< Yohana 4 >
1 yesu toh ndi farisawa ba wo andi almasenanma ba ye ni barbran wa ni tie batsima nizan Yahaya
अब जब यूहन्नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्थ्यो र बप्तिस्मा दिँदै हुनुहुन्थ्यो भनी फरिसीहरूले सुने भन्ने उहाँले थाहा गर्नुभयो,
2 lana yesu ni tie tuma nitie batisma na ahi almajeran mu ba sita tie batisma
(यद्यपि येशू आफैँले बप्तिस्मा दिँदै हुनुहुन्नथ्यो, तर उहाँका चेलाहरूले बप्तिस्मा दिँदै थिए)
3 a ka yahudiya don na kma hi ni galili
उहाँ यहूदिया छोडेर गालीलतिर जानुभयो ।
4 wa ahi gbigbi niwu ni ndu lu zu niko samariya
तर उहाँ सामरिया भएर जानु आवश्यक थियो ।
5 aye ni mi gbu samariya wa ba yo ni sika fwe nhan ni bubu wa yakubu a no ivren ma yusufu
त्यसैले, उहाँ याकूबले आफ्नो छोरा योसेफलाई दिएका जग्गाको टुक्रा नजिक रहेको सामरियाको सुखार भनिने एउटा सहरमा आउनुभयो ।
6 juju ma u ykuba a he niki yesu zren nhla za na ye kuson ni yue juju a karfi wolon don hari u rji
त्यहाँ याकूबको इनार थियो । येशू आफ्नो यात्राले थाक्नुभयो र इनारको छेउमा बस्नुभयो । यो छैठौँ घडीतिरको कुरा थियो ।
7 iwari u sa mariya aye funma se yesu hla niwu ne ma miso
एक जना सामरी स्त्री पानी लिन आइन् र येशूले तिनलाई भन्नुभयो, “मलाई पिउन थोरै पानी देऊ ।”
8 u almajeran ma ba lu ri hi ni migbu ni he leh biri
किनभने उहाँका चेलाहरू खानेकुरा किन्न सहरतिर गएका थिए ।
9 iwa u samariya niyen a ni he iwu ba yahude u miyen ma ima uso ime wa mi vren wa u mariyg? nitu yahudawa bana kabi ni samariya wana
त्यसपछि सामरी स्त्रीले उहाँलाई भनिन्, “तपाईं एक जना यहूदी भएर पनि म एउटी सामरी स्त्रीसँग कसरी पिउने कुरा माग्नुभएको?” किनकि यहूदीहरूले समारीहरूसँग कुनै किसिमको लेनदेन गर्दैनन् ।
10 yesu sa niwu una tohno miyen u rji ni indi wa a si tre ne ma uso una bre ni ndu no uima u tviri
येशूले तिनलाई जवाफ दिनुभयो, र भन्नुभयो, “यदि तिमीले परमेश्वरको वरदानलाई चिनेकी भए र ‘मलाई पिउन देऊ’ भनिरहनुहुनेलाई चिनेकी भए, तिमीले चाहिँ उनीसँग माग्ने थियौ, र उनले तिमीलाई जिउँदो पानी दिने थिए ।”
11 iwa hla niwu mallam ga u na he ni guga u juju a naman yue grji hi kogbo ani tsen u fe ima u viri?
स्त्रीले उहाँलाई जवाफ दिइन्, “महाशय, तपाईंसित बाल्टिन छैन; इनार पनि गहिरो छ । अनि तपाईंसँग जिउँदो पानी कहाँ छ त?
12 u na zari itie mbu yakubu na ka wu zari wawu wa ano la juju a wa wawume a so ni mina ni mire ma ni lado ma?
के तपाईं हाम्रा पुर्खा याकूबभन्दा महान् हुनुहुन्छ जसले हामीलाई इनार दिनुभयो र उहाँ आफैँले पनि यही इनारबाट पानी पिउनुभयो र उहाँका सन्तानहरू र उहाँका गाईवस्तुहरूले पनि पिए?”
