< Yohana 3 >

1 igu ri ahi bafarise ba yomi niko dimu a hi tuzan ni mi yahudawa
फरिसी दलका निकोदेमस नाम भएका एक जना मानिस थिए, जो यहूदीहरूका सभाका एक सदस्य पनि थिए।
2 igua lu wa yesu ye ni chu na yo Rabbi ki tohwu u malami wawu tsi ni rji ki toh idiori na toh tie kpe wa wu si tie yinna se orji he niwu
तिनी एक राति येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, तपाईं परमेश्‍वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ भनी हामी जान्दछौँ; किनकि परमेश्‍वर साथमा नभईकन तपाईंले गरिरहनुभएका यी अलौकिक चिन्हहरू कसैले पनि गर्न सक्दैन।”
3 yesu sa niwu njanji njanji indi wa ba na la ngriji a na ana toh iko irjina
येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, कोही नयाँ गरी जन्मेन भने त्यसले परमेश्‍वरको राज्य देख्न सक्दैन।”
4 nikodemu a miyen bati ni heri na la ngrji indi iwa a ce ye? ana ya kban hi ri ni minen yima ba ka la ngrjina ani iya?
निकोदेमसले सोधे, “मानिस बूढो भएपछि फेरि कसरी जन्मन सक्छ? निश्‍चय नै फेरि जन्मनलाई ऊ आफ्नी आमाको गर्भमा दोस्रोचोटि पस्‍न त सक्दैन!”
5 yesu tre anjaji anjaji indi wa bana la ngrji ni ma mba ruhu na ana ya hiri nitra rjina
येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, पानी र आत्माद्वारा नजन्मेसम्म कोही पनि परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्नेछैन।
6 ikpe wa ba ngrji ni konkbon kpa ahi kobonkpa iwa ba ngrji ni kon ruhu ahi u ruhu
शरीरले शरीर जन्माउँछ, तर आत्माले आत्मा जन्माउँछ।
7 na tie sisir na ni tu wa me hla ni wu a hi gbigbi ndu ba la ngri wu
‘तिमीहरू नयाँ गरी जन्मनुपर्छ’ भन्‍ने मेरो भनाइमा अचम्म नमान।
8 ngyugyu ni fuw hi ni werji a wa a ni son a u ya wo chu ma iwu na toh ka a rjini tsen ka ni hi ni tsen na anaki indi waba ngrji u ni ruhu a
बतास जता मन लाग्यो त्यतै बहन्छ। तिमीले त्यसको आवाज त सुन्छौ, तर त्यो कहाँबाट आउँछ वा कहाँ जाँदैछ, त्यो भन्‍न सक्दैनौ। आत्माद्वारा जन्मेको हरेक व्यक्ति पनि त्यस्तै हुन्छ।”
9 nikodi mu miyen batie ki ma ni he naki?
निकोदेमसले सोधे, “यो कसरी हुन सक्छ?”
10 yesu u miyen i wu u malami ni israila u na toh iri kpe yi na?
येशूले भन्‍नुभयो, “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुराहरू तिमी बुझ्दैनौ?
11 njaji njaji mi si hla ni wu kisi tre kpr wa ki toh ni shaida ni yiwu na ki me bina kpa shaida buna
म तिमीलाई साँच्‍चै भन्दछु, हामी जे जान्दछौँ, त्यो भन्दछौँ, र हामीले जे देखेका छौँ, त्यसको गवाही दिन्छौँ। तर पनि तिमीहरूले हाम्रा गवाही ग्रहण गर्दैनौ।
12 mi tie hla niwu ikpe wa ahe ni gbungbolo yi i wuna kpayemen na u tie ni heni kpayemen ni tre wa mi hla niwu u shulu
मैले तिमीहरूलाई पृथ्वीका कुराहरू भनेको छु। तर पनि तिमीहरू विश्‍वास गर्दैनौ। तिमीहरूलाई मैले स्वर्गका कुरा बताएँ भने झन् कसरी विश्‍वास गरौला?
