< Yohana 4 >

1 yesu toh ndi farisawa ba wo andi almasenanma ba ye ni barbran wa ni tie batsima nizan Yahaya
यूहन्‍नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्छ र धेरैलाई बप्‍तिस्मा दिँदैहुनुहुन्छ भनी फरिसीहरूले सुने।
2 lana yesu ni tie tuma nitie batisma na ahi almajeran mu ba sita tie batisma
हुन त येशू आफूले होइन, तर चेलाहरूले बप्‍तिस्मा दिन्थे।
3 a ka yahudiya don na kma hi ni galili
प्रभुले यो थाहा पाउनुभएपछि उहाँ यहूदिया प्रदेश छोडेर फेरि एकपल्ट गालील प्रदेश फर्कनुभयो।
4 wa ahi gbigbi niwu ni ndu lu zu niko samariya
उहाँलाई सामरियाबाट भएर जानुपर्‍यो।
5 aye ni mi gbu samariya wa ba yo ni sika fwe nhan ni bubu wa yakubu a no ivren ma yusufu
त्यसकारण उहाँ सामरियाको सुखार भन्‍ने सहर नजिकै आइपुग्नुभयो, जुन याकोबले आफ्नो छोरा योसेफलाई दिएको जमिन थियो।
6 juju ma u ykuba a he niki yesu zren nhla za na ye kuson ni yue juju a karfi wolon don hari u rji
त्यहाँ याकोबको इनार थियो। अनि येशू यात्राबाट आउनुभएको कारण थाक्नुभएको हुनाले इनारको छेउमा बस्‍नुभयो। त्यस बेला प्रायः मध्यान्ह भएको थियो।
7 iwari u sa mariya aye funma se yesu hla niwu ne ma miso
जब एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई, तब येशूले त्यसलाई भन्‍नुभयो, “मलाई पानी पिउन दिन्छ्यौ कि?”
8 u almajeran ma ba lu ri hi ni migbu ni he leh biri
(उहाँका चेलाहरू खानेकुरा किन्‍न सहरमा गएका थिए।)
9 iwa u samariya niyen a ni he iwu ba yahude u miyen ma ima uso ime wa mi vren wa u mariyg? nitu yahudawa bana kabi ni samariya wana
त्यस सामरी स्त्रीले उहाँलाई भनी, “तपाईं यहूदी हुनुहुन्छ, र म एक सामरी स्त्री हुँ। तपाईंले कसरी मेरो हातबाट पानी पिउनुहुन्छ?” (किनकि यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।)
10 yesu sa niwu una tohno miyen u rji ni indi wa a si tre ne ma uso una bre ni ndu no uima u tviri
येशूले त्यसलाई भन्‍नुभयो, “यदि तिमीले परमेश्‍वरका वरदानलाई र तिमीसँग पानी माग्ने व्यक्ति को हुन् भनी चिनेकी भए, तिमीले उनीसँग पो माग्ने थियौ, र उनले तिमीलाई जीवित पानी दिनेथिए।”
11 iwa hla niwu mallam ga u na he ni guga u juju a naman yue grji hi kogbo ani tsen u fe ima u viri?
त्यस स्त्रीले भनी, “हजुर, तपाईंसँग त पानी उघाउने भाँडो केही पनि छैन। अनि इनार गहिरो छ; तब तपाईंले त्यो जीवित पानी कहाँबाट ल्याउनुहुन्छ?
12 u na zari itie mbu yakubu na ka wu zari wawu wa ano la juju a wa wawume a so ni mina ni mire ma ni lado ma?
के तपाईं हाम्रा पुर्खा याकोबभन्दा महान् हुनुहुन्छ, जसले हामीलाई यो इनार दिए, र उनी आफैँले पनि यसै इनारबाट पिए। उनका सन्तान र उनका गाईबस्तुले पनि यही इनारको पानी पिए?”