13 yesu hla niwu du indi iwa aso ni mi ma ki nhlan ma ni la yi u
येशूले तिनलाई जवाफ दिनुभयो, र भन्नुभयो, “हरेक जसले यो पानी पिउँछ, त्यो फेरि तिर्खाउनेछ,
14 indi wa ani so ima wa mi no nhlan ma na la tieu na ni siran kima lma wa mino a ani ka tie izin ma ni mi ma iwa ani ta gubon ta hi ni viri ma u kase se kase se (aiōn , aiōnios )
तर जसले मैले दिने पानी पिउँछ, त्यो फेरि कहिल्यै तिर्खाउनेछैन । बरु, मैले दिने त्यो पानी त्यसको अन्तस्करणमा अनन्त जीवनसम्मै उम्रिरहने पानीको मूल बन्नेछ ।” (aiōn , aiōnios )
15 iwa hla niwu mallam ne ima mba wa nhlan ma na la tie me na u mi na la ye niwayi ndi tan ma na
स्त्रीले उहाँलाई भनिन्, “महाशय, मलाई यो पानी दिनुहोस्, ताकि म फेरि तिर्खाउनेछैन र यहाँ पानी लिन आउनुपर्नेछैन ।”
16 yesu hla niwu hi yo ilon me di biye biwa
येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो लोग्नेलाई बोलाऊ, र यहाँ आऊ ।”
17 iwa hla niwu mi na he ni lilon na
स्त्रीले उहाँलाई जवाफ दिइन् र भनिन्, “मेरो लोग्ने छैन ।” येशूले जवाफ दिनुभयो, “‘मेरो लोग्ने छैन’ भनी तिमीले साँचो भनेकी छ्यौ ।
18 nitu wa u gran lilon tie ton iwa uhe niwu zizan ana lon mena ikpe wawu tre a a njanji
किनकि तिम्रा पाँच जना लोग्ने भइसकेका छन् र अहिले भएको पनि तिम्रो लोग्ने होइन । तिमीले भनेकी कुरो साँचो हो ।”
19 iwa tre ndi mallam mi toh u annabi
स्त्रीले उहाँलाई भनिन्, “महाशय, तपाईं अगमवक्ता हुनुहुन्छ भनी म देख्छु ।
20 ba tie mbu ba ta tre ni rji ni tugbulu yi u bi tre urushali ma yi a bubu wa indi ba tre ni rjiia
हाम्रा पुर्खाहरूले यही पर्वतमा आराधना गरे, तर मानिसहरूले आराधना गर्नुपर्ने स्थान यरूशलेम नै हो भनी तपाईंहरू भन्नुहुन्छ ।”
21 yesu hla niwu iwa kpayenme ni me ni suron me ndi bi na la tre ni rji ko ni tu gbulu ko ni uri shalima na
येशूले तिनलाई भन्नुभयो, “हे नारी, मलाई विश्वास गर । समय आइरहेको छ, तिमीहरूले पितालाई न यो पर्वतमा न त यरूशलेममा नै आराधना गर्नेछौ ।
22 bi si yi sujada ni ndi wa ki tohua kpa chuwo a he ni yahuda wayi
तिमीहरूले जे जान्दैनौ, त्यसैको आराधना गर्छौ । हामी जे जान्दछौँ, त्यसैको आराधना गर्छौं, किनकि उद्धार यहूदीहरूबाट नै आउँछ ।
23 mitoh iton niye natsara wandi bi hu rji ujanji ba tre ni tre mbu ni mi ruhu ni njanji ni tu indi bibi kima irji ni wa ba ni ndu ba tre niwu
तापनि, साँचा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्ने बेला आइरहेको छ र त्यो अहिले नै हो, किनकि पिताले आफ्ना आराधकहरू हुन यस्ता मानिसहरूको खोजी गर्दै हुनुहुन्छ ।
24 irji a hi ruhu indi wa ani tre niwu a hi gbigbi ni ndu ba tre ni mi ruhu ni njanji
परमेश्वर आत्मा हुनुहुन्छ र उहाँलाई आराधना गर्ने मानिसहरूले उहाँलाई आत्मा र सत्यतामा आराधना गर्नुपर्छ ।”
25 iwa hla niwu mi toh Almasihu ni ye ani taye ani hla koge ni tawu
स्त्रीले उहाँलाई भनिन्, “(ख्रीष्ट भनिने) मसीह आउँदै हुनुहुन्छ भन्ने मलाई थाहा छ, जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई सबै कुरा बताउनुहुनेछ ।”
26 yesu hla niwu imeyi mi wawu iwa ndi asi tre ni u
येशूले त्यसलाई भन्नुभयो, “तिमीसँग कुराकानी गरिरहने, म उही नै हुँ ।”
27 ni mi ton ki almajeran ma ba kbanye u ba kban ni tie sisir ikpe wa yo ani tre ni wa u iri mba a miyen u son geri? ka ahigeri yo u si tre niwu?
