mu na, ki he mbu Iti mu wa a ton me.
तर यदि मैले न्याय गरेँ भने मेरो निर्णय सत्य हुन्छ। किनकि म एकलो छैनँ। म मलाई पठाउनुहुने पिताको साथमा छु।
17 Ee, Ana ki ni du wa ba nha mi tre bitsi, andi sheda indji hari a njanji.
तिमीहरूको आफ्नै व्यवस्थामा पनि दुई जनाको गवाही सत्य ठहरिन्छ भनी लेखिएको छ।
18 Ahi me yi mi sheda itu mu, u Itimu iwa a ton me a sheda mu.”
मेरो आफ्नै विषयमा गवाही दिने एक जना म नै हुँ। अनि मेरो अर्को गवाहीचाहिँ मलाई पठाउनुहुने पिता हुनुहुन्छ।”
19 Ba miyen, “Iti me ahe ni tsen?” Yesu hla ni bawu bina tome na, me bika tre Itimu, bina to me, bina to Iti mu'a me.
तब तिनीहरूले उहाँलाई सोधे, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरू न त मलाई चिन्छौ, न त मेरा पितालाई। तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्नेथियौ।”
20 A hla tre biyi whirewhir ni bubu wa ba zi kpi wa si tsoro ba tre Rji ni mi hekeli, idiori na vu na nitu iton ma na tsira rina.
येशूले यी कुराहरू मन्दिरमा शिक्षा दिँदैगर्नुहुँदा भेटी चढाउने ढुकुटीनिर नै भनिसक्नुभएको थियो। तापनि कसैले उहाँलाई पक्रेन। किनकि उहाँको समय अझै आएको थिएन।
21 Na hla bawu bru, mi hi biwa bina to me na, bi kwu ni mi latre bi. bubu wa misi hi'a, bina ya hi na.
येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “म जाँदैछु, र तिमीहरूले मलाई खोज्नेछौ। अनि तिमीहरू आफ्ना पापमा मर्नेछौ। म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।”
22 Yahudawa ba tre, ani wutuma mu, na ni tre iwurji wa mi hi'a bina ya hi na?”
ती यहूदी अगुवाहरूले आपसमा सोधे, “यिनले आत्महत्या त गर्ने होइनन्? के त्यसैकारण नै यिनले ‘म जहाँ जाँदैछु, तिमीहरू त्यहाँ आउन सक्दैनौ’ भनी भनेका हुन्?”
23 Yesu hla bawu biyi bi rji ni meme, u me mi rji ni shu. Bi he ni gbungbulu yi, ime mina rji ni yi ni gbungbulu yi na.
तब उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू तलबाटका हौ, तर मचाहिँ माथिबाटको हुँ। तिमीहरू यस संसारका हौ, तर मचाहिँ यस संसारको होइनँ।
24 Iki sa mi hla niyu bi kwu ni mi latre bi. Bitana kpayemmen ni soron bi andi a hi me na, bi kwu ni mi latre bi.
मैले तिमीहरूलाई आफ्ना पापमा मर्नेछौ भनी भनेँ। यदि तिमीहरूले मैले आफैँलाई जे हुँ भनी दाबी गर्छु, म उही नै हुँ भनी विश्वास गरेनौ भने तिमीहरू अवश्य नै आफ्ना पापहरूमा मर्नेछौ।”
25 U ba tre niwu, awu nha? “Yesu hla ba wu, ikpe mi hla rji ni mumla.
तिनीहरूले सोधे, “तिमी को हौ त?” येशूले जवाफ दिनुभयो, “म जो हुँ, मैले सुरुदेखि नै दाबी गर्दैआएको छु, म उही हुँ।
26 Mi he ni kpi gbugbuwu wa mi hla ni yiwu, ni gbi ton ni yiwu ni tuma. Naki me, indji wa a ton ndu, andi u njanji, ikpi wa mi wo niwu'a a baki mi si hla ni gbungbulu ba.”