13 idiori na hon hi ni shu toh na se wawu wa a grji rji ni shu yea sei vren indi
स्वर्गबाट ओर्लिआएको मानिसको पुत्र बाहेक कोही पनि स्वर्गमा गएको छैन।
14 na wa musa a zu wan hi ni shu ni miji na ki me gbigbi ba zu ivren ndi hi shu
जसरी मोशाले उजाडस्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र पनि उचालिनैपर्छ,
15 nitu biwa ba no suron ba na kpayememe ni wu ba kana tie memenana son tuntur (aiōnios g166)
तब उहाँमाथि विश्‍वास गर्ने हरेकले अनन्त जीवन पाउन सक्छ।” (aiōnios g166)
16 niwa irji a lo suron ni gbungbulua kpukpome na ban ivren ma riri no wa a ka suron ma no wa ka que na kason ni viri hi ni tuntur (aiōnios g166)
किनकि परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना अद्वितीय पुत्रलाई बलिदानका लागि दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। (aiōnios g166)
17 irji bachi ana ton verri ye ni ndu ye ka gbungbulu a suto na amma ni ndu kpa ba chuwo
किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउनका निम्ति आफ्ना पुत्रलाई संसारमा पठाउनुभएको होइन, तर उहाँद्वारा संसारलाई बचाउन पठाउनुभयो।
18 indi wa ayo suron ma niwu kana tie meme na u indi wa ana yo suron ma niwuna atie meme ye ni tu wa ana yo suron ma ni mi nde ivren ciriti na
जसले उहाँमाथि विश्‍वास गर्दछ, त्यो दोषी ठहरिँदैन; तर जसले विश्‍वास गर्दैन, त्यो अगिबाटै दोषी ठहरिएको हुन्छ; किनकि उसले परमेश्‍वरका अद्वितीय पुत्रको नाममा विश्‍वास गरेको छैन।
19 a ni tu kima ibla tre he ni tu wa ikpan ye ni gbungbulua u ndi ba son bwu zankpan ni tu meme tie mba
फैसला यही हो: ज्योति संसारमा आएको छ, तर मानिसहरूले ज्योतिको साटो अन्धकारलाई रुचाए। किनकि तिनीहरूका कामहरू खराब थिए।
20 wawuu indi wa ani tie meme kpe a ni kama ni kpan nda na ni hi ni kpan na don ndu bana toh meme tie mana
हरेक जसले दुष्‍ट काम गर्दछ, त्यसले ज्योतिलाई घृणा गर्दछ। अनि त्यसका कामहरू प्रकट होलान् भन्‍ने डरले त्यो ज्योतिमा आउँदैन।
21 sei indi wa ani tie njanji ani ye ni kpan nitu tie ma wa ba toh ni rira me a ndi da ni tie niwu rji
तर जो सत्यतामा जिउँछ, उसले जे गरेको छ, त्यो परमेश्‍वरद्वारा गरिएका हुन् भन्‍ने कुरा स्पष्‍ट देखिन सकियोस् भनी ज्योतिकहाँ आउँछ।
22 ni kogon kima yesu ni almajeran ma ba lu hi yanki igbu judea ni ki ason hi ni ton ri niba natie batisma
यसपछि येशू र उहाँका चेलाहरू यहूदियाका गाउँहरूतिर जानुभयो। उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो; र बप्‍तिस्मा दिनुभयो।
23 yahaya me ni tie batisma ni aino whiwhire ni salim nitu ima he ni ki babran indi baye niwu wani ti batisma
यसै समयमा यूहन्‍नाले पनि सालीमको नजिकै एनोनमा बप्‍तिस्मा दिइरहेका थिए। किनकि त्यहाँ प्रशस्त पानी थियो। अनि बप्‍तिस्मा लिनलाई मानिसहरू निरन्तर आइरहेका थिए।