13 yesu hla niwu du indi iwa aso ni mi ma ki nhlan ma ni la yi u
येशूले जवाफ दिनुभयो, “यो पानी पिउने हरेक फेरि तिर्खाउनेछ।
14 indi wa ani so ima wa mi no nhlan ma na la tieu na ni siran kima lma wa mino a ani ka tie izin ma ni mi ma iwa ani ta gubon ta hi ni viri ma u kase se kase se (aiōn g165, aiōnios g166)
तर जसले मैले दिने पानी पिउँछ, त्यो कहिल्यै तिर्खाउनेछैन। वास्तवमा जुन पानी म त्यसलाई दिन्छु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मुहान बन्‍नेछ।” (aiōn g165, aiōnios g166)
15 iwa hla niwu mallam ne ima mba wa nhlan ma na la tie me na u mi na la ye niwayi ndi tan ma na
त्यस स्त्रीले उहाँलाई भनी, “हजुर, मलाई त्यही पानी दिनुहोस्, र म नतिर्खाऊँ। अनि यहाँ पानी लिन आइरहन नपरोस्।”
16 yesu hla niwu hi yo ilon me di biye biwa
उहाँले त्यसलाई भन्‍नुभयो, “जाऊ तिम्रो पतिलाई बोलाएर ल्याऊ।”
17 iwa hla niwu mi na he ni lilon na
त्यसले जवाफ दिई, “मेरो पति छैन।” येशूले त्यसलाई भन्‍नुभयो, “तिम्रो पति छैन भनेर तिमीले ठिकै भन्यौ।
18 nitu wa u gran lilon tie ton iwa uhe niwu zizan ana lon mena ikpe wawu tre a a njanji
वास्तवमा तिम्रा पाँच जना पतिहरू भइसकेका छन्। अनि अहिले तिमीसँग भएको मानिस पनि तिम्रो पति होइन। तिमीले अहिले जे भन्यौ, त्यो साँचो हो।”
19 iwa tre ndi mallam mi toh u annabi
त्यस स्त्रीले भनी, “हजुर, तपाईं एक अगमवक्ता हुनुपर्छ।
20 ba tie mbu ba ta tre ni rji ni tugbulu yi u bi tre urushali ma yi a bubu wa indi ba tre ni rjiia
हाम्रा पितापुर्खाहरूले यस डाँडामा आराधना गरे, तर तपाईं यहूदीहरूले भने हामीले आराधना गर्नुपर्ने स्थान त यरूशलेममा छ भनी दाबी गर्नुहुन्छ।”
21 yesu hla niwu iwa kpayenme ni me ni suron me ndi bi na la tre ni rji ko ni tu gbulu ko ni uri shalima na
येशूले भन्‍नुभयो, “ए नारी, मलाई विश्‍वास गर। त्यो समय आउँदैछ, जब तिमीहरूले पितालाई न त यस डाँडामा आराधना गर्नेछौ, न त यरूशलेममा नै गर्नेछौ।
22 bi si yi sujada ni ndi wa ki tohua kpa chuwo a he ni yahuda wayi
तिमी सामरीहरूले जे आराधना गर्दछौ, सो जान्दैनौ; हामीले जे आराधना गर्दछौँ, सो जान्दछौँ। किनकि मुक्ति यहूदीहरूद्वारा नै आउँछ।
23 mitoh iton niye natsara wandi bi hu rji ujanji ba tre ni tre mbu ni mi ruhu ni njanji ni tu indi bibi kima irji ni wa ba ni ndu ba tre niwu
तर बेला आइरहेको छ, र त्यो बेला अहिले नै हो। साँचो आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि पिताले यस्तै आराधकहरूलाई खोज्नुहुन्छ।
24 irji a hi ruhu indi wa ani tre niwu a hi gbigbi ni ndu ba tre ni mi ruhu ni njanji
परमेश्‍वर आत्मा हुनुहुन्छ। त्यसकारण उहाँका आराधकहरूले आत्मा र सत्यतामा नै आराधना गर्नुपर्छ।”
25 iwa hla niwu mi toh Almasihu ni ye ani taye ani hla koge ni tawu
त्यस स्त्रीले भनी, “मचाहिँ मसीह (जसलाई ख्रीष्‍ट भनिन्छ) आउनुहुन्छ भनेर जान्दछु। उहाँ आएपछि उहाँले हामीलाई सबै कुराहरू स्पष्‍ट गरिदिनुहुनेछ।”
26 yesu hla niwu imeyi mi wawu iwa ndi asi tre ni u
तब येशूले भन्‍नुभयो, “तिमीसँग बोल्ने, त्यो म नै हुँ।”
27 ni mi ton ki almajeran ma ba kbanye u ba kban ni tie sisir ikpe wa yo ani tre ni wa u iri mba a miyen u son geri? ka ahigeri yo u si tre niwu?