तिमीहरूको न्याय गर्नका निम्ति मैले भन्नुपर्ने कुरा धेरै नै छन्; तर जसले मलाई पठाउनुभयो। उहाँ विश्वासयोग्य हुनुहुन्छ। अनि उहाँबाट मैले जे सुनेको छु, त्यही कुरा म संसारलाई भन्दछु।”
27 Bana tona ndi asi tre nitu Iti'a.
तर उहाँले पिताको विषयमा भन्नुभएको हो भनी तिनीहरूले बुझेनन्।
28 Yesu tre, bita zu Vren Ndji hi ni shu ri bi to ndi a hi me, ndi mi ti kpi ri ni tumu na. Na wa Iti tsoro me, naki mi si ikpi ni yiwu.
त्यसकारण येशूले भन्नुभयो, “जब तिमीहरूले मानिसको पुत्रलाई उचाल्नेछौ, तब मैले दाबी गरेको व्यक्ति म उही हुँ; अनि मैले आफ्नै तर्फबाट केही पनि गर्दिनँ रहेछु, तर पिताले सिकाउनुभएका कुराहरू मात्र बोल्दछु भनी तिमीहरूले थाहा पाउनेछौ।
29 Wawu wa a ton me ndu'a, ana ka me don kan grji mu na, ahe ni me nitu kpi wawu wa me ti'a ani kpa soron ma si.”
जसले मलाई पठाउनुभयो, उहाँ मसँग हुनुहुन्छ। उहाँले मलाई एकलो छोड्नुभएको छैन। किनकि म सधैँ उहाँलाई प्रसन्न तुल्याउने काम गर्दछु।”
30 Wa Yesu si hla bi mba, indji gbugbu'u ba kpa yemme ni wu.
उहाँले यी कुरा बोल्दाबोल्दै धेरैले उहाँमाथि विश्वास गरे।
31 Yesu hla biyi ni Yahudawa biwa ba wo na kpayenmen niwu, “Bi ta kli ni mi tre mu ni njanji, bi almajere mu bi nanji.
येशूले उहाँमाथि विश्वास गरेका यहूदीहरूलाई भन्नुभयो, “तिमीहरू मेरा शिक्षामा रहिरह्यौ भने तिमीहरू साँच्चै नै मेरा चेलाहरू हौ।
32 Bi to njanji, u njanji ni kpayi chuwo.”
तब तिमीहरूले सत्यतालाई जान्नेछौ, र सत्यताले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”
33 U ba sa niwu, “Ki mir bi grji ba Ibrahim wa kina ti bre hu diori kan na, iwa tre ni genri, ba kpatachuwo?”
तिनीहरूले उहाँलाई भने, “तर हामी त अब्राहामका सन्तान हौँ। अनि कहिल्यै कसैको दास बनेका छैनौँ। त्यसकारण हामी स्वतन्त्र तुल्याइनेछौँ भन्ने कुरा तपाईं कसरी भन्न सक्नुहुन्छ?”
34 Yesu hla bawu, “Njani, njanji, mi hla ni yiwu, indji wa ani latre, ahi gran latre.
येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, पाप गर्ने हरेक मानिस पापको दास हो।
35 Igran, na son ni ko se ka se na, ata son se ka se. (aiōn )
घरमा कुनै पनि दासको स्थायी स्थान हुँदैन। तर पुत्रचाहिँ सधैँभरि घरमा रहन्छ। (aiōn )
36 Naki, ivren nita kpa yi chuwo, u bi nawo wawu.
त्यसकारण पुत्रले स्वतन्त्र तुल्याए भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ।
37 Mi to bi, bi igrji Ibrahim, bi son bi wuma, nitu wa lan tre mu na he ni bubu son ni mi bina.
तिमीहरू अब्राहामका सन्तान हौ भनी म जान्दछु, तापनि तिमीहरू मलाई मार्न तयार छौ। किनकि मेरा शिक्षाको लागि तिमीहरूको हृदयमा ठाउँ छैन।
38 Mi hla ikpe wa mi to ni Ti mu, biyi bi ti ikpe wa bi wo ni ba ti bi'a.
मैले मेरा पिताको उपस्थितिमा जे-जे देखेँ, सो तिमीहरूलाई भन्दैछु। तर तिमीहरूचाहिँ तिमीहरूका आफ्नै पिताबाट सुनेका कुरा मात्र गर्दछौ।”