त्यही बेला उहाँका चेलाहरू आइपुगे । उहाँ स्त्रीसित किन कुराकानी गर्दै हुनुहुन्थ्यो भनी तिनीहरू चकित भइरहेका थिए, तर “तपाईं के चाहनुहुन्छ?” वा “किन तपाईं त्यससँग कुराकानी गर्दै हुनुहुन्छ?” भनी कसैले पनि भनेन ।
28 iwa kagbazima don na he ni mi gbu na hla ni indiba
त्यसैले, ती स्त्रीले आफ्नो गाग्रो छोडेर सहरतिर गइन् र मानिसहरूलाई भनिन्,
29 ye toh iguri iwa a hla koge wa mi tiea ana wa wuyi almasihu na ka ani nha
“आओ, मैले गरेका सबै कुराहरू मलाई बताइदिनुहुने मानिसलाई हेर । उहाँ नै ख्रीष्ट हुन सक्छ, हुन सक्दैन त?”
30 ba lu bri ni gbu a da hi niwu
तिनीहरू सहरबाट उहाँकहाँ आए ।
31 ni ton kima almajerana ma luni bre wu andi mallam rhi
त्यसै बेला चेलाहरूले उहाँलाई यसो भन्दै अनुरोध गरिरहेका थिए, “रब्बी, खानुहोस् ।”
32 i wa hla ni bawu andi mi he biri iwa bina toh kpe ri ni tumana
तर उहाँले तिनीहरूलाई भन्नुभयो, “मसँग खानेकुरा छ जुन तिमीहरू जान्दैनौ ।”
33 almajeran ba tre ni kpa mba ko idioiri me nji niwuna ka idioiri nji ye?
त्यसकारण, चेलाहरूले एक आपसमा भने, “उहाँलाई कुनै खानेकुरा कसैले ल्याएको छैन, ल्याएको छ र?”
34 yesu hla bawa biri mu a hi ndi mi tie ikpe wandi wa la ton me ye ni du me kle ndu ma
येशूले तिनीहरूलाई भन्नुभयो, “जसले मलाई पठाउनुभयो, उहाँको इच्छा र उहाँको काम पुरा गर्नु नै मेरो खानेकुरा हो ।
35 nda bi tre dia don iwuya nzah ni du ba yi gri bi? mi hla niyiwu ni woloshi bi ya irjuba ba makan u chan
अझ पनि चार महिना छ र त्यसपछि कटनी गर्ने समय आउनेछ भनी के तिमीहरू भन्दैनौ? म तिमीहरूलाई भन्दै छु, हेर र खेतलाई देख, किनकि तिनीहरू कटनीको निम्ति अगि नै पाकिसकेका छन् ।
36 indi wa asi chan ani kpa die na shu biri u rju kabi na nji hi viri utuntur ni naki indi u chu ni indi chan ba gir ha mba (aiōnios )
जसले कटनी गर्छ, त्यसले ज्याला पाउँछ र अनन्त जीवनको निम्ति फल बटुल्छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् । (aiōnios )
37 nitre yi iri ni chu batre di iri ni chan ajanji
किनकि एउटाले छर्छ र अर्काले कटनी गर्छ भन्ने यो भनाइ यसैमा साँचो छ ।
38 i me ton u ndu u hi chan ikpe iwa wu na tie ndu ma na a bari mu ba tieye u luri ni mi ndu mba
तिमीहरूले काम नगरेका कुरा कटनी गर्न मैले तिमीहरूलाई पठाएँ । अरूहरूले काम गरेका छन्, र तिमीहरू उनीहरूका श्रममा प्रवेश गरेका छौ ।”
39 igra samariyawa ba he ni gbu a ba kpayemen niwu niyu kpe wa iwa a tre ni tuma a a hla kle pyen pyenme ikpei waatatia
“मैले गरेका सबै कुरा उहाँले मलाई भन्नुभयो” भनी स्त्रीले दिएको गवाहीले गर्दा त्यस सहरमा बसोबास गर्ने धेरै सामरीहरूले उहाँमा विश्वास गरे ।
40 u samariyawa ba ye niwu na bre ni ndu ye son niba waye son niba tic vi hari
त्यसैले, जब सामरीहरू उहाँकहाँ आए, तिनीहरूले उनीहरूसँग बस्न आग्रह गरे र उहाँ त्यहाँ दुई दिन बस्नुभयो ।
41 gbugbumba ba kanhan hi biwa ba kpanyme nitu lantre ma
उहाँको वचनको कारणले गर्दा धेरै जनाले विश्वास गरे ।