त्यति नै बेला उहाँका चेलाहरू फर्केर आइपुगे। अनि उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनुभएको देखेर तिनीहरू छक्‍क परे। तर कसैले पनि “तपाईं के चाहनुहुन्छ?” अथवा “तपाईं त्यस स्त्रीसित किन कुरा गर्दै हुनुहुन्छ?” भनी उहाँलाई सोधेनन्।
28 iwa kagbazima don na he ni mi gbu na hla ni indiba
त्यसपछि आफ्नो गाग्रो त्यहीँ छोडेर त्यो स्त्री सहरतिर फर्केर गई, र मानिसहरूलाई भनी,
29 ye toh iguri iwa a hla koge wa mi tiea ana wa wuyi almasihu na ka ani nha
“आओ, र एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै कुराहरू मलाई भनिदिनुभयो। कतै उहाँ नै ख्रीष्‍ट त हुनुहुन्‍न?”
30 ba lu bri ni gbu a da hi niwu
तिनीहरू सहरबाट निस्केर उहाँकहाँ गए।
31 ni ton kima almajerana ma luni bre wu andi mallam rhi
यसै समयमा उहाँका चेलाहरूले उहाँलाई “गुरुज्यू, केही भोजन गर्नुहोस्” भनी बिन्ती गरे।
32 i wa hla ni bawu andi mi he biri iwa bina toh kpe ri ni tumana
तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मसँग खानलाई भोजन छ, जसको बारेमा तिमीहरूलाई थाहा छैन।”
33 almajeran ba tre ni kpa mba ko idioiri me nji niwuna ka idioiri nji ye?
त्यसपछि चेलाहरूले एक-अर्कालाई भने, “कसैले उहाँको निम्ति भोजन ल्याइदिएको होला कि?”
34 yesu hla bawa biri mu a hi ndi mi tie ikpe wandi wa la ton me ye ni du me kle ndu ma
येशूले भन्‍नुभयो, “मेरो भोजन नै मलाई पठाउनुहुनेको इच्छा पालन गर्नु र उहाँको काम पूरा गर्नु हो।
35 nda bi tre dia don iwuya nzah ni du ba yi gri bi? mi hla niyiwu ni woloshi bi ya irjuba ba makan u chan
के तिमीहरू ‘अब चार महिना बाँकी छ, तब कटनीको समय हुन्छ’ भनी भन्दैनौ र? म तिमीहरूलाई भन्दछु, आफ्ना आँखा खोलेर खेतबारीहरूमा हेर! त्यो कटनीको निम्ति पाकिसकेको छ।
36 indi wa asi chan ani kpa die na shu biri u rju kabi na nji hi viri utuntur ni naki indi u chu ni indi chan ba gir ha mba (aiōnios g166)
अहिले पनि फसल काट्नेले ज्याला पाउँछ, अहिले पनि उसले अनन्त जीवनको लागि फल बटुल्छ, जसले गर्दा बिउ छर्ने र फसल काट्ने दुवै एकसाथ रमाउँछन्। (aiōnios g166)
37 nitre yi iri ni chu batre di iri ni chan ajanji
त्यसैकारण ‘एउटाले छर्छ, अर्कोले काट्छ’ भन्‍ने भनाइ सत्य छ।
38 i me ton u ndu u hi chan ikpe iwa wu na tie ndu ma na a bari mu ba tieye u luri ni mi ndu mba
मैले तिमीहरूलाई त्यसको कटनी गर्न पठाएँ, जसको निम्ति तिमीहरूले काम गरेनौ। अरूहरूले परिश्रम गरेका छन्। अनि तिमीहरूले चाहिँ तिनीहरूका परिश्रमको फलको कटनी गरेका छौ।”
39 igra samariyawa ba he ni gbu a ba kpayemen niwu niyu kpe wa iwa a tre ni tuma a a hla kle pyen pyenme ikpei waatatia
“मैले गरेका सबै कामहरू उहाँले मलाई भनिदिनुभयो” भन्‍ने त्यस स्त्रीको गवाहीका कारण त्यस सहरका धेरै सामरीहरूले उहाँमाथि विश्‍वास गरे।
40 u samariyawa ba ye niwu na bre ni ndu ye son niba waye son niba tic vi hari
यसकारण सामरीहरू उहाँकहाँ आए। अनि तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्‍न अनुरोध गरे। तब उहाँ दुई दिनसम्म त्यहाँ बस्‍नुभयो।
41 gbugbumba ba kanhan hi biwa ba kpanyme nitu lantre ma
अनि उहाँको वचनको कारण अरू धेरै जनाले विश्‍वास गरे।