24 ba na rigen yo yahaya ni mi tra u tro na
(यो यूहन्‍ना झ्यालखानामा पर्नुभन्दा अगिको कुरा थियो।)
25 u kbonronkpa lude ni mi almajeran yahaya ni indi u yahuda nitu al adun tsarka kewa
यूहन्‍नाका केही चेलाहरू र एउटा यहूदीका बीचमा शुद्धीकरणको विषयमा वाद-विवाद चल्यो।
26 ba luhi ni yahaya na tre Rabbi indi wa a he niwu ni gran ne urdun wa u shaidu wu toh asi tie batisma indi wawu ba si hi niwu
तिनीहरू यूहन्‍नाकहाँ आएर तिनलाई भने, “गुरुज्यू, यर्दन नदीपारि तपाईंसँग हुनुभएको व्यक्ति, जसको बारेमा तपाईंले गवाही दिनुभएको थियो, उहाँले पनि बप्‍तिस्मा दिँदैहुनुहुन्छ। अनि सबै मानिसहरू उहाँकहाँ जाँदैछन्।”
27 yahaya sa ni bawu idiori na ya fe kperina sei ba no rji ni shulu
यसै कुरालाई यूहन्‍नाले यसरी जवाफ दिए, “कुनै पनि मानिसले स्वर्गबाट जे दिइन्छ, त्यो मात्र पाउन सक्छ।
28 biyi ni tubi bi to mi hla ni a na imeyin me Almasihuna ba ton me ye guci niwu
‘म ख्रीष्‍ट होइनँ; तर उहाँको अगाडि पठाइएको हुँ’ भन्‍ने बारेमा तिमीहरू आफैँले गवाही दिन सक्छौ।
29 iwa sah ahi u lon ma ikpan glon zizan ikpana kri siwowu a si ngir ni wa asi wo lan likona ingir mu a shu mala
दुलही दुलहाको निम्ति हुन्छे। दुलहासँग रहने मित्रले उसको प्रतीक्षा गर्छ र उसका कुरा सुन्छ। अनि उसको सोर सुनेर ऊ आनन्दले पूर्ण हुन्छ। त्यही नै मेरो आनन्द हो; र त्यो अब पूर्ण भएको छ।
30 a hi gbibbi ni ndu shu babran u me grji ye meme
उहाँ बढ्नु, तर मचाहिँ घट्नु आवश्यक छ।
31 wawu iwa a rji ni shu a zan indi wawu
“जो माथिबाट आउनुहुन्छ, उहाँ सबैभन्दा उच्‍च हुनुहुन्छ। पृथ्वीबाट आउनेचाहिँ पृथ्वीकै हो, र पृथ्वीबाट आउनेले झैँ बोल्छ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्‍च हुनुहुन्छ।
32 a shaida ikpu iwa awo na toh idiori me tie bre kpa shaida ma
उहाँले जे देख्नु र सुन्‍नुभएको छ, त्यसैको गवाही दिनुहुन्छ। तर कसैले पनि उहाँको गवाही ग्रहण गर्दैनन्।
33 indi iwa akpa shaida ma a kpayemmen gbigbi irji a njaji
जुन मानिसले उहाँको गवाही ग्रहण गरेको छ, उसले परमेश्‍वर सत्य हुनुहुन्छ भनी गवाही दिन्छ।
34 indi wa irji ton a ani tre ni lan u rji ana no ruhu a ni tsara tsara na
किनकि परमेश्‍वरले जसलाई पठाउनुभएको छ, त्यसले परमेश्‍वरकै वचन बोल्दछ। किनकि परमेश्‍वरले पवित्र आत्मा विनानाप दिनुहुन्छ।
35 itie kpayemen nl vrena na ka koggen no nriwoma
पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र सबै थोक उहाँकै हातमा राखिदिनुभएको छ।
36 indi wa a kpayenmen ni vren a he ni viri son hi ni tuntur indi wa akama ni ivren ana virina ifun irji a he ni tunna (aiōnios g166)
जसले पुत्रमाथि विश्‍वास गर्दछ, त्यससित अनन्त जीवन छ; तर जसले पुत्रलाई इन्कार गर्दछ, त्यसले जीवन देख्नेछैन; किनकि परमेश्‍वरको क्रोध त्यसमा रहन्छ।” (aiōnios g166)

< Yohana 3 >