42 ba tre ni iwa ndi kpanyme mbu ana nitu kpewa wu hla na a nitu wa kita kikimbu ki wowu nito ndi janji iwayi yi u kpa gbungbl chuwo
तिनीहरूले ती स्त्रीलाई भने, “तिमीले भनेकी कारणले हामी विश्वास गर्दैनौँ, किनकि हामी आफैँले सुनेका छौँ र हामी जान्दछौँ, कि उहाँ नै संसारका उद्धारकर्ता हुनुहुन्छ ।”
43 niwa vi ha baki baka hi a rhu don bubuki nda ku nko Galilee
दुई दिनपछि उहाँ त्यहाँबाट गालील प्रस्थान गर्नुभयो ।
44 yesu kima ana bla ndi bana ya anabi ni nfutu ni gbumeme ma na
किनकि येशू आफैँले घोषणा गर्नुभयो, कि अगमवक्तालाई उसको आफ्नै गाउँमा आदर गरिँदैन ।
45 niwa aka ri nimi Galilee bi Galilee bu ba kpaa ni woha bana to wawu kpi wa ana ti ni igan u urushelima nitu baba me bana hi ni igan a
जब उहाँ गालीलमा आउनुभयो, गालीलीहरूले उहाँलाई स्वागत गरे । यरूशलेमको चाडमा उहाँले गर्नुभएका सबै कुराहरू तिनीहरूले देखेका थिए, किनकि तिनीहरू पनि चाडमा गएका थिए ।
46 zizan ala ye ni cana bubu wa a kma ma ti ihia kikle nikon ri u bi tu chu wandi ivren ma ana kru lo kpa
अब उहाँले पानीलाई दाखमद्यमा परिणत गर्नुभएको गालीलको काना सहरमा उहाँ फेरि आउनुभयो । त्यहाँ एक जना राजकीय अधिकारी थिए जसको छोरा कर्फनहुममा बिरामी थिए ।
47 ni wo ndi yesu ye wruwru ni judiya rhini Galilee a hini yesu nda ka myeu du huu grji hi nda hi chulilo rhu ni vren ma wa ana ti weweire u kwu
जब येशू यहूदियाबाट गालील आउनुभएको तिनले सुने, तिनी येशूकहाँ गए र उहाँ आएर तिनका मर्न लागेका छोरालाई निको पारिदिनुहोस् भनी उहाँलाई बिन्ती गरे ।
48 mle yesu a kri tre niwu ndi hama bi to kpe u chu tsro nda nu sisri bina kpanyme na
तब येशूले तिनलाई भन्नुभयो, “चिह्नहरू र आश्चर्यकर्महरू नदेखेसम्म तिमीहरूले विश्वास गर्नेछैनौ ।”
49 ninkon gua a hla wu ndi mi niu ninkon me grjiye ri du vren mu kwu
ती अधिकारीले उहाँलाई भने, “महाशय, मेरो छोरो मर्नुअगावै आउनुहोस् ।”
50 yesu a lhawu ndi hi vren me he ni sisren tgua a kpanyme ni lantre wa yesu a tre niwu nda hi kpama
येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो छोरा बाँच्छ ।” येशूले तिनलाई भन्नुभएको वचन तिनले विश्वास गरे, र तिनी आफ्नो बाटो लागे ।
51 niwa a sia grji hia mriko nduma ba zontu niwu nda ni hla ndi vren ma he ni sisren ma
तिनी जाँदै गर्दा, तिनका छोरो जीवित भए भन्दै तिनका नोकरहरूले तिनलाई भेटे ।
52 niki a mye ba nton wa ikpa a lu si sia ba sa wu lanren ni nton u tangban lilo kpa a akawu chuwo
यसकारण, उसको सुधार कति बेलादेखि भएको थियो भनी तिनले तिनीहरूलाई सोधे । तिनीहरूले तिनलाई जवाफ दिए, “हिजो सातौँ घडीमा उसलाई ज्वरोले छोड्यो ।”
53 nikima itia a tika ndi ana ni nton kimayi yesu a tre ni wu ndi vrenme he ni sisren niki wawu nikima mba wawu bikoma ba kpanyme
त्यसपछि यो येशूले “तिम्रो छोरा बाँच्छ” भन्नुभएको घडी थियो भन्ने ती बुबाले महसुस गरे । यसकारण तिनी र तिनका आफ्ना सम्पूर्ण घरानाले विश्वास गरे ।
54 iwayi ana kpe itsro u ha wa yesu a ti niwa aye ni Judiya rhini Galilee
येशू यहूदियाबाट गालीलमा आउँनुहुँदा उहाँले गर्नुभएको यो दोस्रो चिह्न थियो ।