42 ba tre ni iwa ndi kpanyme mbu ana nitu kpewa wu hla na a nitu wa kita kikimbu ki wowu nito ndi janji iwayi yi u kpa gbungbl chuwo
तिनीहरूले त्यस स्त्रीलाई भने, “तिमीले जे भन्यौ केवल त्यसको कारणले मात्र हामीले विश्‍वास गरेका होइनौँ। तर अब त हामी आफैँले सुनेका छौँ, र हामी यो जान्दछौँ, कि उहाँ साँच्‍चै नै संसारका मुक्तिदाता हुनुहुन्छ।”
43 niwa vi ha baki baka hi a rhu don bubuki nda ku nko Galilee
दुई दिनपछि उहाँ गालील जानुभयो।
44 yesu kima ana bla ndi bana ya anabi ni nfutu ni gbumeme ma na
(येशू आफैँले अगमवक्तालाई उसको आफ्नै मुलुकमा आदर हुँदैन भनी औँल्याउनुभएको थियो।)
45 niwa aka ri nimi Galilee bi Galilee bu ba kpaa ni woha bana to wawu kpi wa ana ti ni igan u urushelima nitu baba me bana hi ni igan a
उहाँ गालीलमा आइपुग्नुहुँदा गालीलीहरूले उहाँलाई स्वागत गरे। उहाँले निस्तार चाडको बेलामा यरूशलेममा गर्नुभएका सबै कामहरू तिनीहरूले देखेका थिए। किनकि तिनीहरू पनि त्यहाँ गएका थिए।
46 zizan ala ye ni cana bubu wa a kma ma ti ihia kikle nikon ri u bi tu chu wandi ivren ma ana kru lo kpa
उहाँ फेरि एकपल्ट गालीलको कानामा जानुभयो, जहाँ उहाँले पानीलाई दाखमद्यमा बदल्नुभएको थियो। अनि त्यहाँ कफर्नहुममा एक जना राजकीय हाकिम थिए। तिनको छोरा बिरामी थियो।
47 ni wo ndi yesu ye wruwru ni judiya rhini Galilee a hini yesu nda ka myeu du huu grji hi nda hi chulilo rhu ni vren ma wa ana ti weweire u kwu
जब येशू यहूदियाबाट गालील आइपुग्नुभएको छ भन्‍ने तिनले सुने, तब तिनी उहाँकहाँ गए, र उहाँ आएर तिनको छोरालाई निको पारिदिन उहाँलाई बिन्ती गरे। किनकि तिनको छोरा मर्नै आँटेको अवस्थामा थियो।
48 mle yesu a kri tre niwu ndi hama bi to kpe u chu tsro nda nu sisri bina kpanyme na
येशूले तिनलाई भन्‍नुभयो, “अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू नदेखेसम्म तिमीहरूले कहिल्यै विश्‍वास गर्दैनौ।”
49 ninkon gua a hla wu ndi mi niu ninkon me grjiye ri du vren mu kwu
“हजुर, मेरो छोरा मर्नुभन्दा अगि नै आइदिनुहोस्!” भनी ती हाकिमले भने।
50 yesu a lhawu ndi hi vren me he ni sisren tgua a kpanyme ni lantre wa yesu a tre niwu nda hi kpama
“तिमी जान सक्छौ, तिम्रो छोरा बाँच्नेछ।” येशूले जवाफ दिनुभयो। तिनले येशूको वचनमा विश्‍वास गरे, र फर्के।
51 niwa a sia grji hia mriko nduma ba zontu niwu nda ni hla ndi vren ma he ni sisren ma
तिनी बाटोमै छँदा नै तिनका सेवकहरूले भेटेर तिनको छोरा निको भइसकेको खबर दिए।
52 niki a mye ba nton wa ikpa a lu si sia ba sa wu lanren ni nton u tangban lilo kpa a akawu chuwo
छोरा कुन समयदेखि निको भयो भनी तिनले सोध्दा तिनीहरूले भने, “हिजो दिउँसो एक बजेदेखि तिनलाई ज्वरोले छोड्यो।”
53 nikima itia a tika ndi ana ni nton kimayi yesu a tre ni wu ndi vrenme he ni sisren niki wawu nikima mba wawu bikoma ba kpanyme
तब त्यो समय येशूले “तिम्रो छोरा बाँच्नेछ” भनी भन्‍नुभएकै समय रहेछ भनी बुबाचाहिँले थाहा पाए। तब तिनले र तिनका सबै परिवारले विश्‍वास गरे।
54 iwayi ana kpe itsro u ha wa yesu a ti niwa aye ni Judiya rhini Galilee
यहूदियाबाट गालीलमा आएर येशूले गर्नुभएको यो दोस्रो अलौकिक चिन्ह थियो।

< Yohana 4 >