39 U ba sa niwu, “Ibrahim mba a timbu, Yesu hla bawu, “Bina mir Ibrahim bina ti ikpe wa Ibrahim a ti'a.
तिनीहरूले जवाफ दिए, “हाम्रा पिता त अब्राहाम हुनुहुन्छ।” येशूले भन्नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तान हुँदा हौ त, तिमीहरूले पनि अब्राहामले गरेका काम गर्नेथियौ।
40 U, zizan bi son wume, indji wa a hla njani ni yiwu wa a wo rji ni Rji. Ibrahim na ti naki na.
तर यसको सट्टामा तिमीहरूले मलाई मार्ने निश्चय गरेका छौ। जसले तिमीहरूलाई सत्य कुरा बताएको छ, जुन सत्यता मैले परमेश्वरबाट सुनेको हुँ। अब्राहामले यस्तो काम गरेनन्।
41 Bi ti na Iti mbi, u ba hla niwu, “Bana grji ta ni mi gyugyu na, ki he ni Iti riri, Irji.”
तिमीहरूका आफ्ना पिताले जे काम गरे, तिमीहरूले पनि त्यही गर्दैछौ।” तिनीहरूले विरोध गर्दै भने, “हामी व्यभिचारबाट जन्मेका सन्तान होइनौँ। हाम्रा एउटै मात्र पिता हुनुहुन्छ जो स्वयम् परमेश्वर हुनुहुन्छ।”
42 Yesu hla bawu, “Irji ana Iti bi bi na son me, u mi rji ni Irji i mi he ni yi zizan, ana ni tumu mi ye na, a wawu yi ton me.
येशूले तिनीहरूलाई भन्नुभयो, “यदि तिमीहरूका पिता परमेश्वर हुनुभएको भए त तिमीहरूले मलाई प्रेम गर्नेथियौ। किनकि म परमेश्वरबाट आएको हुँ, र अहिले यहाँ छु। म आफैँ आएको होइनँ, तर मलाई परमेश्वरले पठाउनुभयो।
43 Ahi genri sa bina ya to wo tre mu na? e bina wo tre mu na.
मैले भनेका कुराहरू तिमीहरू किन बुझ्दैनौ? किनकि तिमीहरूले मैले भनेका कुराहरू सुन्न सक्दैनौ।
44 Bi u Ti bi, Ibrji, bi son bi hu iza ma Iti bi, ani wu ndi rji ni mumla mu ana kri ni njanji na he ni wuna, anita ni hla ice, asi hla Iti ma (isoron ma) rji ni mu a indji u ce na Iti u ce ngari.
तिमीहरू त तिमीहरूका पिता शैतानबाटका हौ। अनि तिमीहरूले आफ्नो पिताको इच्छा मात्र पूरा गर्न चाहन्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो, र सत्यतामा रहँदैन। किनकि त्यसमा सत्य छँदैछैन। झूटो बोल्नु त्यसको स्वभाव अनुसारको बोली हो। किनकि त्यो झूट हो, र झूटको पिता हो।
45 Wa mi si hla njanji ni yiwu u bi na kpa yenme ni kpe wa mi si hla na.
किनभने म साँचो कुरा भन्दछु, र पनि तिमीहरू मलाई विश्वास गर्दैनौ!
46 Ahi nha ni ri mbi a vu me ni latre? Mi ta hla njanji u bi ka na kpayemme na?
के तिमीहरूमध्ये कसैले मलाई पापको दोषी ठहराउन सक्छौ? यदि म साँचो बोल्दछु भने किन तिमीहरू ममाथि विश्वास गर्दैनौ?
47 Indji wa a u Rji ani wo tre Rji, biyi bina wo tre Irji na, nitu wa bina u Rji na.
जो परमेश्वरबाटको हो, त्यसले परमेश्वरले बोल्नुभएको वचन सुन्छ। तिमीहरूले नसुन्नुको कारण यही हो, तिमीहरू परमेश्वरका होइनौ।”
48 Yahudawa ba sa niwu, natre, “Kina hla njanji na nitu wa ki hla andi u indji u Samariya ni he ni meme brji?”
यहूदीहरूले येशूलाई जवाफ दिए, “तिमी एक सामरी हौ, र तिमीलाई भूत लागेको छ भनी हामीले ठिकै भनेका होइनौँ र?”
49 Yesu sa bawu, “ime mi na he ni Ibrji na, mi to ninkon u Timu, biyi bina to ninkon mu na.”
येशूले भन्नुभयो, “मलाई कुनै भूत लागेको छैन। तर म मेरा पिताको आदर गर्दछु। अनि तिमीहरूचाहिँ मेरो अनादर गर्दछौ।
50 Mina wa to tu mu ti kperi u tu mu na, Indji ri he wa ani wa na ni gbi ton.
म आफ्नै महिमा खोज्दिनँ। तर महिमा खोज्नेचाहिँ एक जना हुनुहुन्छ र उहाँ न्यायकर्ता हुनुहुन्छ।
51 Njanji, njanji, mi hla ni yiwu, indji wa a hu tre mu, ana to kwu na.” (aiōn )
म तिमीहरूलाई साँच्चै भन्दछु, जसले मेरो वचन पालन गर्छ, त्यसले कहिल्यै मृत्यु देख्नेछैन।” (aiōn )
52 U Yahudawa ba tre, zizan yi ki to u he ni brji. Ibrahim ni ana bawa ba kwu, iwu u tre, indji wa a hu tre me ana to kwu na.' (aiōn )
अनि यहूदी अगुवाहरूले भने, “अब हामीलाई पक्का थाहा भयो, तिमीलाई भूत नै लागेको रहेछ! अब्राहाम मरेर गए; त्यसै गरी अगमवक्ताहरू पनि मरे। तर तिमीले चाहिँ जसले तिम्रो वचन पालन गर्छ, त्यसले कहिल्यै पनि मृत्यु चाख्नेछैन भनी भन्दैछौ। (aiōn )
53 Ee, u na zan Iti mbu Ibrahim ni ninkon na wa kwu, ka u zan? anabawa me ba kwu, u ban tu ndi u nha?”
के तिमी हाम्रा पिता अब्राहामभन्दा पनि महान् हौ? तिनी मरे, र त्यसै गरी अगमवक्ताहरू पनि मरे। तिमीले आफूलाई को हो भनी ठान्छौ?”
54 Yesu sa, “Mita ban tumu ti kperi u tu mu, ani u migyen, ahi Iti mu mba ban ti kperi iwa bi tre ahi wawuyi a Irji bi.
येशूले जवाफ दिनुभयो, “यदि मैले आफ्नै महिमा गरेँ भने मेरो महिमाको केही अर्थ हुँदैन। मेरा पिता, जसलाई तिमीहरू आफ्ना परमेश्वर भनी दाबी गर्दछौ; मलाई महिमा दिने उहाँ नै हुनुहुन्छ।
55 Bi mebina tou na, ime mi tou, mi ta tre mina tou na, ka mi kati iriri ni yi me, indji u ce, se me, mi to ni ni hu tre ma.
तिमीहरूले उहाँलाई चिन्दैनौ, तर म उहाँलाई चिन्दछु। यदि मैले उहाँलाई चिन्दिनँ भनेको भए म पनि तिमीहरूसरह झूटो बन्ने थिएँ। तर म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु।
56 Iti bi Ibrahim a gir ni to ivi mu, a tou na gir.”
तिमीहरूका पिता अब्राहाम म आउने दिन देख्ने आशामा आनन्दित भएका थिए। तिनले त्यो देखे, र खुशी भए।”
57 Yahudawa ba hla niwu, “Una ti hamsi rina, una to Ibrahim?”
यहूदीहरूले उहाँलाई भने, “तिमी आफैँ पचास वर्ष पनि पुगेका छैनौ, अनि तिमीले अब्राहामलाई कसरी देख्यौ?”
58 Yesu hla bawu, “Njanji, njanji, mi si hla ni yiwu, mi heri, ban grji Ibrahim.
येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, अब्राहाम जन्मनुभन्दा अगिदेखि नै म छँदैछु!”
59 U ba vu tita ndi ba tau, u Yesu ri tuma, na rju ni mi hekeli'a.
यतिबेला तिनीहरूले उहाँलाई हान्नलाई ढुङ्गा टिपे। तर येशू लुक्नुभयो र मन्दिरको क्षेत्रबाट सुटुक्क बाहिर निस्केर जानुभयो।